Blog

  • ओलीले दिए मोदीलाई बधाई, प्रधानमन्त्रीमा निरन्तरताको कामना

    ओलीले दिए मोदीलाई बधाई, प्रधानमन्त्रीमा निरन्तरताको कामना

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई सन्देश दिएका छन्।

    भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा मोदी, भारतीय जनता पार्टी (भाजपा) र उसका सहयोगीहरूले ‘तेस्रो कार्यकालका लागि जित’ निकालेको भन्दै ओलीले एक्स (ट्विटर) मार्फत मोदीलाई बधाई दिएका हुन्।

    ‘बधाई छ, श्री नरेन्द्र मोदीजी,’ ओलीले सन्देशमा लेखेका छन्,‘भाजपा र यसका सहयोगीहरूले निकालेको ऐतिहासिक तेस्रो कार्यकालको जीतमा !’ ओलीले महान लोकतान्त्रिक अभ्यासका लागि भारतीय जनतालाई पनि बधाई दिएका छन्।

    यस्तै,भारतको प्रगति र समृद्धिमा मोदीको निरन्तरताको पनि कामना गरेका छन्। ‘म भारतको प्रगति र समृद्धिलाई ड्राइभिङमा तपाईं (मोदी) को निरन्तर सफलताको कामना गर्दछु,’ ओलीले लेखेका छन्।

  • सूर्याेदय नगरपालिका शिक्षा क्षेत्रमा प्रदेशकै उत्कृष्ट

    सूर्याेदय नगरपालिका शिक्षा क्षेत्रमा प्रदेशकै उत्कृष्ट

    इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा कोशी प्रदेशकै उत्कृष्ट घोषित भएको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ् नेपालले सूूर्याेदयलाई कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा पुरस्कृत गर्न लागेको हो।

    एसोसिएसनले लामो समयसम्म शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गर्न गठित मूल्यांकन समितिले कोशी प्रदेशमा सूर्याेदयलाई छानेको जनाएको छ। जेठ २६, २७ र २८ मा काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा नगरपालिकालाई पुरस्कृत गर्न लागिएको एसोसिएसन अध्यक्ष सुदाम गौतमले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गर्नेछन्।

    गौतमका अनुसार देशका सातै स्थानीय तहका एक–एक स्थानीय तह, एक–एक प्रधानाध्यापक र एक–एक विद्यालयलाई वर्षको उत्कृष्ट घोषित गरी पुरस्कृत गर्न लागिएको हो। पालिकालाई शिक्षामा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ्यक्रम-सूचना तथा प्रविधि र शिक्षामा सुशासन अभ्यास मापदण्डका आधारमा छनोट गरिएको सभापति गौतमले जानकारी दिए।

    कोशीमा इलामको सूर्याेदय, मधेसमा बाराको कौहलवी, वाग्मतीमा काठमाडौं महानगर, गण्डकीमा नवलपरासीपूर्वको मध्यविन्दू नगरपालिका, लुम्बिनीमा बर्दियाको ठाकुरबाबा नगरपालिका, कर्णालीमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका र सुदूरपश्चिममा धनगढी उपमहानगरलाई यो वर्ष शिक्षा क्षेत्रमा काम गर्ने प्रदेशका उत्कृष्ट पालिका छानिएको उनले बताए।

    त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. चित्रबहादुर बुढाथोकी संयोजकत्वको चार सदस्यीय छनोट समितिले विभिन्न मापदण्डका आधारमा पुरस्कृत पालिका, विद्यालय र प्रधानाध्यापक छनोट गरेको उनको भनाइ छ। छनोट समितिमा रामप्रसाद सुवेदी, धनञ्जय शर्मा र प्रकृति अधिकारी सदस्य छन्।

    सूर्याेदयले शिक्षा क्षेत्रमा विभिन्न महत्वपूूर्ण कार्यक्रम सञ्चालन गरिरहेको छ। विद्यालयको भौतिक पूर्वाधार विकासदेखि शिक्षकको दक्षता अभिवृद्धि, प्रोत्साहन र विद्यालयमा विद्यार्थी आकर्षित गर्ने दर्जनौं योजना सूर्याेदयले कार्यान्वयन गरेको छ।

