Blog

  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ

    वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा सिरहाको सिरहा नगरपालिका-२ घर भई ललितपुर सातदोबाटो बस्ने ३२ वर्षीय धनेश्वार साह, सप्तरी अगाईनसाइर कृष्ण शवरण गाउँपालिका-३ घर भई ललितपुर इमाडोल बस्ने ३७ वर्षीय सिकेन्दर चौधरी र सिरहा गोलबजार नगरपालिका-६ घर भई काठमाडौं महाराजगंज बस्ने ४२ वर्षीय भविन्द्रनाथ तामाङ रहेका छन्।

    पक्राउ पर्नेमध्ये धनेश्वारले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २० लाख रूपैयाँ, सिकेन्दरले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रूपैयाँ र भविन्द्रनाथले मौरिसस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ७२ हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले धनेश्वमरलाई ललितपुर सातदोबाटोबाट, सिकेन्दरलाई काठमाडौं नयाँ बानेश्वरबाट र भविन्द्रनाथलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो।

    उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

  • प्रधानमन्त्रीको टिप्पणी: कांग्रेसले अब अर्को चुनावमा देख्छ

    प्रधानमन्त्रीको टिप्पणी: कांग्रेसले अब अर्को चुनावमा देख्छ

    प्रधानमन्त्री पुष्पकमल दाहालले आवश्यक परे विश्वासको मत १०–१२ पल्ट लिने बताएका छन्।

    प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा दाहालले यस्तो बताएका हुन्।

    कांग्रेसले अब कस्तो मूल्य चुकाउनुपर्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा भने प्रधानमन्त्री दाहलले अर्को चुनावमा देखिने प्रतिक्रिया दिए।

    उनले भने,’जरुरी परे १०–१२ पटक विश्वासको मत लिन्छु। नेपालमा मात्रै होइन विश्वको मत लिन्छु। कांग्रेसले अर्को चुनावमा देख्छ।’

  • जिनियस स्कुलद्वारा २८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    जिनियस स्कुलद्वारा २८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    ललितपुरमा रहेको जिनियस स्कुलले महालक्ष्मी नगरपालिकाभित्रका २८ जना विद्यार्थीलाई माध्यमिक तहसम्मको अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।

    महालक्ष्मी नगरपालिकाको वडा नम्बर ८ मा रहेका यो स्कुलले नगर क्षेत्रभित्रका १४ वटा सामुदायिक विद्यालयका २८ जनालाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति प्रदान गरेको हो ।

    आफ्नो स्थापनाको दश वर्ष पुगेको उपलक्षमा जिनियस स्कुलले गरीब तथा जेहेन्दार विद्यार्थीलाई माध्यमिक तहसम्मको अध्ययनका लागि सहज वातावरण बनाइदिएको बताएको छ ।

    कोही विद्यार्थी रकम अभावमा शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले यो छात्रवृत्ति प्रदान गरेको स्कुलको भनाइ छ ।

  • सरकारले सहकारी पीडितको न्यायका लागि द्रुत गतिमा काम गर्छ: गृहमन्त्री लामिछाने

    सरकारले सहकारी पीडितको न्यायका लागि द्रुत गतिमा काम गर्छ: गृहमन्त्री लामिछाने

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितहरूको न्यायका लागि सरकारले द्रुत गतिमा काम गर्ने बताएका छन्।

    सोमबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसंग बोल्दै लामिछानेले सरकारले सहकारी पीडितहरूको न्यायका लागि द्रुत गतिमा काम गर्ने बताएका हुन्।

    उनले भने, ‘सरकारले सहकारी पीडितहरूको न्यायका लागि द्रुत गतिमा काम गर्छ। प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर नाराबाजी गरिरहेको छ। हामी व्यक्ति केन्द्रित नभईकन सरकारले संवेदनशील भएर विषय केन्द्रित भएर समस्या समाधान गर्न लाग्छ।’

  • जुम्लामा पाँच सयभन्दा बढी विद्यार्थी यार्सा टिप्न लेकतिर लागेपछि पठनपाठन ठप्प

    जुम्लामा पाँच सयभन्दा बढी विद्यार्थी यार्सा टिप्न लेकतिर लागेपछि पठनपाठन ठप्प

    वर्षभरिको पढाइ र घर खर्च जुटाउन जुम्ला लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी यति बेला बहुमूल्य जडीबुटी यार्सा खोज्न लेकतिर उक्लिएका छन्।

    यार्सा टिप्ने समय सुरु भएपछि जुम्ला, डोल्पा,कालिकोट, जाजरकोट, रुकुम र मुगु लगायतका जिल्लाबाट विद्यार्थी उनीहरू अभिभावकसँगै उच्च पहाडी क्षेत्रका पाटन गएपछि अधिकांश विद्यालयको नियमित पढाइ प्रभावित भएको छ।

    ऋमोक्ष माध्यमिक डिल्लीचौरका १ सय २१,गंगा माध्यमिक पेरेका २ सय ६० ,गंगादेवि आधारभूत स्यालागडिगाउँका १५,आधारभूत विद्यालय हुरीमहरीका ६ जना,आधारभूत विद्यालय लुमका ३०, मालिका मावि लोठचौरका ७० र सरस्वती माध्यमिक विद्यालय तल्फिका ८० जना गरी कुल ५ सय ८२ जना छात्राछात्रहरु पढ्ने जोहो गर्न पाटन पुगेका छन्।

    गरिबीका कारण बालबालिकाहरू अभिभावकसँगै यार्सा खोज्न पाटन जानुपर्ने बाध्यताले गर्दा उनीहरूको पढाइ बर्सेनि प्रभावित हुँदै आएको जुम्लाको पातारासी गाउँपालिका-१ मा रहेको गंगा माध्यमिक विद्यालय पेरे प्रध्यानाध्यापक गोर्ख बुढा बताउँछन्।

    जुम्ला,कालिकोट डोल्पा, मुगु, जाजरकोट र रुकुमका अधिकांश स्थानीय बासिन्दाले यार्सा बेचेर जोहो गरेको पैसाबाट वर्षभरिको खर्चको जुटाउने गर्छन्।यार्सा विद्यार्थीदेखि सर्वसाधारणको आम्दानीको स्रोत बनेको छ।

    विद्यार्थीको तेजिलो आँखा हुने हुँदा पाटनमा बढी कीरा टिप्ने भएकाले अभिभावकले पढाइ छोडेर आफ्ना छोराछोरी ढेड महिनाको निम्ति पाटन लैजाने चलन छ।

    सबैभन्दा बढी डोल्पा र मुगुका पाटनमा तथा त्यसपछि जुम्ला र हुम्लाका पाटनमा यार्सा पाइन्छ। आम्दानीको गतिलो स्रोत नै यार्सा भएकोले अभिभावकले यार्सा टिप्न आफ्ना छोराछोरीलाई लिएर जाने गरेका छन्।

    कम्तीमा पनि दुई महिना बालबालिका विद्यालय छाडेर यार्सा टिप्न जाने गरेको सोही गाउँपालिका ४ मा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका प्रध्यानाध्यापक हरिबहादुर बुढाले बताए। यार्सा टिपेर एक विद्यार्थीले कम्तीमा पनि एक लाख देखि दुई लाख बढी रुपैयाँ कमाउँछन्।

    त्यसैले अभिभावकले छोराछोरीको पढाइभन्दा यार्सालाई बढी महत्त्व दिने गरेको पाइन्छ। आधारभूत तहसम्म भने नियमित पढाइ भइरहेको छ। कक्षा ७ देखि १० सम्मका विद्यार्थी धेरै गएका छन्,भने ४,५ र ६ कक्षा सम्म कमै पाटन निस्केका छन्।

    ‘यार्साको कमाएको पैसाले घर खर्च चलाउने र छोराछोरीलाई पढाउने गर्छौँ,खान लाउन पुग्दैन, त्यसैले छोराछोरीलाई च्याउ टिप्न नपठाई हुँदैन,’पातारासी गाउँपालिका-३ चौर गाउँकी काली रावतले भनिन्।

    माथिल्लो तहका विद्यार्थी नआउँदा कतिपय विद्यालयका पढाइ हुदैन,शिक्षक हाजिर गरेर फर्किने गरेका छन्। यार्साको सिजनमा बर्षेनी डेढ महिना पढाइ प्रभावित हुँदा पाठ्यक्रम सक्न समस्या हुने गरेको मालिका माध्यमिक विद्यालय मावि शिक्षक प्रेमबहादुर हमालले बताए।

    पढाइ अघि बढाउँदा अधिकांश विद्यार्थीको पढाइ छुट्ने र नपढाउँदा पाठ्यक्रम पुरा गर्न सकस पर्ने गरेको उनी बताउँछन्। ‘यार्सा पाइने मौसममा विद्यार्थीको पढाइ प्रभावित हुन नदिन नयाँ विकल्प खोज्नुपर्छ’ शिक्षक हमालले भने।

    यार्साको आम्दानीले वर्षभरिको खर्च जुटाउनु पर्ने भएकोले आफ्ना छोराछोरीलाई जोखिम मोलेर मुगु र डोल्पाका पाटन लान बाध्य भएको अभिभावकले बताउँछन्।आफूहरूको यस्तो बाध्यतालाई अन्त्य गरी छोराछोरीलाई नियमित विद्यालय जाने अवस्था सिर्जना गर्नुपर्ने उनीहरूको भनाइ छ।

    गाउँलेहरू यार्सा टिप्न डोल्पाका पाटनतिर गएपछि गाउँहरू सुनसान छन्। गाउँमा अहिले अधिकांश वृद्धवृद्धा र बालबालिका मात्रै छन्। कसैको मृत्यु भए अहिले गाउँमा मलामी जाने मान्छे समेत नभएको सरस्वती माध्यमिक विद्यालय तल्फीका प्रध्यानाध्यापक विष्णुचन्द्र डाँगीले बताए।

    १, २,३ र ४ ५ वडा भित्र सामुदायिक विद्यालयका माथिल्ला कक्षामा पढ्ने अधिकतम विद्यार्थी पाटन पुगिसकेको पातारासी गाउँपालिकाअन्तर्गतको शिक्षा शाखा प्रमुख अविराज उपाध्याय बताउँछन्।

    गाउँपालिकामा रहेका सबै विद्यालयका प्रधानाध्यापकहरूको बैठकमा ७५ प्रतिशत हाजिर र ३३ प्रतिशत पढाइ नभए माथिल्लो कक्षामा लागि योग्य नहुने निर्णय गरिएको जानकारी दिए।

    विद्यालयहरूले पत्रमार्फत सूचना पठाएरै अभिभावकलाई सो निर्णयबारे सचेत गराएको छ। पातारासी गाउँपालिकामा १६ वटा सामुदायिक विद्यालय छन्। जसमा निमावि र मावि ६/६ वटा तथा प्रावि चारवटा छन्। यतिबेला कम्तीमा ६० प्रतिशत विद्यार्थी पाटन पुग्छन्।

  • ईरानी राष्ट्रपति रईसीको मृत्युः दुर्घटना वा सुनियोजित योजना ?

    ईरानी राष्ट्रपति रईसीको मृत्युः दुर्घटना वा सुनियोजित योजना ?

