ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथनको उपाधि आर्मीका होमलाललाई

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवका होमलाल श्रेष्ठले जितेका छन्।

४२ बर्षे श्रेष्ठले निर्धारित ४८ किलोमिटर दूरी ४ घण्टा ५ मिनेट २७ सेकेण्डमा पूरा गरे। दोस्रो भएका त्रिभुवन आर्मी क्लवकै तिलक सुनुवारले ४ घण्टा १२ मिनेट ४८ सेकेण्डमा पूरा गर्दा पाँचथर फिदिममा प्रताप थाम्सोहाङले ४ घण्टा १३ मिनेट २४ सेकेण्डमा उक्त दूरी पूरा गरे।

१५ बर्षदेखि धावक रहँदै गएका श्रेष्ठले नेपाल बाहेक जापान,चीन र मलेसियामा म्याराथन प्रतियोगितामा सहभागिता जनाएर उपाधि जितेका छन्। ८१ सालकाे भने उनको यो पहिलो म्याराथन उपाधि हो।

२०८० सालमा उनले इलामको माइपोखरी,अन्नपूर्ण क्षेत्र,काठमाडौं र पोखरामा सञ्चालन भएका म्याराथनमा सहभागी भएर कम्तिमा दोस्रो स्थान सम्मा नाम लेखाएका छन्।

चीनमा भएको क्रस कन्ट्री म्याराथनमा समेत उनले सहभागिता जनाएर द्धितीय स्थान हासिल गरेका थिए। खुलातर्फ सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिर पुगेर पुनः सदरमुकाम फुङलिङ फर्कने गरी दूरी निर्धारण भएको थियो।

विजेताले नगद १ लाख ५१ हजार १११ रूपैयाँ तथा खुला उपविजेताले नगद १ लाख ११ हजार १११ रूपैयाँ र तेस्रो हुनेले नगद ८१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा खुल्ला म्याराथनतर्फ १ सय १६ प्रतिस्पर्धी थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *