Blog

  • गृहमन्त्रीको अभिव्यक्ति टेलिभिजन प्रस्तोताकाे जस्तो भयो: गगन थापा

    गृहमन्त्रीको अभिव्यक्ति टेलिभिजन प्रस्तोताकाे जस्तो भयो: गगन थापा

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोताको जस्तो भएको टिप्पणी गरेका छन्।

    उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफूमाथि उठेको प्रश्नको जवाफ संसद्मा दिए लगत्तै पत्रकार सम्मेलन गरी महामन्त्री थापाले गृहमन्त्रीले फाइल खोलिदिऊँ भनेर भनेको सुन्दा आफू चकित भएको सुनाए। गृहमन्त्रीले त धमाधम फाइल खोल्नुपर्ने महामन्त्री थापाको भनाई थियो।

    ‘मलाई आज गृहमन्त्रीको प्रस्तुतिले टेलिभिजन प्रस्तोता हो कि गृहमन्त्री को अभिव्यक्ति हो भन्ने थोरै कन्फ्युजन भयो। मैले उहाँले भन्दै गर्दा यसो सुनेको थिए–म तेरो फाइल खोलिदिऊ, म तेरो अनुसन्धान गरिदिऊँ ? मेरो गर्छु भन्छस् भने तेरो पनि गरिदिन्छु। अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ने हाेइन्, गृहमन्त्रीले त धमाधम फाइलको पनि खोल्ने हो। धमाधम अनुसन्धान गर्ने हो।’

    महामन्त्री थापाले सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्ने हुनुपर्नेमा गृहमन्त्री लामिछानेले संसदीय समिति विभिन्न विषयमा बनाउनु नहुने भनेर निरीहता प्रदर्शन गरेको जिकिर पनि गरे।

  • टीओआरमा दिनभर दलहरुको दौडधुप, गृहमन्त्रीको नाममा अड्कियो सहमति

    टीओआरमा दिनभर दलहरुको दौडधुप, गृहमन्त्रीको नाममा अड्कियो सहमति

    सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउनेबारे टीओआर तय गर्ने कार्यदलको बैठक आइतबार दिनभर बस्यो। बिहानैदेखि बसेको बैठकमा विभिन्न चरणमा छलफल भयो। तर पनि कार्यदलमा सहमति जुट्न सकेन्। सत्तापक्ष र प्रतिपक्ष आ आफ्नै अडानमा रहँदा कार्यदलमा सहमति जुट्न नसकेको हो।

    समितिको कार्यादेशमा सहकारीको रकम हिनामिनामा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने विषय पेचिलो बन्दा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन्।

    प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले रास्वपा सभापतिसमेत रहेका लामिछानेको नाम कार्यादेशमै उल्लेख गर्नु पर्ने अडान राखेपछि कार्यदलको बैठक अनिर्णित बन्न पुगेको हो। कांग्रेसको उक्त प्रस्ताव मान्न रास्वपासहितका सत्तारुढदल तयार भएनन्।

    अन्य सबै कुराहरु मिलेपनि संसदीय छानबिन समितिको कार्यादेशमा रवि लामिछानेको नाम राख्ने/नराख्ने भन्नेमै दलहरुको मतभेद देखिएको छ।

    कांग्रेसले भने सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ। कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार संसदीय समिति बनाउन तयार भएपनि सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको बताए।

    उनले भने ‘हामीले भनेको समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्ने कुरा पनि उल्लेख गरेर जाउँ। जोखिमयुक्त, संकटग्रस्त सहकारीका बारेमा पनि बोलेर जाउँ, त्यसका सँगसँगै सहकारीबाट विभिन्न व्यक्ति, निजी कम्पनीमा रकम अपचलन, हिनामिना, दुरुपयोग भएको छ। त्यसमा उपप्रधान एवं गृहमन्त्रीकै नाम जोडिएकाले काँग्रेसले मुद्दा उठाएको छ, सर्वत्र कुरा उठेको छ भने के हो यसको बारेमा पनि छानबिन गरेर जाउँ भन्ने हो। उहाँहरूको कुरा जिम्मेवारपूर्ण आएन।’

