सुर्खेतमा लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले १५ ग्राम ब्राउनुसुगरहित तीन जनालाई पक्राउ गरेको हो । उनीहरुलाई वीरेन्द्रनगर–८ बाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–५ का २८ बर्षीय हिमाल आले, वीरेन्द्रनगर–४ का २६ बर्षीय हिमाल आले, वीरेन्द्रनगर–१ का ४७ बर्षीय प्रेम गुरुङ रहेका छन् । २८ बर्षीय हिमालले वीरेन्द्रनगर–८ मा बिसाउने चौतारी नामको क्याफे सञ्चालन गरी बसेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको हिमाल र सरोजको साथमा ११ ग्राम ४७० मिलिग्राम लागुऔषध फेला परेको छ भने प्रेमको साथबाट ३ ग्राम १८० मिलिग्राम लागुऔषध फेला परेका छन् ।
उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगरका अलावा १ लाख ७१ हजार ३३० रुपैयाँ नगद पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । पक्राउ परेको तीनै जनामाथि म्याद थप गरी अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

१५ ग्राम लागुऔषधसहित तीन जना पक्राउ





+ There are no comments
Add yours