Blog

  • ओलीलाई बालेनको चेतावनीः १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता झुक्याउनुस्

    ओलीलाई बालेनको चेतावनीः १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता झुक्याउनुस्

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोखेका छन्।

    आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू।’

    उनले लेखेका छन्, ‘झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’

    मेयर बालेनले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा महानगरपालिकाले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउन लागेको पनि आरोप लगाएका छन्।

    ‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं।’

    उनले समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्न चेतावनी दिँदै कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला भन्दै लेखेका छन्, ‘हुन त, पहिले पनि जेल बस्नु भएको हो। धन्यवाद।’

  • बालुवाटारमा प्रधानमन्त्री र नेपालबिच छलफल

    बालुवाटारमा प्रधानमन्त्री र नेपालबिच छलफल

    प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको छ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबिच भेटवार्ता भएको हो।

    भेटमा मधेस प्रदेश सरकार गठन र सुदूरपश्चिम प्रदेश सरकारको विस्तारबारे छलफल भएको बताएको छ। सुदूरपश्चिममा एमाले र माओवादीले निर्णय नगर्दा सरकार विस्तार हुन सकेको छैन।

    भने मधेसमा एमाले र माओवादीले एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता भएर नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न आग्रह गर्दै आएका छन्।

    तर एकीकृत समाजवादीले मधेसमा पुरानो समीकरण अनुसार बनेको जसपा नेपाल नेतृत्वको सरकार छाड्न सकिरहेको छैन। जसका कारण मधेस प्रदेश सरकार अल्पमतमा परिसकेको छ।

  • सुपर ओभरमा ओमानमाथि नामिबियाको जित

    सुपर ओभरमा ओमानमाथि नामिबियाको जित

    आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबियाले जित निकालेको छ। आज भएको तेस्रो खेलमा ओमानले दिएको ११० रनको लक्ष्य पूरा गर्न नसक्दा सुपर ओभरमा गएको खेलमा नामिबियाले जित निकालेको हो।

    सुपर ओभरमा नामिबियाले २१ रन बनाउँदा ओमानले १ विकेटको क्षतिमा जम्मा १० रन मात्रै बनाउन सक्यो।

    त्यसअघि नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०९ रन नै बनाए पछि खेल सुपर ओभरमा गएको हो।

    नामिबियाका लागि ज्यान फ्राइलिङ्कले सर्वाधिक ४५ रन जोडे। तर, त्यो नामिबियाका लागि पर्याप्त भएन।

    नामिबियालाई जितबाट रोक्न ओमानका बलहरूले राम्रो प्रदर्शन गर्दै सहजै रन दिएनन्। अन्तिम ओभरमा १ बलमा २ रन चाहिएको नामिबियाले १ रन मात्रै बनायो।

    नामिबियालाई जितबाट रोक्न ओमानका महेरान खानले सर्वाधिक ३ विकेट लिए भने आयान खान, कप्तान अकिब इलियास र बिलाल खानले समान १/१ विकेट लिए।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको ओमानले निर्धारित ओभरको २ बल बाँकी छदै अलआउट भएर १०९ रन मात्रै बनाएको थियो।

    ओमानका खालिद कइलले ३४ रन जोड्दा जिशान मसुदले २२ रन बनाए।

    ओमानलाई सस्तोमै समेट्न नामिबियाका रुबेन ट्रम्पलमेनले सर्वाधिक ४ विकेट लिए भने डेभिड विजले ३ विकेट लिए। यस्तै कप्तान जेरहार्ड इरासमसले २ विकेट लिँदा बरनार्ड स्कोल्जले १ विकेट हात पारे।

    विश्वकप अन्तर्गत आजै हुने अर्को खेलमा दक्षिण अफ्रिका र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टीमबीचको खेल नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ।

  • मेक्सिकोमा निर्वाचन सम्पन्न

    मेक्सिकोमा निर्वाचन सम्पन्न

    मेक्सिकोको निर्वाचन प्राधिकरणले देशको इतिहासमा सबैभन्दा ठूलो निर्वाचन प्रक्रिया सम्पन्न भएको जनाएको छ।

    अब मेक्सिकनहरूले नयाँ राष्ट्रपति चयन गर्नेछन्। राष्ट्रपति पदको अतिरिक्त ९८.५ मिलियनभन्दा बढी योग्य मतदाताहरूले मेक्सिकोको द्विसदनीय कांग्रेसका १२८ सिनेटरहरू र ५ सय डेपुटीहरूका साथै मेक्सिको सिटी, चियापास, गुआनाजुआटो, जलिस्को, मोरेलोस, पुएब्ला, ताबास्को, भेराक्रुज र युकाकाका नौ गभर्नरहरू चयन गर्नेछन्।

    देशका ३२ राज्यमा स्थानीय व्यवस्थापिका र नगर परिषद्को पनि नवीकरण हुनेछ। साथै १ हजार ६१२ मेयर र ९७२ स्थानीय जनप्रतिनिधिहरू पनि नवीकरण हुनेछन्।

  • जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु

    जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु

    भारतको मध्य प्रदेशमा ट्याक्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

    बीबीसीका अनुसार राजस्थानबाट मध्य प्रदेशको राजगढ जाँदै गरेको जन्ती सवार ट्याक्टर पीपलोदी सडकमा आइतवार राति दुर्घटना हुँदा ४० जना घाइते भएका छन्।

    प्रहरीका अनुसार तीव्र गतिमा भएका कारण ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो। घाइते सबैको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।

    मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादव र राजस्थानका मुख्यमन्त्री भजन लाल यादवले दुर्घटनाप्रसत दुःख व्यक्त गरेका छन्।

  • अफगानिस्तानमा डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ बेपत्ता

    अफगानिस्तानमा डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ बेपत्ता

    पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा २६ जना मानिस बोकेको एउटा डुंगा नदीमा पल्टिँदा आठजनाको मृत्यु भएको छ भने अन्य पाँच जना बेपत्ता भएका छन्।

    सोमबार बिहान मोमान्द दरा जिल्लाको बसोल क्षेत्रमा नदी पार गर्ने क्रममा डुङ्गा डुबेर दुर्घटना भएको प्रान्तीय सूचना विभागका प्रमुख कुरैशी बदलुनले जानकारी दिए।

    दुर्घटना १३ जनाको उद्धार गरिएको छ,भने अन्य पाँच जना बेपत्ता छन्। यात्रुमा अधिकांश महिला र बालबालिका रहेको जनाएको छ।

  • ओमान र नामिबिया बीचको खेल बराबरीमा टुङ्गियो, अब सुपर ओभरमा खेल हुने

    ओमान र नामिबिया बीचको खेल बराबरीमा टुङ्गियो, अब सुपर ओभरमा खेल हुने

    आईसीसी विश्वकप टी–२० अन्तर्गत ओमान र नामिबिया बीचको खेल बराबरीमा टुङ्गिएको छ। खेल बराबरीमा टुङ्गिए पछि अब सुपर ओभरमा खेल हुने भएको छ।

    केनिङ्स्टोन ओभलमा भएको आजको तेस्रो खेलमा ओमानले दिएको ११० रनको लक्ष्यमा नामिबियाले बराबरीमा टुङ्ग्याएको हो।

    नामिबियाले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०९ रन नै बनाए पछि खेल सुपर ओभरमा हुने भएको हो।

    नामिबियाका लागि ज्यान फ्राइलिङ्कले सर्वाधिक ४५ रन जोडे। तर,त्यो नामिबियाका लागि पर्याप्त भएन।

    नामिबियालाई जितबाट रोक्न ओमानका बलहरूले राम्रो प्रदर्शन गर्दै सहजै रन दिएनन्। अन्तिम ओभरमा १ बलमा २ रन चाहिएको नामिबियाले १ रन मात्रै बनायो।

    नामिबियालाई जितबाट रोक्न ओमानका महेरान खानले सर्वाधिक ३ विकेट लिए भने आयान खान, कप्तान अकिब इलियास र बिलाल खानले समान १/१ विकेट लिए।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको ओमानले निर्धारित ओभरको २ बल बाँकी छदै अलआउट भएर १०९ रन मात्रै बनाएको थियो।

    ओमानका खालिद कइलले ३४ रन जोड्दा जिशान मसुदले २२ रन बनाए।

    ओमानलाई सस्तोमै समेट्न नामिबियाका रुबेन ट्रम्पलमेनले सर्वाधिक ४ विकेट लिए भने डेभिड विजले ३ विकेट लिए। यस्तै कप्तान जेरहार्ड इरासमसले २ विकेट लिँदा बरनार्ड स्कोल्जले १ विकेट हात पारे।

    विश्वकप अन्तर्गत आजै हुने अर्को खेलमा दक्षिण अफ्रिका र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टीमबीचको खेल नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ।

  • ‘छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तह जिम्मेवार हुनुपर्छ’

    ‘छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तह जिम्मेवार हुनुपर्छ’

    प्रधानमन्त्री पुष्पकमल दाहालले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न अपिल गरेका छन्।

    जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारले जिम्मेवार हुनुपर्ने बताए।

    ‘तीनै तहका सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा कार्यक्रम निर्माण गर्न, दलित सशक्तीकरण कार्यक्रम बनाउन, छुवाछूत विरूद्धको ऐन प्रभावकारी कार्यान्वयन गर्न सबैमा विशेष अपील गर्दछु,’ उनले भने।

    दलित समुदायलाई छुवाछूत र विभेदबाट मुक्त गर्दै बृहत्तर विकास र उन्नतिका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र समानताका निम्ति राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार प्रदान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै विगतको राज्य संयन्त्रले गरेको अन्यायको परिपूरण र समानताको आधारशिला खडा गर्न सकिने र त्यसका लागि राज्यका सबै संयन्त्र गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए।

    दलित समुदायको समग्र विकासको लागि दलित विकास प्राधिकरण गठन गर्ने नीति र कार्यक्रम ल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सन्देशमा भनेका छन्,’सरकारले यसलाई कानुन नै बनाएर संस्थागत गर्नेछ, यसमा दलित आन्दोलनले पनि निरन्तर सङ्घर्ष र खबरदारी गरिराख्नुपर्दछ।’

    उनले छुवाछूतको समूल नष्ट गर्न राज्यका तीनै तहमा छुवाछूत निगरानी तथा अनुगमन संयन्त्र आवश्यक रहेको र आफूले यस विषयलाई गम्भीररूपमा लिएको बताए। रासस

  • छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति

    छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति

    राष्ट्रपति रामचन्द्र पौडेलले सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न समाजमा सकारात्मक सोचको आवश्यकता रहेको बताएका छन्।

    जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै उनले सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे।

    राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा सामाजिक तथा परम्परागत सोच, शैली, प्रथा एवं प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, मेलमिलाप तथा सद्भावको अभिवृद्धि हुने विश्वका व्यक्त गरे।

    उनले नेपाली समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुन सकिरहेकामा चिन्ता व्यक्त गरे।

    राष्ट्रपति पौडेलले यस दिवसबाट आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका विभेद तथा उत्पीडन क्रमशः अन्त्य हुँदै जाने आधार निर्माण गर्न सम्बन्धित निकाय सक्रिय हुने विश्वास व्यक्त गरे।

    ुनेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङकल्प राखेको छु, शुभकामना सन्देशमा उल्लेख छ।

    यस्तै, जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरूद्धको अपराध भएको र सामाजिक जागरण तथा सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन जरुरी रहेको पनि उनको सन्देशमा उल्लेख छ।

    सन्देशमा आगाडि भनिएको छ,’जातीय छुवाछूत तथा विभेदविरूद्धमा दृढतापूर्वक उभिदैँ लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन म सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनै तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाज र सञ्चारकर्मीलाई संवेदनशील हुन हार्दिक आह्वान गर्दछु।’

    वि।सं।२०६३ जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो। सोही दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिएको छ। रासस

  • अकालमै ज्यान गुमाउँदै सर्वसाधारण, मिलापत्र गर्दै मुद्दा मिलाउँदै अस्पताल

    अकालमै ज्यान गुमाउँदै सर्वसाधारण, मिलापत्र गर्दै मुद्दा मिलाउँदै अस्पताल

    हिन्दी सिनेमा ‘गब्बर इज ब्याक’ मा एउटा दृश्य रोचक छ। मृत्यु भइसकेका बिरामीलाई उपचारका लागि फिल्मका नायक अक्षय कुमारले निजी अस्पतालका डाक्टरलाई अनुरोध गर्छन्। डाक्टरले सघन उपचार कक्षमा लगेर ती बिरामीको उपचार गर्ने बताउँछन्। बाहिरबाट समेत विशेषज्ञ चिकित्सक डाक्छन्। उपचार कक्षमा एकजना नर्स भने डाक्टरसँग भन्छिन्, ‘यो बिरामी त मरिसकेको छ।’ डाक्टरको जवाफ हुन्छ, ‘जबसम्म बिरामीका आफन्तको खल्तीमा पैसा छ, तबसम्म यो बिरामी जिउँदो छ।’ घटनाले तब रोचक मोड लिन्छ जब नायक अक्षयले त्यही अस्पतालले बलराम नागपाल नामको त्यो बिरामीको मृत्यु भइसकेको भनेर दिएको सर्टिफिकेट देखाइदिन्छन्। पैसा कमाउनकै लागि आफूले त्यतिसम्म गरेको बदमासी पर्दाफास हुने डरले अस्पताल नागपाल परिवारलाई लाखौं रुपैयाँ क्षतिपूर्ति दिन राजी हुन्छ।

    मधेस प्रदेशका कतिपय निजी अस्पतालले बिरामीको पैसा धुत्न गर्ने घिनौना हर्कत फिल्मको त्यो दृश्यजस्तै छन्। जस्तो कि उपचार गर्नै नसक्ने बिरामीलाई पनि भर्ना लिइहाल्ने, जब बिरामीका आफन्तसँग पैसा सकिन्छ वा बिरामीको ज्यानै जाने अवस्था हुन्छ, तबमात्रै सुविधायुक्तय अस्पतालमा रेफर गर्ने। मृत्यु भइसकेका बिरामीलाई हतारहतार एम्बुलेन्समा हालेर जोगिन खोज्ने जस्तो हर्कतका उदाहरण खोज्न फिल्मी दृश्य सम्झनु पर्दैन।

    लहानस्थित एडभान्स हस्पिटलमा प्रसूति गराएकी भगवानपुर गाउँपालिकाकी २२ वर्षीया सन्जु कुमारी यादवको शनिवार मृत्यु भयो। अस्पतालमै ज्यान गुमाईसकेकी सन्जुलाई एम्बुलेन्समा हालेर अन्यत्र लैजान भन्दा उनका भाई जगमोहन यादवले प्रतिवाद गरे। अस्पतालका सञ्चालक समेत रहेका डा.बिरेन्द्र यादव मृतकलाई एम्बुलेन्समा हालेर भाग्न खोज्दा आफुले मोटरसाइकलको साँचो खोसेर रोक्न खोज्दा भागेको जगमोहनले बताए।

    सुत्केरी व्यथाले च्यापेपछि दिदी(सन्जु)लाई लिएर जगमोहन जेठ १६ गते(बुधबार) एड्भान्स अस्पताल लहान ल्याए। डाक्टरले भर्ना गर्नुपर्छ अतालिनुपर्ने अवस्था छैन भनेपछि जगमोहनको परिवार राजी भए। केहि घण्टापछि डा. बिरेन्द्रले ‘नर्मल प्रसूती सम्भव छैन शल्यक्रिया गर्नुपर्छ ’ भनेर जगमोहनका परिवारसँग मन्जुरी मागे। ‘ जे गर्दा राम्रो हुन्छ गर्नुस्’ भन्दै उनीहरुले मन्जुरी जनाए।

    शल्यक्रियापछि सन्जुले शिशु(छोरी) जन्माइन्। उनी पहिलो पटक आमा बन्दै थिइन्। आमा बनेपछि उनमा खुशीको सीमा थिएन। परिवारमा ‘लक्ष्मी’ भित्रिएको भन्दै उनको माइती र ससूराली दुबै परिवारमा खुसी संचार भएको थियो। तर, यो खसी धेरै बेर टिक्न सकेन। शल्यक्रिपछि सन्जुको खुट्टा सुनिन थाल्यो। शरिर थलिन थाल्यो। जन्मिएको शिशुलाई एनआईसीयूमा राख्नुपर्ने भन्दै डा. बिरेन्द्रले एनआईसीयूमा लगेको जगमोहनले बताए।

    सन्जुलाई एक्सरे गर्नुपर्छ भन्दै शनिबार सगरमाथा डाइगनोस्टिकमा पठाइयो। त्यहाँबाट फर्केपछि रगत परीक्षणका लागि रगत तानियो। त्यतीबेलैदेखि सन्जुलाई रिंगाटा लाग्न थालेको सँगै रहेका उनका भाई जगमोहनले बताए। बेडमा सुताएर दौड्दै डा. बिरेन्द्रलाई दिदीको अवस्था जानकारी गराउँदा बेवास्ता गरेको उनको गुनासो छ। ‘दुई पटक बोलाएपछि बल्ल आइपुगेका डा. बिरेन्द्र दिदी ढलिसकेको देखेर अतालिएका थिए,’ जगमोहनले नागरिकसँग भने,‘काँखमा उचालेर अतालिदै एम्बुलेन्समा राखे।’ म पनि दिदीसँग जान्छु भन्दा डा. बिरेन्द्रले मलाई तानेर तल झारिदिए। दिदी अस्पतालमै प्राण त्यागिसक्नुभएको थियो जगमोहनले भने,‘बिरामीलाई होइन उहाँ(डा.बिरेन्द्र)लाशलाई एम्बुलेन्समा राखेर आफूलाई जोगाउन खोज्दा मैले रोके। र, उहाँ भाग्नुभयो।

    लहान एड्भान्स हस्पिटल त्यस्तो अस्पताल हो, जुन दर्तासमेत भएको छैन। मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका परिवारनियोजन सुपरभाइजर निरीक्षक राजनारायण साहले बताए। उनले भने,‘यो अस्पताल आइतबारसम्म दर्ता भएको छैन।’ दर्ता नै नगरी अस्पताल संचालन गर्न पाइदैन। पैसैका लागि चिकित्सकले अर्काेको ज्यानैमाथि खेलवाड गरेको घटना मधेस प्रदेशको लहानमा मात्रै सीमित छैन।

    गैरकानुनी अस्पतालबारे जानकारी भएको भए श्रीमती गुमाउनुको सन्ताप खप्नु पर्दैनथ्यो। सरकारी कमजोरीका कारण श्रीमती गुमाउनुको वियोगसँगै नवजात शिशु(छोरी) पलपल जीवनका लागि संघर्ष गरिरहेको देखेर रन्जित कुमार यादव बिलौना गर्दैछन्। ‘अस्पताल कानुनी रूपमा सञ्चालित हो कि गैरकानुनी ? दक्ष जनशतिm छन् कि छ छैनन् ? अस्पतालले दिने सेवाको अनुमति लिएका छन् कि छैनन् ? हामी देहातका मान्छेलाई के थाहा,’ लामो सास फेर्दै सुनाए। ‘अस्पताल हो, राम्रै इलाज हुन्छ भनेर गएका थियौँ,’ जगमोहनले भने,‘सरकारी लापरबाहीको फाइदा उठाउँदै सञ्चालित गैरकानुनी सेवाले मेरो दिदीको जीवन नै समाप्त पारिदियो।’ अस्पतालको आडमा अपराध गर्ने डाक्टरलाई हदैसम्मको कारवाही हुनुपर्छ उनले भने,‘मान्छेको ज्यान लिने अस्पताल बन्द हुनुपर्छ।’

    निजी स्वास्थ्य संस्थाले गैरकानुनी रूपमा सेवा सञ्चालन गरेर बिरामीको उपचारमा लापरबाही गर्दा प्रसूति महिलाले ज्यान गुमाउनु परेको र परिवारले दीर्घकालीन पीडा खप्नुपरेको घटना दोहरिरहेका छन्।

    नियामक निकायको मौनताको फाइदा उठाउँदै यहाँ गैरकानुनी सेवा सञ्चालन गरेका निजी स्वास्थ्य संस्थाबाट बिरामीको धनजनमा क्षति हुने घटना पटक–पटक दोहोरिएका छन्। ज्यानै जाने घटनापछि निजी स्वास्थ्य संस्थाले पीडित पक्षलाई कानुनी कारबाहीबाट रोक्न आर्थिक लेनदेन गरेर मिलाउने गरेको पाइन्छ। आर्थिक लेनदेनका कारण निजी स्वास्थ्य संस्थाको लापरबाही ढाकछोप हुँदै आएको छ। पीडितलाई जाहेरी नदिन लोभ तथा दबाब दिन्छन्। मुद्दा कमजोर बनाउन प्रहरीलाई लेनदेन तथा शक्तिको प्रभावमा पार्छन्, जसका कारण पीडकले सहजै कानुनी कारबाहीबाट उन्नमुक्ति पाउँछन्। र फेरि अवैध धन्दा निरन्तर चलिरहन्छ।

    इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु शोतीले भने,‘एड्भान्स अस्पतालमा भएको विरामी मृत्यु प्रकरणमा पीडितको जाहेरी अनुसार कारवाही अगाडि बढाउँछौं। पीडितले दिएको जाहेरी अनुसार घटना अनुसन्धान तथा कारवाही अघि बढाउँछौं उनले भने,‘पहिला जाहेरी त आउनु पर्यो नि!’

    कानुन छ कारवाही छैन

    पान पसल त दर्ता नगरी चलाउन पाइन्न तर मधेस प्रदेशमा एडभान्स हस्पिटल जस्ता थुप्रै अस्पताल छन्, जुन दर्ता भएका छैनन्। दर्ता नगरी अस्पताल चलाउनु भनेको राज्यको कानुनलाई अटेर गर्नु हो। जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ (१) मा कसैले पनि इजाजतपत्र नलिई निजी गैरसरकारी, सहकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नहुने उल्लेख छ।

    प्रहरीको आँखैअगाडि अवैध अस्पताल सञ्चालन गरी अवैध धन्दा गरिरहँदा प्रहरी भने मूकदर्शक बनेका छन। लहान ८ स्थित नगर प्रहरीको सामुन्नेको भवनमा अवैध रूपमा सपना हेल्थ केयर सेन्टर सञ्चालित छ। जसको दर्ता रेकर्ड लहान नगरपालिकाको स्वास्थ्य शाखासँग छैन। यो हेल्थ केयरको सञ्चालन मात्र गैरकानुनी छैन यहाँ काम पनि गैरकानुनी हुने गरेको स्थानीय बताउँछन्। प्रहरीकै अगाडि महिनौदेखि सञ्चालित यस अवैध हेल्थ केयरबारे प्रहरी, अनुसन्धान कर्मचारी र स्थानीय प्रशासन जानकार भएर पनि चुपचाप बस्नुले सन्देह पैदा गरेको छ।

    स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० को दफा ११ मा निजी अस्पताल र पोलिक्लिनिकले म्याद सकिएको मितिले तीन महिनाभित्र नवीकरण गरिसक्नुपर्ने प्रावधान छ। तर सञ्चालकले सरोकारवाला निकायलाई आर्थिक प्रलोभनमा पारेर नवीकरणबिनै वर्षौंदेखि पोलिक्लिनिक र अस्पताल चलाउँदै आएको यहाँका बुद्धिजीवी बताउँछन्। पोलिक्लिनिक, क्लिनिक र मेडिकेयर सेन्टरले बिरामीलाई पहिलो चरणको सामान्य उपचारभन्दा भर्नासहित २४ घन्टा राखेर उपचार गर्न नपाउने कानुनी व्यवस्था छ। तर मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा पोलिक्लिनिक र मेडिकेयर सेन्टरले बिरामी भर्ना गरेर उपचार, शल्यक्रिया, गर्भपतनलगायत सबै काम खुलेआम गरिरहेका छन्। नियामक निकायसँगको सेटिङमा फस्टाएको अवैध धन्दाका कारण मधेसका आम जनताको ज्यान जोखिममा पर्दै आएको छ।

    निजी अस्पतालहरू दर्ता नहुनु, बिरामीसँग अनावश्यक रूपमा पैसा धुत्नु, ज्यानसँग खेलवाड गर्नु त ठूला कमजोरी नै भइहाले। ती कतिपय त अस्पताल जस्ता पनि छैनन्। न उपकरण हुन्छन्, न भौतिक पूर्वाधार नै। यस प्रदेशका सहरहरुमा ससाना कोठाचोटामै अस्पताल चलाइएका छन्। तर बिरामीसँग उपाय हुँदैन, चिकित्सकको नाम खोज्दै तिनैका अस्पताल चहार्न बाध्य हुन्छन्। नियमकै खिल्ली उडाउँदै अस्पताल चलाउनु सञ्चालक र चिकित्सकको गल्ती त हुँदै हो, तिनीहरूमाथि कानुनको डन्डा नचलाउनु राज्यको ठूलो कमजोरी। त्यस्ता ज्यानमारा अस्पतालहरू तुरुन्तै बन्द गर्नुपर्छ।