    कार्यदलका सदस्य समेत रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला छानबिन समितिले छानबिन गनुअघि नै व्यक्तिको नाम किट्न नहुने बताउँछन्। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले रवि लामिछानेको नाम नै किट्न भनेको उनले बताए।

    बर्तौला भन्छन्, ‘समितिले छानबिन प्रारम्भ गर्नुअघि नै नाम किटेर जानुपर्छ। नम जोडिएको भरमा नै नाम किटेर जानुपर्छ भन्नु गलत हो। त्यो गलत नजिरको विकास हुन्छ। संसदीय छानबिन समिमितले एउटा व्यक्तिमाथि मात्रै बसेर छानबिन गर्छ भन्ने हुँदैन। यसले गलत नजिर स्थपित गर्दछ।’

    त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि मात्र छानबिन गर्नुपर्छ भन्नु न्यायसङ्गत नभएको बताएको छ।

    कार्यदलका सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पार्टी सभापति रवि लामिछानेमाथि मात्र छानबिन गर्नुपर्छ भन्ने कांग्रेसको प्रस्ताव न्यायसङ्गत नभएको बताएका हुन्।

    उनले भने, ’समितिले कसलाई दोषी करार गर्छ, त्यो एउटा कुरा हो। आजको दिनमा नै एउटा व्यक्तिलाई दोषी करार गरेर छानबिन गर्नुपर्छ भन्ने न्यायसङ्गत हुँदैन। समितिको टिओआर बनाउँदै नै व्यक्तिको नाम किटान गरी छानबिन गर्नुपर्छ भन्नु न्यायसङ्गत हुँदैन।’

    दिनभरको प्रयासमा पनि कार्यदलस्तरमा यसबारे सहमति जुट्न नसेकपछि संघीय संसदका दुवै सदन प्रभावित भए । प्रतिनिधि सभा बैठक दुई पटक समय सारेर अन्ततः गृहमन्त्री लामिछानेलाई बोल्का लागि मात्र साँझमा केहीबेर बस्यो। उनको जवाफमा चित्त नबुझेर कांग्रेस सांसदले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक सोमबारसम्मका लागि स्थगित गरे। एक पटक समय परिवर्तन गरिएको राष्ट्रिय सभाको बैठक भने सोमबारसम्मका लागि स्थगित नै हुन पुग्यो।

    प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद्को यो अधिवेशन सुरु भएयता सहकारी घोटालाको विषय चर्को रूपमा उठाउँदै आएको छ। नेपाली कांग्रेसले छानबिन समितिलाई बटमलाइन बनाएपछि सुरुवाती दिनमा छानबिन समितिको नामै उच्चारण गर्न नचाहेको सत्तापक्ष पछिल्लो समय समिति गठनमा लचक बनेको थियो।

    शनिबार साँझ बालुवाटारमा सत्ता र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेता संसदीय छानबिन समिति गठन गर्न सहमत भएका थिए। सोही सहमति अनुसार सत्ता र प्रतिपक्षबाट चार सदस्यीय कार्यदल समेत गठन गरेर आइतबार दिनभर कार्यदलस्तरमा समितिको कार्यादेश बनाउन नेताहरू जुटेपनि सफल हुन सकेनन्। टीओआरमा सहमति खोज्ने प्रयासस्वरुप कार्यदल र पार्टीभित्र विभिन्न चरणका छलफल भएपनि सत्ता र प्रतिपक्षले आआफ्नो अडान भने छाड्न मानेनन्।

    एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य छन्। कार्यदलमा कांग्रेसका रमेश लेखक र ज्ञानेन्द्र कार्कीलाई सहयोगीका रुपमा आमन्त्रण गरिएको छ ।

