संसद्‌मा जवाफ दिँदै गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अहिले प्रतिनिधिसभा बैठकमा जवाफ दिइरहेका छन्।

सहकारीको बचत अपचलनमा लामिछाने संलग्न रहेको भन्दै विपक्षी दलहरूले निरन्तर आरोप लगाएपछि उनले त्यसबारे स्पष्ट पारिरहेका हुन्।

उक्त प्रकरण छानबिनका निम्ति विपक्षी दलहरूले संसदीय समिति गठनको माग गरिरहेका छन्। दलहरूबीच छानबिन समिति बनाउने सहमति पनि भइसकेको छ। तर, त्यसको कार्यादेशका बारेमा दलहरू टुंगोमा पुग्न सकेका छैनन्।

सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिनामा गृहमन्त्रीको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध गर्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *