पुरा समाचार यहाँ लेख्नुहोस
Blog
-

चोयामा सीप भरेर आत्मनिर्भर भएका छन् चौधरी
घोराही उपमहानगरपालिका ७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामग्री बुनेर स्वरोजगार बनेका छन्।
बाउबाजेले सिकाएको सीपबाट बाँसका सामग्री बनाएर जीविका चलाउन सहज भएको उनले बताए। उनले बाँसका चोयाबाट स्याङो, गैजा र छातालगायतका सामग्री बुन्ने गर्छन्। गैजा घाँस तथा तरकारी बोक्न प्रयोग हुने गरेको छ।
‘एउटा गैजालाई तीन सय र स्याङोलाई पाँच सय रुपैयाँमा बिक्री गर्ने गरेको छु। गाउँघरमा नै बिक्री हुने गरेकाले बजार खोज्न धेरै टाढा जानुपरेको छैन’, उनले भने, ‘मेहनत गरेमा आम्दानीका साथै समय सदुपयोग र स्वरोजगार बन्न सहज भएको छ।’
दिनमा चारवटासम्म गैजा बुन्ने गरेका चौधरीले तिनको बिक्रीबाट १२ सय रुपैयाँ आम्दानी गर्छन्। ‘अहिलेसम्म बुनेका सामग्री बिक्री हुँदैनन् कि भनेर चिन्ता गर्नुपरेको छैन। धेरै स्थानीयले आफ्नो बाँस दिएर बुन्न लगाउँछन्, त्यसमा पनि पैसा आउँछ’, चौधरी भन्छन्, ‘स्थानीय सरकारले घरेलु सामग्रीलाई प्रोत्साहन गर्ने नीति लिएमा व्यावसायिक रूपमा काम अगाडि बढाउने सोच छ।’
घरमै बसेर फुर्सदको समय सदुपयोग हुनुका साथै आम्दानी पनि गर्न सकिने यो पेसामा पछिल्लो पुस्ता भने आकर्षित छैन। उनलाई पछिल्लो पुस्ताले यो सीप सिक्न नचाहेको देख्दा आफूसँगै लोप पो हुन्छ कि भन्ने चिन्ता लागेको छ।
‘मैले मेरा बाउबाजेबाट सीप सिके आफ्नो गर्जो टार्न सहज भएकै छ। अहिले त लगानी गरेमा व्यावसायिक रूपमा काम अगाडि बढाउन सकिन्छ, तर नयाँ पुस्ताले सीप सिक्न चासो राखेका छैनन्। अब स्थानीय सरकारले यस्ता परम्परायत सीपको प्रवर्द्धन गर्न जरूरी छ’, चौधरीको अनुरोध छ। –रासस
-

बजेटबारे पूर्वअर्थमन्त्रीहरू भन्छन्– सुन्दा राम्रो तर ऐनहरु पल्टाउँदा झस्किनुपर्ने अवस्था छ
पूर्वअर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले सुन्दा राम्रो तर ऐनहरु पल्टाउँदा झस्किनुपर्ने अवस्थाको रहेको बताएका छन्।
आईतवार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यो वर्ष पनि बजेटले निजी क्षेत्रले सुन्दा राम्रो तर करका दर र नीतिहरुले झस्किनुपर्ने रहेको बताएका हुन्।
उनले निजी क्षेत्रलाई खास देखिने गरी इन्सेन्टीभ नै आवश्यक भएपनि अर्थमन्त्रीले ल्याउन नसकेको टिप्पणी गरे। छलफल नगरी धेरै कुराहरु बजेटमा समेटिएका कारण धेरैजसो योजना र कार्यक्रमहरुमा लय नमिलेको बताए। उनले ११ खर्ब उठ्दैन भन्ने जान्दाजान्दै पनि राजश्वको लक्ष्य ठूलो किन बनाउनु ? भन्दै अर्थमन्त्रीलाई प्रश्न गरे।
बजेटमा मुख्य कर परिवर्तनमा पनि व्यवसायीहरुलाई आन्दोलित बनाउने गरी आएको देखिएको उनको भनाइ छ। सरकारले निजी क्षेत्रलाई बजेटमार्फत पुनः एकपटक मूर्ख बनाईएको र हरेक वर्षका बजेटमा समस्यापछि मात्रै समाधानको बाटो खोजिने गरेको दाबी गरे।
यस्तै, उनले आगो लागेपछि कुवा खन्न लागेको जस्तो निजी क्षेत्र र समग्र नागरिकहरुले बजेटमा के कुरा चाहनुहुन्छ भन्नेकुरा थाहा हुँदाहुँदै पनि फरक प्रकारले बजेट आएको उल्लेख गरे।
उनले बजेटले संघीयतालाई कतै समाउन र कतै छोड्न खोजेको उनको भनाइ छ। करको विषयमा केही नबोली र बिजुलीमा केही छुट नदिइ निजी क्षेत्रको पुनःउत्थान गर्न सम्भव नभएको उनी बताउँछन्।
यसैबिच नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पछिल्लो समय बजेट घाटा बढ्दै जानु खतरापूर्ण रहेको बताए। उनले ट्रेजरी डेफिसिट र बजेट डेफिसिटलगायत बढिरहँदा यसले अर्थतन्त्रमा सहजताभन्दा झन समस्या र खतरा थपिरहेको सुनाए।
उनले असार मसान्तसम्म नगद घाटा हुनसक्ने आँकलन गरे। कर्जा तिर्न नै कर्जा लिनुपर्ने अवस्था नआउला भन्न नसकिने उनको भनाइ छ। देश समस्यामै रहेको र अर्थतन्त्रमा मन्दी छाएको बताउँदै उनले पुँजीगत खर्च हुँदैमा सबै कुरा ठिक हुन्छ भन्ने नहुने बताए।
यस्तै, सबै अर्थमन्त्रीले अर्काे पटकको बजेट आफूले ल्याउन पाउने, नपाउने कुरालाई वास्तै नगरी बजेट ल्याउनाले एकैपटकको बजेटमा सबैजसो कुराहरु थपिने गरेको उनी बताउँछन्। अर्थ मन्त्रालय पछिल्लो समय धेरै अनुशासनहिन भएको पनि उनको भनाइ छ। उनले ५८५ अर्ब रुपैयाँ स्रोत सुनिश्चितता भनेर मात्रै वितरण गरिएको आरोप लगाए।
यस्तै उनले सीमामा रहेर खर्च नगर्ने हो भने अझै खाल्डोमा जान सकिने निश्चित रहेको जानकारी दिए। पुँजीगत मात्रै नभएर चालु खर्च पनि उचित र सही कुरामा खर्च नभएका कारण नेपालको अर्थतन्त्र अझ समस्यामा पर्दै गएको दाबी गरे।
उनले रचनात्मक तरिकाले बजेटको कार्यान्वयन गरियो भने मात्रै केही उपलब्ध हुने समेत बताए। पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले वाहवाही कमाउन र बजेटको आकार बढाउनकै लागि ९० अर्ब रुपैयाँ थप आन्तरिक उठाउन खोजिएको बताए।
उनले बैंकहरुबाट सरकारले ९० अर्ब लिइसकेपछि निजी क्षेत्रमा जाने पैसा सरकारको खातामा जाँदा अब झन निजी क्षेत्र चलायमान हुन नसक्ने दाबी गरे।
बजेटले कर्जाको ब्याजदर वृद्धि गर्ने,ऋण लिएर कार्यकर्तालाई रकम वितरण,लडाकु खर्च, विविध, अनुदानलगायत भनेर वितरण गर्ने देखिएको र विनियोजन गरिएको बजेटको कति प्रतिशत उपलब्धी हुने भन्ने यकिन नगरी बजेट आएको उनले उल्लेख गरे।
उनले नेपालमा उत्पादन न्युन हुँदै गएको र भएको लगानी पनि ठिक ठाउँमा नगएका कारण आर्थिक वृद्धिमा समस्या बन्दै गएको उनको भनाइ छ।
उनले तलवभत्ता र सामाजिक सुरक्षालगायतमा हुने लगानी उच्च रहेको र पुँजीगत खर्चलाई पनि प्राथमिकिकरण नगरी बजेट आएको आरोप लगाए। आगामी आर्थिक बर्षको बजेटले निजी क्षेत्रका र अर्थतन्त्र चलायमान हुन रोक्ने समस्याहरुलाई नहेरेको उनको भनाइ छ।
पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले पुराना परियोजनामा बजेट नआई बिना तयारी र डिजाईन बजेट खन्याईएको बताए। उनले बजेट अर्थ, शहरी र भौतिक मन्त्रालयमा मात्रै बजेट थपिएको सुनाए।
उनले नेपाली युवालाई स्वदेशमै रोक्नुपर्नेमा झन बाहिर पठाउनेगरी विनाधितो कर्जा दिने प्रक्रिया अघि बढेको उनको भनाइ छ।
-

नेपाल रहेको समूह ‘डी’ लाई किन भनिँदैछ ‘ग्रुप अफ डेथ’?
टी–ट्वान्टी विश्वकप क्रिकेट सुरु भइसकेको छ। जसमा विश्वका २० टिमले सहभागीता जनाएका छन्।
विश्वकप क्रिकेटमा दिग्गज टीमका दिग्गज खेलाडीहरूले आफ्नो प्रभाव कायमै राख्ने प्रयास गर्नेछन् भने नयाँ टिमले पनि आफ्नो प्रभाव छोड्ने प्रयास गर्नेछन्।
आइतवारबाट सुरु भएको विश्वकप क्रिकेटमा सहभागी २० टीमलाई ४ समूहमा बाँडिएको छ। जसमा प्रत्येक समूहमा ५–५ टीम रहेका छन्।
समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका, समूह ‘बी’ मा इंल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान, समूह ‘सी’ मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पापुआ न्यू गिनी तथा समूह ‘डी’मा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश, नेदरल्यान्ड्स र नेपाल रहेका छन्।
तर, यी सबमा नेपाल रहेको समूह ‘डी’ लाई ‘ग्रुप अफ डेथ’ भनिएको छ। ‘ग्रुप अफ डेथ’ को अर्थ हो, जहाँ ठूला टीम अपेक्षाकृत कमजोर टीमसँग पराजित हुने खतरा हुन्छ।
विश्वकपको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का जस्ता उच्च र्याङ्किग भएका टीम हुनु भने बङ्गलादेश पनि यसै समूहमा छ। त्यस्तै नेपाल र नेदरल्यान्ड्स पनि समूह ‘डी’ मै रहेको छ। जसले मैदानमा ठूलो उलटफेर गर्न सक्ने दम्भ राख्छ।
पूर्व दिग्गज क्रिकेटर एडम गिलक्रिस्टले नेपाल र नेदरल्यान्ड्सलाई दिएर बयान दिएका छन्। उनले यी दुबै टीमले म्याचमा उलटफेर गर्न सक्ने बताएका छन्।
नेपाल र नेदरल्यान्ड्सले विश्वकपमा बङ्गलादे र श्रीलङ्का जस्ता टीमविरुद्ध आश्चर्यजनक परिणान दिन सक्ने उनको भनाइ छ।
गिलक्रिस्टले एशियन रेडियोसँगको कुराकानीमा भने, ‘अन्तर्राष्ट्रिय स्तरमा खेलेका कारण नेपालको टीम निकै बलियो बनिसकेको छ। नेपाल एक यस्तो टीम हो जसले राम्रो प्रदर्शन गर्न सक्छ। नेपालसँग केही यस्ता खेलाडी छन् जो पछिल्लो केही वर्षदेखि लगातार राम्रो लिग खेल्दै आइरहेका छन्।’
उनले थपे, ‘तर, नेपालको लागि दुर्भाग्य हो की उसले आफ्नो लेग स्पिनरलाई विश्वकप अघि गुमाइसकेको छ।’
नेदरल्यान्ड्सको टीमले २०२२ मा अस्ट्रेलियामा भएको टी ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकालाई पराजित गरेर उलटफेर गरेको स्मरण गर्दै गिलक्रिस्टले नेदरल्यान्ड्सलाई हराउनु सहज नहुने बताए।
उनले भने, ‘नेदरल्यान्ड्सको टी सँधै चुनौती प्रस्तुत गर्छ र फेरि त्यहि समूहमा छ जसमा दक्षिण अफ्रिका पनि छ। गत विश्वकपमा एडिलेडमा भएको खेलमा उसले दक्षिण अफ्रिकालाई हराएको थियो र यसपटक पनि उलटफेर गर्न तयार छ।’
-

नेपाल रहेको समूह ‘डी’ लाई किन भनिँदैछ ‘ग्रुप अफ डेथ’?