  • विदेशीलाई सूचना बेचेको थाहा छ भने गृहमन्त्री के हेरेर बसेको: गगन थापा

    विदेशीलाई सूचना बेचेको थाहा छ भने गृहमन्त्री के हेरेर बसेको: गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशीलाई सूचना बेचेको जानकारी हुँदा पनि गृहमन्त्री के हेरी बसेको भन्दै प्रश्न गरेका छन्।

    आइतबार प्रतिनिधि सभाको बैठक पछि पत्रकार सम्मेलनमा बोल्दै थापाले विदेशीलाई सूचना बेचेको जानकारी हुँदा पनि गृहमन्त्री के हेरी बसेको भन्दै प्रश्न गरेका हुन्।

    उनले भने,’गृहमन्त्रीलाई विदेशीलाई सूचना बेच्ने थाहा छ भन्ने के हेरी बसेको छ। त्यहाँ बसेर सूचना बेचेको थाहा हुँदा पनि म भन्दिऊ। सूचना बेच्छस्। तेरो कुरा भन्दे भने मेरो कुरा नभन्दिने भनेको नि ठिक छैन।’

  • यार्सा उत्सवः गुलजार धौली ओडार (तस्बिरसहित)

    यार्सा उत्सवः गुलजार धौली ओडार (तस्बिरसहित)

    दार्चुलाको धौली ओडारमा सयौं अस्थाई टहरा छन् । अस्थायी कटेरोहरुबाट मकै र गहँुको रोटी पोलेको बास्ना हावासँगै बहकिरहेको छ । सँगै रहेको ठूलो फाँटमा केही अधबैंशे जमात देउडा नाँच्दैछन् । माथि अपी बेसक्याम्प जाने चौरमा युवाहरु क्रिकेट खेल्दैछन् । सँगै क्रिकेट हेरिरहेकाहरु ऋाफ्नो टिम र खेलाडीको पक्षमा हुटिङ गरिरहेका छन् । छेउकै पसलमा जेरी, चाउमिन, मःमः पाकिरहेको छ ।

    तस्बिर : एनिका राई/नागरिक

    ससाना केटाकेटी वरपर दौडिरहेका छन् । केही महिला ढुंगामाथि पारिलो घामको आनन्द लिँदै उनीको सामग्री बुनिरहेका छन् । सुदूरपश्चिम प्रदेशको दार्चुलाको धौली ओडारदेखि अपी हिमाल आधार शिविरसम्मको क्षेत्रमा यार्सागुम्बा संकलन गर्नेहरुको चहलपहल यस्तै देखिन्छ । यार्सागुम्बा टिप्न जानेहरुको गतिविधिले चाडपर्वझै रमाइलो छ, धौली ओडार ।

    बैशाखदेखि असारसम्म यार्सागुम्बा संकलन गर्न जानेहरुको लर्को नै लाग्छ यहाँ । अरुबेला फाट्टफुट्टमात्र मानिसहरु देखिने धौली ओडार क्षेत्र यार्साको सिजनमा भने गुलजार बन्छ ।

    तस्बिर : एनिका राई/नागरिक

    थरिथरि रंगका गुँरासदेखि लेकाली फूलहरु ढकमक्क फुलेका छन् । औषधिजन्य गुण भएको यार्सागुम्बा संकलन गर्न धौली ओडारदेखि अपी बेस क्याम्पसम्मको फराकिलो फाँटमा दार्चुला, डोल्पा, बझाङ, कैलाली, धादिङ, जुम्ला, डोटी लागयतका जिल्लाबाट सयौंैको संख्यामा भेला भएका छन् ।

    तस्बिर : एनिका राई/नागरिक

    यसवर्ष पानी कम परेका कारण पर्याप्त यार्सा उम्रिएको छैन । गत वर्षहरुमा झै हानथाप यो वर्ष देखिदैन । तै पानी परिहाल्छ कि, तै यर्सा देखिहाल्छ कि भनेर तत्कालको अत्यासलाई बिर्सेर उनीहरु अस्थायी क्याम्पमा रमाइलो गरिरहेका छन् । हिउँ परेको र जंगल खुला नगरेको समय पनि यार्सा संकलन गर्न गएकाहरु अस्थायी बसोबासस्थल क्षेत्रमै रमाइलो गर्छन् ।

    तस्बिर : एनिका राई/नागरिक

    परिवारै अस्थायी टहरा बनाएर यार्सा टिप्ने चलन पुरानै हो । कतिठाउँबाट त घर कुर्ने बाहेक गाउँ नै रित्तो गरेर यार्सा टिप्न गएका छन् । स्कुलहरु पनि बन्द हुन्छन् । कामको सिलसिलामा जिल्ला बाहिर रहेकाहरु प्नि यो सिजनमा थातथलो फर्कन्छन् । र परिवारसहित यार्सा टिप्न धौलीओडार पुग्छन् ।

    तस्बिर : एनिका राई/नागरिक

    अपी गाउँपालिकाको घुसाबाट यार्सा टिप्न आफ्नो श्रीमानसँग आएकी भृकुटी धामी ढुंगामाथि घाम ताप्दै बुनाई गरिरहेका छन् । आधार शिविरमा अस्थायी टहरामा रहेकी उनी हिउँ परेको कारण यार्सा संकलन गर्न नगई उन बुनेर बसिरहेकी छिन् । ‘हिउँ पर्दा यार्सा पाउन गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘त्यही भएर हामी त साथीसाथी पो ताप्दैछौं ।’ उनी गत बैशाख २ गतै बेस क्याम्प आएर अस्थाई टहरा र आवश्यक खानपानको जोहोे गरेर गाउँ फर्किएर घरको सम्पूर्ण बन्दोबस्ता गरेर केही दिनअघिमात्र पुनः बेसक्याम्प आएकी हुन् । आफ्नो श्रीमानसँग आएकी उनले छोराछोरी भने केही दिनका लागि सासुससुराको जिम्मा लगाएकी छन् ।

    ‘अहिलेको सिजनमा त टन्नै मानिसहरु हुन्छन्’ उनी भन्छिन्, ‘यहाँ त मेला जस्तै छ । सबै हुँदा यार्सा टिप्न पनि रमाईलो नै छ ।’ सबैजना यार्सा संकलन गर्न माथि तिर जादाँ कम पाईने अवस्था भए पनि सँगै सबैजना हुदाँ रमाइलो वातावरणले धौलीओडार रमाइलो लाग्ने उनको अनुभव छ ।

    तस्बिर : एनिका राई/नागरिक

    यस्तै धौलोडाडाँमा यार्सा टिप्न गइरहेकी रमती धामी पनि सिजनै भरी यार्सा टिप्छिन् । उमेरले ३५ लागेकी रमतीले यस सिजनमा ६० हजारदेखि १ लाख रुपैयाँसम्म कमाइ हुने अपेक्षा गरेकी छन् । धामीले यार्सा संकलन गरेर कमाएको पैसा घर खर्च, परिवारको औषधि उपचार र छोराहरुको स्कुल फी तिर्न खर्चिन्छिन् ।

    समुन्द्र सतहबाट करिब ३५०० मिटरदेखि ५५०० मिटरसम्मको उचाईमा उत्पादन हुने यर्सागुम्बा उच्च पहाडी र हिमाली क्षेत्रको हिउँ पर्ने चौरीखर्क तथा घासे मैदानमा पाइन्छ । यसको व्यवसायिक खेती नगरी प्राकृतिक रुपमा संकलन गरिन्छ ।

    तस्बिर : एनिका राई/नागरिक

    यस्तै सितिका अंगत जाघरी पनि केही दिनपछि परिवारसहित धौलीओडार जाने तरखरमा छन् । धैलीओडारमा उनले अस्थायी टहरा बनाइसकेका छन् । ‘माथि त अहिले उत्सव जस्तै हुन्छ,’ उनले भने, ‘गाउँको भन्दा बढी मानिस हुन्छन्, यार्सा टिप्नुको कठिन त आफ्नो ठाउँमा छ तर धेरैजना मान्छेहरु हुदाँ रमाइलो नै हुन्छ ।’

    यार्सागुम्बा संकलन एवम् विक्रीवितरणले सुदूरपश्चिम र कर्णाली प्रदेशबासीको आर्थिक भरथेगमा सहयोग पुर्याएको छ । दुखबिराममा औषधिउपचारमात्र हैन नुनभुटुन, खाद्यान्न, बालबच्चाको शिक्षालगायत पनि यसैले आधाउधी धान्छ । यसबाट हुने राजश्व संकलनले शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षालगायत जीवनस्तारमा सकरात्मक प्रभाव पर्ने गरेको अपीहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिंह ठेकरे बोहोराले बताए ।

    तस्बिर : एनिका राई/नागरिक

    विश्वबजारमा यार्सागुम्बा आपूर्तिको दृष्टिकोणले नेपाल, चीनपछिको दोस्रो ठूलो मुलुक हो । विश्वमा उपलब्ध ५ सय प्रजातिमध्ये नेपालमा करिब ११ प्रजातीको यार्सागुम्बा पहिचान भएको सरकारको तथ्याङ्क छ ।

    तस्बिर : एनिका राई/नागरिक

  • रवि लामिछानेको स्पष्टिकरणः न्यायको खोजीमा महान्यायाधिवक्तालाई पत्राचार गरेको हुँ

    रवि लामिछानेको स्पष्टिकरणः न्यायको खोजीमा महान्यायाधिवक्तालाई पत्राचार गरेको हुँ

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि सहकारी गठीको आरोप लगाएपछि न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेख्नुपरेको बताएका छन्।

    उपप्रधानमन्त्री लामिछानेमाथि महान्यायाधिवक्ताको कार्यालय दुरुपयोग गरेर सहकारी ठगी प्रकरणमा बच्न खोजेको आरोप लागिरहेका बेला उहाँले सो स्पष्टिकरण दिएका हुन्।

    आईतबार प्रतिनिधिसभा बैठकमा आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री लामिछानेले महान्यायाधिवक्ताको कार्यालयले पनि आफूलाई निर्दोष नै देखेर आफूमाथि सो सम्बन्धि कुनै मुद्दा, माफिमा नभएको जानकारी गराएको दाबी गरे।

    उनले आफूले बेलैमा संसदमा बोल्न पाएको भए यस सम्बन्धि विषय यति धेरै चर्केर जाने अवस्था नआउने दाबी समेत गरे। उपप्रधानमन्त्री लामिछानेले आफू संसदीय छानविन समिति बनाउने कुराको विपक्षमा कहिल्यै पनि नरहेको जिकिर पनि गरे।

  • रविको प्रश्न: छानबिन समिति बन्न मैले देश छोड्नुपर्ने हो ?

    रविको प्रश्न: छानबिन समिति बन्न मैले देश छोड्नुपर्ने हो ?

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छानबिन समिति बन्न देश छोड्न पर्ने हो भन्दै प्रश्न गरेका छन्।

    आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले छानबिन समिति बनाउन आफूले के गर्नुपर्ने भन्दै प्रश्न गरे।

    उनले भने, ‘कस्तो समिति बन्नुपर्ने हो। रास्वपालाई हटाएर यस्तो समिति बन्नुपर्‍यो भन्नुस्, त्यसका लागि तयार छु। रास्वपालाई हटाएर कस्तो समिति बन्नुपर्ने हो। समिति बन्न भन्नुस् मैले के गर्नुपर्‍यो। मैले सदन छोड्नुपर्‍यो, पार्टी छोड्नुपर्‍यो, मन्त्री छोड्नुपर्‍यो की देश छोड्नुपर्‍यो ?’

