Blog

  • दैनिक कति पानी पिउने ?

    दैनिक कति पानी पिउने ?

    यो पनि पढ्नुहोस्

    पानी पिए स्वस्थ भइन्छ भन्ने कुरा हामी सवैले सुनेका छौ । गर्मीको बेला शरीरले नै बढी पानी मागिरहेको हुन्छ । तर कुन समयमा कति पानी पिउनु पर्छ भन्ने कुराबारे थाहा नहुँदा मानिसहरु अहिले पनि अन्योलमा छन् ।

    –१९औं शताब्दीताका कतिपय समाजका सम्भ्रान्त मानिसहरु बढी पानी पिउनुलाई खानाको अभाव या विपन्नतासित जोडेर हेर्थे। पानीले पेट भर्ने काम गरीबले मात्र गर्छन् या धेरै पानी पिउनु सम्पन्नहरूको सभ्यताविरोधी मानिन्थ्यो ।

    –कतिले धेरै पानी पिउनाले छाला चम्किलो बन्ने र कतिपयले तौल घट्ने सुझाव दिन्छन् । मानिसहरू हरेक दिन कम्तीमा दुइदेखि चार लिटर पानी पिउने सल्लाह दिन्छन । यो नियम कसरी आयो ?

    –सन् १९४५ मा अमेरिकी फुड एन्ड रिसर्च सेन्टरले एक वयस्क मानिसले एक हजार क्यालोरी पचाउन एक लिटर पानी पिउनुपर्ने सल्लाह दिएको थियो । यो भनेको हाम्रो बुझाइमा दैनिक दुई लिटर पानी पिउन सकिन्छ । दैैनिक दुइ लिटर पानी भनेको हामीले पिउने चिया, दुध, जुस जस्ता पेय पदार्थसहित दुई लिटर पानी पिउनु पर्छ भनिएको हो ।

    –सन् १९७४ मा प्रकाशित फेडरिक स्टेयरकी न्युटे«सन फर गुड हेल्थ पुस्तकमा वयस्क मानिसले दैनिक आठ गिलास पानी पिउन सुझाव दिइएको छ । यो पुस्तकमा पनि अरु खानेकुरामा प्राप्त हुने पानीको मात्रा जोडेर पिउन सुझाव दिएको हो । शरीरमा कुल तौलको दुई तिहाइ पानीको भाग हुन्छ ।

    –पानीले शरीरको खराव तत्व बाहिर निकाल्न भूमिका खेल्छ । हाम्रो शरीरको ताफक्रम नियमित राख्न र शरीरलाई नरम राख्ने काम पनि पानीले गर्छ । शरीरभित्र हुने रसायन पानीले बगाएर लैजान्छ । यसको साथै हाम्रो पसिना, पिसाब र श्वासको गन्ध पानीले नै बगाएर बाहिर निकाल्छ । यस कारण शरीरमा पानीको जतिबेला पनि आवश्यक हुन्छ । पानीको कमी भयो भने शरीरमा जलवियोजन हुन्छ ।

    –तर प्यास लागेपछि मात्र पानी पिउनु गल्ती हो । प्यास लाग्नेबित्तिकै हामी चिया, कफी, चिसो पेय पदार्थ या अन्य पेय पदार्थ लिएर पनि पानीको कमी पूरा गर्न सक्छौं। तर यी पदार्थमा पाइने रसायनको असर भने भुल्नु हुँदैन ।

  • भारतीय पाहुनाले धानिएको पर्यटन क्षेत्र

    भारतीय पाहुनाले धानिएको पर्यटन क्षेत्र

    प्रचण्ड गर्मीले यतिबेला भारतीय सहर हायलकायल छन्। गर्मीमा अत्तालिएका तिनै भारतीय सहरका पाहुनाले अहिले पोखरालाई गन्तव्य बनाएका छन्। पर्यटकीय क्षेत्र लेकसाइडमा अहिले भारतीय पाहुनाको भीडभाड देखिन्छ। निजी गाडीमा हुँइकिने देखि समूह बनाएर घुम्न आउने भारतीय पाहुनाका कारण पर्यटन क्षेत्र चलायमान बनेको व्यावसायीको भनाई छ।