टी–ट्वान्टी विश्वकप क्रिकेट सुरु भइसकेको छ। जसमा विश्वका २० टिमले सहभागीता जनाएका छन्।
विश्वकप क्रिकेटमा दिग्गज टीमका दिग्गज खेलाडीहरूले आफ्नो प्रभाव कायमै राख्ने प्रयास गर्नेछन् भने नयाँ टिमले पनि आफ्नो प्रभाव छोड्ने प्रयास गर्नेछन्।
आइतवारबाट सुरु भएको विश्वकप क्रिकेटमा सहभागी २० टीमलाई ४ समूहमा बाँडिएको छ। जसमा प्रत्येक समूहमा ५–५ टीम रहेका छन्।
समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका, समूह ‘बी’ मा इंल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान, समूह ‘सी’ मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पापुआ न्यू गिनी तथा समूह ‘डी’मा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश, नेदरल्यान्ड्स र नेपाल रहेका छन्।
तर, यी सबमा नेपाल रहेको समूह ‘डी’ लाई ‘ग्रुप अफ डेथ’ भनिएको छ। ‘ग्रुप अफ डेथ’ को अर्थ हो, जहाँ ठूला टीम अपेक्षाकृत कमजोर टीमसँग पराजित हुने खतरा हुन्छ।
विश्वकपको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का जस्ता उच्च र्याङ्किग भएका टीम हुनु भने बङ्गलादेश पनि यसै समूहमा छ। त्यस्तै नेपाल र नेदरल्यान्ड्स पनि समूह ‘डी’ मै रहेको छ। जसले मैदानमा ठूलो उलटफेर गर्न सक्ने दम्भ राख्छ।
पूर्व दिग्गज क्रिकेटर एडम गिलक्रिस्टले नेपाल र नेदरल्यान्ड्सलाई दिएर बयान दिएका छन्। उनले यी दुबै टीमले म्याचमा उलटफेर गर्न सक्ने बताएका छन्।
नेपाल र नेदरल्यान्ड्सले विश्वकपमा बङ्गलादे र श्रीलङ्का जस्ता टीमविरुद्ध आश्चर्यजनक परिणान दिन सक्ने उनको भनाइ छ।
गिलक्रिस्टले एशियन रेडियोसँगको कुराकानीमा भने, ‘अन्तर्राष्ट्रिय स्तरमा खेलेका कारण नेपालको टीम निकै बलियो बनिसकेको छ। नेपाल एक यस्तो टीम हो जसले राम्रो प्रदर्शन गर्न सक्छ। नेपालसँग केही यस्ता खेलाडी छन् जो पछिल्लो केही वर्षदेखि लगातार राम्रो लिग खेल्दै आइरहेका छन्।’
उनले थपे, ‘तर, नेपालको लागि दुर्भाग्य हो की उसले आफ्नो लेग स्पिनरलाई विश्वकप अघि गुमाइसकेको छ।’
नेदरल्यान्ड्सको टीमले २०२२ मा अस्ट्रेलियामा भएको टी ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकालाई पराजित गरेर उलटफेर गरेको स्मरण गर्दै गिलक्रिस्टले नेदरल्यान्ड्सलाई हराउनु सहज नहुने बताए।
उनले भने, ‘नेदरल्यान्ड्सको टी सँधै चुनौती प्रस्तुत गर्छ र फेरि त्यहि समूहमा छ जसमा दक्षिण अफ्रिका पनि छ। गत विश्वकपमा एडिलेडमा भएको खेलमा उसले दक्षिण अफ्रिकालाई हराएको थियो र यसपटक पनि उलटफेर गर्न तयार छ।’
-

ओडिशामा गर्मीका कारण ७२ घन्टामा ९९ जनाको मृत्यु
भारतको ओडिशा राज्यमा अत्यधिक गर्मीका कारण ७२ घन्टामा ९९ जनाको मृत्यु भएको छ।
ओडिशाको विशेष राहत आयोगका अनुसार ओडिशामा पछिल्लो केही दिनदेखि ४२ डिग्रीभन्दा माथि तापक्रम मापन गरिएको छ।
आयोगले अधिकांशको मृत्यु लू लागेर भएको छ भने अन्यको कारण खुल्न बाँकी छ।
भारतको बिहारमा पनि गत साता मात्रै २० जनाको लू लागेर मृत्यु भएको थियो। ओडिशामा हालसम्म गर्मीका कारण १४१ जनाको मृत्यु भइसकेको पनि आयोगले जनाएको छ।
यसवर्ष भारतमा अत्यधिक तापक्रम मापन गरिएको छ। भारतको बिहार, झारखण्ड, दिल्ली, ओडिशा, उत्तर प्रदेश र राजस्थान लगायतका स्थानमा ४० देखि ४८ डिग्री तापक्रम मापन गरिएको हो।
मौसम विभागले भने आगामी केही दिन पछि वर्षाको सम्भावना रहेकाले गर्मीबाट राहत हुने बताएको छ। तर, गर्मीको चपेटाबाट जोगिन भने विभागले आग्रह गरेको छ।
-

गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला
गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला सुरु हुँदैछ। पोखराको इभेन्ट सेन्टरमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिए।
रोजगार मेलाको उद्घाटन श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा गर्ने कार्यक्रम छ।
मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्वन्धमा डाटाबेस निर्माणमा योगदान गर्ने विश्वास लिइएको छ। मेलामा रोजगारदाताहरूको सूचीकरण र रोजगारीका अवसरको पहिचान गरिने छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सहआयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायत सरोकारवाला संस्था मेलामा आवद्ध छन्।
मेला भोलि सकिने छ।
-

तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र
भोजपुरको पौवादुङमा गाउँपालिका गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालोपत्र थालिएको छ। मध्य पहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउपालिका प्रवेश गर्ने स्थान तिवारीभञ्ज्याङलाई शून्य विन्दु मानेर कालोपत्र थालिएको हो।
तिवारीभञ्ज्याङ–अधेँरीघाटसम्मको ३१ किलोमिटर सडकमध्ये गाउँपालिका केन्द्र च्याङ्ग्रेसम्म पुर्याउने लक्ष्यका साथ दुई प्याकेजमा कालोपत्र भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन भट्टराईले जानकारी दिए। यो आर्थिक वर्षमा एक हजार तीन सय मिटर कालोपत्र सम्पन्न हुने उनको भनाइ छ।
तिवारीभञ्ज्याङको शून्य विन्दुबाट वडा नं २ को स्वास्थ्य चौकीसम्म एक प्याकेज र स्वास्थ्य चौकीबाट गाउँपालिका केन्द्रसम्म दोस्रो प्याकेजमा काम भइरहेको उनले बताए। पहिलो प्याकेजको सडक डिभिजन कार्यालय तुलिम्टारको भ्याटसहित रु एक करोड र दोस्रो प्याकेजको भ्याटसहित चार करोड दुई लाख लागत रहेको प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ।
‘तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र थालेका छौँ’, प्रशासकीय अधिकृत भट्टराईले भने, ‘सडकको काम दुई प्याकेजमा भइरहेको छ। कालोपत्रको काम समयमा सम्पन्न गराउने लक्ष्यका साथ काम भइरहेको छ। यो आर्थिक वर्षमा एक हजार तीन सय मिटर कालोपत्र हुन्छ।’ सडक सङ्घीय समपूरक अनुदान, प्रदेश समपूरक अनुदान र गाउँपालिकाको लागत साझेदारीमा कालोपत्र थालिएको हो।
यो सडक कालोपत्रको काम गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। यो सडक भोजपुरवासीलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग भएकाले महत्वका साथ कालोपत्रको काम थालिएको अध्यक्ष राईको भनाइ छ। आफ्नो कार्यकालभित्र ३१ किलोमिटर सडक नै कालोपत्र गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए।