  • गगन थापाविरुद्ध रवि लामिछानेः खसीबोका बेच्ने नाममा भएको राज्यकोषको दुरुपयोगमाथि पनि छानबिन गरौं

    गगन थापाविरुद्ध रवि लामिछानेः खसीबोका बेच्ने नाममा भएको राज्यकोषको दुरुपयोगमाथि पनि छानबिन गरौं

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।

    करिब दुई महिनापछि आइतबार प्रतिनिधिभास बैठकलाई सम्बोधन गर्दै उनले सहकारी ठगीमा आफ्नो कहीँ कतै संलग्नता नरहेको बताएका हुन् ।

    उनले भने, ‘सहकारी ठगीमा मेरो संलग्नता छैन । मलाई कहीँ कतै अभियोग लगाइएको छैन । विगत १५ वर्षदेखि मैले भ्रष्टाचारका फेहरिस्त हेरेको छु । गोरखा मिडिया नेटवर्कको सवालमा मैले कहीँ पनि मेरो नाममा ऋण लिएको छैन । प्रमाण जुटाएर कारबाही गर्न आँटेको भए हुन्थ्यो । अप्रमाणित हल्ला बोकेर संसद्लाई बन्धक बनाइयो।’

    कांग्रेस महामन्त्री गगन थापा, सांसद आरजू राणासहित विभिन्न कांग्रेस नेताहरुतिर लक्षित गर्दै गृहमन्त्री लामिछानले भने ‘खसी, बोका, कुखुरा र हाँस बेच्ने नाममा राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौँ । ‘राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौँ।’

  • संसद्मा बोल्न कानुन होइन मिडिया पढ्नु पर्ने रहेछ: गृहमन्त्री लामिछाने

    संसद्मा बोल्न कानुन होइन मिडिया पढ्नु पर्ने रहेछ: गृहमन्त्री लामिछाने

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न विधेयक भन्दा पनि मिडिया पढ्नुपर्ने रहेको बताएका छन्।

    आइतबार संसद्मा बोल्ने क्रममा लामिछानेले आफूले संसद्मा विधेयक पढ्नुपर्ने लागेपछि त्यो नभएको बताएका हुन्।

    उनले भने, ‘यो सदनमा बोल्न विधेयक पढ्नुपर्ने लग्थ्र्यो होइन रहेछ यहाँ बोल्न पत्र पत्रिका मिडिया पढ्नुपर्ने रहेछ। यहाँ कानुनको लाइन लाइन पढ्नु पर्ने सुनेथे होइन छर यहाँ पत्रिकाको हेडलाइन पढ्नुपर्ने रहेछ।’

  • संसद्‌मा जवाफ दिँदै गृहमन्त्री लामिछाने

    संसद्‌मा जवाफ दिँदै गृहमन्त्री लामिछाने

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अहिले प्रतिनिधिसभा बैठकमा जवाफ दिइरहेका छन्।

    सहकारीको बचत अपचलनमा लामिछाने संलग्न रहेको भन्दै विपक्षी दलहरूले निरन्तर आरोप लगाएपछि उनले त्यसबारे स्पष्ट पारिरहेका हुन्।

    उक्त प्रकरण छानबिनका निम्ति विपक्षी दलहरूले संसदीय समिति गठनको माग गरिरहेका छन्। दलहरूबीच छानबिन समिति बनाउने सहमति पनि भइसकेको छ। तर, त्यसको कार्यादेशका बारेमा दलहरू टुंगोमा पुग्न सकेका छैनन्।

    सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिनामा गृहमन्त्रीको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

    कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध गर्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो।

  • सुरु भयो प्रतिनिधि सभा बैठक

    सुरु भयो प्रतिनिधि सभा बैठक

    प्रतिनिधि सभाको बैठक सुरु भएको छ। दिउँसो साढे चार बजे बस्ने भनिएको बैठक साँझ ६:२५ मा सुरु भएको हो।