    मेयर रणबहादुर राईले नगरले शिक्षा क्षेत्रमा दीर्घकालीन उपलिब्ध हासिल गर्ने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। ‘यो नगर बालमैत्री नगर पनि भएकाले विद्यालय तहको शिक्षा क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिरहेका छौं’, उनले भने, ‘बालबालिकाका लागि मात्र होइन, नगरका छोरी र बुहारीको उच्च शिक्षासमेतमा हामीले विशेष ध्यान दिएका छौं।’

  • चुरे संरक्षणमा राज्यले बेवास्था गर्‍यो, सबैले झुठा प्रतिबद्धता मात्रै जनाएः चुरे आन्दोलनकर्मी

    चुरे संरक्षणमा राज्यले बेवास्था गर्‍यो, सबैले झुठा प्रतिबद्धता मात्रै जनाएः चुरे आन्दोलनकर्मी

    चुरे तथा वनजंगल संरक्षणका लागि सप्तरीबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौं आएका नागरिकहरुले चुरे संरक्षणमा राज्यले बेवास्था गरेको आरोप लगाएका छन्।

    १४ दिन यता काठमाडौं लक्षित आन्दोन गरिरहेका उनीहरुले अहिलेसम्म सरकारले कुनै चासो नदिएको गुनासो गरे।

    माईतीघर मण्डलामा बुधवार आन्दोलनका क्रममा उनीहरुले विश्व वातावरण दिवसको दिन सरकार र राजनीतिक दलका नेताहरुले विभिन्न प्रतिवद्धता जनाएपनि झुटो मात्रै भएको बताए।

    वातावरणको संरक्षण गर्नुपर्छ भन्ने तर चुरे संरक्षणका लागि १४ दिन यता काठमाडौंमा प्रदर्शन गरिरको प्रदर्शनकारीहरुको आवाज सरकारले नसुनेको बताए।

    उनीहरुले स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारलाई चुरे संरक्षण्का लागि बारम्बार आग्रह गरेको भएपनि सरकारले आफूहरुको आवाज नसुनेको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले बताए।

    उनले चुरे तथा वन जंगल संरक्षण अभियान एक जनाको मात्रै अभियान नभएकाले सबै मिलेर चुरे संरक्षणमा लाग्नुपर्ने बताए।

    उनले प्राकृतिक श्रोत साधनको संरक्षणका निम्ति आवाज उठाउने नागरिकहरुको आवाज सरकारले नसुनेको बताए।

    राज्यले एकातिर प्राकृतिक सम्पदाको संरक्षणको कुरा गर्ने र अर्कोतिर चुरे संरक्षणका लागि आवाज उठाउनेहरुको आवाज नसुन्ने गरेको बताए।

    चुरे तथा वन जंगल संरक्षण अभियानको आन्दोलनलाई समर्थन गर्न पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चुरे संरक्षणका लागि आन्दोलनरत पक्षहरुको आवाज सरकारले नसुन्नु दुःखको कुरा भएको बताए।

    उनले पर्यावरण, जलवायुु परिवर्तनकाबारेमा कोही पनि संसदमा नबोल्नु र सरकारले बेवास्ता गर्नु दुःदको विषय भएको बताए।

    उनले चुरे दोहन गर्नका लागि बजेट ल्याइने तर संरक्षणका लागि केही नभएको बताए।

    उनीहरुले सरकारले वातावरण दिवसको दिन नै चुरे संरक्षणकर्मीहरुको आवाज नसुनी भाषणामा सिमित हुने काम गरेको बताए। उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल, सरकारका मन्त्रीहरु, विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुको फोटो प्ललेकार्डमा राखेर सरकार र नेताहरु हराएको सांकेतिक विरोध गरेका छन्।

    उनीहरुले २५ दिन हिँडेर, १४ दिन धर्नामा, सरकार कता ? भन्ने जस्ता प्लेकार्डह बोकेर बिरोध जनएका छन्।