    लेकसाइडका होटल देखि मुख्य सडकमा भारतीय पाहुना सवार सवारीको ठुलै पार्किङ देखिन्छ। त्यसबाहेक मुल सडकमा गुड्नेमा पनि भारतीय सवारी पर्याप्त देखिन्छन । पर्यटन व्यावसायीका अनुसार यो बेला आन्तरिक पाहुना कम छन। तर, भारतीयको भीडभाडले होटल, रेस्टुरेन्ट देखि पर्यटकीय गन्तव्यसम्म भीडभाड बढेको उनीहरुको भनाई छ। अझ मठमन्दिरमा त झनै भीड देखिन्छ।

    ‘होटलमा अहिले भारतीय पाहुनाको भीडभाड छ। गर्मी छल्न आएका भारतीय पाहुनाले गर्दा सबैजसो होटलले पाहुना पाएका छन,’ होटल बाराहीका महाप्रबन्धक राजकुमार केसीले भने, ‘खासमा यो बेला तेश्रो मुलुकका विदेशी कम हुन्छन। आन्तरिक पाहुनाको आउजाउ पनि कमै छ। तर, भारतीय पाहुनाले गर्दा पर्यटन क्षेत्र चलायमान बनेको छ।’ उनका अनुसार मध्यदेखि महंगा होटलमा समेत भारतीय पाहुनाको भीडभाड छ। केही समूहमा त कतिपय पाहुना पारिवारिक रुपमा घुमघाममा आएका छन।

    ‘खासमा पर्यटन क्षेत्र गएको सिजनमा पनि उत्तिसारो चहलपहल हुन सकेको थिएन। व्यावसायीले आशा गरे अनुरुप पाहुना आएका होईनन, तर, यतिबेला भारतीयको आकार भने राम्रो छ। पर्यटन व्यावसाय धान्ने आधार आन्तरिक पछि भारतीय पाहुना बनेका छन,’ केसीले भने।

    पर्यटन बोर्डका अनुसार पछिल्लो समय नेपाल आउने विदेशी पर्यटक मध्ये सबैभन्दा बढी भारतीय छन। यो मे महिनामा मात्र ३८ हजार भन्दा बढी भारतीय पाहुना हवाई मार्गबाट भित्रिएका थिए। स्थलमार्गबाट समेत भित्रिएका भारतीय गणना गर्ने हो भने यो संख्या निकै नै बढी हुन्छ। तर स्थलमार्गको आगमनको गणना कतै पनि हुँदैन। बोर्डका निर्देशक मणिराज लामिछाने भन्छन, ‘पर्यटन क्षेत्र धानेकै यतिबेला भारतीय पाहुनाले हो। यो बेला भारतीय पाहुनाको आकार निकै नै राम्रो छ । गर्मी छल्नका लागि पनि भारतीय पाहुना नेपाल आएका हुन।’

    पर्यटन क्षेत्रले भारतीय सहरमा अघिल्ला वर्ष प्रर्वद्धन अभियान चलाउँदै गर्मी छल्नका लागि नेपाल आउनु भनेर पाहुनालाई बोलाएकोले पनि त्यसको प्रभाव पर्दै गएको लामिछानेले बताए। ‘भारतमा उखरमाउलो गर्मी छ। त्यो गर्मीमा केहीदिनका लागि सुस्ताउने गन्तव्य पोखरा बनेको छ। दिनहुँको गर्मीले अत्तालिएका भारतीय पाहुनाले यो बेला पोखरालाई मुख्य गन्तव्य बनाएका हुन। त्यसको लाभ पर्यटन क्षेत्रमा परेको छ,’ उनले भने, ‘आगामि दिनमा पनि यही तरिकाले भारतीय सहरमा प्रर्वद्धन गर्ने तयारी छ। ’

    भारतीय पाहुना पनि गर्मी छल्नका लागि पोखरा आएको बताउने गरेका छन। भारतको बैंगलोरबाट आएका शंकर एसले भने, ‘भारतमा यो बेला ५० डिग्री हाराहारीमा तापक्रम छ। म बस्ने सहरमा पनि ४० डिग्री हाराहारीमा तापक्रम हुन्छ। पोखरामा दिनहुँ पानी पर्ने हुँदा निकै नै शीतल महसुस भएको छ,’ उनले भने, ‘तातो सहरबाट चिसोमा आउँदा शरिरले भिन्दै राहत महसुस गर्दाे रहेछ।’