    ईरानका राष्ट्रपति इब्राहिम रईसीको मृत्युपछि विश्व समुदायबाट विभिन्न टिका टिप्पणी हुन थालेको छ। आइतवार हेलिकप्टर दुर्घटनामा परेका राष्ट्रपति रईसीको सोमवार मात्रै मृत्यु भएको पुष्टि ईरानी समाचार संस्थाहरूले गरेका छन्। उनको मृत्युलाई विश्व समुदाय र ईरानले पनि विभिन्न कोणबाट नियाल्न थालेको छ।

    अजरबैजानसँग सम्बन्ध सुधार गर्दै दुबै मुलुकले संयुक्त रुपमा ड्याम निर्माण गरेको थियो। जसको उद्घाटनका लागि राष्ट्रपति रईसी र विदेशमन्त्री हुसैन अब्दुल्लाहयान ३ वटा हेलिकप्टरसहित अजरबैजान गएका थिए। ड्याम उद्घाटन पछि राष्ट्रपति रईसीसहितको टोली आइतवारै ईरान फर्किने क्रममा दुर्घटनामा पर्‍यो। तर, उनको सुरक्षार्थ गएको २ वटा हेलिकप्टर भने सकुशल ईरान फर्कियो। हेलिकप्टर दुर्घटनामा राष्ट्रपपति रईसी, विदेशमन्त्री हुसैनसहित ९ जनाको मृत्यु भएको छ।

    राष्ट्रपति रईसी सवार हेलिकप्टर मात्रै दुर्घटनामा कसरी पर्यो भन्ने विषयमा अब बहस सुरु भएको छ।

    ईरानका सर्वोच्च नेता अयातुल्लाह खामनेईका उत्तराधिकारी मानिएका रईसीको मृत्युलाई शङ्काको दृष्टिले हेर्न थालिएको छ भने कपितयले यसलाई दुर्घटनाको रुपमा मात्रै लिइरहेका छन्।

    ईरानको कसाई भनेर चिनिने ६३ वर्षीय राष्ट्रपति रईसी सन् २०२१ जुनमा ईरानका राष्ट्रपति बनेका थिए। १९८८ मा ईरान–इराक युद्धको अन्त्यमा रईसी एक समितिका सदस्य थिए। जसले हजारौँ राजनीतिक कैदीहरूलाई मृत्युको सजाय सुनाएको थियो। हजारौँको सङ्ख्यामा मानिसलाई मृत्युदण्ड दिएपछि उनलाई तेहरानको कसाई भन्न थालियो।

    राष्ट्रपतिमा निर्वाचित रईसीलाई ईरानी विपक्षी समूह र पश्चिमा मुलुकले खासै रुचाएको थिएन। पछिल्लो समय चीन र पाकिस्तानसँग नजिकिँदै गएको ईरानले हमासको समर्थन गर्दै आएको थियो। जुन अमेरिका र अन्य पश्चिमा मुलुकलाई चित्त बुझेको थिएन। त्यति मात्र होइन ईरानले पछिल्लो समय हमाससँग युद्धमा रहेको इजराइलमाथि मिसाइल आक्रमण समेत गरेको थियो। अमेरिकाको चेतावनीका बाबजुद ईरानले इजराइलमाथि आक्रमण गर्दा इजराइलले पनि जवाफी कारबाही गरेको थियो।

    इजराइलसँगको युद्धमा हमासको खुलेरै समर्थन गर्दै आएको ईरानले इजराइललाई हराउन परमाणु आक्रमण गर्न सक्ने अनुमान पनि गर्न थालिएको थियो।

    इजराइलको समर्थनमा रहेको अमेरिकाले ईरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनलाई गम्भीरताका साथ नियाली रहेको बताएको छ। अमेरिकी संसदका वरिष्ठ प्रजातन्त्रवादी सांसद चक शूमरले हालसम्म कुनै योजना अनुसार रईसीको हेलिकप्टर दुर्घटना गराइएको जस्तो नदेखिएको बताएका छन्। उनले मौसम खराब भएका कारण हेलिकप्टर दुर्घटनामा परेको हुन सक्ने पनि बताए।

    यता, ईरानी राष्ट्रपति सवार हेलिकप्टर अमेरिकामा बनेको बुझिएको छ। १९ घन्टादेखि उद्दार र हेलिकप्टरको खोजीमा रहेको टोलीले राष्ट्रपति सवार बेल २१२ हेलिकप्टर टेक्सट्रन इंकद्वारा अमेरिकामा बनेको पुष्टि गरेको हो। उक्त हेलिकप्टरलाई शक्तिशाली र निकै विश्वसनीय मानिन्छ। अमेरिका र क्यानडाले हतियार ओसारपसार गर्न, आगलागी नियन्त्रण गर्न, राहत तथा उद्धारका लागि प्रयोग गर्दै आएको उक्त हेलिकप्टरलाई ईरानमा विशेष तयारीका साथ राष्ट्रपतिका लागि बनाइएको थियो।

    अधिकांशले उक्त दुर्घटनलाई मौसम खराबीका कारण भएको हुन सक्ने बताएका छन् भने कतिपयले यसलाई सुनियोजित योजना अनुसार गराइएको बताएका छन्।

    विभिन्न सामाजिक सञ्जालमा पनि अमेरिकाले नै ईरानी राष्ट्रपतिको हत्या गराएको हुन सक्ने आँकलन गर्न थालेका छन्।

  • विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा

    विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा

    प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन्।

    सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे।

    सभामुख घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरिरहँदा भने नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए।

    प्रधानमन्त्रीले विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामै प्रतिपक्षी दलहरुले नाराबाजी गरे। कांग्रेसको वेल घेराउसहितको नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मतको प्रक्रिया अघि बढेको थियो।

    सभामुख देवराज घिमिरेले विश्वासको मतको प्रक्रिया अघि बढाएपछि सदनको माइक ‘म्युट’ गरिएको थियो। माइक म्युट गर्दा प्रतिपक्षी दलहरुले गरेको नाराबाजी सुनिएको थिएन्।

    प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए। विश्वासको मतको पक्षमा १५८ मत परेको छ। यस्तै विपक्षमा ११३ मत परेको छ।

  • मंगलबार फेरि बस्ने गरी संसद बैठक स्थगित

    मंगलबार फेरि बस्ने गरी संसद बैठक स्थगित

    प्रतिनिधि सभाको बैठक मंगलबार फेरि बस्ने गरी स्थगित भएको छ। सोमबार बसेको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेसँगै सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

    जनता समाजवादी पार्टी, नेपालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री दाहालले सोमबारको संसदमा विश्वासको मत लिएका हुन्।

    विपक्षी नेपाली कांगे्रससहित अन्य विपक्षी दलहरूको विरोधका बाबजुद प्रधानमन्त्रीले विश्वासको मत हासिल गरेका छन्। उनको पक्षमा १५७ र विपक्षमा शून्य मत खसेको छ।

  • मेयर बालेनले सार्वजनिक गरे गिरीबन्धु जस्तै जग्गा सट्टाभर्ना लिन खोज्ने १०१ कम्पनी

    मेयर बालेनले सार्वजनिक गरे गिरीबन्धु जस्तै जग्गा सट्टाभर्ना लिन खोज्ने १०१ कम्पनी

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिन खोजेका एक सय एक कम्पनीको नाम सार्वजनिक गरेका छन्।

    मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउने निवेदन हालेको बताएका हुन्।

    उनले लेखेका छन्, ‘यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आङ्कलन गरिएको छ। सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ। तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन्। उनीहरूको स्वर घटेको छैन।’

    जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीहरू:

    १. केपी ओली ट्रस्ट

    २ . रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर

    ३ . केशरी चिया बगान पाँचथर

    ४. ओमटी गार्डेन प्रालि इलाम

    ५. सिद्धपोखरी टी–स्टेट प्रालि इलाम

    ६. इलाम टी–स्टेट इलाम

    ७. सान्भी इनर्जी प्रालि सानाजलविद्युत् आयोजना इलाम

    ८. माङमालुङ चियाबगान लि. इलाम

    ९. किरातेश्वर टी गार्डेन प्रालि त्रिशूल इलाम

    १०. हिम चियाबगान प्रालि इलाम

    ११. फिक्कल टी एन्ड कफी कम्पनी प्रालि कन्याम पशुपति, पञ्चकन्या इलाम

    १२. रोनक टी–स्टेट झापा

    १३. गोमादेवी टी–स्टेट झापा

    १४. झापा टी–स्टेट झाप

    १५. राजगढ चिया विकास कम्पनी प्रालि भद्रपुर झापा

    १६. कल्पना टी–स्टेट झापा

    १७. मोहन टी–स्टेट इन्डस्ट्रिज झापा

    १८. बज्रायोगिनी टी–स्टेट प्रालि झापा

    १९. ज्यामिरगढी टी–स्टेट झापा

    २०. राज टी–स्टेट झापा

    २१. पदम टी–टेट झापा

    २२. इलाम चियाबारी प्रालि झापा

    २३. पौडेल बन्धु टी–स्टेट प्रालि झापा

    २४. हिमाल इन्टरनेसनल प्रालि झापा

    २५. नक्कलबन्दा टी–स्टेट झापा

    २६. चकचकी टी–स्टेट झापा

    २७. लक्ष्मी टी–स्टेट झापा

    २८. सौरभ चिया उद्योग प्रालि झापा

    २९. इन्टरनेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड सर्भिसेज प्रालि झापा

    ३०. चन्द्रगढी टी–स्टेट प्रालि झापा

    ३१. रोमन टी–स्टेट प्रालि झापा

    ३२. हडिया रियल टी–स्टेट प्रालि झापा

    ३३. प्रयास चिया उद्योग झापा

    ३४. ऋद्धि गणेश टी–स्टेट प्रालि झापा

    ३५. न्यू–गिरी एन्ड सन्स झापा

    ३६. गुप्ता टी–स्टेट प्रालि भद्रपुर झापा

    ३७. कुवाडीदेवी टी–स्टेट प्रालि पागनडुब्बा, झापा

    ३८. जीपीको इराला फाउन्डेसन मोरङ

    ३९. इस्टर्न स्टार कृषि तथा सहकारी स.लि मोरङ

    ४०. जिरी टी डेभलपमेन्ट प्रालि धनकुटा

    ४१. कुवापानी टी प्लान्टेसन प्रालि धनकुटा

    ४२. मुँगा टी गार्डेन्स प्रालि धनकुटा

    ४३. चुलाचुली टी–स्टेट प्र.लि धनकुटा

    ४४. मारुती सिमेन्ट प्रालि सिरहा

    ४५. केचना टी–स्टेट प्रालि दोलखा

    ४६. सोलु हाइड्रोपावर प्रालि ९तल्लो सोलु० गार्मा र तिङला, सोलु र रसुवा

    ४७. अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालि सल्लेरी, तिङला, गामा, रसुवार सोलु

    ४८ ग्रीनभेन्चर्स प्रालि रामेछाप

    ४९. हिमालय ऊर्जा विकास क.९अप्पर खिम्ती० चुचुरे रामेछाप

    ५०. रिलायन्स सुगुर एन्ड केमिकल्स इ.प्रालि बारा

    ५१. गिजरा खाडाखारी मिल प्रालि बाँके

    ५२. युनाइटेड सिमेन्ट प्रालि नौबीसे धादिङ

    ५३. इको अर्गानिक फार्मस प्रालि काभ्रे

    ५४. गेल्डेन फ्रार्मस प्रालि कफी, तरकारी पशुपन्छी काभ्रे

    ५५. तिमाल इन्ट्रगे्रटेड फाउन्डेसन काभे्र

    ५६. युलेन्स एजुकेसन फाउन्डेसन काभ्रेपलाञ्चोक

    ५७. द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट काभे्र

    ५८. आदि शक्ति विद्युत विकास कं.प्रालि नुवाकोट

    ५९. नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कं. प्रालि ९माथिल्लो त्रिशूली० हाकुगाविस रसुवा