  • यस्तो छ सरकारको मनसुनजन्य विपद् जोखिम न्युनिकरणको पूर्वतयारी

    यस्तो छ सरकारको मनसुनजन्य विपद् जोखिम न्युनिकरणको पूर्वतयारी

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद् न्युनिकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरिएको बताएका छन्।

    बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरेको जानकारी दिएका हुन्।

    उनले पोष्टले विपद् अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका कामहरु गर्ने बताए। उनले आजबाट शुरु हुनेगरी ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद् सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको पनि बताए।

    उनले भने, ‘मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्येक्ष प्रभावित हुनसक्ने। १८ हजार घरपरिवारलाई मनसुनजन्य विपद्मा उद्धार र राहत दिनुपर्ने आँकलन छ। कार्यकारी समितिको बैठकबाट मनसुन शुरु भएदेखि अन्त्य नभएसम्मका लागि गृह मन्त्रालयको विपद् तथा द्वन्द व्यवस्थापन महाशाखाका सहसचिवका नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको स्थापना गर्ने निर्णय भएको छ। जसमा सबै सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालय र विभागका प्रथम श्रेणीका अधिकारीहरुले कार्य गर्नेछन् । कमाण्ड पोस्टले मौसम पूर्वानुमानको जानकारी लिइ, जोखिमको आँकलन गरी, प्रभावका आधारमा पूर्वतयारी र विपद्का घटनापछिको प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्न, गराउनका लागि वानस्टप सेन्टरको रुपमा संयोजनकारी भुमिका खेल्नेछ। यसै पोष्टले विपद् व्यवस्थापनका लागि परिचालित हुने सरकारी, गैरसरकारी एवं वैदेशिक सहयोगबाट प्राप्त हुने सामग्रीको परिचालनमा समेत समन्वय गर्नेछ। अन्य ठाउँमा समन्वय गर्नुपर्ने भए यसले आफैँले समन्वय गर्नेछ। यसलाई तत्काल कार्यान्वयनमा ल्याइएको छ। समन्वयको अभावले सामानहरु नजाने, पैसाको निकासी नहुने जस्ता कुराहरुबाट विगतमा भएका अनुभवहरुबाट सिकेर कमाण्ड पोष्टलाई पूर्ण अधिकार प्रदान गरिएको छ । कमाण्ड पोष्टले आवश्यक पर्दा प्रत्येक्ष रुपमा गृहमन्त्री, गृहसचिव र प्रधानमन्त्रीसँग समेत समन्वय गर्न सक्नेगरी अधिकारसम्पन्न बनाइएको कुरा जानकारी गराउन चाहान्छु। आजबाट सुरु हुने गरी २४ घण्टा ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा यस्ता सुचनाहरु लिन, दिनका लागि तैनाथ राखिएको छ। र टोलि आजदेखि नै काम गरिरहेको सदनलाई जानकारी गराउन चाहन्छु।’

    गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दैविक सहायता कोष प्रदेश, जिल्ला र सबै स्थानीय तहका विपद् कोषहरुबाट गरी कुल ६ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ मौज्दात रहेको पनि बताए। उनले सो रकमको सही परिचालन गर्न सकेमा राहत, उद्धारको काम नागरिकलाई महशुस हुनेगरी गर्न सकिने बताए।

    त्यस्तै, ७३ हजार ६७० क्वीन्टल चामल, ४६ हजार ७४० त्रिपाल, ८ हजार ३५१ टेन्ट, १७ हजार ३५५ ब्ल्याकेट, ६ हजार १६० स्लिपिङ म्याट, ५ हजार ५२३ सेल्टर किट, २ हजार १०२ सेल्टर उपकरण, ८ हजार ६०३ भान्सा सम्बन्धी सरसामानको सिट, ३३ हजार ९३१ हाइजिन सेट मौज्दात रहेको पनि उनले जानकारी दिए। उनले नेपाली सेनाका १० हजार ८४७, नेपाल प्रहरीका १० हजार ५८५, सशस्त्र प्रहरी वल नेपालका १ हजार ९२४ तालिमप्राप्त जनशक्ति पनि विपद्का लागि तयारी अवस्थामा राखिएको बताए।

    उनले भने, ‘प्रधानमन्त्री दैवी सहायता कोष प्रदेश, जिल्ला र सबै स्थानीय तहका विपद् कोषहरुबाट ६ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ अहिले मौज्दात रहेको कुरा सदनलाई जानकारी गराउन चाहन्छु। यसको सही परिचालन गर्न सकियो भने हामी नागरिकलाई राहत, उद्धारको कार्यमा तत्काल महशुस हुनेगरी काम गर्नसक्छौँ भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु। १२ वटा बेलिब्रिज स्ट्याण्ड बाइ छ। देशका विभिन्न भागमा सडक खोल्नका लागि हेवी इक्युपमेन्टलाई तैनाथ राखिएको छ। यो सेन्टरले कल गर्न बित्तिकै तुरुन्तै अघि बढ्नेगरी तयार राखिएको छ। नेपाली सेनाको हेलिकप्टर तयार अवस्थामा राखेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग ७३ हजार ६७० क्वीन्टल चामल मौज्दात रहेको छ। विभिन्न गोदामहरुमा ४६ हजार ७४० त्रिपाल, ८ हजार ३५१ टेन्ट, १७ हजार ३५५ ब्ल्याकेट, ६ हजार १६० स्लिपिङ म्याट, ५ हजार ५२३ सेल्टर किट र २ हजार १०२ सेल्टर उपकरण, ८ हजार ६०३ भान्सा सम्बन्धी सरसामानको सिट, ३३ हजार ९३१ हाइजिन सेट मौज्दात अवस्थामा तयारी हालतमा रहेको कुरा जानकारी गराउन चाहान्छु। मनसुनजन्य विपद्मा घटिनसक्ने जनशक्तिको कुरा गर्दा नेपाली सेनाका १० हजार ८४७, नेपाल प्रहरीका १० हजार ५८५, सशस्त्र प्रहरी वल नेपालका १ हजार ९२४ तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा रहेका छन् भने विपद्का समयमा सुरक्षा निकायका थप जनशक्ति पनि आवश्यकताअनुसार परिचालन हुनेगरी तैनाथ अवस्थामा रहेको कुरा जानकारी गराउन चाहन्छु।’

    मन्त्री लामिछानेले राहत सामग्रीको वितरण एकद्वार प्रणालीबाट गरिने भन्दै छिटोछरितो गरिने पनि बताए।

  • तीनकुनेमा आगलागी हुँदा २ जना घाइते

    तीनकुनेमा आगलागी हुँदा २ जना घाइते

    तीनकुनेको एक स्टोरमा आगलागी भएकाे छ। आगलागीमा परी २ जना घाइते भएकाे बानेश्वर प्रहरी वृत्तले जनाएकाे छ।

    घाइते हुनेमा धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक– ६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ रहेकाे बानेश्वर प्रहरी वृत्तले जनाएकाे छ।

    वृत्तका अनुसार उनीहरु दुवैजना स्टोरमा काम गर्ने रहेका छन्। घाइते दुवैजनाको अवस्था सामान्य रहेको र उनीहरुको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

    नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण प्रयास जारी रहेको प्रहरीले बताएको छ।

  • सहकारी छानबिन समितिको बैठक बस्दै

    सहकारी छानबिन समितिको बैठक बस्दै

    सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बस्दै छ।

    बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठक संसद् भवन बानेश्वरस्थित शंकर हलमा बस्ने बताइएको छ। एमाले सांसद् सूर्यबहादुर थापाको सभापतित्वमा संसदीय छानबिन समिति बनेको छ।

    समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे, ईश्वरीदेवी न्यौपाने, एमालेबाट सरिता भुषाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन्।

    समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ।

  • ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ संसदमा  पेश

    ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ संसदमा पेश

    प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ प्रतिनिधि सभा बैठकमा पेश गरिएको छ।

    बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सो समितिका सभापति राजकिशोर यादवले ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धि समितिको प्रतिवेदन, २०८१’ प्रतिवेदन पेश गरेका हुन्।

    प्रतिनिधि सभा नियमावली २०७९ को नियम १२१ बमोजिम अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन, २०८१ प्रतिनिधि सभा बैठकमा पेश गरिएको सभापति यादवले बताए।

  • ताप्लेजुङ जिल्ला लिग : सिसास र नवप्रयास ‘ए’ डिभिजनमा बढुवा

    ताप्लेजुङ जिल्ला लिग : सिसास र नवप्रयास ‘ए’ डिभिजनमा बढुवा

    ताप्लेजुङमा रहेका ‘बी’ डिभिजनका आठवटा क्लबमध्ये सिर्जनशील सामाजिक सामाज खोक्लिङ (मिक्वाखोला) र नवप्रयास युवा क्लब हाङदेवा (फुङलिङ) ‘ए’ डिभिजनमा बढुवा भएका छन्।

    जिल्ला लिग फुटबल प्रतियोगिताअन्र्तगत ‘बी’ डिभिजनको खेलबाट उत्कृष्ट दुईमा पर्ने उल्लिखित दुई क्लबका फुटबल टिम ‘ए’ डिभिजनमा बढुवा भएका हुन्। बाँकी ६ टिम ‘बी’ डिभिजन रहने छन्। ‘बी’ डिभिजन लिगको उपाधि भने सिसास समाज खोक्लिङले हात पारेको छ। उसले नवप्रयासलाई ५-० ले स्तब्ध पार्दै उपाधि रक्षा गरेको हो।

    प्रतियोगिताको विजेता टिमले नगद ३० हजार तथा उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गरेका छन्। ‘ए’ डिभिजनमा रहेका ६ वटा क्लबबीचको जिल्ला लिग भने भइरहेको छ। आठराई त्रिवेणी गाउँपालि ५ चाँगेस्थित चाँगे माविको खेल मैदानमा भइरहेको ‘ए’ डिभिजन लिगका खेलमा पुछारमा रहने दुई टिम ‘ए’ डिभिजन बाट ‘बी’ डिभिजनमा घटुवा हुने छन्।

    बाँकी ४ टिम भने यथास्थानमा रहने छन्। ताप्लेजुङ जिल्ला फुटबल संघका महासचिव दिनेश खवासका अनुसार यहाँ ‘ए’ डिभिजनमा ६ तथा ‘बी’ डिभिजनमा ८ गरी फुटबलका १४ वटा क्लब रहेका छन्।

    ‘ए’ डिभिजन लिगको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला लिगको मुख्य प्रायोजक भने आठराई त्रिवेणी गाउँपालिका रहेको छ।

  • मादक पदार्थ सेवन गरी एक पुरुषले लगाए श्रीमती र तीन छोरीलाई आगो

    मादक पदार्थ सेवन गरी एक पुरुषले लगाए श्रीमती र तीन छोरीलाई आगो

    काठमाडौंको चावहिलमा एकजना पुरुषले श्रीमती र ३ छोरीलाई मट्टितेल खन्याएर आगो लगाएका छन्।

    प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका ती व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्।

    चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्लबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको।

    आगोका कारण जलेका सबैजनाको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ।

  • मन्त्री सुमनाप्रति एमाले अध्यक्ष ओलीको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति

    मन्त्री सुमनाप्रति एमाले अध्यक्ष ओलीको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेताप्रति लक्षित गर्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

    अध्यक्ष ओलीले विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै शिक्षा मन्त्रीसमेत रहेकी रास्वपा नेता सुमना श्रेष्ठप्रति टिप्पणी गरेका थिए।

    रास्वपा सांसद शिशिर खनालले प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै ओलीको अभिव्यक्तिले लामो समयदेखि नेपालको राजनीतिमा महिलाको उन्मुक्ति र वर्गीय उन्मुक्तिको प्रयासको खिल्ली उठाएको टिप्पणी गरे।

    विदेशीसँग विहे गर्ने भृकुटी र सीताको पूजा गर्ने नेपालमा विदेशीसँग बिहे गरेको भनेर सुमनालाई होच्याउने काम भएको खनालको भनाइ थियो।