    तीसजनाको समूहमा आएका उनीहरुले नेपालमा सात रातको प्याकेज बनाएका थिए। ‘मुक्तिनाथ, पोखरा र काठमाडौं घुमेर फर्किने तयारी छ। कम्तिमा एकसाताको यो भ्रमणले शरिरमा उर्जा दिएको अनुभव भएको छ,’ उनले भने, ‘निकै गर्मी सहरमा बसेर आएकोले पनि पोखराको गर्मीले खासै फरक परेन। पोखरा, काठमाडौंको गर्मी हाम्रा लागि सामान्य हो।’

    व्यावसायीका अनुसार पछिल्लो समय सधैंजसो भारतीय पाहुना नेपाल आउन थालेका छन। गर्मी छल्नका लागि मात्र नभई सहज आउजाउ भएकोले कुनैपनि समय नेपालमा भारतीयको आगमन उत्साहजनक रहेको व्यावसायीको भनाई छ। ‘भारतमा निर्वाचनका कारण केही समय अघि अलि सुस्ताएको आगमन यतिबेला पुन उत्साहजनक छ,’ होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘यो बेला भारतीय पाहुनाको आगमनले होटलको अकुपेन्सी पनि उकालो लागेको छ। ६० प्रतिशत हाराहारीमा अकुपेन्सी छ । कतिपय होटलको अकुपेन्सी त सतप्रतिशत पनि होला।’

    पोखराका पर्यटन व्यावसायीले केहीवर्षदेखि भारतीय सहरमा ‘चलिए पोखरा’ अभियान चलाएकोले पनि त्यसको प्रभाव स्वरुप अहिले भारतीय पाहुना आउन थालेको उनले बताए। पोखराका होटलको यतिबेलाको अकुपेन्सीमा ३० प्रतिशत हिस्सा भारतीयले ओगट्ने उनले सुनाए। उनका अनुसार भारतीय पर्यटकको पोखरा बसाई अवधि कम भएपनि यो आगमनले कुनै न कुनै रुपमा पर्यटनमा लाभ भने दिएको उनले बताए। उनका अनुसार पोखरामा भारतीय पाहुनाको औसत बसाई दुइरात हुने गरेको छ।

    व्यावसायीका अनुसार पोखराभित्र मात्र नभई आसपासका गन्तव्यमा पनि अहिले भारतीय पाहुना छन। पर्यटकीय क्षेत्र लेकसाइडमा त बिहान र बेलुकी भारतीय पाहुनाको बाक्लै भीड देखिन्छ। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष नरेश भट्टराई भन्छन, ‘भारतीय पाहुनाको आकार त राम्रो छ। तर, पर्यटन क्षेत्रको समग्र अवस्थामा भने उतारचढाव छ । कुनैदिन ह्वात्तै पाहुना आउँछन। कुनै दिन सुस्ताउँछन।’

    सस्तो देखि महंगासम्मका होटलमा भारतीय पाहुना रहेका छन। भारतीय पाहुना आएकै कारण वर्षायाममा पनि पर्यटन क्षेत्र केही धानिन सकेको पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा बताउँछन। ‘अब त भारतीय पर्यटकको सिजन भन्नै पर्दैैन। सधैंजसो भारतीय पाहुना पोखरा आउँछन। तर, उनीहरुको बसाई अवधि कम छ। पर्यटकको बसाई अवधि बढाउन सक्ने हो भने पर्यटन क्षेत्रले लाभ पाउछ,’ सापकोटाले भने।

