Author:

  • गुम्बा निर्माणका क्रममा लडेर युवकको मृत्यु

    गुम्बा निर्माणका क्रममा लडेर युवकको मृत्यु

    डोल्पाको काइके गाउँपालिका–५ बैजिबाडामा गुम्बा निर्माण गर्ने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । गुम्बाको छतमा काम गर्दै गरेका २५ वर्षीय नर्बु रोकायको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
    लडेर घाइते रोकायलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल दुनै पु¥याइएको थियो । अस्पतालमै उपचारका क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले बताए ।
    मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए । निर्माणाधीन छत भत्किँदा थप दुई जना स्थानीय कामदार पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

     

  • सडकसँग जोडियो डोल्पा अस्पताल

    सडकसँग जोडियो डोल्पा अस्पताल

    ठूलीभेरी नदीमाथि बनाईएको बेलिब्रिजको उद्घाटनपश्चात डोल्पा जिल्ला अस्पताल सडकको पहुँचमा पुगेको छ । बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले जिल्ला अस्पताल जोड्ने भेरी नदीमाथिको बेलिब्रिज पुल उद्घाटन गरेका छन् । कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट ठूलीभेरी नदीमा निर्माण भएको उक्त पुलको मुख्यमन्त्री कँडेलले उद्घाटन गरेका हुन् ।
    मुख्यमन्त्री कँडेलले सकारात्मक सोच र सामूहिक प्रयासले मात्रै विकास गर्न सकिने बताए । बजेट भएर मात्रै विहास नहुने भन्दै उनले सबैले आ–आफ्नो तर्फटबाट प्रयास गर्नुपर्ने बताए । यस्तै प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले बेलिब्रिज पुल निर्माणपछि अस्पताल मात्र नभई फोक्सुण्डो ताल पुग्ने पर्यटकका लागि सहज हुने बताए ।
    ४ करोड १७ लाखमा बनेको उक्त पुल जिल्लामै सबैभन्दा लामो बेलिब्रिज भएको र यसले जिल्ला अस्पतालसँगै हेलिप्याडसम्म सडक जोड्ने भौतिक पूर्वाधार कार्यालय डोल्पाका प्रमुख टेक हितानले बताए । निर्माणको जिम्मा रिडार्क नेपालले लिएको हो । काम सुरु गरेको साढे पाँच महिनामै काम सम्पन्न भएको थियो । ‘कार्यालयको चासो, समन्वय र सक्रियता भयो भने छोटो समयमै धेरै काम गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा यो पुल बनेको छ,’ उनले भने । जिल्ला सदरमुकामसम्म मोटरबाटो पुगेर पनि पुल नहुँदा दुर्गमजस्तै भएको जिल्ला अस्पताल अब भने सहज हुने स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर सिजन रावलले भनाई छ ।
    यस्तै मुख्यमन्त्री कँडेलले आजै स्वर्गीय क्याप्टेन दिनेश न्यौपानेको शालिक पनि उद्घाटन गरेका छन् । न्यौपानेको शालिक सदरमुकाम दुनैको प्रवेशद्वारमै बनाइएको छ । २०७२ सालमा कालिकोटमा भएको काष्ठमण्डप एयरको जहाज दुर्घटनामा उनको मृत्यु भएको थियो । उनको उडानमा सवार नौ जना यात्रु भने सकुशल रहेका थिए ।

  • रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो

    रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो


    राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याईएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग आज सोधपुछ गर्दैछ ।
    जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार बोलाएको हो । जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई अहिले कारागारबाट सिंहदरबार ल्याईएको हो ।

  • उडेको केही बेरमै दुर्घटना भयो अमेरिकी कार्गो जहाज

    उडेको केही बेरमै दुर्घटना भयो अमेरिकी कार्गो जहाज

    अमेरिकामा कार्गो जहाज दुर्घटना भएको छ। अमेरिकाको केन्टकी राज्यको लुइसभिलमा मंगलबार स्थानीय समयअनुसार साँझ ५ः१५ बजे युएसपीएसको फ्लाइट २९७६ कार्गो विमान दुर्घटना भएको हो।
    दुर्घटनामा चालक दलका तीन सदस्यसहित चार जनाको मृत्यु भएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। जहाज लुइसभिल मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईनाको होनोलुलुका लागि उडेको थियो। जहाज उडेको केही बेरमै त्यसको पंखामा आगो लागेको थियो।
    पंखामा आगो लागेको केही क्षणमै जहाज विस्फोट औद्योगिक भवनहरू रहेको ठाउँमा खसेको थियो। त्यहाँ रहेका संरचनाहरूमा पनि आगो लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। जमिनमा रहेका कम्तिमा १९ जना घाइते भएको लुइसभिलका मेयर ग्रिनबर्गले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
    चालक दलका तीन सदस्यबाहेक मृत्यु भएका अर्का एक व्यक्ति त्यस क्षेत्रका स्थानीय हुन्। घाइते भएकामध्ये केही अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।
    जहाज दुर्घटना भएको ठाउँ वरपर ८ किलोमिटरसम्मको क्षेत्रमा मानिसहरूलाई सुरक्षित रहन भनिएको छ। उक्त कार्गो जहाजले ३८ हजार ग्यालिन इन्धन बोकेको बिबिसीले जनाएको छ। उक्त इन्धन झन्डै १ लाख ४४ हजार लिटर रहेको भनिएको छ। दुर्घटनाबारे अनुसन्धान सुरू भएको छ। जहाज ३४ वर्ष पुरानो एमडी–११ फ्रेटर मोडेलको रहेको पनि रोयटर्सले जनाएको छ।
    यो विमान म्याकडोनेल डगलस कम्पनीले बनाएको हो। जुन पछि बोइङसँग विलय भएको थियो। बोइङले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धानमा प्राविधिक सहयोग पु¥याउने जनाएको छ।

