
Blog
-

एनपीएलबाट बाहिरिने संघारमा कर्णाली

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाज प्लेअफ नजिक पुगेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्समाथि ५ विकेटको जित निकाल्दै काठमान्डुले चौथो जित निकाल्यो । अन्तिम खेलअघि ८ अंक जोडेको काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । अब उसले पोखरासँग अन्तिम खेल खेल्नेछ । उक्त खेलमा पराजय भोगे पनि अरु टोलीको नतिजाको आधारमा काठमान्डु शीर्ष चारमा रहेर प्लेअफमा पुग्नसक्छ । अब काठमान्डुलाई विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले मात्र पछि पार्न सक्छ ।
यता कर्णाली भने पाँच मध्ये चार खेलमा पराजित भइसकेको छ । अब उसले बाँकी दुवै खेलमा जित निकालेको अवस्थामा प्लेअफमा पुग्नसक्छ । त्यसका लागि अरु टोलीको नतिजामा भर पर्नु पर्छ ।
चौथो जित निकाल्ने क्रममा काठमान्डुले आइतबार कर्णालीले दिएको १५० रनको लक्ष्य १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो । काठमाडौंका ओपनिङ ब्याटर आकाश त्रिपाठी ८ रनमा आउट भए पनि अर्का ओपनर बने चाल्र्सवर्थले ३४ रनको योगादन गरे । उनले २१ बलमा २ चौका र ३ छक्का प्रहार गरे । कर्णालीका कप्तान सोमपाल कामीविरुद्ध उनले एकै ओभरमा तीन छक्कासहित २० रन जोडेर आक्रामक सुरूवात दिलाएका थिए । तर उनी आठौं ओभरमा पवन सर्राफबाट बोल्ड हुन पुगे । त्यसपछि मिलिन्द कुमार ११औं ओभरमा रनआउट हुन पुगे । गेराल्ड इरासमसँग रन लिने विषयमा असझदारी हुँदा उनी १५ रन बनाएर पेभिलियन फर्किए ।
इरासमस र जोन सिमसनको जोडीले चौथो विकेटका लागि ७६ रनको साझेदारी गर्दै काठमान्डुलाई जित दिलाए । जितका लागि एक रन चाहिएको स्थितिमा सिमसन ४१ रनमा आउट भए । उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा रशिद खान पनि क्याच भए । इरासमसले ३३ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट ४३ रन प्रहार गरे । बलिङमा कर्णालीका नन्दन यादवले ३ विकेट लिए । उनले चार ओभरमा ३५ रन दिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ७ विकेटको क्षतिमा १४९ रन बनायो । कर्णालीका लागि गुल्सन झाले उत्कृष्ट ब्याटिङ गर्दै २२ बलमा नटआउट ४९ रन जोडे । गुल्सनले ६ चौका र ३ छक्का प्रहार गरे । कर्णालीको सुरुवात भने खराब रह्यो । पहिलो बलमै ओपनर प्रियांक पाञ्चाल करण केसीको बलमा कट एन्ड बउल्ड भए हुँदा रोयल डक भए । पहिलो ओभरकै अन्तिम बलमा विलियम बोसिस्टोलाई शाहब आलमले रनआउट गरेपछि उसले पहिलो ओभरमै दुई विकेट गुमायो ।
त्यसपछि तेस्रो विकेटका लागि मार्क वाट र पवन सर्राफले ५८ रनको साझेदारी गरे । वाट पनि नवौं ओभरमा भीम सार्कीबाट डाइरेक्ट हिटमार्फत रनआउटको सिकार बने । उनले ३० रन बनाउने क्रममा २७ बलमा १ चौका र २ छक्का प्रहार गरे । पवन सर्राफले ३५ रन बनाउने क्रममा २९ बलमा २ चौका र २ छक्का प्रहार गरे । उनी १२औं ओभरको पहिलो बलमा सन्तोष यादवको एलबिडब्लूको धरापमा परे । नाजिबुल्लह जाद्रान १४ बलमा १२ रन बनाएर पेभिलियन फर्के ।
कप्तान सोमपाल कामी ६ रनमा मिलिन्द कुमारबाट कट एन्ड बउन्ड भएका थिए । १९औं ओभरको अन्तिम बलमा दिपक डुम्रे १० रनको स्थितिमा रशिद खानबाट बोल्ड भए । बलिङमा काठमान्डुका रशिद खानले २ विकेट लिए । उनले ४ ओभरमा ३७ रन दिए । करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १–१ विकेट लिए । -

मन्त्री भण्डारीको कविता संग्रह ‘शाश्वत सत्य’ विमोचन

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको कविता संग्रह ‘शाश्वत सत्य’ विमोचन भएको छ । शनिबार वीरेन्द्रनगरमा औपचारिक कार्यक्रमका बीच कविता संग्रह विमोचन गरिएको हो । मन्त्री भण्डारीसहित डा. मधुसुदन घिमिरे, नवराज लम्साल, ओम रिजाल लगायतका साहित्यकारहरुले संयुक्त रुपमा कविता संग्रह सार्वजनिक गरेका हुन् ।
कविता संग्रहका लेखक भण्डारीले आम नागरिकका रुपमा आफूले भोगेका र देखेका वास्तविकतालाई कवितामा उतारेको बताए । प्रगतिशील लेखक संघका अध्यक्ष डा. घिमिरेले शाश्वत सत्य कविता संग्रहले नेपाली साहित्यमा एउटा इट्टा थपिएको धारणा राखे । कविता संग्रहमा मन र मस्तिकको सन्तुलन गर्न खोजीएको उनले बताए ।
लेकख एवम् सञ्चारकर्मी डा. नवराज लम्सालले राजनीति र साहित्यलाई छुट्याउन कविता संग्रह विवेकले बाँधिएको उल्लेख गरे । अर्का साहित्यकार ओमम रिजालले भण्डारीको कविता संग्रहले विद्रोही चेतका साथ मानिसको जीवनमरणका हरेक कोणहरु समेटेको बताए ।
कविता संग्रहमाथि समीक्षा गर्दै साहित्यकार पासुदेव पाण्डेले यो कविता संग्रहमा सत्य प्रेम, अभावको पाठशाला र कर्णालीको गौरवमय इतिहास र संस्कृततिलाई लिपिबद्ध गरेको बताए । मानव जीवनका हरेक कालखण्डहरुलाई सुन्दर रुपमा उतारिएको बताउँदै उनले नयाँ पुस्ताले हाम्रो कला र संस्कृतिलाई भुल्न थालेको वास्तविकतालाई कविले कवितामा कैद गर्न सक्नु सुखद पक्ष भएको उल्लेख गरे ।
-

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो । १ मंसिरमा निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेको थियो । हिजोसम्म ८० वटा दलले दल दर्ता गरिसकेका छन् । आजसम्म दल दर्ता गर्ने दलले आगामी फागुन २१ मा हुने चुनावमा भाग लिन पाउँछन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय छ ।
सोही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुनेछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने दिने दिन ७ माघमा हुनेछ ।
८ माघमा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गर्नेछ । पुनः उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। ९ माघमा उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।










