Blog

  • हैदरावादसँग इतिहास दोहोर्‍याउने मौका, तर वर्षाले खेल प्रभावित हुँदा को बन्छ विजेता?

    हैदरावादसँग इतिहास दोहोर्‍याउने मौका, तर वर्षाले खेल प्रभावित हुँदा को बन्छ विजेता?

    १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आइतवार अन्तिम भिडन्त हुँदैछ। आजको खेलमा २ पटकको उपाधि विजेता कोलकोत्ता नाइट राइडर्स र एकपटकको विजेता सनराइजर्स हैदरावाद आमने सामने हुनेछन्।

    प्याट कमिन्सको कप्तानीमा रहेको हैदरावाद र श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताबीचको आजको खेल चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

    कोलकोत्ताले पहिलो क्वालिफायरमा हैदरावादलाई पराजित गरेर फाइलनमा स्थान बनाएको हो भने हैदरावादले अर्को मौकामा राजस्थान रोयल्सलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो।

    आजको खेलमा हैदरावादसँग इतिहास रच्ने सुनौलो अवसर छ भने कोलकोत्तासँग तेस्रोपटक उपाधि उचाल्ने मौका रहेको छ।

    हालसम्म आईपीएलको इतिहासमा पहिलो क्वालिफायरमा पराजित भएको टोलीले दोस्रो मौकामा उपाधि उचालेको एक टिम मात्रै छ। हैदरावादसँग पनि आइतवारको खेलमा सोहि इतिहास दोहोर्याउने अवसर रहेको छ। यसअघि दोस्रो मौकामा मुम्बई इनिडयन्सले उपाधि उचालिसकेको छ।

    सन् २०१३ र २०१७ मा क्वालिफायर १ मा पराजित भएर दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनलमा उपाधि उचालेको थियो। मुम्बई बाहेक अब हैदरावादसँग इतिहास दोहोर्‍याउने मौका रहेको छ। साथै पहिलो क्वालिफायरमा कोलकोत्तासँग भोग्नुपरेको पराजयको बदला लिने पनि मौका हैदरावादसँग रहेको छ।

    तर, त्यसबाहेक आइतवारको उपाधि खेलमा वर्षाको पनि असर देखिन सकिने अनुमान गरिएको छ। हालसम्म जारी सिजनमा ३ वटा खेल वर्षाका कारण रद्द भइसकेको छ। यस्तोमा यदि फाइनल खेलमा पनि वर्षा बाधक बन्यो भने कसले उपाधि जित्छ भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ।

    फाइनल खेल यदि वर्षाका कारण प्रभावित भयो र खेल कम्तिमा ५÷५ ओभरमा पनि खेलिएन भने रिजर्भ डेमा जानेछ। अर्थात् भोलि हुनेछ। गत वर्ष पनि फाइनल खेल रिजर्भ डेमा भएको थियो। रिजर्भ डेमा खेल त्यहिबाट सुरु हुन्छ जहाँ आज रोकिएको हुन्छ। रिजर्भ डेमा पनि यदि वर्षा बाधक बनयो र नियमित ५÷५ ओभरमा खेल हुन सकेन भने सुपर ओभरबाट खेलको नतिजा निकालिने छ।

    यदि सुपर ओभर पनि हुन सकेन भने अङ्क तालिकाको आधारमा विजेता घोषणा गरिने छ। वर्तमान अवस्थामा कोलकोत्ता अङ्क तालिकाको शिर्ष स्थानमा रहेको र हैदरावाद दोस्रो स्थानमा रहेको छ। त्यसकारण १७ औँ संस्करणको आईपीएलको उपाधि विजेता कोलकोत्तालाई घोषित गरिने छ।

    आजको खेलमा कोलकोत्ताका सुनिल नरेन, कप्तान श्रेयस अय्यर, आन्द्रे रसेल, मिचेल स्टार्क र वरुण चक्रवर्तीमाथि विशेष नजर रहने छ भने हैदरावादका कप्तान कमिन्स, टी नारायणन्, टेविस हेड, अभिशेष शर्मा, भुवनेश्वर कुमार लगायतमाथि विशेष नजर रहने छ।

  • विशाल  राईको डेब्यु गीत ‘हावै सिरिरी’ सार्वजनिक  ( भिडियो )

    विशाल राईको डेब्यु गीत ‘हावै सिरिरी’ सार्वजनिक ( भिडियो )

