Blog

  • वन अतिक्रमण गरेर स्याउ बारी: एक हजार बिरुवा काटियाे

    वन अतिक्रमण गरेर स्याउ बारी: एक हजार बिरुवा काटियाे

    जुम्लामा सामुदायिक वन अतिक्रमण गरी लगाइएका स्याउ विरुवा काटेर फालिएको छ। सिंजा गाउँपालिका-६ भाडगाँउमा अवस्थित स्यानीपातल काफलबारी सामुदायिक वन अतिक्रमण गरि लगाइएको स्याउका विरुवा काटेर फालिएको हो।

    करिव एक हजार स्याउ काटेर फालिएको स्यानीपातल काफलबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रंगबहादुर रावतले बताए। वन क्षेत्रको पुर्वमा दिलौरी खोला पश्चिममा मासीडाँडा, उत्तरमा भुगाडी हान्ने ठूलो खोला र दक्षिणमा भेडानागी यति चारकिल्ला भित्रको क्षेत्रमा अवैद्यालयमा भएको वन अतिक्रमण हटाइएको हो।

    उनका अनुसार सिंजा-हिमा सव डिभिजन वन कार्यालय नराकोट जुम्ला र इलाका प्रहरी चौकी नराकोट जुम्लाको सहयोग, सिंजा गाउँपालिका र वडा कार्यालयको उपस्थितिमा र वन समितिका अध्यक्ष रंगबहादुर रावतको नेतृत्वमा भाडगाँउका स्थानीयहरुको सक्रियतामा विरुवाहरु फालिएको थियो। ८ सय विरुवाले फल्ने थिए। भने दुई सय फल्ने लायक थिए, दुई गाउँका ११ जनाले सामुदायिक वन भित्रको जग्गा अतिक्रमण गरेर उपयोग गर्दै आएका थिए।

    उक्त वडामा पर्ने ४ जना जोडु गाउँका र भाडगाँउका ६ जनाले वन अतिक्रमण गरि खाइरहेको सिंजा-हिमा सव डिभिजन वन कार्यालय नराकोट जुम्लाका प्रमुख क्षेत्रबहादुर महतले बताए।

    उनले,भने, उनिहरुले कुल १० हेक्टर क्षेत्रफल जग्गा अतिक्रमण गरेका थिए। जसमध्ये ५ हेक्टर स्याउ लगाइएको (उत्पादित) जग्गा छ,भने ५ हेक्टर क्षेत्रफल जग्गा घेरबार गरिएको ओगटेको थियो। प्रमुख क्षेत्रबहादुर महत नागरिक संग भने, हिमा-सव डिभिजन वन कार्यालय नराकोटले २०७३ सालमा उनीहरुलाई हटाउन प्रयास गरिएको थियो।

    रमेश बुढाथोकीको संयोजकत्वमा हटाउन खोजिएको हो,त्यतिबेला उनिहरुले प्रति व्याक्त १० हजार रुपैयाँ स्यानीपातल सामुदायिक वनलाई तिरेर आजका दिनबाट सामुदायिक वन भित्र अतिक्रमण गरेको सबै जग्गा छोड्न राजि खुसी छौँ,भनेर कागज गरिएको छ। पछि आफैंले गरेको कागजलाई अटेरी गरि उपयोग गर्दै आइरहेछन्। फेरि २०७८ सालमा फेरि मुद्दा पर्यो,क्षेत्रबहादुर महतले भने,तत्काल अतिक्रमण गरेको जग्गा स्थलगत अवलोकन गरेको थिए।

    अहिले स्थानीय र सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षको सक्रियतामा रोक्न सफल भएको बताए। उक्त वन भित्र कुनै पनि पशुवस्तु छाडा नगर्न भनिएको छ,अटेरी गरेको पाइएमा सामुदायिक वन ऐन अनुसार कार्वाही गरिनेछ।

  • प्रहरी जवान हत्या प्रकणः गोली फायर गरेर समातिए ७ जना

    प्रहरी जवान हत्या प्रकणः गोली फायर गरेर समातिए ७ जना

    नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एकजना नाबालकसहित ७ जनालाई सार्वजनिक गरेको छ। आइतवार बिहान पक्राउ परेका सातौ जनालाई पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो।

    प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालकलाई पक्राउ गरेर आइतवार सार्वजनिक गरेको हो। उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय लिँदै आएका थिए।

    उनीहरूलाई अस्ट नारायण हल पछाडि २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ प्रहरीले प्रक्राउ गरेको थियो। पक्राउ गर्ने क्रममा प्रहरीले १ राउन्ड हवाई फायर समेत गरेको थियो।

    ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रवार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो। खोटाङको मजुवागढी गाउँपालिका–१ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ। स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो। घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए।

  • प्रधानमन्त्रीले गाजाको बारेमा ठोस योजना नबनाए राजीनामा दिने इजराइली मन्त्रीको चेतावनी

    प्रधानमन्त्रीले गाजाको बारेमा ठोस योजना नबनाए राजीनामा दिने इजराइली मन्त्रीको चेतावनी

    इजरायलको वार क्याबिनेटका मन्त्री बेनी ग्याट्जले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई चेतावनी दिएका छन्।

    उनले प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीको भविष्यको बारेमा कुनै योजना पेश नगरे आफूले वार क्याबिनेटबाट राजीनामा दिने चेतावनी दिएका हुन्।

    उनले सरकारलाई ८ जुनसम्म गाजाको विषयमा ठोस योजना पेश गर्न समय दिइएको पनि बताए।

    बीबीसीका अनुसार उनले राष्ट्रिय हितको बारेमा नसोचेर निजी स्वार्थको बारेमा मात्रै सोचेको खण्डमा सरकारबाट बाहिरीन आफू बाध्य हुने बताए।

    यसअघि पनि इजराइलका नागरिकले प्रधानमन्त्री नेतन्याहूको विरोधमा प्रदर्शन गरेका थिए।

    इजराइलले पछिल्लो समय दक्षिणी गाजाको रफाहमा आक्रमण सुरु गरिसकेको छ।

  • प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने

    प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने

    प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने भएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो दुई बजेलाई सारिएको संसद् सचिवालयले जानकारी दिएको छ।

    सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलले बिहानैदेखि छलफल जारी राखेपनि सहमति भने जुटाउन सकेको छैन। कार्यदलमा सहमति नभएपछि प्रतिनिधिसभाको बैठक सरेको छ।

    एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य छन् ।

  • नर्स विधी लम्सालले जितिन् ‘मिस नेपाल पिस २०२४’ को उपाधि

    नर्स विधी लम्सालले जितिन् ‘मिस नेपाल पिस २०२४’ को उपाधि

    काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को शिर्ष उपाधि जितेकी छन्। नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाईपछि पार्दै उनले बेष्ट पर्सनालिटी सहित उपाधि चुमेकी हुन्।

    लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन्। हाइकिङ रुचि भएकी लम्साल सकारात्म उर्जाका साथ नर्सिङ अगाडि बढाउने बताउँछिन्। विजेता लम्सालले मिस ग्लोवलमा नेपालको प्रतिनिधित्व गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए।

    एनक्लेक्स नेपाल प्रायोजन रहेको प्रतियोगितामा नयाँ ठिमी भक्तपुरकी अनिसा पराजुली फस्ट रनरअप र सामाखुसी निवासी पला रेग्मी सेकेन्ड रनरअप भए। मस्ट इन्टेलेक्च्युअलको टाइटल समेत हात पारेकी पराजुली चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा साइकियाट्रिक नर्सिङमा मास्टर अध्ययनरत छिन्।

    विनायक कलेज अफ हेल्थ साइन्सबाट पिसिएल नर्सिङ उत्तीर्ण रेग्मीले मस्ट चार्मिङको टाइटल समेत प्राप्त गरेकी छन्। तीनै विजेताले उपाधिका साथमा बिभिन्न गिफ्ट हात पारेका छन्।

    नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा.सुवास आचार्य, डा. सुजिता हिराचन, डा. स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायक रहेको प्रतियोगीतामास्पेसल अवार्ड नर्स विथ व प्रपोज मोनिका थापा मगर, मस्ट फोटोजेनिक र बेस्ट स्किनसदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्ट दिव्या बम ठकुरी बने।

    ‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो।

    अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तर दाइत्व बोध गराउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यातना पाण्डेले बताइन्।

  • बाघखोरलाई घरबास गाउँ घोषणा

    बाघखोरलाई घरबास गाउँ घोषणा

    नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ। अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालितको दश वर्ष पूरा भएका अवसरमा सिङ्गो गाउँलाई नै घरबास घोषणा गरिएको अमलटारी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष प्रेमशंकर मर्दनिया थारूले जानकारी दिए।