‘यो सडक हाम्रो गाउँपालिकाको गौरवको योजना हो’, अध्यक्ष राईले भने, भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग पनि हो। पहिलो चरणमा गाउँपालिका केन्द्रसम्म कालोपत्र गर्ने योजना छ। भावी दिनमा यो सडकको अधेँरीघाटसम्मको ३१ किलोमिटर नै कालोपत्र गर्ने मेरो लक्ष्य छ।’
तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र सुरु भएपछि उत्साह थपिएको वडा नं २ तिवारीभञ्ज्याङका स्थानीयवासी राजकुमार तिवारीले बताए। सडक कालोपत्र सुरुले गाउँपालिकावासीको धेरैपछिको सपना पूरा भएको उनको भनाइ छ।
‘सडक कालोपत्र थालिएपछि हामीमा उत्साह थपिएको छ’, उनले भने, ‘सडक कालोपत्रले यहाँको जनजीवनमा परिवर्तन आएको छ। गाउँपालिकाले थालेको यो काम प्रशंसा योग्य छ। यो सडकले हाम्रो गाउँपालिको सम्पूर्ण भू–भागलाई छोएको हुनाले यहाँका कृषिउपजले समेत राम्रो बजार पाउने छ।’
सडक कालोपत्र सम्पन्नको अन्तिम अवधि २०८१ साल असार २० गतेसम्म रहेको छ। सडक नालीसहित आठ मिटरको हुने निर्माण कम्पनी एवाई आनन्द जेभी धनकुटाले जनाएको छ। प्रिमिक्स प्राविधिबाट यो सडकको कालोपत्र हुने जनाइएको छ।-रासस
-

पूर्ण सञ्चालनमा आयाे कान्तिलोकपथ
आजदेखि कान्तिलोकपथ पूर्ण रूपमा यातायात सेवा सञ्चालनमा आएको छ। मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि सो मार्गमा गत वैशाख २१ गतेदेखि सेवा बन्द गरिएको थियो।
कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनले सडकको मर्मतसम्भार गरी आजदेखि यातायात सेवा सञ्चालनमा आएको बताए।
“ललितपुरको बागमती गाउँपालिकाको वडा नं ३ झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबासको साँघुरो ठाउँमा कटिङ सकिएको छ, काल्चे क्षेत्रमा कटिङ गर्नुपर्ने काम पनि सम्पन्न भएको छ, ललितपुरतर्फ सिङ्गल लेन भएको केही ठाउँमा यस आवमा बजेट नपुग भएकाले कटिङ हुन बाँकी छ, बहुवर्षीय टेण्डरमा कटिङ गर्ने भनिएको छपेलीबाट काल्चेतर्फको खण्डमा मात्रै बाँकी रहेको छ। बाँकी काम अर्को आवमा हुन्छ, अहिलेलाई सवारी आवतजावतका लागि कान्तिलोकपथ पूर्ण रूपमा सञ्चालन हुनेछ।” उनले भने।
वैशाख १५ गतेदेखि आंशिक रूपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा कटिङ गर्दा माथिबाट खसेको ढुङ्गाले पूर्ण रूपमा क्षति काल्चे खण्डको सडकको भाग भत्किएपछि वैशाख २१ गतेदेखि पूर्ण रूपमा बन्द भएको थियो। काठमाडौंलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको यो सडक निर्माण थालिएको ६७ वर्ष भइसकेको छ।
विगतका सरकारले यो सडक निर्माणका लागि प्राथमिकता नदिंदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ। कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो। यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो। बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो। टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयवासीको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैंसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ। भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ।