    ६०. लिबर्टी इनर्जी हाइड्रो पावर लमजुङ

    ६१. आराभ नेपाल भोर्डन एग्रिकल्चर क. प्रालि लमजुङ

    ६२. हिमालयन पावर पार्टनरसिप लमजुङ

    ६३. होङ्गसी शिवम् सिमेन्ट प्रालि नवलपरासी पाल्पा

    ६४. सान्जेन जलविद्युत् कं.लि रसुवा

    ६५. सगरमाथा सिमेन्ट प्रालि हटिया, मकवानपुर

    ६६. घोरही सिमेन्ट उद्योग घोराही दाङ

    ६७. सोनापुर सिमेन्ट प्रालि दाङ

    ६८. रोल्पा सिमेन्ट प्रालि बुढागाउँ रोल्पा

    ६९. रोवष्ट इनर्जी प्रालि ९मिष्ठी खोला जलविद्युत आयोजना० म्याग्दी

    ७०. रोड सो रियल स्टेट प्रालि कास्की

    ७१. सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर

    ललितपुर

    ७२. नारायणी उष्ट प्रालि ललितपुर

    ७३. ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालि ललितपुर

    ७४. होमल्यान्ड हाउजिङ प्रा.िललितपुर

    ७५. सिभिल होम्स प्रालि ललितपुर काठमाडौं

    ७६. सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर

    ७७. पवनपुत्र सेक्युरिटी प्रालि ललितपुर

    ७८. उपहार हाउजिङ क.लि. बलम्बु काठमाडौं

    ७९. सिभिल इन्फ्रास्ट्रकचर काठमाडौं

    ८०. सिनर्जी प्रोपर्टिज डेभलप्र्स प्रालि दहचोक काठमाडौं

    ८१. एसबी कम्पनी प्रालि सीतापाइला, चितवन

    ८२. सांग्रिला हाउजिङ प्रालि काठमाडौं

    ८३. सि.ई कन्स्ट्रक्सन प्रालि काठमाडौं

    ८४. बागमती प्रपर्टी डिलर्स प्रालि. काठमाडौं भक्तपुर

    ८५. युरो इन्भेस्टमेन्ट् प्रालि काठमाडौं

    ८६. आयुषा डेभलपर्स प्रालि काठमाडौं

    ८७. कोहिनुर हिलहाउजिङ प्रालि काठमाडौं

    ८८. हेभेन्स भिलेज प्रालि काठमाडौं

    ८९. बृहत् इनभेन्टमेन्ट प्रालि काठमाडौं

    ९०. होमल्यान्ड हाउजिङ प्रालि काठमाडौं

    ९१. पदमा मर्चेन्ट कं. प्रालि सीतापाइला, काठमाडौं

    ९२. टावर हाउजिङ प्रालि काठमाडौं चितवन

    ९३. टचउड हाउजिङ प्रालि काठमाडौं

    ९४. सुभारम्भा हाउजिङ एन्ड डेभलपर्स प्रालि

    ९५. सीडी डेभलपर्स प्रालि काठमाडौं

    ९६. सिद्धार्थ हाउजिङ प्रालि काठमाडौं

    ९७. तनहुँ हाइड्रोपावर लि. तनहुँ

    ९८. लिवर्टी इनर्जी क.लि. लमजुङ

    ९९. काबेली इनर्जी पाँचथर

    १००. हिमालय महालक्ष्मी गार्डेन प्रालि झापा

    १०१. गिरिबन्धु टी–स्टेट प्रालि झापा

  • प्रधानमन्त्री दाहालले चौथो पटक पाए विश्वासको मत

    प्रधानमन्त्री दाहालले चौथो पटक पाए विश्वासको मत

    प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा चौथो पटक विश्वासको मत पाएका छन्।

    प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका हुन्।

    प्रस्तावको विपक्षमा शून्य मत परेको छ। प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको थियो। प्रतिनिधि सभाको सोमबारको बैठकमा उपस्थित सांसदमध्ये १५८ जनामात्र मतदान प्रक्रियामा सहभागी भएका थिए ।

    नेपाली कांग्रेससहित विपक्षी दलहरु राप्रपा, जसपा, लोसपा, जनमाेर्चाका सांसद भने मतदान प्रक्रियामा सहभागी नै भएनन् ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

    प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए।