Author:

  • नेप्सेमा उत्साहजनक कारोबार, २७ दशमलब ५४ अंकको वृद्धि

    नेप्सेमा उत्साहजनक कारोबार, २७ दशमलब ५४ अंकको वृद्धि

    कारोबार हुने साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्सेमा उत्साहजनक कारोबार भएको छ । नेप्से परिसूचक सोमबार २७ दशमलव ५४ अंकले बढेर २०९२ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा यो १.३३ प्रतिशतले बढी हो ।

    सोमबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँ बराबरका १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर खरिद बिक्री भएको छ । ३१५ कम्पनीका ८० हजार ९८२ पटक कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार पनि नेप्सेमा उत्साहजनक कारोबार भएको थियो ।

    सोमबार क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७.३१ अंकले बढेर ३७४.०७ विन्दुमा पुगेको छ । सबैभन्दा बढी माइक्रो फाइनान्स कम्पनी र सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरको रहेको छ ।

    सर्वाधिक कमाउनेमा बैंकिङ सबइन्डेक्स रहेको छ । लाइफ इन्सुरेन्सको कारोबार भने सोमबार निराशाजनक रह्यो ।

    सोमबार कारोबारमा आएकामध्ये १ सय ३४ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ७ वटाको घट्यो र बाँकी ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

  • गृहमन्त्रीलाई कांग्रेसको चेतावनी: आरोप प्रमाणित गर्नुस्,नभए भोलिकाे दिन व्यहोर्नुपर्ला

    गृहमन्त्रीलाई कांग्रेसको चेतावनी: आरोप प्रमाणित गर्नुस्,नभए भोलिकाे दिन व्यहोर्नुपर्ला

    नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना नेताहरूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ।

    सोमबार बसेको संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका हुन्।

    उनले भने, ‘उहाँ (रवि लामिछाने) ले हिजो जसरी नेपाली कांग्रेसलाई लाञ्छित गर्नुभयो, जसरी कांग्रेसका नेताहरूमाथि प्रश्न उठाउनुभएको छ, हामी चुनौतीपूर्वक भन्न चाहन्छौँ– तपाईं छानबिन गर्नुस्, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस्। तपाईंले जुन गम्भरी लाञ्छना गर्नुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नु भएन भने भोलिका दिनमा के हुन्छ, व्यहोर्नुपर्ला।’

  • प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न: तपाईंलाई जङ्गलबाट सदनमा ल्याउने कांग्रेस बिर्सनुभयो ?

    प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न: तपाईंलाई जङ्गलबाट सदनमा ल्याउने कांग्रेस बिर्सनुभयो ?

    नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जङ्गलबाट सदनमा ल्याउने कांग्रेसलाई बिर्सिनुभयो भन्दै प्रश्न गरेका छन्।

    पत्रकार सम्मेलनमा बोल्दै लेखकले प्रधानमन्त्री दाहाललाई जङ्गलबाट सदनमा ल्याउने कांग्रेसलाई बिर्सिनुभयो भन्दै प्रश्न गरेका हुन्।

    उनले भने, ‘प्रधानमन्त्रीले भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो। तपाइलाई त जङ्गलबाट यहाँ राजनीतिमा ल्याउने कांग्रेस होकी को हो बिर्सिनुभयो। हतियार उठाएर हिँडेको तपाइलाई शान्तिमा कसको नेतृत्वमा आउनुभयो। नेपालको राजनीतिमा तपाइ र तपाईँको पार्टीलाई शान्तिमा रुपान्तरण गरेर नेपालमा एउटा राजनीति दलमा स्थापित गर्न कांग्रेसको सहयोग छैन।’

  • चितवनमा जेठ १३ देखि पाेलियो विरुद्धको खोप अभियान

    चितवनमा जेठ १३ देखि पाेलियो विरुद्धको खोप अभियान

    चितवनमा पोलियो विरुद्धको खोप इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) लगाइने भएको छ।

    यही जेठ १३ गतेदेखि २२ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय चितवनले सोमबार (आज) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ।

    २०७३ वैशाखदेखि २०७५ असोज मसान्तसम्म जन्मिएका बालबालिकालाई लक्षित गर्दै खोप लगाउन थालिएको कार्यालयले जनाएकाे छ।

    यसअघि छुटेका साढे ३६ हजार ७७४ जना बालबालिकाहरूलाई आईपीभी खोप दिइने स्वास्थ्य कार्यालय चितवनका क्षय कुष्ठ रोग अधिकृत जयराम दवाडीले जानकारी दिए।

    नेपालमा २०७१ बाट पोलियोको खोप लगाउन सुरु गरिएको थियो। बिचमा विश्वव्यापी खोपको अभाव भएका कारण खोप दिन रोकिएको दवाडीले बताए। खोप अभियानबारे तयारी पुरा भएको उनले सुनाए।

    जिल्लामा ५१० वटा खोप केन्द्र तोकिएको छ। स्थानीय तहका विद्यालयमा खोप केन्द्र स्थापना गरिएको छ। विद्यालय बाहिरका बालबालिकालाई स्थानीय स्वास्थ्य केन्द्रमा खोप प्रदान गरिने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए।

    खोपका लागि सात स्थानीय तहमा ४१२ स्वास्थ्यकर्मी खटिने छन्। जिल्लाका पालिकामा फरक-फरक समयमा खोप लगाइने उनले जानकारी दिए। रत्ननगर नगरपालिकामा जेठ १३ देखि १८ गतेसम्म, माडी, खैरहनी र राप्ती नगरपालिकामा जेठ १६ देखि १८ गतेसम्म, कालिका नगरपालिकामा जेठ १३ देखि १६ गतेसम्म, इच्छाकामना गाउँपालिकामा जेठ १४ देखि २० गतेसम्म र भरतपुर महानगरपालिकामा जेठ १३ देखि २२ गतेसम्म खोप लगाइने छ।

    खोप अभियान सफल पार्नका लागि स्थानीय तहका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, स्वंयसेविकाहरु तथा शिक्षकहरुलाई अभिमुखीकरण गरिएको छ। पोलयो भाइरसद्वारा लाग्ने रोग हो यो। मुख्य रुपमा व्यक्ति–व्यक्ति बीचको सम्पर्कद्वारा फैलिन्छ। सङ्क्रमित व्यक्तिको दिशा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने उनी बताउँछन्।

    सबै उमेर समूहमा पोलियो देखिए पनि मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्ने उनको भनाई छ। विश्वमा अफगानिस्तान र पाकिस्तानमा मात्र पोलियो रहेको उनले बताए। नेपाल २०६७ सालमा पोलियो मुक्त भएको थियो।

    खुला प्रजातिका पोलियो भाइरस तीन प्रकारका हुन्छन् र वैज्ञानिक हिसाबले ती फरक–फरक हुन्छन्। पहिला मुखबाट दिइने ओरल खोप मात्रै थियो। मुखबाट दिने पोलियोको तीन टाइपमध्ये टाइप वान, टाइप टु र टाइप थ्रि मध्ये मुखबाट दिइने ओरल पोलियो भ्याक्सिन (टाइप वान र टाइप थ्री) नियमित रुपमा सञ्चालन भइरहेको छ।

  • सरकारले सहकारी ठगलाई जोगाउन सरकारी निकायको दुरुपयोग गर्‍यो: कांग्रेस

    सरकारले सहकारी ठगलाई जोगाउन सरकारी निकायको दुरुपयोग गर्‍यो: कांग्रेस

    सरकारले सहकारी ठगलाई जोगाउन सरकारी निकायको दुरुपयोग गरेको नेपाली कांग्रेसले बताएको छ।

    प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलनमा सहकारी ठगलाई जोगाउन सरकारले सरकारी निकायको दुरुपयोग गरेको बताएका हुन्।

    उनले भने, ‘रुपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्रमा गृहमन्त्रीको नाम पाँच ठाउँमा उल्लेख गरिएको छ। अभियोग पत्रमा रवि लामिछानेको नाममा गैर कानुनी रुपमा रिन लिएको भनिएको छ। यो अभियोग पत्र महान्यायाधिवक्ता कार्यालयले जिल्ला अदालतमा दर्ता गर्छ। अर्को तर्फ महान्यायाधिवक्ता कार्यालय कुनै उजुरी छैन। सरकारले सहकारी ठगलाई जोगाउन सरकारी निकायको दुरुपयोग गरेको छ।’

  • अन्नपूर्ण आधारशिविरबाट दौडेर घान्द्रुक झर्नेगरि म्याराथन हुँदै

    अन्नपूर्ण आधारशिविरबाट दौडेर घान्द्रुक झर्नेगरि म्याराथन हुँदै

    अन्नपूर्ण आधारशिविर (एबिसी) बाट दौडेर पर्यटकीय गाउँ घान्द्रुक ओर्लने गरि आयोजना हुने अन्नपूर्ण म्याराथनको चौंथो संस्करण जेठ २१ गते हुने भएको छ। ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नाराका साथ आयोजना हुने म्याराथनले अन्नपूर्ण क्षेत्रमा साहसिक पर्यटन प्रवर्द्धन हुने आयोजकको भनाई छ।

    २०७५ सालदेखि सुरु भएको अन्नपूर्ण म्याराथनको तयारी तीव्र पारिएको आयोजकले बताएको छ। कास्कीको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिको व्यवस्थापनमा हुने चौथो संस्करणको अन्नपूर्ण म्याराथन आगामी जेठ २१ गते सोमबार हुने आयोजकले बताएको छ।

    अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मूल आयोजक समितिका संयोजक ललित गुरुङले आन्तरिक र विदेशी धावकले म्याराथनका लागि नाम दर्ता गरिरहेको बताए। उनका अनुसार अन्नपूर्ण क्षेत्रमा साहसिक पर्यटन प्रवर्द्धन गर्नका लागि म्याराथन आयोजना गरिएको हो। ‘नेपाललाई साहसिक पर्यटकीय गन्तव्य बनाउनका लागि यो म्याराथनले सघाउनेछ,’ उनले भने, ‘हिमाली क्षेत्रमा हुने म्याराथन निकै साहसिक पनि छ।’

    सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरि ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनमा म्याराथन आयोजना गरेको उनले बताए। यो दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’ का रुपमा पनि मनाउने गरिन्छ । ऐतिहासिक दिनको सम्झनामा अन्नपूर्ण म्याराथन हुने भएकाले यसको छुट्टै गरिमा बोकेको संयोजक गुरुङको भनाई छ।

    समितिले अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका दिनको अवसर पारेर प्रत्येक वर्ष अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन गर्दै आइरहेको छ। २०७५ सालदेखि सुरु गरिएको म्याराथन कोरोना भाइरस संक्रमणका कारण बीचमा दुई संस्करण हुन नसकेको थिएन। तर, गत वर्षदेखि यसलाई निरन्तरता दिइएको अध्यक्ष गुरुङले बताए।

    अन्नपूर्ण क्षेत्र विशेष गरी पदयात्राको लागि प्रख्यात छ। साहसिक पर्यटक भित्र्याउनका लागि पूर्वमा एभरेष्ट म्याराथनजस्तै गण्डकी क्षेत्रमा अन्नपूर्ण म्याराथन सुरु गरिएको आयोजकको भनाई छ। अन्नपूर्ण हिमालको फेदी आधार शिविरबाट दौड सुरु भई कास्कीको पर्यटकीय गाउँ घान्द्रुक झरेर म्याराथन समापन हुनेछ। झण्डै ४२ सय मिटरको उँचाइबाट धावकहरु ओर्लिँदै घान्द्रुक आइपुगेर दौड टुंग्याउनेछन्।

    अन्नपूर्ण आधार शिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आई समापन हुने गरि म्याराथन रुट कायम गरिएको समितिका महासचिव दिलीप गुरुङले बताए। यही रुटबाट अन्नपूर्ण आधारशिविरसम्मको पदयात्रा पनि हुने गरेको छ।

    महिला तथा पुरुष दुवै तर्फका लागि हुने म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँ साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। विदेशीका लागि प्रोत्साहन बापत विशेष पुरस्कारको व्यवस्था गरिएको पनि उनले बताए। पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार तोकिएको पनि उनले बताए।

    उनका अनुसार अहिले नाम दर्ता चलिरहेको छ। अहिलेसम्म ३० जना नेपालीले नाम दर्ता गरिसकेका छन्। केही विदेशीले पनि नाम दर्ता गराएका छन्। म्याराथनको अघिल्लो संस्करणमा पोहोर ४ जना विदेशी र ५२ जना नेपाली धावकले अन्नपूर्ण म्याराथनमा सहभागिता जनाएका थिए। ‘पोहोर भन्दा अहिले सहभागी हुने विदेशीको संख्या बढ्ने हाम्रो अपेक्षा हो । केहीले दर्ता गरिसकेका छन्। इच्छुक विदेशी धावक सम्पर्कमा छन्,’ उनले भने।

    अन्नपूर्ण म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जितेका थिए, दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाटले र तेस्रो संस्करणको उपाधि जुम्लाका धीरबहादुर बुढा र महिला तर्फ गणना भण्डारीले जितेका थिए।

  • झोलुङ्गे पुलको अभावमा आफ्नै देशबाट टाढिएर जिउन बाध्य मेचीपारीका बासिन्दा

    झोलुङ्गे पुलको अभावमा आफ्नै देशबाट टाढिएर जिउन बाध्य मेचीपारीका बासिन्दा

    ममता यादवले सानैदेखि आफू एक दिन ठुलो भएर कलेज पढ्ने सपना देखेकी थिइन् । उनलाई पढ्न र विद्यालय जान निकै मन पर्थ्यो । हाल २७ वर्षकी ममता नेपाल(भारतको दक्षिणपूर्वी सिमानामा अवस्थित ग्वालबस्तीका २५० महिलामध्ये सबैभन्दा बढी शिक्षित व्यक्ति मानिन्छिन् । तर उनले उच्च शिक्षाका लागि कलेज जान पाइनन् । आठ कक्षामै उनको औपचारिक शिक्षा टुङ्गियो ।

    उनी आफ्नो पढाइ अघि बढाउन चाहन्थिन् तर प्राकृतिक अवरोधका कारण अघि बढ्न सकिनन् । गाउँका अरू बालबालिका जस्तै उनी र उनको दाई पनि मेची नदी तरेर विद्यालय जान्थे । यसरी विभिन्न अवरोधहरू पार गर्दै विद्यालय गएर पनि उनले आफ्नो कक्षा उत्तीर्ण गरिन् तर उनको दाई भने उत्तीर्ण हुन सकेनन् । दाई विद्यालय जान छाडेपछि उनलाई एक्लै नदी तरेर विद्यालय जाने आँट आएन । उनको परिवारलाई पनि उनी त्यसरी विद्यालय गएको मन परेको थिएन । यत्तिकैमा उच्च शिक्षा हासिल गर्ने उनको सपना तुहिँदै गयो ।

    मेची नदीले नेपाल र भारतको सिमाना छुट्याएको छ । यो नदीलाई आधिकारिक रूपमा नै दुई देशबिचको सिमाना मानिने भए पनि नदीले आफ्नो बाटो परिवर्तन गरेकाले अहिले नदीको पूर्वतिर पर्ने केही जमिन नेपालकै भूभाग मानिन्छ । अहिलेसम्म पनि एउटा पुल बन्न नसकेकाले मेचीनगरको पूर्वी भागमा पर्ने तीन नेपाली बस्तीमा बसोबास गर्ने बालबालिकाले अझै दुई कक्षाभन्दा धेरै पढ्न यो नदी तरेर पारी जानु पर्छ ।

    यी नेपाली बस्तीहरू देशको अन्य भूभागबाट एक्लिएका छन् र शिक्षाको पहुँचका साथै जीवनका अन्य आधारभूत आवश्यकताबाट पनि वञ्चित छन् । यी तीन वटै नेपाली बस्तीका टोल सुधार समितिका अध्यक्ष अमल यादवका अनुसार यी बस्तीमा दुई कक्षासम्म मात्र पढाइ हुने एउटा विद्यालय छ र पुलको अभावले गर्दा यहाँका अधिकांश बासिन्दाहरूले दुई कक्षाभन्दा बढी पढ्न पाएका छैनन् ।

    सन् १८१८ र १८७३ का बिचमा मेची नदीले आफ्नो बाटो परिवर्तन गरेको थियो र यसले गर्दा नेपालको केही भूभाग नदीपारी परेको थियो । यसरी मेचीपारीका तीन नेपाली बस्तीमा झारुबस्ती र सिसौडाँगीसँगै ग्वालबस्ती पनि पर्छ ।

    नेपाल सरकारले सन् २००१ मा यी नेपाली बस्तीका बालबालिकाका लागि भनेर मेची प्राथमिक विद्यालय स्थापना गरेको थियो । तर यो विद्यालयमा दुई कक्षासम्म मात्र पढाइ हुन्छ । ममता यादवको जेठो छोरा सुमन कुमार यादव हाल ११ वर्षका छन् । उनको उमेरका अन्य बालबालिका सामान्यतया पाँच कक्षामा पुगिसकेका हुन्छन् तर उनले भने गाउँकै विद्यालयमा विगत तीन वर्षदेखि दुई कक्षामै दोहोर्याएर पढिरहेका छन् । ममता यादवलाई उनका अरू साना बच्चाको नियति पनि यही हुन्छ कि भन्ने कुराको चिन्ता छ ।

    वरपर अरू विद्यालय नभएकाले यी बस्तीका अधिकांश बालबालिकाहरू आफ्नो नाम लेख्न नबिर्सियोस् भनेर दुई कक्षामा नै पटक पटक दोहोर्याएर पढिरहने गर्छन् । केही बालबालिका भने नदी तरेर कालिका आधारभूत विद्यालयका जाने आँट गर्छन् । नेपालमा आठ कक्षासम्मको पढाइलाई आधारभूत शिक्षा वा प्राथमिक शिक्षा मानिन्छ । मेची प्राथमिक विद्यालयमा आवश्यक पूर्वाधार र शिक्षकको दरबन्दी नभएकाले दुई कक्षासम्म मात्र पढाइ भइरहेको छ भने मेचीवारी रहेको कालिका आधारभूत विद्यालयका आठ कक्षासम्म अध्यापन गराउने पूर्वाधार र शिक्षकको सुविधा छ ।

    मेचीपारीका बालबालिका घरमै बस्दा लगाउने लुगा लगाएर बिहान घरबाट विद्यालय जानका लागि निस्कन्छन् । नदी तर्दा विद्यालयको ड्रेस पानीले नभिजोस् भनेर उनीहरू आफ्नो ड्रेसलाई हातले माथि उचालेर नदी तर्छन् । नदी तरेपछि उनीहरू नदीपारी बगरमा भएको काँसघारीमा छलिएर लुगा फेर्छन् । केही बच्चाहरू काँधमा साइकल बोकेरै नदी तर्छन् । मेची प्राथमिक र कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेश श्रेष्ठ भन्छन्, “मेची प्राथमिक विद्यालयका २५ जना विद्यार्थीमध्ये मुस्किलले पाँच जना कालिका आधारभूत विद्यालयका। उनीहरू पनि बर्खामा भने विद्यालय आउन सक्दैनन् । खोला तरेर आउन कठिनाइ हुनाले मेची प्राथमिक विद्यालयमा पास भएका सबै माथिल्लो कक्षामा भर्ना हुँदैनन् ।”

    मेचीपारीका विद्यार्थीहरू पढ्नका लागि नदी तरेर पश्चिमतिर जान्छन् भने नदीवारी बस्ने मेची प्राथमिक विद्यालयका शिक्षक चाहिँ पढाउनका लागि नदी तरेर पूर्वतिर जान्छन् । रमा देवी ढकालले सन् २०२३ को डिसेम्बर महिनादेखि मेची प्राथमिक विद्यालयमा पढाउँदै आएकी छिन् ।

    विद्यालय छुट्टी भएपछि हरेक दिन ढकाल आफ्नो सुरुवाल घुँडासम्म सार्छिन् र नदी तर्न थाल्छिन् । उनलाई यो विद्यालयमा पढाउन सुरु गर्दा आफू यहाँ एक हप्ता पनि टिक्न सक्दिनँ जस्तो लागेको थियो । तर अहिले भने उनी विद्यार्थीहरूमा आएका स(साना सुधारहरू देखेर खुसी छिन् । यहाँका बालबालिकाको मातृभाषा नेपाली नभएर भारत र नेपालमा बोलिने मैथली वा हिन्दी भाषा हो । तर अहिले आफूले सिकाएपछि बच्चाहरूले नेपाली बोल्न सक्ने भएको उनी बताउँछिन् ।

    विद्यालयमा तीन जनाको दरबन्दी भए पनि ढकाल र अर्का एक जना कार्यालय सहयोगी मात्र नियमित विद्यालय आउँछन् । ढकाल भन्छिन्, “बाटो अप्ठ्यारो छ, खोला तर्नु पर्छ, गाह्रो हुन्छ भनेर म पनि विद्यालय आउन छाडेँ भने यहाँका नानीहरूले नेपालीमा आफ्नो नामसमेत लेख्न जान्दैनन् ।“

    नेपालका अन्य विद्यालयमा वर्षको एक महिना मात्र छुट्टी हुन्छ तर मेची प्राथमिक विद्यालय भने वर्षको चार महिना बन्द हुन्छ । मेचीनगर नगरपालिका(१५ का वडाध्यक्ष गुणराज भट्टराई भन्छन्, “बर्खामा विद्यालय बन्द रहने गरेको छ । खोलामा बाढी आएर शिक्षकहरू खोला तरेर विद्यालय जान सक्दैनन् ।” जाडोयाममा र अझ विशेष गरी फेब्रुअरी र मार्च महिनाको हावा चल्ने सिजनमा बतासले नदीको बालुवा उडाएर गाडी चलाउन र हिँड्नसमेत मुस्किल हुने हुनाले एम्बुलेन्ससमेत यी बस्तीमा पुग्न सक्दैन ।

    सन् १९१६ मा नेपाल र तत्कालीन ब्रिटिश इन्डियाको बिचमा भएको सुगौली सन्धिले नेपाल र भारतबिचको सिमाना छुट्याएको थियो । उक्त सन्धिपछि पश्चिममा महाकाली नदी र पूर्वमा मेची नदीलाई नेपाल(भारतको सिमानाका रूपमा लिइने गरेको मेची बहुमुखी क्याम्पसका इतिहास विषयका पूर्व सहप्राध्यापक तथा क्याम्पस प्रमुख चिन्तामणी दाहाल बताउँछन् । नदीले आफ्नो बाटो परिवर्तन गरेपछि यी बस्तीहरू मेचीपारी परेका थिए ।

    यी बस्तीमा शिक्षा मात्र नभएर अन्य आधारभूत सेवाहरू पनि उपलब्ध छैन । मधेसी र अन्य आदिबासी समुदायको बाहुल्यता रहेको यी गाउँका अधिकांश मानिसहरू कृषि क्षेत्रमा र चिया बगानमा काम गर्छन् । कुनै मार्गको नाम नराखिएको, कुनै पसल नभएको र कतै साइनबोर्ड नदेखिने यी बस्तीमा मेची प्राथमिक विद्यालयको साइनबोर्ड देख्दा मात्र आफू नेपालमै भएको थाहा हुन्छ । तीन नेपाली बस्तीमध्ये सिसौडाँगीमा अझै पनि बिजुली पुगेको छैन भने नेपाल सरकारले गत वर्ष मात्र झारुबस्ती र ग्वालबस्तीमा बिजुली पुर्याएको थियो । हरेक बस्तीमा पानी आउने एउटा(एउटा कल भए पनि कलको पानी पहेँलो छ र अमिलो स्वाद आउँछ । नेपाली बस्तीका ४५ घरमध्ये जम्मा तीन घरमा मात्र शौचालय छ । मान्छेहरू नदी किनारमा गएर खुला रूपमा शौच गर्छन् ।

    “हामीले बोलेर के हुन्छ र रु अहिलेसम्म एउटा झोलुङ्गे पुल त बनेन,“ ममता यादव भन्छिन् । पुल नभएकाले यी बस्तीका दीर्घरोगीहरूले सरकारले निःशुल्क उपलब्ध गराउने डायलाइसिस जस्ता सुविधाहरूको समेत उपभोग गर्न पाएका छैनन् । नुन(तेल जस्ता अत्यावश्यक सामग्री खरिद गर्न अधिकांश बासिन्दाहरू भारतीय बजारमा जाने गर्छन् ।

    सन् १९९१ को संसदीय चुनावमा पहिलो पटक यहाँ झोलुङ्गे पुल बन्ने कुरा चलेको स्थानीयहरू बताउँछन् । ७५ वर्षीय मदन पानलाई अझै याद छ, त्यस निर्वाचनमा झापाको क्षेत्र नं। ३ बाट निर्वाचित भएका राधाकृष्ण मैनाली मेची नदीमा पुल हाल्छु भनेर वाचा गर्ने पहिलो नेता थिए । पानका अनुसार मैनालीपछि यस क्षेत्रबाट निर्वाचित हुने सबै सांसदले झोलुङ्गे पुल बनाउने आश्वासन दिएका छन् तर पुल बन्ने सुरसार भने अझै पनि देखिँदैन ।

    आफूले चुनावी नाराका रूपमा मात्र नभएर यो ठाउँमा वास्तवमै पुलको खाँचो भएकाले पुलको कुरा उठाएको तत्कालीन सांसद मैनाली बताउँछन् । उनी भन्छन्, “जनसङ्ख्याका हिसाबले पुल आवश्यक नहुन सक्छ तर त्यहाँका बासिन्दाको दैनिक जीवनयापन र त्यहाँका बासिन्दालाई राष्ट्रिययतासँग जोड्नका लागि पनि त्यहाँ पुल बनाउन जरुरी छ ।“

    पुलले देशको बाँकी भूभागसँग जोड्ने भएकाले यी बस्तीका बासिन्दाहरूका लागि पुल राष्ट्रियतासँग जोडिएको छ । टोल विकास समितिका अध्यक्ष अमल यादव भन्छन्, “सबैभन्दा दुख त यसमा लाग्छ कि उताका मानिसले मेचीको डिलमा उभिएर हाम्रो बस्ती देखाउँदै ऊ त्यो भारत हो भन्दा नेपाली हुन नपाएकोमा दुख लाग्छ ।“

    मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी मेचीपारीका नेपाली बस्तीले धेरै समस्याहरू सामना गर्नु परेको कुरा स्वीकार्छन् । तर स्थानीय सरकारले मात्रै समस्या समाधान गर्न नसक्ने भएकाले सङ्घीय सरकारसँग पनि समाधान पहलका लागि प्रयास गरिरहेको उनी बताउँछन् ।

    तर यस क्षेत्रको प्रतिनिधित्व गर्ने हालका सङ्घीय सांसद विश्वप्रकाश शर्मा भने यो विषयका बारेमा अझै संसदमा छलफल नभएको बताउँछन् । उनी भन्छन्, “संसदमा छलफल गर्न पहिला योजना बनाउनु पर्छ । कुन कुन विषय महत्त्वपूर्ण छन्, ती विषयमा छलफल गरेर योजना बनाइन्छ र संसदमा पेस गरिन्छ । तर यो पुलको दीर्घकालीन समस्या समाधानका बारेमा सोचिरहेकाले अहिले यो विषय छलफलमा उठेको छैन तर म आफू पनि त्यही नगरपालिकाको भएकोले यसलाई कसरी सम्बोधन गर्ने भनेर सोचिरहेको छु ।“

    आफ्नो विगतका बारेमा सोच्दै गर्दा ममता यादवले लामो सुस्केरा हालिन् । नदीले गर्दा कलेज गएर उच्च शिक्षा हासिल गर्ने आफ्नो सपना त्यसै तुहिएको उनी बताउँछिन् । अहिले उनको एउटै चाहना छ कि उनका बच्चाहरूको सपना चाहिँ उनको सपना जस्तो चकनाचूर भएर नफुटोस् ।

    ( यो स्टोरी सुरुमा ग्लोबल प्रेस जर्नलद्वारा प्रकाशन गरिएको थियो। मायामितु न्यौपाने ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्। ग्लोबल प्रेस जर्नल अवार्ड विजेता अन्तर्राष्ट्रिय गैर नाफामूलक समाचार संस्था हो, जसले अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा रहेका आफ्ना ४० भन्दा धेरै स्वतन्त्र समाचार ब्युरोहरूमा स्थानीय महिला रिपोर्टरहरूलाई रोजगारी प्रदान गर्दछ। )

  • संखुवासभामा चट्याङ लागेर एकै गोठका ७२ भेडा मरे

    संखुवासभामा चट्याङ लागेर एकै गोठका ७२ भेडा मरे

    संखुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन्।

    जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार राती परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेको जानकारी दिए।

    सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी–५ का सोमबहादुर लिम्बूको चारसय भेडामध्ये ७२ वटा भेडा मरेको जानकारी दिए।

    रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागाईं ले बताए। सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ।

    घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्छ। सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दा बढी भेडीगोठहरु छन्।

    क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। -रासस

  • सुर्खेतको वीरेन्द्रनगरमा बस दुर्घटना: २ जनाको मृत्यु, १९ घाइते

    सुर्खेतको वीरेन्द्रनगरमा बस दुर्घटना: २ जनाको मृत्यु, १९ घाइते

    दैलेखबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको बस वीरेन्द्रनगर-१४ स्थित कटकुवा नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रूपेश खड्काका अनुसार मृतकको पहिचान हुन सकेको छैन। कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको बस सोमबार दिउँसो साढे १ बजेतिर दुर्घटना भएको उनले जानकारी दिए। दुर्घटनामा १९ जना घाइते भएका छन्।

    उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। घाइते १७ जनाको कर्णाली केयर हस्पिटल र २ जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको सुर्खेतका प्रहरी प्रमुख खड्काले बताए।

  • समिति गठनको माग सडकमा लैजाने विपक्षी दलहरुको निर्णय

    समिति गठनको माग सडकमा लैजाने विपक्षी दलहरुको निर्णय

    प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग सडकमा लैजाने निर्णय गरेको छ।

    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि बसेको प्रतिपक्षी दलको बैठकले सो निर्णय गरेको हो।

    बैठकले आजको प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले आफ्नो मर्यादा बिर्सिएको निष्कर्ष निकालेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।

    उनले भने, ‘आजको प्रतिनिधि सभामा सभामुख पार्टीका कार्यकर्ता जसरी प्रस्तुत हुनुभयो। उहाँले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुभएन भन्ने बैठकले निष्कर्ष निकालेको छ।’