  • १५ ग्राम लागुऔषधसहित तीन जना पक्राउ

    १५ ग्राम लागुऔषधसहित तीन जना पक्राउ

    सुर्खेतमा लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले १५ ग्राम ब्राउनुसुगरहित तीन जनालाई पक्राउ गरेको हो । उनीहरुलाई वीरेन्द्रनगर–८ बाट पक्राउ गरिएको हो ।
    पक्राउ पर्नेमा वीरेन्द्रनगर–५ का २८ बर्षीय हिमाल आले, वीरेन्द्रनगर–४ का २६ बर्षीय हिमाल आले, वीरेन्द्रनगर–१ का ४७ बर्षीय प्रेम गुरुङ रहेका छन् । २८ बर्षीय हिमालले वीरेन्द्रनगर–८ मा बिसाउने चौतारी नामको क्याफे सञ्चालन गरी बसेको प्रहरीले जनाएको छ ।
    पक्राउ परेको हिमाल र सरोजको साथमा ११ ग्राम ४७० मिलिग्राम लागुऔषध फेला परेको छ भने प्रेमको साथबाट ३ ग्राम १८० मिलिग्राम लागुऔषध फेला परेका छन् ।
    उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगरका अलावा १ लाख ७१ हजार ३३० रुपैयाँ नगद पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । पक्राउ परेको तीनै जनामाथि म्याद थप गरी अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

  • निकोलस भुसाल गोरखाबाट पक्राउ

    निकोलस भुसाल गोरखाबाट पक्राउ

    निकोलस भुसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई आज दिउँसो पक्राउ गरेको हो ।
    उनलाई पक्राउ गर्न काठमाडौंबाट डिएसपी अनिल घिमिरेसहितको टोली परिचालन गरिएको थियो । भुसाल सोमबार गोरखा पुगेका थिए । ‘उहाँलाई हामीले नियन्त्रणमा लिएका छौं, मेडिकल गराउन अस्पताल पठाइएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले भने ।
    उनलाई पक्राउ गरेर परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा लगिएको छ। भुसालले अराजक अभिव्यक्तिहरू दिएको भन्दै सोधपुछ गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • जाजरकोटमा खोटो संकलनका क्रममा ढुंगा लागी एक जनाको मृत्यु

    जाजरकोटमा खोटो संकलनका क्रममा ढुंगा लागी एक जनाको मृत्यु

    जाजरकोटको कुशे गाउँपालिका–४ मा खोटो संकलन गर्न गएका एक जनाको ढुंगा लागेर मृत्यु भएको छ । सोमवार भिउँ कटेरी सामुदायिक वनमा खोटो संकलन गर्न गएका सोही वडाका अन्दाजी ६१ वर्षीय जयबहादुर शाहीको भिरबाट खसेको ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको कुशे गाउँपालिका–४ का वडाध्यक्ष निमबहादुर शाहीले जानकारी दिए ।
    ‘हिजो खोटो संकलन गर्न जानुभएको रहेछ, साँझसम्म घर नआएपछि खोज्न गयौँ, खोज्दा उहाँलाई मृत अवस्थामा फेला प¥यौँ,’ वडाध्यक्ष शाहीले भने, ‘टाउकोमा गम्भीर चोट लागेको र माथिबाट ढुंगा खसेको देखिएको छ ।’ उनका अनुसार मृतक शाहीको शव घटनास्थलमै रहेको र मुचुल्का गर्ने कार्य बाँकी छ ।
    यसैबीच, जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको वडाध्यक्ष शाहीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

  • भदौ २४ को घटना अनुसन्धान गर्न सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी

    भदौ २४ को घटना अनुसन्धान गर्न सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी

    सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले गत भदौ २४ गते भएको आगजनीको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन् । जाहेरी दिए पनि कसैको नाम किटान गरिएको छैन ।
    जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत सुरू गरिरहेको एसएसपी रमेश थापाले बताए ।
    काठमाडौँ जिल्ला अदालतले भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी प्रहरीमा जाहेरी दिएको छ । भदौ २४ गतेको घटनामा सातवटा उच्च अदालतमा आगजनी तथा तोडफोड भएका थिए । सर्वोच्च अदालतको पत्राचार अनुसार ती अदालतले पनि विभिन्न विवरण संकलन गरी जाहेरी दिने तयारी गरिरहेको छ ।

  • गर्भवती बिरामीको हेलिकोप्टरबाट उद्धार

    गर्भवती बिरामीको हेलिकोप्टरबाट उद्धार

    रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटबाट गर्भवती बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । मंगलवार  बिहान पौने १० बजे मैकोटकी १५ वर्षीय गर्भवती बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।
    गर्भवती किशोरीलाई ज्वरोले च्यापेपछि मङ्गलबार बिहान ४ बजे स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो । स्वास्थ्य चौकी मैकोटका स्वास्थ्यकर्मीले चेकजाँच गर्दा बिरामीको अवस्था जटिल अवस्थाको भएपछि हेलिकोप्टर मार्फत रिफरका लागि प्रमुख जिल्ला अधिकारी लगायतलाई जानकारी गरिएको पुथाउत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टले जानकारी दिए ।
    बच्चा जन्मिने समय मङ्सिर महिना रहेको विष्टले बताए । बिरामीको धेरै पेट देख्ने, काम्ने र बेहोस हुने लक्षण देखा परिराखेको विष्टले बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत मैकोट देखि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको पुथाउत्तरगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले जानकारी
    दिए ।