२०८३ भदौ १ , सोमबार

संखुवासभामा चट्याङ लागेर एकै गोठका ७२ भेडा मरे



संखुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन्।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार राती परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेको जानकारी दिए।

सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी–५ का सोमबहादुर लिम्बूको चारसय भेडामध्ये ७२ वटा भेडा मरेको जानकारी दिए।

रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागाईं ले बताए। सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ।

घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्छ। सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दा बढी भेडीगोठहरु छन्।

क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। -रासस

प्रकाशित मिति : २०८१ जेठ ७ गते सोमबार