    व्यावसायीका अनुसार स्थलमार्गबाट पोखरासम्म आउँदा भारतीय पर्यटकलाई सहज छ। सुनौली नाका पार गरेको ६ घण्टामै भारतीय पाहुना पोखरा भित्रिन सक्छन। त्यत्तिकै अवधिमा वीरगञ्ज नाकाबाट आएका पाहुना पनि पोखरा आउन सक्छन। साना आकारका सवारीमा छोटो समयमै पोखरा आउन सक्ने भएपनि भारतीयले पोखरालाई गन्तव्य बनाएका उनीहरुको भनाई छ। ‘पहिला पहिला धार्मिक पर्यटक मात्र बढी हुन्थे। यो बेला भने धार्मिक मात्र नभई पारिवारिक र सामूहिक यात्रामा आएका पाहुना पनि बढी छन,’ सापकोटाले भने।

  • मोदीले दिए प्रधानमन्त्री पदबाट राजीनामा

    मोदीले दिए प्रधानमन्त्री पदबाट राजीनामा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्।

    लोकसभा निर्वाचनको नयाँ नतिजा आइसकेपछि प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रोपदी मुर्मुलाई भेटेर राजीनामा दिएका हुन्।

    मोदीको राजीनामा राष्ट्रपति मुर्मुले स्वीकार गरेकी छन्। यद्यपि नयाँ प्रधानमन्त्री नबनेसम्म मोदी नै काम चलाउ प्रधानमन्त्री रहनेछन्।

    प्रधानमन्त्री मोदीले राजीनामा दिएसँगै नयाँ नतिजाअनुसार प्रधानमन्त्रीको बाटो खुलेको छ।

    नयाँ नतिजाअनुसार २०१४ पछि कुल ५४३ सिटको भारतीय लोकसभामा कुनै पनि पार्टीको बहुमत आएको छैन। लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ।

    मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले सबैभन्दा बढी २४० सिट जीत निकालेको छ। भाजपा नेतृत्वको एनडिए गठबन्धनको २९३ सिटसहित बहुमत छ। यद्यपि एनडिए गठबन्धन फुटाएर विपक्षी भारतीय नेशनल कांग्रेस (कांग्रेस आई) नेतृत्वको इन्डिया गठबन्धनले सरकार बनाउने प्रयास गरिरहेको छ।

    यद्यपि भारतीय सञ्चारमाध्यमले गठबन्धन दलको सहायतामा अझै प्रधानमन्त्री निरन्तर रहने दाबी गरिरहेका छन्।

  • सहकारी छानबिन समितिको पहिलो बैठक जारी

    सहकारी छानबिन समितिको पहिलो बैठक जारी

    सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरु भएको छ।

    बैठक संसद् भवन बानेश्वरस्थित शंकर हलमा बसिरहेको छ। समितिको पहिलो बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी भएका छन्।

    एमाले सांसद् सूर्यबहादुर थापाको सभापतित्वमा संसदीय छानबिन समिति बनेको छ।

    समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे, ईश्वरीदेवी न्यौपाने, एमालेबाट सरिता भुषाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन्।

    समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ।

  • विश्वासको मत लिने मिति सार्न मुख्यमन्त्री यादवले प्रदेशसभामा पठाए पत्र

    विश्वासको मत लिने मिति सार्न मुख्यमन्त्री यादवले प्रदेशसभामा पठाए पत्र

    मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज लिने भनिएको विश्वासको मत २८ गते सार्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको छ।

    आज ३ बजे बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची तोकिएको थियो। तर मुख्यमन्त्रीले अस्वस्थताको कारण विश्वासको मत लिने समय परिवर्तन गर्ने पत्र प्रदेशसभामा पठाएका हुन।नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएको ३० दिन भित्र अर्थात जेठ २९ गतेभित्र विश्वासको मत लिने समय सीमाभएकाले विश्वासको मत लिने समय सार्न प्रदेशसभा सचिवालयलाई पत्र पठाइएको जानकारी दिए ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वैशाख ३० गते सरकारबाट अलग्गिँदै सरकारलाई दिएका समर्थन फिर्ता गरेकाले ३० दिनको अवधिअनुसार जेठ २९ गतेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिन सक्ने तर्क गरेका छन्।

    तर, प्रतिपक्षीहरूले भने सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल गत वैशाख २४ गते नै विभाजित भई निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेकाले आज जेठ २३ गतेभित्रमै मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्ने जिकिर गरेका छन्।

  • सुमनाको ओली लक्षित प्रश्न–विदेशसँग सम्बन्ध हुँदैमा देशद्रोही भैहाल्छ ? (पूर्णपाठ)

    सुमनाको ओली लक्षित प्रश्न–विदेशसँग सम्बन्ध हुँदैमा देशद्रोही भैहाल्छ ? (पूर्णपाठ)

    शिक्षामन्त्री सुमना श्रेष्ठले नेपाली राजनीतिज्ञहरूले विदेशबाट फर्कनेहरू आफ्नो ‘हो मा हो’ मिलाउने कार्यकर्ता बनून भन्ने अभिष्ट राख्ने गरेको टिप्पणी गरेकी छन्।

    सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लामो अभिव्यक्ति सार्वजनिक गर्दै श्रेष्ठले यस्तो आशयको अभिव्यक्ति सार्वजनिक गरेकी हुन्। श्रेष्ठले यो अभिव्यक्ति कसलाई लक्षित गरिएको हो, भनेर प्रष्ट खुलाएकी छैनन्।

    यद्यपि उनको अभिव्यक्ति नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीलाई लक्षित गरिएको बुझ्न सकिन्छ। केहीदिन अघि ओलीले श्रेष्ठलाई लक्षित गरी ‘नेपाल घुम्न आएका बेला फ्वाट्ट सांसद्देखि मन्त्री बनेको’ भन्ने अभिव्यक्ति बाहिरिएको थियो।

    ‘जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किदा पैसा बाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ,’ शिक्षामन्त्री श्रेष्ठले लेखेकी छन्,‘यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र बर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिष्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन्।’ उनले नेपाली नेताहरूमा नेपाल फर्किएकाहरूले हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुने उल्लेख गरेकी छन्।

    यस्तै कर्मचारीतन्त्रदेखि पेसाकर्मीसम्मलाई उनले मुछेकी छन्। ‘कर्मचारीतन्त्र र यहाँका पेसाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन्, ऐले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरूको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन्,’ श्रेष्ठले लेखेकी छन्।

    महिलालाई हेर्ने मानसिकता झनै विकराल रहेको टिप्पणी गर्दै शिक्षामन्त्री श्रेष्ठले त्यसबाट अझ बढी प्रहार हुने रहेछ भनेर लेखेकी छन्। ‘समाजको नियम’ भनेर लगाउने लुगादेखि बोल्ने कपडासम्ममा लक्ष्मणरेखा कोरेर त्यहीभित्र बसोस् भन्ने चाहना हुने भएकाले नै नेपालका छोरी विदेशबाट फर्कन नखोज्ने उनले लेखेकी छन्।

    यस्तोमा उनले ‘अनि बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन?’, ‘ श्रीमान्को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ?’ भनेर प्रश्न गरेकी छन्। ‘के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ ?,’ शिक्षामन्त्री श्रेष्ठले उक्त अभिव्यक्तिमा प्रश्न गरेकी छन्,‘अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यहि कारणले मात्र उत्पात विकास हुने रहेछ त ?’ ‘हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौं’ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भड्किन पुगेको भन्दै उक्त उभिव्यक्तिमा शिक्षमन्त्री श्रेष्ठको आक्रोश देखिन्छ।

    त्यसपछि ओलीलाई लक्षित गर्दै उनले अगाडि लेखेकी छन्,‘यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो। देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो।’ मन्त्री श्रेष्ठले त्यस्तो सोच जोसुकैबाट आएपनि विरुद्धमा रहन आवश्यक रहेको लेखेकी छन्।

    उनले अगाडि लेखेकी छन्,‘भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो।’ त्यसले ‘नेपाल जान्छु र केहि गर्छु’ भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउने उनले लेखेका छन्। ‘देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ। साँच्चै नै ब्रेन गेन हुन पुग्छ,’ उनले लेखेकी छन्।

    सुमनाले के लेखेकी छन् ? जस्ताको तस्तै !

    विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर/किशोरीहरू विदेशिदैँछन् भन्ने सुन्दा नपत्याउने आधार छैन। साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन्। आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ। विदेशमा सहजताका लागि लामो समयको भिसा, पिआर वा नागरिकता जस्ता कागजात लिएका हुन सक्छन्। विदेशमा प्रेम होला, बिहे होला। कतिले विदेश पुगे पछि मात्र नेपाली समाजको गुणहरू बुझ्छन्, आफ्नो जरा नेपालमा भएको महशुस गर्छन्। विभिन्न कारणले विदेश पुगेकाहरू धेरैको मनमा परिस्थिति मिले नेपाल नै फर्किएर यहाँ नै सम्वृद्ध र सहज जीवन जिउने चाहना हुन्छ। स्वयम् नेपाल राज्यले नै त्यस्ता मानिसहरू नेपाल भित्र्याउने सोच राखेको नीतिहरू भेटिन्छन्। ब्रेन गेन, एनआरएनको नागरिकता जस्ता कार्यक्रमहरू त्यसकै लागि हुन्। तर, जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किदा पैसा बाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ। यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र बर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिष्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन्। यो “तँ बसेर आएको देश हो र नेपाल पो हो“ भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुदोरहेछ। कर्मचारीतन्त्र र यहाँका पेशाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दा रहेछन्, ऐले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरुको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन्। महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ। “समाजको नियम“ भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यहि भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन्। अनि बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन? श्रीमान्को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यहि कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन्। यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो। देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो। यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ। भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले ‘नेपाल जान्छु र केहि गर्छु’ भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउँछ। देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ। साँच्चै नै ब्रेन गेन हुन पुग्छ।

  • पुजार सार्की हेरेपछि कलाकारको प्रतिक्रिया: ‘जातीय विभेद अन्त्य हुनुपर्छ’

    पुजार सार्की हेरेपछि कलाकारको प्रतिक्रिया: ‘जातीय विभेद अन्त्य हुनुपर्छ’

    कलाकारहरूले जातीय विभेद अन्त्य हुनुपर्ने बताएका छन् । मंगलवार साँझ नेपाली चलचित्र पुजार सार्की हेरेपछि कलाकारहरूले यस्तो कुरा बताएका हुन्।उनीहरुले जातीय विभेदले समाजमा विभिन्न दुर्घटना निम्त्याएको भन्दै यस्ता विभेदहरूको अन्त्य गरेर अघि बढ्न जरुरी रहेको बताए।

    उनीहरुले चलचित्र पुजार सार्कीले पनि समाजमा हुने विभेदका बारेमा उजागर गरेको र सबैले एक पटक हेर्नै पर्ने चलचित्र रहेको बताए । चलचित्र हेरिसकेपछि सिने पत्रकारहरुसंग कुरा गर्दै अभिनेत्री वसुन्धरा भुसालले चलचित्रमा समाजका कुऋति, विभेदका विषयवस्तुहरू गहन ढंगले प्रस्तुत गरिएको बताइन।

    उनले चलचित्र सबैले एक पटक हेर्नै पर्ने रहेको र कथावस्तु समाजका जनचेतना विकास गर्ने किसिमको रहेको बताइन ।अभिनेता रमेश उप्रेतीले पुजार सार्की एकदमै उत्कृष्ट चलचित्र रहेको भन्दै चलचित्रको विषय वस्तुले समाजको कथा भनेको बताए । उनले कलाकारहरुको अभिनय र चलचित्रले समाजमा एउटा किसिमको सन्देश दिएको धारणा राखे । उहाँले जातीय विभेद अन्त्य हुनुपर्ने पनि बताए।

    चलचित्र पुजार सार्की सिनेमा सार्कीमा जातीय विभेदको मुद्दालाई उठाइएको छ । चलचित्र जेठ १० गतेबाट प्रदर्शन भइरहेको छ । दिनेश राउतको निर्देशनमा तयार पुजार सार्कीमा आर्यन सिग्देल , प्रदीप खड्का र पल शाह सहित अञ्जना बराइली, परीक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्य लगायतका कलाकारको अभिनय छ।

