Blog

  • एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दै

    एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दै

    आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार दिउँसो १ बजे महिला तथा सामाजिक समितिको बैठक बस्ने छ।

    बैठकमा नेपालमा एसिड आक्रमण पिडीतहरुको क्षतिपूर्ति सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने छ। बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ।

    त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ।

    त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षकसँग छलफल हुनेछ।

    बिहान साढे १० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सोह्रौं पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तुहरु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नती (एलडिसी गे्रजुएशन) को लागि नेपाल सरकारको रणनीति तयारी र दिगो विकास लक्ष्य कार्यान्वयनको भिआरएन प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ।

    त्यस्तै दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारवाही, प्रमुख सवाल, समस्याहरु र भावी कार्ययोजनाका बारेमा छलफल हुनेछ।

  • जनकनन्दिनी बन्यो पूर्णखोप पालिका

    जनकनन्दिनी बन्यो पूर्णखोप पालिका

    धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ। छवटा वडाको सो गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो।

    जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामनन्दन मण्डलले उक्त घोषणा गर्दै जिल्ला खोप समन्वय समिति धनुषाको सहयोगमा पालिका पूर्णखोप पालिका बनेको बताए।

    सोह्र महिनाका बालबालिकादेखि ५९ वर्षसम्मका व्यक्तिलाई सो खोप लगाएर पूर्ण खोप घोषणा भएको हो। लामो समयदेखि यो कार्यतयारी भइरहको थियो।

    गाउँपालिकाको खजुरी स्वास्थ्य शाखाद्वारा आयोजित समारोह गाउँपालिकाका अध्यक्ष दिपेनदेव यादवको अध्यक्षतामा भएको थियो। समारोहमा जिल्ला समन्वय समितिका उपप्रमुख सङ्गीता ठाकुर, गाउँपालिका उपाध्यक्ष कमला सहगल, प्रशासकीय अधिकृत सैलेष यादव, खजुरी स्वास्थ्यचौकी प्रमुख अयोधी दास, वडा नं.४ का वडाध्यक्ष दिलीप यादव तथा धनुषा जनस्वास्थ्य कार्यालयका प्रमुख उमेश यादवले खोपको महत्व बारेमा जानकारी दिएका थिए।। रासस

  • तीन महिनापछि मैदान फर्किंदै महिला टोली

    तीन महिनापछि मैदान फर्किंदै महिला टोली

    नेपाली राष्ट्रिय महिला फुटबल टोली करिब तीन महिनापछि मैदान फर्किने भएको छ।

    गत फागुनमा साउदी अरबमा आयोजना भएको वाफ महिला च्याम्पियनसिप खेलेयता राष्ट्रिय महिला टोली मैदान उत्रन पाएको छैन। उक्त टोलीले चारदेशीय फुटबल प्रतियोगितामार्फत लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको हो।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगिता लेबनानले आयोजना गर्ने तय भएको छ। ‘लेबनानले आफ्नो घरेलु मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो। यसका लागि हाम्रो टोलीलाई पनि निमन्त्रणा पठाइएको छ। हामीले यस प्रतियोगिताको लागि तयारी थाल्दै छौं,’ उनले भने।

    प्रतियोगिता खेल्ने दुई टोलीका साथै मिति भने लेबनानले नै तय गर्ने उनले बताए। नेपालले गत असोजमा चीनमा आयोजना भएको १९औं एसियन गेम्समा सहभागिता जनाएको थियो। उक्त प्रतियोगितामा नेपालले दुई हार र एक बराबरीको नतिजा निकालेको थियो। भियतनामसँग २-० र जापानसँग ८-० गोलअन्तरले पराजित भएको थियो।

    समूहचरणको अन्तिम खेलमा भने रेखा पौडेलले ८३औं मिनेटमा गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा रोकेकी थिइन्।

    त्यसको पाँच महिनापछि बिनातयारी साउदी पुगेको नेपाली टोलीले पश्चिम एसियाली फुटबल महासंघ (वाफ)ले आयोजना गरेको महिला च्याम्पियनसिप २०२४ मा समूहचरणमा सिरियालाई ४-१, इराकलाई ५-० र प्यालेस्टाइनलाई ४-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। सेमिफाइनलमा लेबनानलाई २-१ गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको नेपाल जोर्डनसँग भने पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरको पराजित हुँदा उपविजेतामा सीमित भएको थियो।

    ‘हाम्रो टोलीले लामो समयदेखि अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाएको छैन। फिफा विन्डोअन्तर्गत केही खेल खेल्नु नै पर्छ, यो अनिवार्य सर्त नै हो। वाफमा पनि हाम्रो टोलीले राम्रो प्रदर्शन गरेको थियो। त्यही प्रदर्शन देखेर लेबनानले प्रतियोगिता खेल्न बोलाएको हो। हामीले सहभागिता जनाउने निर्णय गरिसकेका छौं,’ प्रवक्ता शाहले भने।

    प्रतियोगिताका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। नेपाल वाफमा उपविजेता हुँदा तामाङले नै मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

    बन्द प्रशिक्षणमा चार गोलरक्षक एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, सुशीलाकुमारी चौधरीलाई बोलाइएको छ। वाफमा एन्जिलाले नेपाली टोलीको कप्तानी गरेकी थिइन्। गोलरक्षक अञ्जना र उषा भने प्रतियोगिताभर बेन्चमा सीमित भए।

    उक्त प्रतियोगिता खेलेका डिफेन्डरहरू अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, पूजा राना र सबिना चौधरीलाई निरन्तरता दिइएको छ। डिफेन्डर गंगा गुरुङलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ।

    टोलीमा अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, दीपा शाही, विमला चौधरी, चन्द्र भण्डारी, सरस्वती हमाल, रेणुका नगरकोटी, सरु लिम्बू, मनमाया दमाई र तुल्सा बोहराले स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्।

    अमिषा, अनिता, प्रीति, दीपा, विमला, चन्द्रा र सरस्वतीले यस पटक पनि बन्द प्रशिक्षणमा निरन्तरता पाएका छन्। अनुभवी मिडफिल्डर सरु र रेनुका भने वाफ खेल्नुअघि घाइते भएका थिए। उनीहरू लामो समयपछि मैदान फर्किन लागेका हुन्।

    फरवार्डमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ, सविता रानामगरलाई निरन्तरता दिइएको छ। प्रशिक्षणमा ममता पुनले स्थान बनाउन सफल भएकी छन्। मुख्य प्रशिक्षक तामाङका अनुसार बन्द प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जेठ २० गतेदेखि सुरु हुनेछ।

  • सुर्खेत जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ४ पुग्यो

    सुर्खेत जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ४ पुग्यो

    सुर्खेतमा आज बिहान भएको जिप दुर्घटना परी घाइते भएका थप दुई जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ४ पुगेको छ।

    जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको थियो।

    दुर्घटनामा परी कालीकोट जिल्ला शुभकालीका गाउँपालिका ३ का नमराज विक, तन्त विक र उनका छोरा बिरेन्द्र विकको घटना स्थलमै मृत्यृ भएको प्रहरीले जनाएको छ। मृत्यु भएका अर्का एकजनाको भने सनाखत हुन सकेको छैन।

    यस्तै कालीकोटका नरि विक र सवारी चालक नरेन्द्र विष्टलाई उपचारको लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको घाइते नरि विकका दाजु गोपाल विकले जानकारी दिए।

  • गलकोट र बौद्धिकाली उपाधिका लागि भिड्ने

    गलकोट र बौद्धिकाली उपाधिका लागि भिड्ने

    गलकोट गाउँपालिका र बौद्धिकाली गाउँपालिका प्रथम म्याग्दी युवा कप पुरुष तथा खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

    बेनीको खुलामञ्चमा बुधबार सम्पन्न पुरुषतर्फको सेमिफाइनलमा गलकोटले बेनी नगरपालिका-९ र बौद्धिकालीले रघुगंगा गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेका हुन्।