    घरबासको नीति, मापदण्ड, अवधारण, कार्यविधि र दिगोपनालाई मध्यनजर गरि यहाँ रहेका होटल, रेष्टुरेन्ट र आवास गृह सबैलाई घरबासका रूपमा परिणत गरिएका अध्यक्ष थारूले बताए। शनिबार गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले गाउँलाई घरबास गाउँ घोषणा गरेका हुन्।

    यस क्षेत्रमा छुट्टाछुट्टै स्वरूपमा घरबाससहित, होटल, रेष्टुरेन्ट सञ्चालन गर्दा भविष्यमा घरबासको मौलिकता गुम्दै जाने खतरा बढेकाले सबैलाई एकै मापदण्डमा ल्याउन यस्तो घोषणा गरिएको उनले भने।

    हाल अमलटारी घरबासअन्तर्गतका ४३ आवास र होटलमा सञ्चालित ६४ कोठालाई एकीकृत गरि घरबासको मापदण्डमा लैजाने निर्णय गरिएको छ।

    ‘हामीले यसअघिका घरबास र पछि सञ्चालित सबै होटलका कोठालाई घरबासमै गाभेका छौ, यहाँ आउने पाहुनाहरू एकद्वार प्रणालीबाट आउन र राम्रो सेवा लिन सकुन् भन्ने हाम्रो चाहना हो। यो योजनाले घरबासको मौलिकता जोगाउन सहयोग पुग्नेछ’, अध्यक्ष थारूले भने।

    घरबासलाई थप व्यवस्थित गर्न दशवर्षे रणनैतिक योजनासमेत बनाइएको छ। जसमा एक घर एक रोजगार, गाउँमा सत्प्रतिशत साक्षरता, वातावरणमैत्री व्यवसाय, सबै घरमा करेसाबारीसहित थारू, बोटेलगायत स्थानीय समुदायका संस्कृति, रहनसहनलाई संरक्षण गर्ने गरि म्युजियम निर्माणको योजना छ।

    वन र वन्यजन्तुको संरक्षणसहित आर्थिक विकासमा जोडिन सम्भव छ भन्ने उद्देश्यका साथ यहाँ थप अभियानहरू पनि सञ्चालन गर्ने व्वस्थापन समितिको योजना छ।

    ‘जैविक विविधताको संरक्षण, दिगो वन व्यवस्थापन, मानव वन्यजन्तुको सहअस्तित्व कायम गर्दै यो क्षेत्रलाई पर्यापर्यटनको गन्तव्यका रूपमा विकास गर्ने हाम्रो अभियान छ’, अध्यक्ष थारूले भने।

    अमलटारी घरबासले थारु, बोटे समुदायको जीवनस्तर सुधारका साथै महिलाहरूको क्षमता विकासमा पनि सहयोग पुगेको गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले बताए।

    घरबासबाट जिविकोपार्जनसहित गाउँको आर्थिक तथा सामाजिक विकास सम्भव छ भन्ने उदाहरण अमटारी घरबासले प्रस्तुत गरेकामा उनले प्रशंसा गरे।

    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको कावासोतीको बाघखोरमा अमलटारी क्षेत्रमा घरबास सञ्चालन पछि यहाँको आर्थिक विकासमा ठूलो सहयोग पुगेको छ।

    यहाँका मध्यवर्ती सामुदायिक वनमा गैंडा अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन्। -रासस

  • प्रतिनिधिसभा बैठक अनिश्चित

    प्रतिनिधिसभा बैठक अनिश्चित

    प्रतिपक्षी दलहरुले छानबिन समिति गठन सम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म प्रतिनिधिसभा सञ्चालन हुन नसक्ने बताएका छन् ।

    विपक्षी दलहरुको बैठकपछि सभामुख देवराज घिमिरेलाई भेट्दै राप्रपाका ज्ञानेन्द्र शाहीले टीओआरमा सहमति भएपछिमात्र बैठक सञ्चालन गर्न आग्रह गरेका थिए ।

    बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन ।

    प्रतिपक्षी दलहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा बोल्न दिने र चित्त नबुझे सदनको बाँकी कामकारवाही अघि बढाउन नदिने निर्णय गरेका थिए ।

    सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलले बिहानैदेखि छलफल जारी राखेपनि सहमति भने जुटाउन सकेको छैन । कार्यदलमा सहमतिको पहल गर्न कांग्रेस प्रमुख सचेतक रमेश लेखक बैठक स्थल पुगेका छन् ।

    एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य छन् ।

    यसअघि ज्ञानेन्द्र कार्की पनि कार्यदल बैठकमा थपिएका थिए ।

  • राष्ट्रिय संयुक्त सङ्घर्ष समितिले भोलि दबाब कार्यक्रम गर्ने

    राष्ट्रिय संयुक्त सङ्घर्ष समितिले भोलि दबाब कार्यक्रम गर्ने

    राष्ट्रिय संयुक्त सङ्घर्ष समितिले भोलि जनप्रदर्शनसहितको दबाब कार्यक्रम गर्ने भएको छ।

    सत्याग्रहले ‘स्वदेशमै काम गरेर खान दे, उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाँच्न दे’ भन्ने मूल नारा बनाई विभिन्न १८ बुँदे माग राखेर पटकपटक सरकारलाई खबरदारी गर्दा पनि नसुनेपछि सत्याग्रह सुरु भएको १४ दिन बितिसक्दा पनि माग सम्बोधन नभएको भन्दै समितिले भोलि दबाबमुलक कार्यक्रम गर्न लागेको हो।

    आर्थिक संकटले गर्दा सम्पुर्ण क्षेत्रमा समस्यै समस्या देखा परेको हुदा समस्या समाधान गर्न सामुहिक सत्याग्रह सुरु गरिएको हो।

    सामुहिक बलमा आफ्ना मागहरू पुरा गर्न जनदबाब कार्यक्रम गर्न खोजेको र अनशनकारीको जीवन रक्षाको लागि जनप्रदर्शन गर्न खोजेको तर, सत्ता पक्षले नसुने पछि कठिन कदम चाल्न बाध्य हुने गोविन्द बिष्टले बताए।

  • भक्तपुर एमालेमा देउजा दोहरिए

    भक्तपुर एमालेमा देउजा दोहरिए

    नेपाल कम्युनिष्ट पार्टी एमाले भक्तपुरको अध्यक्षमा वचन देउजा निर्वाचित भएका छन्। अर्का अध्यक्षका प्रत्यासी मोहनवीर श्रेष्ठलाई पराजित गरी देउजा अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन परिणाम आइतबार विहान सार्वजनिक भएको हो।

    देउजा यसअघि पनि अध्यक्ष थिए। मोहनवीर यसअघिका सचिव थिए। निर्वाचनमा मुख्यतः दुई प्यानल थियो।

    उपाध्यक्षमा भने मोहनवीर प्यानलका किरण थापा निर्वाचित भए। उनी वागमती प्रदेश सांसद पनि हुन्। उनले निर्वतमान उपाध्यक्ष एवं देउजा प्यालनका उपाध्यक्षका उम्मेदवार एवं सूर्यविनायक नगरपालिकाका प्रमुख समेत रहेका वासुदेव थापालाई पराजित गरेका थिए।

    सचिवमा देउजा प्यानलकै विष्णु तामाङ निर्वाचित भए। साथै एकजना उपसचिवमा पनि देउजा प्यानलकै सानुकाजी कायस्थ निर्वाचित भए। अर्को उपसचिवमा भने मोहनवीर प्यानलका उत्तरा नेपाल विजयी बने। पार्टीको नवौं जिल्ला अधिवेशनले यी पाँच पदाधिकारीसहित १ सय ५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

    जेठ ३ र ४ गतेका लागि तय भएको अधिवेशन नेतृत्व चयन गर्न नसक्दा एक अधिवेशन लम्बिएको हो। बिहीबार र शुक्रबारको अधिवेशन सहमतिमा जाँदा निर्वाचन भएको हो।

    प्रत्येक वडाबाट सदस्य संख्याको आधारमा र जिल्लामा क्रियाशील १८ वटा जनवर्गीय संगठन र सल्लाहकारबाट समेत गरी कुल ४ सय ९८ जना अधिवेशन प्रतिनिधि चयन भै आएका र उनीहरु मतदानमा सामेल भएका थिए।

  • प्रहरी जवान घिमिरेको हत्या गरेकाे आरोपमा छ जना पक्राउ

    प्रहरी जवान घिमिरेको हत्या गरेकाे आरोपमा छ जना पक्राउ

    प्रहरी जवान युवराज घिमिरेको हत्या गरेकाे आरोपमा छ जनालाई पक्राउ गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ।

    जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो। उनी ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा खटिएको थिए। -रासस