जाजरकोटमा खोटो संकलनका क्रममा ढुंगा लागी एक जनाको मृत्यु

जाजरकोटको कुशे गाउँपालिका–४ मा खोटो संकलन गर्न गएका एक जनाको ढुंगा लागेर मृत्यु भएको छ । सोमवार भिउँ कटेरी सामुदायिक वनमा खोटो संकलन गर्न गएका सोही वडाका अन्दाजी ६१ वर्षीय जयबहादुर शाहीको भिरबाट खसेको ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको कुशे गाउँपालिका–४ का वडाध्यक्ष निमबहादुर शाहीले जानकारी दिए ।
‘हिजो खोटो संकलन गर्न जानुभएको रहेछ, साँझसम्म घर नआएपछि खोज्न गयौँ, खोज्दा उहाँलाई मृत अवस्थामा फेला प¥यौँ,’ वडाध्यक्ष शाहीले भने, ‘टाउकोमा गम्भीर चोट लागेको र माथिबाट ढुंगा खसेको देखिएको छ ।’ उनका अनुसार मृतक शाहीको शव घटनास्थलमै रहेको र मुचुल्का गर्ने कार्य बाँकी छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको वडाध्यक्ष शाहीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *