Blog

  • मन्त्रालयको राम्रा काम देखेर स्वार्थ समूहले अफवाह फैलाए: श्रममन्त्री अर्याल

    मन्त्रालयको राम्रा काम देखेर स्वार्थ समूहले अफवाह फैलाए: श्रममन्त्री अर्याल

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न अफवाह फैलाउने प्रयास भइरहेको बताएका छन्।

    आफूले श्रम मन्त्रालय सम्हालेको छोटो समयमा नै उल्लेख्य सुधारका काम देखी आत्तिएर विभिन्न स्वार्थ समूहले आफ्नो व्यक्तिगत चरित्रहत्या गर्न र मन्त्रालयको गरिमामा आँच आउने काम गरेको भन्दै ध्यानाकर्षण भएको बताएका हुन्।

    आफूलाई बदनाम गरी राजनीतिक अभीष्ट पूरा गर्न श्रममन्त्री, श्रममन्त्रीको सचिवालय, मन्त्रालयका कर्मचारी, मन्त्रीका आफन्त र साथीभाइलाई जोडेर अफवाह फैलाउने प्रयास भइरहेकाले त्यस्ता कुनै हल्लामा विश्वास नगर्न मन्त्री अर्यालको आग्रह छ।

    मन्त्रालयले गर्ने हरेक क्रियाकलाप मन्त्रालयले नै सार्वजनिक गर्ने भएकाले असम्बन्धित व्यक्तिबाट फैलाइएका कुनै पनि दुर्नियतका हल्लामा विश्वास नगर्न उनले आग्रह गरेका हुन्।

    ‘हामीले गोप्य रुपमा कुनै निर्णय गर्दैनौँ। कुनै पनि मुलुकसँग रोजगारी सम्झौता गरेमा वा बन्द गर्नु परेमा पनि सार्वजनिक रुपमा नै सूचना जारी गर्छौँ। त्यसैले कसैले फैलाएको भ्रममा नपर्न आग्रह गर्छु,’ उनले भने।

    रोजगारीको क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउने, आन्तरिक रोजगारी र स्वरोजगारीलाई प्रवर्द्धन गर्ने काममा मन्त्रालय लागि परेको उनको भनाई छ।

    मन्त्री वा मन्त्रालयसँग सम्बन्धित व्यक्ति वा संस्था वा निकायले ठगी गरेको शंका लागे मन्त्रालयको सचिवालय, वैदेशिक रोजगार विभाग, श्रम कार्यालय वा श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ मा सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन्।

  • सडकमा कांग्रेस (फोटोफिचर)

    सडकमा कांग्रेस (फोटोफिचर)

    पुरा समाचार यहाँ लेख्नुहोस

  • नीति कार्यक्रमले संविधान कार्यान्वयन र अर्थतन्त्र सुधार गर्छः सांसद शर्मा

    नीति कार्यक्रमले संविधान कार्यान्वयन र अर्थतन्त्र सुधार गर्छः सांसद शर्मा

    नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्नेगरी आएको बताएका छन्।

    आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रको सुधार हुनेगरी आएको बताएका हुन्।

    उनले पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार सिर्जना, सुशासन प्रवर्द्धन र सामाजिक सेवा प्रवाहमा सुधार हुने गरी नीति तथा कार्यक्रम रहेको पनि बताए।

    उनले भने, ‘सरकारले ल्याएको नीति, कार्यक्रमले विशेषगरी संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रका सुधार, पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार सिर्जना, सुशासन प्रवद्र्धन, सामाजिक सेवा प्रवाहमा सुधार, सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रणजस्ता कुराहरुलाई अगाडी सारेको छ। सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहलाई सारभुत र आम जनताले अनुभुत गर्न सक्ने सुधार गर्न शान्ति प्रक्रियालाई शिघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्दै राष्ट्रिय हित, प्रतिष्ठा र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न अगाडी सारिएका यि महत्वपूर्ण नीतिहरु पार्टी विशेषका भन्दापनि आम नेपाली जनताको आवश्यकताका कुराहरु हुन्। र हामी सबै राजनीतिक दलका साझा मुद्दाहरु हुन्। यि राजनीतिक दलका साझा मुद्दाहरुलाई हामीले आत्मसात् गरेर एउटा सहमतीबाट देशलाई अगाडी बढाउने, सहमतीबाट मात्रै समृद्धिको बाटो खुल्ने छ। हामी सुशासन स्थापना गर्नेछौँ।’

    नीति तथा कार्यक्रमले शान्ति प्रक्रियालाई शिघ्र तार्किक निष्कर्षमा पु¥याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्दै राष्ट्रिय हित, प्रतिष्ठा र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने पनि उनको भनाई छ।