    पहिलो सेमिफाइनलमा गलकोट गाउँपालिकाले बेनी नगरपालिकालाई २५–१६, २५–२१ र २५–२२ को सेटमा पराजित गर्‍यो। दोस्रो सेमिफाइनलमा बौद्धिकाली गाउँपालिकाले रंघुगंगा गाउँपालिकालाई २५–१७, २५–१८ र २५–२३ को सेटमा हरायो।

    महिलातर्फको खेलमा भने धादिङ स्पोर्ट्स क्लब फाइनलमा पुगेको छ। धादिङले क्वार्टरफाइनलमा पर्वतलाई ३–१ को सेटमा पराजित गर्‍यो। पहिलो सेट २५–२२ को जितेको धादिङले दोस्रो सेट भने १८–२५ ले गुमाएको थियो। तर, त्यसपछिका दुई सेट १५–१७ र २५–२३ ले जित्दै धादिङ सेमिफाइनलमा पुगेको थियो।

    बुधबार नै सम्पन्न सेमिफाइनलमा धादिङले म्याग्दी भलिबल टिमलाई २५–२०, २५–१७ र २५–१७ ले हरायो।

    अर्को खेलमा भने बागलुङ नगरपालिकाले म्याग्दी जुनियर टिमलाई क्वार्टरफाइनलमा ३–२ को सेटमा पराजित गर्‍यो।

    बागलुङले पहिलो सेट २२–२५ ले गुमाएको थियो। तर, दोस्रो सेट भने २५–२० ले जित्दै पुनरागमन गर्‍यो। तेस्रो सेट भने २१–२५ ले गुमाएको बागलुङले चौथो सेट २५–१७ ले जित्दै खेल २–२ को स्थितिमा ल्याएको थियो।

    अन्तिम तथा निर्णायक सेटमा पनि बागलुङ हाबी भयो र १५–१३ ले जित्दै सेमिफाइनलमा स्थान बनायो। सेमिफाइनल खेल बुधबार नै हुने तय थियो। तर, बागलुङ र मालिका युवा क्लबबीचको खेल खराब मौसमका कारण स्थगित गरिएको थियो।

    पुरुषतर्फको उपाधि विजेताले दुई लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीयले एक लाख २० र तृतीयले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

    महिलातर्फ प्रथम हुने टोलीले ८० हजार, द्वितीयले ४० हजार, तृतीयले २० हजार र सान्त्वनाले १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

  • सफा हिमाल अभियान: थप दुई शव र ११ टन फोहर संकलन

    सफा हिमाल अभियान: थप दुई शव र ११ टन फोहर संकलन

    नेपाली सेनाको अगुवाइमा यसपटक सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले आजसम्म ४ मानव शव, केही अस्थिपञ्जर र ११ टन फोहर संकलन गरेको छ।

    नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार आजमात्रै दुई वटा शव निकालेर काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ।

    सगरमाथा हिमालको बाल्कोनी ईलाका (८४३० मि) र ल्होत्से क्याम्प–४ ईलाका (७९०० मि) मा रहेको दुईवटा शवलाई आज हवाईमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाका लागि बुझाएको निर्देशनालयले जनाएको छ।

    गत चैत्र २९ गतेबाट सुरु भएको अभियानअन्तर्गत हालसम्म सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट ११ हजार किलोग्राम फोहर, चारवटा मानव शव तथा केही मानव अस्थिपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ।

    विश्व वातावरण दिवसमा समापन हुने यस अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरण प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालहरूमा थुप्रिएको फोहर हटाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

  • गृहमन्त्रीको निर्णय अनुसार २५ सहसचिवकाे सरुवा, १६ जिल्लाका सीडीओ फेरिए

    गृहमन्त्रीको निर्णय अनुसार २५ सहसचिवकाे सरुवा, १६ जिल्लाका सीडीओ फेरिए

    गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार गृह मन्त्रालयले २५ सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ।

    मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा तथा ९ सहसचिवहरुकाे पदस्थापन गरेको हाे।

    विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओ र ९ सहसचिवहरुकाे जिम्मेवारी हेरफेर गरिएकाे हाे।

    काे कँहा ? हेर्नुहोस् सुची :