
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको कविता संग्रह ‘शाश्वत सत्य’ विमोचन भएको छ । शनिबार वीरेन्द्रनगरमा औपचारिक कार्यक्रमका बीच कविता संग्रह विमोचन गरिएको हो । मन्त्री भण्डारीसहित डा. मधुसुदन घिमिरे, नवराज लम्साल, ओम रिजाल लगायतका साहित्यकारहरुले संयुक्त रुपमा कविता संग्रह सार्वजनिक गरेका हुन् ।
कविता संग्रहका लेखक भण्डारीले आम नागरिकका रुपमा आफूले भोगेका र देखेका वास्तविकतालाई कवितामा उतारेको बताए । प्रगतिशील लेखक संघका अध्यक्ष डा. घिमिरेले शाश्वत सत्य कविता संग्रहले नेपाली साहित्यमा एउटा इट्टा थपिएको धारणा राखे । कविता संग्रहमा मन र मस्तिकको सन्तुलन गर्न खोजीएको उनले बताए ।
लेकख एवम् सञ्चारकर्मी डा. नवराज लम्सालले राजनीति र साहित्यलाई छुट्याउन कविता संग्रह विवेकले बाँधिएको उल्लेख गरे । अर्का साहित्यकार ओमम रिजालले भण्डारीको कविता संग्रहले विद्रोही चेतका साथ मानिसको जीवनमरणका हरेक कोणहरु समेटेको बताए ।
कविता संग्रहमाथि समीक्षा गर्दै साहित्यकार पासुदेव पाण्डेले यो कविता संग्रहमा सत्य प्रेम, अभावको पाठशाला र कर्णालीको गौरवमय इतिहास र संस्कृततिलाई लिपिबद्ध गरेको बताए । मानव जीवनका हरेक कालखण्डहरुलाई सुन्दर रुपमा उतारिएको बताउँदै उनले नयाँ पुस्ताले हाम्रो कला र संस्कृतिलाई भुल्न थालेको वास्तविकतालाई कविले कवितामा कैद गर्न सक्नु सुखद पक्ष भएको उल्लेख गरे ।

Leave a Reply