निकोलस भुसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई आज दिउँसो पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्न काठमाडौंबाट डिएसपी अनिल घिमिरेसहितको टोली परिचालन गरिएको थियो । भुसाल सोमबार गोरखा पुगेका थिए । ‘उहाँलाई हामीले नियन्त्रणमा लिएका छौं, मेडिकल गराउन अस्पताल पठाइएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले भने ।
उनलाई पक्राउ गरेर परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा लगिएको छ। भुसालले अराजक अभिव्यक्तिहरू दिएको भन्दै सोधपुछ गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निकोलस भुसाल गोरखाबाट पक्राउ





+ There are no comments
Add yours