    गायक विशाल राईको डेब्यु गीत ‘हावै सिरिरी’ सार्वजनिक भएको छ। पूर्वेली लोक शैलीको आधारित यस गीतमा शब्द डी. पी खनालको रहेको छ। यस गीतमा संगीत संयोजन गायक, संगीतकार तथा संगीत संयोजक मनोज थापा मगरको रहेको छ।

    उमेरले ५० वर्ष पार गरेका गायक राई स्टुडियो भर्सनमा सार्वजनिक भिडियोमा स्वयम् फिचर्ड छन्।

    भिडियो ‘मनोज थापा मगर’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। गायक राईले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

  • बजेट भाषण मंगलबार दिउँसो १ बजे हुने

    बजेट भाषण मंगलबार दिउँसो १ बजे हुने

    सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ।

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन्।

  • कांग्रेसको नाराबाजीबिच संसद् बाट नीति तथा कार्यक्रम पारित

    कांग्रेसको नाराबाजीबिच संसद् बाट नीति तथा कार्यक्रम पारित

    प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसदको नाराबाजीका बीच सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

    आइतबार बसेको प्रतिनिधि सभाको बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको हो।

    सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए।

  • सिट्रोनको नयाँ भेरियन्ट इेलेक्ट्रिक गाडी नेपाली बजारमा सार्वजनिक हुँदै

    सिट्रोनको नयाँ भेरियन्ट इेलेक्ट्रिक गाडी नेपाली बजारमा सार्वजनिक हुँदै

    नेपालमा सिट्रोन गाडीको आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपाली बजारमा चाँडै सिट्रोनको नयाँ भेरियन्ट इेलेक्ट्रिक गाडी सार्वजनिक गर्ने भएको छ । लाइनअपमा थप नयाँ सार्वजनिकसँगै सिट्रोनले नेपाली कार उत्साहीहरूलाई अत्याधुनिक प्रविधि, आराम र उत्कृष्ट ड्राइभिङ अनुभवहरू प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।

    नेपालमा सिट्रोन गाडीहरुकोनिरन्तर विस्तारमा यो नयाँ भेरियन्टले सिट्रोन गाडीहरुमा पाइने उत्कृष्ट आराम र दक्षतालाई निरन्तरता दिनेछ । सिट्रोनको अफिसियल वेवसाइट तथा शोरूममा गई थप जानकारी लिन सक्नु हुनेछ र सिट्रोनसँग आराम र नवीनताको उत्कृष्ट अनुभवलिन सक्नु हुनेछ ।

    के हो सिट्रोन ?

    सिट्रोन एक प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड होजसको लेगसी १०३ वर्षभन्दा लामो रहेको छ । अटोमोटिभ उद्योगमा सिट्रोन लेनवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनियरिङ क्षमताको प्रतीकको रूपमा स्थापित गरेको छ । फ्रान्समा स्थापित सिट्रोनले भारतमा निर्माण कार्यहरू सहित आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गरिरहेको छ ।

    सन् १९१९ देखि सिट्रोनले सामाजिक परिवर्तनहरू रुपान्तरण गर्न सवारी साधन, प्रविधि, र यातायात समाधानहरू विकास गरेको छ । ग्राहक अनुभवलाई प्राथमिकता दिँदै आइरहेको सिट्रोनले शहरी क्षेत्रका लागि डिजाइन गरिएका इलेक्ट्रिक मोबिलिटी, साथै एसयूभी सेडान, र इलेक्ट्रिक तथा प्लगइन हाइब्रिड पावरट्रेनहरू भएका व्यवसायिक सवारी साधनहरू सहित विभिन्न मोडेलहरू सार्वजनिक गरेको छ ।

    व्यक्तिगत तथा व्यवसायिक ग्राहकहरूको प्रयोजनलाई ध्यानमा राखी बनाइएको अग्रणी ब्रान्ड, सिट्रोन १०१ देशहरूमा अवस्थित छ र विश्वव्यापीरूपमा ६२०० बिक्री र सेवाहरूको नेटवर्क रहेको छ ।

  • सेना र प्रहरीको नेतृत्व निर्वाचनबाट सम्बोधन गर्नुपर्छः सांसद सुवाल

    सेना र प्रहरीको नेतृत्व निर्वाचनबाट सम्बोधन गर्नुपर्छः सांसद सुवाल

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले न्यायपालिका, संवैधानिक आयोग, सेना र प्रहरीको नेतृत्व सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई छनौट गर्नुपर्ने बताएका छन्।

    आईतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन राख्दै सांसद सुवालले न्यायपालिका, संवैधानिक आयोग, सेना र प्रहरीको नेतृत्व सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई छनौट गर्नुपर्ने बताएका हुन्।

    उनले नेपालीको विदेशमा सम्पत्ति राख्न नपाउने र व्यक्तिको सम्पतीको सिमांकन गर्नुपर्ने बताए। उनले सुगौली सन्धी, गोर्खा भर्ती, सन् १९५० को सन्धी, महाकाली सन्धी, फुकोट–कर्णाली सन्धी, एमसिसी, बिमस्टेक र सौर्य गठबन्धन सम्झौता खारेज गर्नुपर्ने बताए।

  • चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छः अर्थमन्त्री पुन

    चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छः अर्थमन्त्री पुन

    अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका छन्।

    आईतवार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका हुन्।

    अर्थमन्त्री पुनले उत्पादनमुलक उद्योगको गतिविधि सङ्कुचित भएपनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको उल्लेख गरे। उनले चालु आर्थिक वर्षमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको बताए। प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान रहेको उनले जानकारी दिए।

    अर्थमन्त्री पुनले प्रदेशगत रुपमा गण्डकी, बागमती, लुम्बीनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औषत भन्दा माथि रहने अनुमान रहेको बताए। उनले चालु आर्थिक वर्षको फागुणसम्म औषत उपभोक्ता मूल्यवृद्धि ६.८० प्रतिशत रहने बताए। उनले राजश्व परिचालनमा क्रमसः सुधार हुँदै गएको भन्दै चालु आर्थिक वर्षको फागुणसम्म संघीय सरकारको राजश्व संकलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको बताए।

    उनले चालु आर्थिक वर्षको फागुणसम्ममा संघीय खर्च २.९ प्रतिशतले वृद्धि भइ ८ खर्ब १ अर्ब ५८ करोड पुगेको बताए। उनले आर्थिक वर्षको फागुनसम्म कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको बताए।

    उनले कुल ऋणमध्य आन्तरिक ऋण ४९.६ प्रतिशत र वाह्य ऋण ५०.४ प्रतिशतले रहेको उल्लेख गरे। आर्थिक वर्ष २०७९/०८०मा प्रदेश र स्थानीय तहले संघबाट भएको वित्तीय हस्तानतरणमार्फत ३ खर्ब ९७ अर्ब २६ करोड र राजश्व बाँडफाँडबाट १ खर्ब २० अर्ब २६ करोड गरी ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेको उनले बताए।

  • बाँदर धपाउन ३५ जना हेरालु कर्मचारी नियुक्त

    बाँदर धपाउन ३५ जना हेरालु कर्मचारी नियुक्त

    पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन ३५ जना हेरालु कर्मचारी नियुक्त गरेको छ। अन्नबाली जोगाउन बाँदर समस्या समाधानका लागि विभिन्न उपाय अवलम्बन गरे पनि समाधान समाधान नभएपछि पालिकाका सातवटै वडामा पाँच–पाँच जनाका दरले हेरालु कर्मचारी नियुक्त गरिएका छन्।

    यसअघि महाशिला गाउँपालिकाले करिब ३० लाख लगानी गरेर बाँदर पक्रिने र निकुञ्जमा लगेर छाड्ने अभियान सञ्चालन गरेको थियो। त्यस क्रममा पाँच सयभन्दा बढी बाँदर पक्रेर चितवन राष्ट्रिय निकुञ्जमा छोड्दा पनि समस्या समाधान नभएपछि अभियान स्थगित गरियो। कुश्मा, फलेवास, विहादी र मोदी गाउँपालिकाले पनि बस्ती र खेतबारी वरपरका रुखबिरुवा काट्ने अभियान थाले।

    पालिका र वडा कार्यालयले लाखौँ खर्च गरेर रुखबिरुवा हटाउँदा पनि बाँदरको समस्या नियन्त्रण हुनसकेको छैन। पीडितहरूले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी गृहजिल्ला पुगेका बेला बाँदर धपाउन कानुन निर्माण गर्न मागपत्रसमेत पेस गरे।

    स्थानीय किसान पुनाखर पराजुलीले विभिन्न उपाय अपनाए पनि बाँदरको आतङ्क न्यूनीकरण हुन नसकेपछि अहिले पर्वतमा खेतीयोग्य जमिन बाँझो राख्ने क्रम बढेको बताए। ‘युवा शक्तिको पलायन, भौगोलिक अवस्था, कृषिमा यान्त्रिकीकरणको अभावजस्ता कारणले बर्सेनि जमिन बाँझो राख्नेक्रम बढ्दै गएको थियो, त्यसैमा बाँदर आतङ्क बढेपछि थप समस्या भएको छ। अहिले हामी बाध्यभएर जमिन बाँझो राख्न थालेका छौँ’, उनले भने।

    कृषि ज्ञान केन्द्र पर्वतका अनुसार अहिले पर्वतमा पाँच हजार दुई सय ४४ हेक्टर खेतीयोग्य जमिन बाँझो छ। जिल्लाभर २८ हजार पाँच सय ९२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन भए पनि २३ हजार तीन सय ४८ हेक्टरमा मात्र खेती हुने गरेको छ। ग्रामीण क्षेत्रमा बर्सेनि बालीनाली लगाउन छाडेको जमिनको बढ्दै गएको केन्द्रले जनाएको छ।

    जिल्लाको खेतीयोग्य जमिनमध्ये नौ हजार ७० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। जसमध्ये बाह्रैमहिना सिँचाइ सुविधा भने छ हजार चार सय २० र मौसमी सिँचाइ सुविधा दुई हजार छ सय पचास हेक्टर क्षेत्रफलमा पुगेको छ। पन्ध्र हजार एक सय एक हेक्टरमा सिँचाइ सुविधा पुगेको छैन।

    ज्ञान केन्द्र प्रमुख परशुराम अधिकारीले जिल्लाका सातवटै पालिकामा बर्सेनि जग्गा बाँझो रहने क्रम बढ्दै गएको जानकारी दिए। कृषिको आधुनिकीकरण, युवाहरूका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएर किसानको आम्दानी वृद्धि र दीगो जीवीकोपार्जनमा योगदान पुग्ने अवस्था नभएसम्म खेतीयोग्य जमिन बाँझो राख्ने क्रम बढ्दै जाने उनले भनाइ छ।

    ‘यहाँको भौगोलिक अवस्था, सिँचाइ सुविधा, युवा जनशक्तिको पलायन र बाँदर आतङ्कका कारण निरन्तर समस्या बढ्दो छ। जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले तत्कालीन जिल्ला विकास समितिको आठौँ जिल्ला परिषद्ले जमिन बाँझो राख्नेलाई कारबाही गर्ने नीति ल्याएको थियो तर त्यो लागू हुन सकेन। यसहिसाबले पर्वतमा जग्गा बाँझो रहने क्रम बढ्दै गएको छ’, अधिकारीले भने।

    पछिल्लो समय विभिन्न स्थानीय तहले पनि बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याए पनि प्रभावकारी हुनसकेको छैन। समन्वय समितिले जमिन बाँझो राख्नेलाई कारबाहीस्वरूप जरिवाना तिराउने निर्णय गरेको पनि आठ वर्ष बित्यो। धेरै जमिन भएर, फुर्सद नपाएर, जनशक्ति नभएरलगायतका बहाना बनाउँदै जमिन बाँझो राख्ने जमिनदारलाई हरेक बालीअनुसार प्रतिरोपनी ५० का दरले जरिवाना लगाउने त्यसबेला उल्लेख थियो।

    त्यसैगरी जग्गाधनीले खेती गर्न सक्ने अवस्था नभए नजिकको छिमेकी वा खेती गर्न इच्छुकलाई बाली लगाउन दिनुपर्ने कार्यविधिमा बनाएको थियो तर अहिलेसम्म पनि जग्गाधनीले न आफूले खेती गरेका छन् न अरूलाई नै जिम्मा लगाएका छन्। यो समस्या जिल्लाभर छ। त्यसैले सिँचाइको पर्याप्त सुविधा हुने क्षेत्रमा पनि खेती गर्ने गरिएको छैन।

    कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीले बाँदरको हैरानीले करिब २५ रोपनी खेत बाँझै छाडेको बताए। काम गर्ने जनशक्ति नभएपछि बाह्रै महिना सिँचाइ हुने जमिनमा पनि उनले हिउँदे बाली नलगाउने गरेको बताए। स्थानीय विष्णुहरि पराजुलीले पनि ३३ रोपनी खेत बाँझै छाडेको छ।

    वर्षमा तीन खेती हुने अवस्थता रहे पनि विष्णुहरि र पुनाखरले जनशक्ति नभएकै कारण बर्खे धानबाहेक हिउँदे खेती लगाउने अवस्था नरहेको बताए। पर्याप्त सिँचाइ सुविधा भएर पनि खेत बाँझो राख्ने पुनाखर र विष्णुहरि एक्ला भने होइनन्। जिल्लामा बाह्रै महिना सिँचाइ हुने नौ हजार हेक्टरमध्ये तीन चौथाइ जमिन बाँझो रहेको जानकारहरू बताउँछन्।

    पछिल्ला केही वर्षयता बाँदरका बथान बस्तीबस्ती चहार्न थालेपछि दुःख गरेर लगाएको खेती थन्क्याउन नपाएपछि किसानमा निराशा बढेको छ। केही किसानले व्यावसायिक रूपमै तरकारी र फलफूलखेती गरेको भए पनि बाँदर र अन्य प्राकृतिक कारणले अपेक्षित लाभ लिन नसकेको बताउँछन।

    फलेवाससका नगरउपप्रमुख शोभा क्षेत्रीले गाउँमा ज्येष्ठ नागरिकबाहेक कोही पनि नबस्ने भएकाले जनशक्ति अभावमा खेतीयोग्य जमिन बाँझिदै गएको बताए। उनले किसानलाई प्रोत्साहनका लागि नगरले विभिन्न कार्यक्रम लागू गरेको उनको भनाइ छ। ‘स्थानीय तहहरूले व्यावसायिक खेती गर्ने किसानलाई प्रोत्साहनका कार्यक्रमसमेत ल्याइरहेका छौँ तर पनि बाँझो जमिन सदुपयोग हुनसकेको छैन। थप के उपाय गरेर किसानलाई प्रोत्साहन गर्न सकिन्छ भनेर हामी छलफलमै छौँ’, क्षेत्रीले थपे।

    कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शङ्कर पौडेलले यहाँका अधिकांश स्थानीय तहले किसानलाई घाँसदेखि बीउ र उत्पादित सामग्रीमा समेत अनुदान दिन थाले पनि व्यावसायिक कृषितर्फ आकर्षण बढ्न नसकेको उनको भनाइ छ। यसका लागि राज्यले अझै उचित नीति र कृषकमुखी कार्यक्रम ल्याउनुपर्ने उहाँको सुझाव छ।-रासस

  • सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्दैनौँः अध्यक्ष केसी

    सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्दैनौँः अध्यक्ष केसी

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको बताएका छन्।

    आईतवारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै अध्यक्ष केसीले सरकारले सहकारी ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई जोगाउने षड्यन्त्र गरिरहेको बताएका हुन्।

    उनले सरकारले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण गरेको बताए। सरकारको नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन नगर्ने पनि उनले बताए।

    उनले भने, ‘सहकारीमा ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुनखालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो। गणतन्त्रमाथिको आक्रमण हो। त्यसकारणले सत्ताधारीको जुन दुर्दशा छ, यसको राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ। र यो नीति, कार्यक्रमलाई समर्थन गर्दैन। विरोध गर्छ।’

  • कांग्रेसको नाराबाजीका बीच नीति तथा कार्यक्रममाथि छलफल

    कांग्रेसको नाराबाजीका बीच नीति तथा कार्यक्रममाथि छलफल

    प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसदको नाराबाजीका बीच सभामुख देवराज घिमिरेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाएका छन् ।

    सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । संघीय संसद सचिवालयले नीति तथा कार्यक्रम पारितसहित विभिन्न १४ वटा बुँदालाई समेट्दै कार्यसूची तयार पारेको थियो ।

    आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम टेबल गरेपछि सभामुख घिमिरेले छलफल अघि बढाएका हुन् ।

    छलफलमा भाग लिँदै एमालेका विष्णु पौडेलले नीति तथा कार्यक्रम प्रशंसनीय रहेकाले ताली बजाएर समर्थन गर्नुपर्नेमा कांग्रेसका सांसदहरुले विरोध गरेको भन्दै आपत्ति जनाए । उनले नीति तथा कार्यक्रमले ठप्प प्रायः बनेको विकासलाई ट्रयाकमा ल्याउने संकल्प गरेको दाबी गरे ।