  • पूर्वाधारको पर्खाइमा कोरला नाका

    पूर्वाधारको पर्खाइमा कोरला नाका

    उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ। गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाकाको नेपालतर्फ आवश्यक भौतिक संरचना नहुँदा व्यापारी, स्थानीयवासी र पर्यटक समस्यामा परेका हुन्।

    चार वर्षपछि खुलेको कोरला नाकाको नेपालतर्फ आवश्यक पूर्वाधार नहुँदा व्यावसायिक लाभ लिन नपाएको लोमान्थाङ्का व्यवसायी टसी नर्बु गुरुङले बताए। ‘चीनतर्फ सबै पूर्वाधार छन्’, उनले भने, ‘नेपालतर्फको सिमानामा भन्सार, सामान भण्डारण, सुरक्षा निकायका लागि भवनलगायतका पूर्वाधार बनेको छैन, त्यसैले कोरला नाका व्यावसायिकरुपमा चल्न सकेको छैन।’

    चीनले एक दिनमा एक जना मात्र जान पाउने र गाडी लैजान नदिने नियम बनाएको छ। झोला र बोरामा अटाउने सामान ल्याउने गरिएको व्यवसायी गुरुङले बताए। चिनियाँ बजारबाट सामान किनेर नेपाली भूगोलमा गाडीमा ल्याउनुपर्दा झन्झट हुने व्यवसायी मिना गुरुङले बताए। कोरलाबाट ल्याएको सामान जाँचपास गराउन १३ किमी तल नेचुङ भन्सार कार्यालय र प्रहरी चेकपोष्टमा ल्याउनुपर्दा झन्झट हुने उनको भनाइ छ।

    नाकामा भन्सार र सुरक्षा निकायको नियमित उपस्थितिका लागि भवन, खानेपानी, सञ्चार सुविधा र शौचालयको तत्कालै व्यवस्थापन गर्नुपर्ने लोमान्थाङ-१ छोसेरका छिरिङ ल्यामो गुरुङले बताए। ‘नाकामा प्रहरीको उपस्थितिका साथै नेपाली गाडी चीनको बन्दरगाहसम्म पुग्न दिने र एक दिनमा एकपटक मात्र चीनतर्फ जान पाउने नियम हटाएमा सहज हुने थियो’, उनले भने, ‘यहाँ १० किमी तलबाट पिउने पानी ओसार्नुपर्छ।’

    कोरला घुम्न आउने पर्यटक र व्यापारीका लागि छोसेरका व्यवसायीले त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गरेका छन्। चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन्। नेपालतर्फबाट चामल, फापरको पिठो, चिउरा, चाउचाउ, जडीबुटी, पश्मिनालगायत सामान निर्यात गर्न सकिने सम्भावना छ। हाल चीनबाट आयात मात्र भएको छ। नेपाली सामान निर्यात हुन सकेको छैन।

    चीनतर्फ निर्मित भवनभित्र पसलहरु छन्। चीनले कोरला सम्म कालोपत्र सडक निर्माण गरेको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले जारी गरेको प्रस्थान प्रवेशपत्र भएका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा कोरलाको चिनियाँ बजार जान पाउँछन्। करिब एक हजार जनाले प्रस्थान प्रवेशपत्र लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्णरूपमा बन्द भएको थियो। त्यसअघि कोरलामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो। विसं २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो। विसं २०५८ सम्म रोकटोक नरहेको सीमा विसं २०५९ देखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा बन्द गर्दै आएको थियो। कोरला नाका नियमित सञ्चालन र सबै मुस्ताङवासीलाई आवतजावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भए पनि व्यावसायिकरुपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारको खाँचो रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए।

    कोरला नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि चीनले गत कात्तिकमा १० जना अटाउन सक्ने चार वटा कन्टेनर उपलब्ध गराएको थियो। मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सुरक्षाकर्मी त्यहाँ गएको अवस्थामा कन्टेनरलाई प्रयोग गरिएको र प्रदेश सरकारको सहयोगमा ‘प्रिफ्याब’ भवन निर्माण प्रक्रिया अघि बढाएको बताए।

    पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत कार्यान्वयन गर्नेगरी प्रदेश सरकारले ५० लाख बजेट पठाएको छ। तीनकोठे ‘प्रिफ्याब’ भवन बनाउन ठेक्का आह्वान भइसकेको र चालु आर्थिक वर्षभित्र तयार हुने पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले जानकारी दिए। -रासस

  • सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशता उन्मुखः महामन्त्री थापा

    सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशता उन्मुखः महामन्त्री थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशता उन्मुख रहेको बताएका छन्।

    आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सत्ता गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताए। अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको उनको भनाइ छ। उनले प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताए।

    उनले प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको बताउए। महामन्त्री थापाले नेपाली काँग्रेसले अहिले लिएको अडान आम सर्वसाधारण नागरिसँग जोडिएको बताए।

  • आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छः उपसभापति डा.वाग्ले

    आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छः उपसभापति डा.वाग्ले

    राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन्। आईतवार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा भाग लिँदै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा पार्टीको पूर्ण समर्थन रहेको भन्दै आगामी वर्षको बजेट अर्थतन्त्रमा देखिएको शिथिलता चिर्नेगरी ल्याउन आवश्यक रहेको बताएका हुन्।

    रास्वपाले सम्हालेका मन्त्रालयमा समेटिएको नीति तथा कार्यक्रमलाई बजेटले ठोस रुपमा सम्बोधन गर्ने समेत उल्लेख गरे। उनले आर्थिक शिथिलता चिर्दै दिगो रोजगार मुलुक वृद्धिको जग बसाल्ने,राजश्व बढाउने,खर्चको व्यवस्थान गर्न र सामाजिक रुपान्तरणकारी बजेट ल्याउन आग्रह गरे। उनले पूर्वाधारको शिथिल एजेण्डामा केही गति लिने र सुझबुझ पूर्ण अन्तर्राष्ट्रिय इङ्गेजमेण्ट जलवायु कुटनीति देखि लिएर १६ औं पञ्चवर्र्षीय योजनाको आरम्भ वर्षमा ठोस काम हुने गरेर यो वर्षको बजेट आउनुपर्ने बताए।

    उनले भने,‘६५ वर्ष अगाडि नेपाली लोकतान्त्रिक आन्दोलनमा धरोहर हामी सबैका प्रेरणा विश्वश्वरप्रसाद कोईराला (बिपी)ले ६५ वर्ष पहिला स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पु¥याउनलाई ,यो लजास्पत, यो लजास्पत, यो लजास्पत,औचित्य हिन विरोध प्रति मेरो घोर खेद छ। संसदको ओझ,गरिमा,उपध्यायता असान्र्दभिक बनाउने नेपाली काँग्रेसको कदमप्रति जाने की समाधानतिर जाने हो। ७५ लाख सहकारी बचतकर्ताहरुको बचत राखिएको छ। समाधान उन्मुख हुने हो की ? व्यक्ति केन्द्रित भएर खराब नजिर बनाउने तिर मुल मुद्धा बनाउने हो। समिति बनाउनको लागि सहमति भएको छ। नेपाली काँग्रेसको औचित्य हिन कर्मकाण्डी विरोधको कुनै सान्र्दभिकता छैन। समिति बनाउन टिओआरमा छलफल चलिएरहेको छ। आर्थिक सिथिलता चिर्दै दिगो रोजगार मुलुक वृद्धिको जग बसाल्ने,राजश्व बढाउने,खर्चको बेमेल मिलाउँदै सामाजिक रुपान्तरणको जग अगाडि बढाउने,पूर्वाधारको सिथिल एजेण्डामा केही गति लिने र सुझबुझ पूर्ण अन्तर्राष्ट्रिय इङ्गेजमेण्ट जलवायु कुटनीतिदेखि लिएर,किसित मुलुकमा स्तर उन्नतीदेखि छिमेकी देशरुसँग पुनःउदयसँग गाँसिने गरेर १६ औं पञ्चवर्षीय योजनाको आरम्भ वर्षमा ठोस काम हुने गरेर यो वर्षको बजेट आओस्।’

    उनले काँग्रेसले संसदमा गरिरहेको अवरोधलाई ‘औचित्यहिन’ भन्दै खेद प्रकट गरे। नेपाली काँग्रेसले विश्वश्वरप्रसाद (बिपी) कोईराला ले ६५ वर्ष पहिला स्थापित गरेको मानकलाई आज यो अवस्थामा पु¥याउन लज्जास्पद र औचित्यहिन बिरोधप्रति गरेको बताए। नेपाली काँग्रेसले सहकारीको विषयलाई उठाएर समाधान भन्दा पनि संसदको ओझ,गरिमा असान्दर्भिक बनाउने कदममा गएको आरोप लगाए।

  • सामाजिक अनुसन्धान विषयमा मदन भण्डारी कलेजद्वारा तालिम आयोजना

    सामाजिक अनुसन्धान विषयमा मदन भण्डारी कलेजद्वारा तालिम आयोजना

    मदन भण्डारी मेमोरियल कलेजले सामाजिक अनुसन्धानु विषयमा ३ दिने तालिम सम्पन्न गरेको छ । कलेज अन्तर्गत विभिन्न संकायका शिक्षक तथा कर्मचारीहरूका लागि उक्त तालिम आयोजना गरिएको हो ।

    विभिन्न विधामा अध्ययन सामग्रीहरूको जर्नल श्वेत शार्दूल प्रकाशित गर्दै आएको कलेजले विश्व विद्यालय अनुदान आयोगको सहयोगमा उक्त तालिम सञ्चालन गरेको थियो ।

    कलेज प्रमुख डाक्टर बाबुराम अधिकारीले मदन भण्डारी कलेज अन्तर्गत विभिन्न संकायका सदस्यहरूलाई अनुसन्धानमूलक काममा थप दक्ष बनाउँदै लैजाने उद्धेश्यकासाथ तालिम आयोजना गरिएको बताए ।

    तालिममा सहभागीहरू । तस्बिर: मदन भण्डारी कलेज

    विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीले विश्व विद्यालय अन्तरगतका आङ्गिक कलेजहरूमा अनुसन्धान गर्ने र प्रकाशन गर्ने परिपाटीमा कमी देखिएको र त्यसको विकासको लागि आयोगले अनुदानको व्यवस्था गर्दै आएको बताए ।

    कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वराजदूत महेन्द्रबहादुर पाण्डेले तालिम पश्चात मदन भण्डारी कलेजका सहभागीहरूले अन्य कलेजहरूद्वारा भविष्यमा आयोजना हुने तालिममा श्रोतव्यक्तिका रूपमा काम गर्न सक्षम हुने विश्वास व्यक्त गरे । पाण्डेले अध्ययन अनुसन्धान मानिसका लागि कहिल्यै अन्त्य नहुने प्रकृया भएको धारणा राखेका थिए ।

    तालिममा प्राध्यापक डाक्टरहरू प्रेमसागर चापागाइँ, योगेन्द्र गुरूङ, ध्रुव कार्की, ताराप्रसाद भुषाल र विनोद पोखरेल त्यसैगरी, डाक्टर भीमलाल गौतम र डाक्टर अञ्जय मिश्रले सहजीकरण गरेका थिए ।

  • इजराइलसँग नयाँ वार्ताको प्रस्ताव हमासद्वारा अस्वीकार

    इजराइलसँग नयाँ वार्ताको प्रस्ताव हमासद्वारा अस्वीकार

    इजराइलसँग नयाँ वार्ताको प्रस्ताव हमासले अस्वीकार गरेको छ। प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) का वरिष्ठ प्रतिनिधि ओसामा हमदानले गाजा युद्धविरामका लागि पुनः वार्ताको सम्भावित सुझावलाई अस्वीकार गरिएको बताएका छन्।

    टेलिफोन अन्तर्वार्तामा हमदानले गाजाबाट इजरायली सुरक्षाकर्मीको फिर्ता र बन्धकहरूको रिहाइ वार्ताका प्राथमिकता हुनुपर्ने बताए।

    हमासले युद्धविराम प्रस्तावलाई पहिले नै स्वीकार गरिसकेको र इजरायलले भने प्रस्ताव अस्वीकार गरेको दाबी गर्दै उनले भने, ‘हामीलाई वार्ताको नयाँ प्रस्ताव आवश्यकता छैन तर बन्धक फिर्ता र युद्धविरामलगायत इजरायली सेना गाजाबाट फर्किने शर्त वार्ताका प्राथमिकता हुनुपर्छ।’ यस महिनाको सुरुमा हमासले इजरायलले प्रस्ताव अपर्याप्त ठानेको भएपनि सात महिनाको गाजा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कतार र इजिप्टको मध्यस्थतामा युद्धविराम प्रस्तावलाई स्वीकार गरेको थियो।

    इजरायली सञ्चारमाध्यममा आएका रिपोर्टहरूले पेरिसमा मध्यस्थकर्ताहरूसँगको छलफलपछि गाजा बन्दी मुक्तिसम्बन्धी सम्झौताको लागि नयाँ वार्ताको सुझाव दिएको अल जजिराले जनाएको छ।

    इजरायली गुप्तचर प्रमुख डेभिड बार्नियाले सीआईएका निर्देशक बिल बन्र्स र कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग नयाँ वार्ताका लागि सहमति जनाएका थिए। यद्यपि, कुनै पनि अस्थायी युद्धविराम सम्झौताले इजरायलसँगको शत्रुताको समाधान भविष्यसम्मका लागि प्रशस्त नहुने चिन्ता प्यालेष्टिनी रक्षा मन्त्रालयले व्यक्त गरेको छ।

    हमास अस्थायी युद्धविरामका समाधान गर्नुको सट्टा युद्धको स्थायी अन्त्यमा जोड दिँदै आफ्नो पक्षमा अडिग रहेको छ। इजरायलले भने हमासको पूर्ण विघटनसहित आफ्ना उद्देश्यहरू प्राप्त गरेपछि मात्र द्वन्द्व अन्त्य गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

    अन्तर्राष्ट्रिय न्याय अदालतको रफाह आक्रमण रोक्ने आदेश र अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली नेताहरूविरुद्ध गिरफ्तारी आदेश जारी गरेको जस्ता हालसालैका घटनाक्रमले बढ्दो कूटनीतिक गतिरोधलाई प्रतिबिम्बित गर्दछ। आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई मान्यता दिने निर्णयले इजरायलको कूटनीतिक चुनौतीलाई थप जटिल बनाएको छ।

    यी घटनाक्रमबीच युद्धविराम हासिल गर्ने र गाजासँगको सीमा पुनः सञ्चालन गर्ने प्रयासहरूले गति प्राप्त गरेको छ।

    वासिङ्टनले युद्धविराम र मानवीय सहायताको पहुँचका लागि मार्गहरू खोज्न युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जसहित इजरायली अधिकारीहरूसँग छलफल गरेको छ। कायरोले युद्धविराम वार्ताको मध्यस्थता र कैदी आदानप्रदानलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। इजिप्ट गाजामा मानवीय सङ्कट कम गर्ने उदेश्यप्रति कटिबद्ध छ।

    गाजामा बन्दी बनाइएका कैदीहरूको रिहाइ सुरक्षित गर्न कारबाहीको माग गर्दै तेल अभीभमा व्यापक सार्वजनिक आक्रोश र विरोधका बावजुद प्रधानमन्त्री नेतान्याहुको सरकारले हमाससँग सम्झौता गर्न अझै मध्यस्थता गरेको छैन।

    आलोचकहरूले सरकारको समाधानमा पुग्ने प्रतिबद्धतामाथि प्रश्न उठाउनुका साथै वार्ताको माध्यमबाट समाधान गर्नमा यसको निष्कपटतामाथि शङ्का व्यक्त गरेको अल जजिराले रिपोर्ट गरेको छ। रासस

  • बसेका सबै थाकेका हुँदैनन्!

    बसेका सबै थाकेका हुँदैनन्!

    १) मुक्तक

    धब्बा देखिन्छ जूनमा पनि,

    कमजोरी हुन्छ सुनमा पनि।

    दुःख छ भनी नसोच मलाई,

    आनन्द आउँछ रूनमा पनि।

    २) मुक्तक

    मायाप्रेममा कुनै सीमा हुँदैन,

    सरूवा, रमाना, बिमा हुँदैन।

    बोट यसको तनमनमा हुन्छ,

    नखोज्नू, खेतबारीमा हुँदैन।

    ३) मुक्तक

    पीडा बिसाउने चौतारी भेटिन्न,

    विचार मिसाउने दौंतरी भेटिन्न।

    भाग्य कर्ममा आधारित हुन्छ,

    सफलता त्यसै भौतारी भेटिन्न।

    ४) मुक्तक

    मान्छे किन आज प्यादा भयो,

    कामभन्दा कुरा ज्यादा भयो।

    मपाइँत्व त कतिकति हजुर,

    त्यसैले न मान न मर्यादा भयो।

    ५) मुक्तक

    बसेका सबै थाकेका हुँदैनन्,

    आउने सबै डाकेका हुँदैनन्।

    भेट्दैमा क्याप्प खानु हुँदैन,

    पहेंला सबै पाकेका हुँदैनन्।

  • विशाल  राईको डेब्यु गीत ‘हावै सिरिरी’ सार्वजनिक  ( भिडियो )

    विशाल राईको डेब्यु गीत ‘हावै सिरिरी’ सार्वजनिक ( भिडियो )

    गायक विशाल राईको डेब्यु गीत ‘हावै सिरिरी’ सार्वजनिक भएको छ। पूर्वेली लोक शैलीको आधारित यस गीतमा शब्द डी. पी खनालको रहेको छ। यस गीतमा संगीत संयोजन गायक, संगीतकार तथा संगीत संयोजक मनोज थापा मगरको रहेको छ।

    उमेरले ५० वर्ष पार गरेका गायक राई स्टुडियो भर्सनमा सार्वजनिक भिडियोमा स्वयम् फिचर्ड छन्।

    भिडियो ‘मनोज थापा मगर’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। गायक राईले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।