Blog

  • पुँजी पलायनलाई रोक्नुपर्नेमा सांसद कुँवरको जोड

    पुँजी पलायनलाई रोक्नुपर्नेमा सांसद कुँवरको जोड

    नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले पुँजी पलायनलाई रोक्नुपर्ने बताएका छन् ।

    सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद कुँवरले पुँजी पलायनलाई रोक्नुपर्नेमा जोड दिएका हुन । उनले बजेटले पुँजी पलायनलाई रोक्न ध्यान पु¥याउन नसकेको बताउनुभयो । उहाँले युवाहरु विदेशिइरहेका तथा मध्यम वर्ग र निम्न वर्ग आयस्रोतमा नजोडिएका कारणपनि पुँजीको परिचालन हुन नसकेको बताए ।

    उनले अर्थमन्त्रीले निराशालाई आशामा परिणत गर्नेगरी बजेट ल्याउनुभएको पनि बताए ।सांसद कुँवरले कृषि क्षेत्रमा आधुनिकीकरण र विचौलियाको अन्त्य गर्नुपर्ने बताए । बजेटले विदेश पलायन हुने विद्यार्थीहरुलाई रोक्न नसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

  • भेरीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

    भेरीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

    भेरी नदीमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ।

    पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ गुमीका १४ वर्षका सिद्धार्थ सिंहको आइतबार भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

    प्रहरीका अनुसार साढे चार बजे भेरी नदीमा पौडी खेल्ने क्रममा हराएका सिंहको शव बेलुका छ बजेतिर फेला परेको थियो।

    पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामघाटबाट खटिएको प्रहरीले आफन्तको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो।

    शवको पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

  • ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण छः सांसद शाक्य

    ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण छः सांसद शाक्य

    नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी अञ्जान शाक्यले सरकारले ल्याएको बजेटमा आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन, कृषिको व्यवसायीकरण, उर्जा, सूचना प्रविधि, पर्यटन, औद्यागिक विकास र पूर्वाधार निर्माण रहनु स्वागतयोग्य भएको बताएकी छिन ।

    सोमवारको राष्ट्रिय सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन । उनले सरकारले ल्याएको बजेटमा अहिले देखिने आवश्यक विषयहरु कार्यान्वयन गर्दै जानका लागि बजेटमा समावेश हुनुपर्ने बताइन । उनले आवश्यक श्रोत परिचालनको समुचित व्यवस्था, प्रशासनिक व्यवस्थामा सुधार, कर प्रशासनमा सुधार, सार्वजनिक ओहोदामा बस्ने पदाधिकारीहरुको देश र जनताप्रतिको जवाफदेहीतामा संरचनात्मक सुधारको आवश्यकता रहेको पनि बताइन ।

    उनले आगामी आर्थिक वर्षमा सरकारले कुल पुँजीगत खर्च गर्न सक्ने की नसक्ने भन्ने चुनौति रहेको बताइन।उनले कुल गार्हस्थ्य उत्पादनमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको भएपनि आवश्यक श्रोत परिचालनको व्यवस्था चुनौतिपूर्ण रहेको बताइन ।

  • ‘अर्थमन्त्रीले ५ खर्ब बढीको स्रोत सुनिश्चितताको पत्र दिएर आर्थिक अनुशासनहिनता देखाउनुभयो’

    ‘अर्थमन्त्रीले ५ खर्ब बढीको स्रोत सुनिश्चितताको पत्र दिएर आर्थिक अनुशासनहिनता देखाउनुभयो’

    सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले आगामी आर्थिक वर्षको बजेटमा ५ खर्ब भन्दा बढीको स्रोत सुनिश्चितता दिइएको भन्दै आपत्ति जनाएका छन्। उनले अर्थमन्त्री वर्षमान पुनले पूर्वअर्थमन्त्रीसँग मिलेर ५ खर्ब भन्दा बढीको स्रोत सुनिश्चितता गरेर आर्थिक अराजकता र अनुशासनहिनता देखाएको आरोप पनि लगाए।

    सोमवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद पन्तले कुन–कुन अर्थमन्त्रीको पालामा यसरी बजेटमा स्रोत सुनिश्चितता गर्ने काम गर्‍यो ? भनेर स्पष्ट पार्न पनि सरकारसँग माग गरे।

    विकास आयोजनामा बजेट नभएको बेलामा सरकारले त्यसरी स्रोत सुनिश्चितताको पत्र केही मन्त्रालयलाई दिने काम गर्नु आर्थिक अनुशासनको उल्लंघन गरेको जिकिर पनि गरे।

    उनले भने, ‘एउटा विश्वसनीय स्रोतले नै मलाई भनेको के छ भने यो त सबै अहिलेको अर्थमन्त्रीले गर्नु भएको होइन होला। ५ खर्ब ८५ अर्ब अर्थात छ खर्व रुपैयाँ भन्दा बढी रकमको बजेट सुनिश्चितताको पत्र अर्थ मन्त्रालयले दिइसकेको छ। ५ खर्ब भन्दा बढिको स्रोत सुनिश्चितताको पत्र अर्थ मन्त्रालयले दिइसकेको छ विभिन्न मन्त्रालयहरुलाई। अब त्यो ५ खर्वको स्रोत सुनिश्चितता कसरी गर्ने ? अनि यो पालि बजेटमा छुट्टयाइएको विकास योजनाहरुलाई बजेट कहाँबाट जुटाउने ? यो त उहाँको मात्र होइन, ५/५ खर्बको स्रोत सुनिश्चितता त्यतिकै दिएको होइन होला। खोज्नु परेन। यसले हाम्रो अर्थ मन्त्रालयमा देखिएको आर्थिक अराजकता र अनुशासनहिनतालाई देखाउँछ। कुन, कुन अर्थमन्त्रीको पालामा गयो त्यसरी ? बजेट छैन, रकम छैन, तर पनि स्रोत सुनिश्चितता दिनुभयो । त्यो स्रोत सुनिश्चितता हुनासाथ के गर्छ ? टेण्डर गर्न पाउँछ। अनि ठेकदारले पैसा पाउँदैन। अनि काम हुन्छ ? त्यसैले मैले भनेको यो छ खर्वमा त धेरै त यो भन्दा अगाडिको अर्थ मन्त्रीज्युहरुको होला। यसले के देखाउँछ ? यसले के देखाउँछ भने आर्थिक अनुशासनहीनता रह्यो है भन्ने देखाउँछ। त्यसैले यो आर्थिक अनुशासनहिनतालाई यस पल्ट कन्ट्रोल गर्नुपर्छ।’

    सांसद पन्तले बजेट यथार्थपरक भएपनि कतिपय आयोजनाहरुमा आवश्यक बजेट विनियोजन नभएकोभन्दै असन्तुष्टि पनि व्यक्त गरे।

  • बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरकः माओवादी सांसद शर्मा

    बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरकः माओवादी सांसद शर्मा

    नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरक रहेको बताएका छन्।

    सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विगतमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल नै नगरी बजेट ल्याइने भए पनि यस वर्ष पर्याप्त छलफलपछि आएको बताए ।

    उनले नीति तथा कार्यक्रम, बजेट वक्तव्य सबैमा हेर्दा यो बजेटमा लय मिलेको बताउनु भयो । उनले सीमा र समस्याहरू पनि बजेटमा उजागर गरिएको बताए ।उनले बजेटमा स्पष्ट रुपमा पाँच उद्देश्य, पाँच प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति उल्लेख गरिएको बताए।

    उनले संघीयताको लाभ गरिब, विपन्न र विभेदमा परेका वर्ग, समुदायहरूले लिन सक्ने गरी बजेटमा उठाइएको बताए । सहकारी, सरकारी र निजी क्षेत्रले स्पष्ट रुपमा अघि बढाउन बाटो बनाइएको बताए ।