Blog

  • पञ्चकन्या समूहले बाँड्यो जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति

    पञ्चकन्या समूहले बाँड्यो जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति

    उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठका नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

    तिलोत्तमा नगरपालिका १५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो। विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरिएको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।

    अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको हो। –रासस

  • ‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौं’

    ‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौं’

    नेपालले जलवायु परिवर्तनका प्रभाव घटाउनेलगायत विश्व समुदायले भोग्नुपरेका साझा समस्या समाधानका निम्ति विशेष परिस्थितिमा रहेका मुलुकहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएको छ।

    संयुक्त राष्ट्रसंघको आयोजनामा एन्टिगुवा र बरबुडाको राजधानी सेन्ट जोन्समा जारी विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा भाग लिने सिलसिलामा सेन्ट जोन्समा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले त्यहाँका परराष्ट्र, कृषि तथा व्यापारमन्त्री एभर्ली पल चेट ग्रिनीसँग बुधबार भएको शिष्टाचार भेटमा उक्त कुरामा जोड दिएकी हुन्।

    त्यस अवसरमा उनीहरूबीच नेपाल–एन्टिगुवा र बरबुडा सम्बन्धका साथै अन्तर्राष्ट्रिय रूपमा अनुमोदन गरिएका विकासका लक्ष्य, दोहा कार्ययोजना तथा विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बरबुडा कार्ययोजनाको प्रभावकारी कार्यान्वयबारे छलफल भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

    सम्मेलनका क्रममा अल्पविकसित देशहरूको समूहका लागि वैश्विक समन्वय ब्युरोको अध्यक्षको हैसियतमा उनले साना तथा टापु राज्य एवं अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय समुदायको सघन सहयोगमा जोड दिएकी थिइन्।

    राष्ट्रसंघले ‘उत्थानशील समृद्धितर्फको मार्गचित्र’ शीर्षकमा आयोजना गरेको सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगति समीक्षा भएको थियो भने बरबुडा कार्ययोजना अनुमोदन भएको थियो।

    सम्मेलन आज समापन हुँदै छ। राष्ट्रसंघले प्रत्येक दश वर्षमा सिड्स सम्मेलन आयोजना गर्दै आएको छ। –रासस

  • बागमती

    बागमती

    पवित्र नामले बगेको

    राजधानी अनि नेपालभरिको

    बोकेर फोहोर

    सकीनसकी देशभरिको।

    इतिहास लुकेको छ

    वेद, पुराण, बौद्ध युग

    थामेको छ।

    समय अनुसार परिवर्तन हेर्दै

    बगेको छ।

    गोपाल, किरात, लिच्छवी,

    मल्ल, शाह झेलेको छ

    देशको पाप, हत्या, हिंसा

    पखाल्दै

    माटो पवित्र बनाएको छ

    बिरुवा, वनस्पति, प्राणी

    सबैसबैलाई

    शुद्ध बुद्ध बनाएको छ।

    जनताको फोहोर

    सत्ताको फोहोर

    कहिले कालो

    कहिले रातो

    रगत पखालेर

    देवताको शिरदेखि पाउ

    शुद्ध बनाएको छ

    विश्रान्ति दिन्छ

    अपराधमुक्त बनाउँछ

    देश चोख्याउन

    आफू

    कालोमैलो लिएर बग्छ।

    मैले देखेको यो बागमती

    सफा थियो

    जल उभाई सूर्यलाई चढाउँथ्यो

    पिपल, शमी हुर्काउँथ्यौ

    सबैलाई फुलाउन

    यही बागमतीले परीक्षणमा

    बहुदल ल्यायो

    गणतन्त्रको भेल ल्यायो

    वैचारिक मान्छे जन्मायो

    मानववादी जन्माउन सकेन

    व्यक्ति, घर र कार्यालय

    भव्य बनायो

    देश बुझ्न सकेन

    स्वार्थको मलमुत्रले पुरियो

    नि: स्वार्थ जन्माउन

    बाँचुन्जेलीको संसार चिनाउन सकेन।

    हुन त बागमतीको के दोष?

    ऊ त

    ठेलमठेल गर्दै

    फोहोर हटाउन

    निरन्तर लागेको छ

    किनारमा अड्किएको छ

    उसैसँग घाँटी जोडेर हिंडेको छ

    विचरा! बागमती

    गन्ध बोकेर

    विश्व गन्हाउने गरेर

    आफ्नै सुरमा हिंड्न बाध्य छ

    प्राकृतिक रूपमा सजीव भए पनि

    निर्जीव बनेर।

  • बागमती

    बागमती

    पवित्र नामले बगेको

    राजधानी अनि नेपालभरिको

    बोकेर फोहोर

    सकीनसकी देशभरिको।

    इतिहास लुकेको छ

    वेद, पुराण, बौद्ध युग

    थामेको छ।

    समय अनुसार परिवर्तन हेर्दै

    बगेको छ।

    गोपाल, किरात, लिच्छवी,

    मल्ल, शाह झेलेको छ

    देशको पाप, हत्या, हिंसा

    पखाल्दै

    माटो पवित्र बनाएको छ

    बिरुवा, वनस्पति, प्राणी

    सबैसबैलाई

    शुद्ध बुद्ध बनाएको छ।

    जनताको फोहोर

    सत्ताको फोहोर

    कहिले कालो

    कहिले रातो

    रगत पखालेर

    देवताको शिरदेखि पाउ

    शुद्ध बनाएको छ

    विश्रान्ति दिन्छ

    अपराधमुक्त बनाउँछ

    देश चोख्याउन

    आफू

    कालोमैलो लिएर बग्छ।

    मैले देखेको यो बागमती

    सफा थियो

    जल उभाई सूर्यलाई चढाउँथ्यो

    पिपल, शमी हुर्काउँथ्यौ

    सबैलाई फुलाउन

    यही बागमतीले परीक्षणमा

    बहुदल ल्यायो

    गणतन्त्रको भेल ल्यायो

    वैचारिक मान्छे जन्मायो

    मानववादी जन्माउन सकेन

    व्यक्ति, घर र कार्यालय

    भव्य बनायो

    देश बुझ्न सकेन

    स्वार्थको मलमुत्रले पुरियो

    नि: स्वार्थ जन्माउन

    बाँचुन्जेलीको संसार चिनाउन सकेन।

    हुन त बागमतीको के दोष?

    ऊ त

    ठेलमठेल गर्दै

    फोहोर हटाउन

    निरन्तर लागेको छ

    किनारमा अड्किएको छ

    उसैसँग घाँटी जोडेर हिंडेको छ

    विचरा! बागमती

    गन्ध बोकेर

    विश्व गन्हाउने गरेर

    आफ्नै सुरमा हिंड्न बाध्य छ

    प्राकृतिक रूपमा सजीव भए पनि

    निर्जीव बनेर।

  • सन् २०२४ मा विश्व बेरोजगारी थोरै कम हुने

    सन् २०२४ मा विश्व बेरोजगारी थोरै कम हुने

    यस वर्ष विश्वव्यापी बेरोजगारी थोरै घट्ने अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जनाएको छ।

    आइएलओले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ। यो सन् २०२३ मा पाँच प्रतिशतबाट बढेर यस वर्ष पाँच दशमलव दुई प्रतिशत हुने पूर्वानुमान पछि आएको हो।

    सङ्गठनले एक प्रतिवेदनमा सन् २०२५ मा यो दर चार दशमलव नौ प्रतिशतमा रहने प्रक्षेपण गरे पनि चेतावनी दिँदै भनेको छ, ‘श्रम बजारमा असमानता कायम छ, कम आय भएका देशहरूमा महिलाहरू विशेषरूपमा प्रभावित छन्।’

    प्रतिवेदनअनुसार १८ करोड ३० लाख मानिसले बेरोजगारीको परिभाषा पूरा गर्छन्। अर्थात उनीहरू सक्रियरूपमा कामको खोजीमा छन् र तुरुन्त उपलब्ध छन्। तर काम गर्न चाहने कामबिनाको व्यक्तिको सङ्ख्या ४० करोड २० लाख पुगेको छ।

    महिलाहरू अनिच्छापूर्वक कामबाट बाहिर हुने र अवसरहरूको अभावबाट असमानरूपमा प्रभावित हुने सम्भावना रहेको सङ्गठनले जनाएको छ। कम आय भएका देशहरूमा महिलाहरू विशेषगरी पीडित रहेका थिए।

    पुरुषहरूको १५ दशमलव तीन प्रतिशतको तुलनामा २२ दशमलव आठ प्रतिशत महिलाले काममा नभएको काम चाहन्थे। उच्च आय भएका देशहरूको लागि महिलाहरूको यो दर नौ दशमलव सात र पुरुषहरूका लागि सात दशमलव तीन प्रतिशत थियो।

    महिलाहरूले पुरुषको तुलनामा श्रमशक्ति पूर्णरूपमा छाड्ने सम्भावना धेरै रहेको प्रतिवेदनले चेतावनी दिएको छ। प्रतिवेदनमा सन् २०२४ मा काम गर्ने उमेरका ४५ दशमलव छ प्रतिशत महिलाहरू र ६९ दशमलव दुई प्रतिशत पुरुषहरू कार्यरत रहेको उल्लेख छ। रासस

  • ९५ जना मोतियाविन्दुका बिरामीले पाए ज्योति

    ९५ जना मोतियाविन्दुका बिरामीले पाए ज्योति

    यस वर्षको गणतन्त्र दिवसमा उदयपुरका झन्डै सयजनाले आँखाको ज्योति पाएका छन्। ‘१७औँ गणतन्त्र दिवस’ का अवसरमा आयोजित आँखा शिविरमा ९५ जना मोतियाविन्दुका बिरामीको आँखाको ज्योति फर्केको हो।

    नेपाल नेत्रज्योति संघ उदयपुरले चौधरी आँखा अस्पतालसँगको सहकार्यमा सदरमुकाम गाईघाटमा मोतियाविन्दुका बिरामीको आँखा शल्यक्रिया गर्न शिविर आयोजना गरेको हो, जसबाट ५५ महिलासहित ९५ मोतियाविन्दुका बिरामीको आँखा उपचार भएको हो। मंगलबार र बुधबार गरी २ दिन सञ्चालन भएको शिविरमार्फत अघिल्लो दिन ५४ जना र बुधबार ४१ जनाले ज्योति पाएका हुन्।

    नेत्रज्योति संघ उदयपुरमा अध्यक्ष भागवत राउतका अनुसार यसअघि जिल्लाका विभिन्न स्थानीय तहमा आयोजित ‘आँखा जाँच शिविर’ मा फेखा परेका मोतियाविन्दुका बिरामीको उपचारका लागि शल्यक्रिया शिविर सञ्चालन गरिएको हो।

    गाउँगाउँमा रहेका मोतियाविन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पताल भवनमा ल्याएर ज्योति फर्काइएको अध्यक्ष राउतले बताए।

  • एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दै

    एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दै

    आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार दिउँसो १ बजे महिला तथा सामाजिक समितिको बैठक बस्ने छ।

    बैठकमा नेपालमा एसिड आक्रमण पिडीतहरुको क्षतिपूर्ति सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने छ। बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ।

    त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ।

    त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षकसँग छलफल हुनेछ।

    बिहान साढे १० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सोह्रौं पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तुहरु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नती (एलडिसी गे्रजुएशन) को लागि नेपाल सरकारको रणनीति तयारी र दिगो विकास लक्ष्य कार्यान्वयनको भिआरएन प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ।

    त्यस्तै दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारवाही, प्रमुख सवाल, समस्याहरु र भावी कार्ययोजनाका बारेमा छलफल हुनेछ।