विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन्।

सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे।

सभामुख घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरिरहँदा भने नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए।

प्रधानमन्त्रीले विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामै प्रतिपक्षी दलहरुले नाराबाजी गरे। कांग्रेसको वेल घेराउसहितको नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मतको प्रक्रिया अघि बढेको थियो।

सभामुख देवराज घिमिरेले विश्वासको मतको प्रक्रिया अघि बढाएपछि सदनको माइक ‘म्युट’ गरिएको थियो। माइक म्युट गर्दा प्रतिपक्षी दलहरुले गरेको नाराबाजी सुनिएको थिएन्।

प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए। विश्वासको मतको पक्षमा १५८ मत परेको छ। यस्तै विपक्षमा ११३ मत परेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *