Author:

  • ईरानी राष्ट्रपतिको निधनले इजराइलमा खुशी!

    ईरानी राष्ट्रपतिको निधनले इजराइलमा खुशी!

    ईरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि विश्व समुदायको फरक–फरक प्रतिक्रिया सार्वजनिक भइरहेको छ।

    आइतवार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रईसीसहित ईरानी विदेशमन्त्री हुसैन अब्दुल्लाहयानको पनि मृत्यु भएको छ।

    ६३ वर्षीय राष्ट्रपति रईसीको मृत्युले ईरान स्तब्ध छ। तर, उनको मृत्युले इजराइललाई भने खुसी दिएको छ।

    ईरानलाई कट्टर दुश्मन मान्ने इजराइलले रईसीको मृत्युले राहतको अनुभव गरिरहेको छ। हमाससँगको युद्धमा रहेको इजराइलमाथि ईरानले आक्रमण गरेको थियो। जसको बदलामा इजराइलले पनि आक्रमण गरेको थियो।

    इजराइलको सबैभन्दा ठूलो पत्रिका ‘द टाइम्स अफ इजराइल’ ले लेखेको छ, राष्ट्रपति बन्नु अघि रईसी सर्वोच्च नेता अयातुल्लाह अली खामनेईको अधिनमा रहेको न्यापालिका भित्र विभिन्न पदमा रहेर काम गरेका थिए। १९८८ मा ईरान–इराक युद्धको अन्त्यमा रईसी एक समितिका सदस्य थिए। जसले हजारौँ राजनीतिक कैदीहरूलाई मृत्युको सजाय सुनाएको थियो। हजारौँको सङ्ख्यामा मानिसलाई मृत्युदण्ड दिएपछि उनलाई तेहरानको कसाई भन्न थालियो।

    उक्त पत्रिकाकै अर्को खबरमा ईरानलाई कमजोर बताइएको छ। गत जनवरी ३ मा इस्लामिक स्टेटले गरेको आक्रमणमा ८४ जना मारिएका थिए। ईरानको एलिट कुर्द्स फोर्सका प्रमुख जनरल कासिम सोलेमानीको वार्षिक पुण्यतिथिका लागि भेला भएको भिडलाई लक्षित गरी उक्त आक्रमण गरिएको थियो। गत महिना मात्रै सुन्नी आतङ्कवादी समूह जैश अल–अदलले ११ जना ईरानी सेनाको हत्या गरेको थियो।

    इजराइलको जेरुसेलम पोस्टमा लेखिएको छ, रईसीलाई अल्लाहले सजा दिएको छ। ‘आइतवार उत्तर पश्चिमी ईरानमा तुवाँलोका कारण ईरानी राष्ट्रपतिको मृत्युप्रति इजराइली यहुदी धर्मगुरुहरूले सार्वजनिक रुपमा टिप्पणी गर्दै रईसीलाई ईश्वरले सजाय दिएको बताएका छन्।

    रईसीको मृत्यु पछि इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको तर्फबाट भने हालसम्म कुनै प्रतिक्रिया आएको छैन।

    अजरबैजानसँग सम्बन्ध सुधारका लागि दुबै मुलुकले सीमा क्षेत्रमा संयुक्त रुपमा ड्याम निर्माण गरेको छ। जसको उद्घाटनका लागि रईसी अजरबैजान गएका थिए। अजरबैजानबाट ईरान फर्कने क्रममा उनको हेलिकप्टर दुर्घटनामा परेको हो।

    हेलिकप्टर दुर्घटना भएको १७ घन्टा पछि ड्रोनको माध्यमबाट घटनास्थलको पत्ता लागेपछि उद्दारकर्ता टोली त्यसतर्फ गएको थियो। दुर्घटनाग्रस्त हेलिकप्टर पूर्णमा जलेको अवस्थामा फेला परेको तथा कसैको पनि जीवित हुने सङ्केत नदेखिएको उद्दारमा खटिएका थिए।

  • संसद्‍मा कांग्रेसले नराम्रो इतिहास प्रस्तुत गर्योः प्रधानमन्त्री दाहाल

    संसद्‍मा कांग्रेसले नराम्रो इतिहास प्रस्तुत गर्योः प्रधानमन्त्री दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा नेपाली कांग्रेसले नराम्रो आचरण प्रस्तुत गरेको बताएका छन् । संसदीय इतिहासमा प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर कांग्रेसले इतिहासमै खराब आचरण प्रस्तुत गरेको उनको भनाइ छ ।

    प्रतिनिधिसभामा विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरुले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । तपाईहरुले नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरु पटक पटक साथ दियो । यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईहरुलाई संवाद र सहमतिको बाटोमा ल्याउन पहल गर्यो । त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । म गहिरो दुःख व्यक्त गर्न चाहान्छु । नेपाली कांग्रेसका लागि धेरै चर्को मूल्य चुकाउनु पर्नेछ । ‘

  • ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथनको उपाधि आर्मीका होमलाललाई

    ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथनको उपाधि आर्मीका होमलाललाई

    ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवका होमलाल श्रेष्ठले जितेका छन्।

    ४२ बर्षे श्रेष्ठले निर्धारित ४८ किलोमिटर दूरी ४ घण्टा ५ मिनेट २७ सेकेण्डमा पूरा गरे। दोस्रो भएका त्रिभुवन आर्मी क्लवकै तिलक सुनुवारले ४ घण्टा १२ मिनेट ४८ सेकेण्डमा पूरा गर्दा पाँचथर फिदिममा प्रताप थाम्सोहाङले ४ घण्टा १३ मिनेट २४ सेकेण्डमा उक्त दूरी पूरा गरे।

    १५ बर्षदेखि धावक रहँदै गएका श्रेष्ठले नेपाल बाहेक जापान,चीन र मलेसियामा म्याराथन प्रतियोगितामा सहभागिता जनाएर उपाधि जितेका छन्। ८१ सालकाे भने उनको यो पहिलो म्याराथन उपाधि हो।

    २०८० सालमा उनले इलामको माइपोखरी,अन्नपूर्ण क्षेत्र,काठमाडौं र पोखरामा सञ्चालन भएका म्याराथनमा सहभागी भएर कम्तिमा दोस्रो स्थान सम्मा नाम लेखाएका छन्।

    चीनमा भएको क्रस कन्ट्री म्याराथनमा समेत उनले सहभागिता जनाएर द्धितीय स्थान हासिल गरेका थिए। खुलातर्फ सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिर पुगेर पुनः सदरमुकाम फुङलिङ फर्कने गरी दूरी निर्धारण भएको थियो।

    विजेताले नगद १ लाख ५१ हजार १११ रूपैयाँ तथा खुला उपविजेताले नगद १ लाख ११ हजार १११ रूपैयाँ र तेस्रो हुनेले नगद ८१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा खुल्ला म्याराथनतर्फ १ सय १६ प्रतिस्पर्धी थिए।

  • कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी: तपाइहरूलाई यो मूल्य चर्को पर्ने छ

    कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी: तपाइहरूलाई यो मूल्य चर्को पर्ने छ

    प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आजको मूल्य चर्को पर्ने बताएका छन्।

    सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै दाहालले कांग्रेसको यो गतिविधि नेपालको इतिहासमा कलकको रुपमा स्थापित हुने बताएका हुन्।

    उनले भने, ‘नेपाली कांग्रेसका लागि धेरै मूल्य चर्को पर्ने छ। आजको तपाइहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुने छ। कलकको रुपमा।’

  • विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्रीले विश्वास मत लिँदै

    विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्रीले विश्वास मत लिँदै

    नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वास मत लिँदैछन् ।

    सोमबारको पहिलो बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेपछि १५ मिनेटका लागि स्थगित गरेका सभामुख देवराज घिमिरेले दोस्रो बैठकमा भने अवरोधका बीच विश्वासको मतको प्रस्तावलाई अघि बढाएका हुन् ।

    प्रतिनिधि सभाको बैठकमा कांग्रेसलगायतका विपक्षी दलहरूले वेल घेराउ गरेर नाराबाजी गर्दा प्रधानमन्त्री दाहालले रोष्ट्रमबाट विश्वासको मत मागेका थिए ।

    अहिले विश्वासको मतबारे संसद्‍मा छलफल जारी छ ।

  • तनहुँ आगलागी अपडेट: क्षतिको विवरण सङ्कलन गरिँदै

    तनहुँ आगलागी अपडेट: क्षतिको विवरण सङ्कलन गरिँदै

    तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ। गएराति १२ः४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो। उक्त आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको प्रहरीले जनाएको छ।

    तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक आयोजना, व्यास नगरपालिकाको दमकलको सहायताले आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको थियो। जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका करिब २० वटा सटर जलेर नष्ट भएका छन्। यहाँ आइसक्रिम, फलफूल, मोबाइललगायत पसल सञ्चालनमा थिए।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले क्षतिको यकीन विवरण आइनसकेको भन्दै विवरण सङ्कलन थालिएको बताए।

    उनका अनुसार विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान छ। एउटा पसलमा लागेको आगो सल्किँदा अन्य पसलमासमेत क्षति पुगेको अनुमान गरिएको उनले बताए।

    क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण

    यसैबीच पूर्वमन्त्री एवं सांसद कृष्णकुमार श्रेष्ठले आगलागीपीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। फलफूल लाइनमा भएका अधिकांश पसल जलेर नष्ट भएको घटनाले अत्यन्तै दुःखी र मर्माहत बनाएको बताउँदै उनले घटनाको छानबिन गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।

    प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिन लागेका कारण यस दुःखको समयमा पीडितसँग भेटगरी स्थलगत रुपमा घटनाको वास्तविक जानकारी लिन सक्ने अवस्था नभएका भन्दै सांसद श्रेष्ठले प्रत्यक्ष रुपमा उपस्थित हुन नसके पनि क्षतिपूर्तिका लागि सरकारको निरन्तर ध्यानाकर्षण गराउने बताए।

    प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले आगलागीबाट भएको क्षतिको विवरणका आधारमा आवश्यक राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरे।

    उनले मुचुल्का उठाइ सम्पत्ति नोक्सानीका आधारमा आवश्यक राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत आग्रह गरे।-रासस

  • गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित: कांग्रेस

    गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित: कांग्रेस

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग पुनः दोहोर्‍याएको छ।

    कांग्रेस सदंसदीय दलको आज बसेको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको स्पष्ट प्रमाण देखिएको जनाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न माग पुनः गरेको हो।

    बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारीमा गृहमन्त्री लामिछानेको संलग्नताको विषय सञ्चारमाध्यममा आएको विषय मात्र नभइ प्रहरीले छानबिन गरेको र जिल्ला अदालतमा दायर गरेको अभियोगको विषय भएको जानकारी दिए।

    उनले भने, ‘सहकारीको रकम अपचलनमा छानबिन गर्न र संलग्नलाई कडा कारबाही गर्न स्वतन्त्र निष्पक्ष समिति हाम्रो बटन लाइन हो। प्रतिनिधिसभाको आइतबारको बैठकमा गृहमन्त्री लामिछानेले कांग्रेसलाई लगाएका आरोप असत्य, भ्रामक, कपोलकल्पित हुन्।’

    सचेतक लेखकले गृहमन्त्री लामिछानेले सदनमा अर्कालाई प्रश्न गर्ने होइन, आफूमाथि उठेका प्रश्नको जवाफ दिने हो भने। गृहमन्त्री लामिछानेको गैरजिम्मेवार भनाइ र प्रस्तुतिका सन्दर्भमा कांग्रेसले प्रधानमन्त्रीकोसमेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

    बैठकले गृहमन्त्री लामिछानेले लगाएका आरोपलाई निष्पक्ष र स्वतन्त्र छानबिन गरी प्रमाणित गर्न खुला रहेको समेत निर्णय गरेको प्रमुख सचेतक लेखकले बताए। -रासस

  • कांग्रेसको अवरोधपछि संसद् बैठक स्थगित

    कांग्रेसको अवरोधपछि संसद् बैठक स्थगित

    कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

    बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ र नाराबाजी गरेका थिए।

    कांग्रेसको नाराबाजी र विरोधपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेकाे हाे।

    कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठकअवरुद्ध गर्दै आएको छ।

    बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने र प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको थियो।

  • संसद्‍मा प्रधानमन्त्रीलाई कांग्रेसको अवरोध (तस्बिरसहित)

    संसद्‍मा प्रधानमन्त्रीलाई कांग्रेसको अवरोध (तस्बिरसहित)

    प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेका छन् ।

    प्रधानमन्त्रीमा विश्वासको मत लिन प्रस्ताव पेस गर्न सभामुख देवराज घिमिरेले समय दिएपनि प्रधानमन्त्री दाहाल रोष्ट्रममा पुग्न भने पाएनन् । कांग्रेस सांसदहरुले संसदभित्रै नारावाजी गरेका थिए ।

    कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ।

    सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार संसद्‍मा दिएको जवाफबारे असन्तुष्टि जनाउँदै आएको छ ।

    तस्बिरहरू: संसद् सचिवालय

  • अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

    अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

    जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित दल जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ।

    सोमबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जसपाले गरेको हो ।