  • कोशी प्रदेशस्तरीय खेलकुद प्रतियोगिता असार ३ देखि

    कोशी प्रदेशस्तरीय खेलकुद प्रतियोगिता असार ३ देखि

    प्रदेश खेलकुद विकास बोर्डले आगामी असार ३ देखि प्रदेशस्तरीय विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ। बोर्डद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोर्डका सदस्य–सचिव कृष्ण बस्नेतले चालु आव २०८०-८१ मा बोर्डमार्फत कार्यान्वयन हुने खेलकुदको समय निर्धारण गरी खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।

    बोर्डले असार ३ गते पारा खेलकुद प्रयोगिता मोरङ र सुनसरी जिल्लामा, मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल मोरङको विराटनगरमा असार १५ भित्र, प्रदेशस्तरीय पौडी प्रतियोगिता मोरङ र सुनसरी जिल्लामा असार १५ भित्र, प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता खोटाङ जिल्लामा असार ८ देखि १३ सम्म, प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता तेह्रथुम जिल्लामा असार ३ देखि ७ सम्म आयोजना गर्ने भएको छ।

    यसैगरी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता मोरङको विराटनगरमा असार ७ देखि, महिला सेल्फ डिफेन्स तालिम तथा योजना प्रशिक्षण मोरङ, झापा र सुनसरी जिल्लाका विभिन्न विद्यालयमा असार १५ भित्र, प्रदेशस्तरीय कुरास प्रतियोगता सुनसरी जिल्लामा असार १५ भित्र, प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता मोरङको विराटनगरमा असार १३ र प्रशिक्षक विकासका लागि प्रशिक्षण कार्यक्रम मोरङ र तेह्रथुममा असार १५ भित्र सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

    सदस्य–सचिव बस्नेतले लामो समयमादेखि सम्पन्न हुन नसकेको खेलकुद प्रतियोगिता बाध्यताले अहिले आयोजना गर्न लागिएको र आगामी वर्षदेखि तोकिएको समयमा गर्ने प्रतिबद्धता व्यक्त गरे। उक्त खेलकुद प्रतियोगिता सम्पन्न गर्न एक करोड खर्च लाग्ने अनुमान गरिएको छ।

    उनले मोरङको गोठगाउँमा प्रदेश सरकार, पूर्वाञ्चल विश्वविद्यालय र स्थानीय निकायको सहयोगमा एक सय बिघा जग्गाका बहुउद्देश्यीय खेलकुद भवन निर्माण गरिने जानकारी दिए। –रासस

  • भारतविरुद्ध आयरल्यान्ड : प्रभाव पार्न सक्ने दुई खेलाडी

    भारतविरुद्ध आयरल्यान्ड : प्रभाव पार्न सक्ने दुई खेलाडी

    आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बुधबार भारतले आफ्नो पहिलो खेल खेल्दै छ।

    अमेरिकाको न्युयोर्कस्थित नसाऊ काउन्टीमा भारतले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । भारत र आयरल्यान्डबीचको खेल राति ८ः१५ बजे सुरु हुनेछ।

    विराट कोहली, भारत

    ट्वान्टी–२० विश्वकपका सबैभन्दा सफल ब्याट्सम्यान हुन्, विराट कोहली । उनले विश्वकपका २५ इनिङ्समा सर्वाधिक एक हजार १४१ रन बनाएका छन् । यस अवधिमा उनको औसत ८१.५ रहेको छ । जुन प्रतियोगिताको इतिहासमा कम्तिमा ४०० रन बनाउने ब्याट्सम्यानमध्ये सबैभन्दा धेरै हो । यसबाहेक उनले विश्वकपका २५ इनिङमा १४ अर्धशतक बनाएका छन्, जुन विश्वकै उच्च हो ।

    तर, विराटले कति नम्बरमा ब्याटिङ गर्छन् हेर्न भने रोचक हुनेछ । भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिग (आइपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरका लागि उनले ओपनिङ गरेका थिए ।

    उनी त्यसमा सफल पनि भए । १५ इनिङ्स खेलेका उनले एक शतक र चार अर्धशतकसहित सर्वाधिक ७४१ रन बनाए । ओरेन्ज क्याप जितेका उनले ६१.७५ को औषत र १५४.६९ को स्ट्राइक रेटमा रन बनाएका हुन् ।

    ट्वान्टी–२० आईमा विराटले नौ खेलमा ओपन गरेका छन् । जसमा उनले ५७ को औसत र १६१ को स्ट्राइक रेटमा रन बनाएका छन् । उक्त क्रममा उनले दुई अर्धशतक र एक शतक प्रहार गरेका छन् । तर, उनले धेरैजसो ट्वान्टी–२० आईमा तेस्रो नम्बरमा ब्याटिङ गरेका छन् । तेस्रो नम्बरमा उनले ५४ को औसतमा तीन हजारभन्दा बढी रन बनाएका छन् ।

    मार्क एडेयर, आयरल्यान्ड

    दायाँ हाते तीव्रगतिका बलर मार्क एडेयरले आयरल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आफ्नो पछिल्लो सात खेलमा उनले १३ विकेट लिएका छन् । विश्वकपको तयारीस्वरूप पाकिस्तानसँग खेलिएको तीन शृंखलामा उनले २२.२० को औषत र ९.३८ को इकोनोमीमा पाँच विकेट लिएका थिए ।

    त्यसपछि नेदरल्यान्ड्स, स्कटल्यान्ड र श्रीलंकासँग भएको खेलमा आठ विकेट लिएका थिए । हालसम्म खेलिएको ट्वान्टी–२० आईमा उनले ८३ इनिङ्समा ११९ विकेट लिएका छन् । उनको औषत १९.३३ र इकोनोमी ७.७५ रहेको छ ।

    बलिङसँगै उनले ब्याटिङमार्फत पनि आयरल्यान्डलाई योगदान दिन सक्छन् । उनले विश्वकपअघि भएको स्टकल्यान्ड, आयरल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखलाम नेदरल्यान्ड्सविरुद्ध खेलम २४ बलमा सात छक्का र २ चौकासहित ४९ रनको योगदान दिएका थिए ।

  • सरकारले ल्याएको बजेट साझा न्युनतम संकल्पसँग तालमेल भएर आएनः सांसद गैरे

    सरकारले ल्याएको बजेट साझा न्युनतम संकल्पसँग तालमेल भएर आएनः सांसद गैरे

    नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरे बजेटमा साझा न्युनतम संकल्पसँग मेल नखाएको बताएका छन्।

    बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन्।

    उनले सत्तारुढ दलले सार्वजनिक गरेको साझा संकल्प,कार्यक्रम, समझदारी,नीति सिद्धान्त र बजेटबीच तालमेल र लय नमिल्ने बजेट आएको टिप्पणी गरे।

    बजेट निर्माणको परम्परागत प्रवृत्ति अहिलेसम्म पनि कायम रहेको र प्रतिपक्षले बजेटलाई निहुँ मनाएर सरकार ढाल्न सकिन्छकी भनेर बिरोधका लागि बिरोध गर्ने,सत्तापक्षमा रहेका कारण अतिरञ्जनापूर्ण समर्थन गर्ने र दाबेदारी गर्ने दुवै प्रवृत्ति गलत रहेको उनको भनाइ छ।

    उनले भने,‘सत्तारुढ दलहरुसँग भएको साझा न्युनतम कार्यक्रम समझदारी,नीति सिद्धान्त कार्यक्रम र बजेटको बीचमा सुर, ताल र लय मिल्नुपर्ने त्यसमा खड्कीको महशुस भएको छ। बजेट निर्माणको परम्परागत प्रवृति अहिलेसम्म पनि कायम छ। प्रतिपक्षले बजेटलाई निउ मनाएर सरकार ढाल्न सकिन्छ की भनेर विरोधका लागि बिरोध गर्ने,सत्तापक्षमा रहेका कारण अतिरञ्जनापूर्ण समर्थन गर्ने दुवै प्रवृत्ति गलत कुरा हो। आलोचनात्मक ढङ्गले प्रश्तुत हुँदा सही सुझावहरु दिँदा र सुझाव स्वीकार गर्दा अर्थमन्त्री र सरकार कमजोर हुने होइन अझ बलियो र जनप्रिय बन्छ भनेर जान जरुरी छ। बजेटमा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृतिको अन्त्य गर्न आवश्यक रहेको छ।’

    उनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र संयमित भएपनि कार्यान्वयनमा चुनौति रहेको बताए।