Blog

  • माधव नेपाल र विप्लवसँग एकताको छलफल हुँदैछ : प्रचण्ड

    माधव नेपाल र विप्लवसँग एकताको छलफल हुँदैछ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाल र विप्लवसँग पार्टी एकताको छलफल चलिरहेको बताएका छन् ।

    मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामा रहेका माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासँग एकताको छलफल चलिरहेको बताएका हुन् ।

    ‘केही दिन अघि दुईवटा पार्टीसँग एकता समायोजन पनि भयो । अहिले अरु पार्टीसँग पनि एकताको निम्ति छलपल चलेको छ,’ प्रचण्डले भनेका छन्, ‘विप्लव र माधव नेपालले नेतृत्व गरेको पार्टीसँग पनि हाम्रो मोर्चा त बनेकै छ । पार्टी एकताबारे पनि छलफल चलिरहेको छ ।’

    प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको र अभियानका क्रममा माओवादीको पक्षमा जनमत बढ्दै गएको देखिएको पनि जिकिर गरे ।

    ‘देशैभर एकचोटी माओवादी केन्द्रको पक्षमा माहोल बन्दै गएको छ । यो परिस्थितिमा पार्टी केन्द्रले पनि अझै राम्रोसँग जनतासँग जोडिने भनेर हामीले विशेष योजना अन्तर्गत नै अभियान चलेको छ,’ प्रचण्डले भनेका छन् ।

    उनले हुलाकी राजमार्ग केन्द्रीत अभियानकै क्रममा पनि ८/१० हजार मान्छे पार्टी प्रवेश गरेको दाबी गरे ।

    ‘हुलाकी मार्गमा मात्रै ८/१० हजार मान्छे पार्टी प्रवेश गरेको रेकर्ड देखियो । यो माओवादीप्रति देखिएको सकारात्मक भाव हो,’ प्रचण्डले भनेका छन् ।

    प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने गरि ध्रुविककरणको कार्यलाई प्राथमिकतामा राखिएको जिकिर पनि गरे ।

  • नागरिकता सम्बन्धी विधेयक छिटो पारित गरौं : उपसभापति खड्का

    नागरिकता सम्बन्धी विधेयक छिटो पारित गरौं : उपसभापति खड्का

     सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताएका छन् ।

    मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल जारी छ ।

    छलफलमा भाग लिँदै उपसभापति खड्काले सरकारले समितिमा ल्याएको नागरिकता सम्बन्धी विधेयकले के विषयलाई समेट्न खोजेको हो ? त्यो विषय स्पष्ट पारेर छिटो पारित गर्नुपर्ने बताए ।

    तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर बढी जोड दिनुपर्ने उनको भनाइ थियो ।

    ‘यो ऐनबाट सरकारले जे कुरा एड्रेस गर्न ल्याएको हो, त्यसरी नै टुंग्याइदिउँ । ऐन बनाउँदै जाँदा, काम गर्दै जाँदा ऐनले तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर हामीले जोड दिन जरुरी छ,’ उनले भने, ‘त्यो भएन भने भावना हामी राख्दै गर्ने, तत्काल निर्णय गर्नसक्ने कुराहरु पनि ल्याएर जोडेर एकै चोटी सबै गर्छौं भन्दा केही पनि नहुने हुन्छ । हामी उदार पनि बनौँ, संवेदनशीलतालाई असर पर्नेगरी पनि नजाऔँ । संवेदनशीलताको नाममा सदैव जटिलतामा हामी घुमिरहने, नागरिकले सधैँ दुःख पाइरहने काम गर्नु हुँदैन । कहीँ न कहीँ ब्रेक थ्रु गर्नुपर्छ ।’

  • कर्णाली प्रदेशसभामा प्रज्ञा–प्रतिष्ठान र विषादी व्यवस्थापन सम्बन्धी विधेयक टेबुल

    कर्णाली प्रदेशसभामा प्रज्ञा–प्रतिष्ठान र विषादी व्यवस्थापन सम्बन्धी विधेयक टेबुल

     कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा टेबुल भएको छ ।

    प्रदेश सभाको सोमबार बसेको बैठकमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उक्त विधेयक टेबुल गरेका हुन् । उनले कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम ११२ को उपनियम ३ बमोजिम सभासमक्ष उक्त विधेयक टेबुल गरेका छन् । उक्त विधेयक कर्णाली प्रदेशभित्रको भाषा, लिपि, कला, साहित्य, लोकसंस्कृति, लोकगाथा, लोकवार्ता र सङ्गीतको अध्ययन, अनुसन्धान संरक्षण, प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले ल्याएको मन्त्री भण्डारीले बताए ।

    त्यस्तै प्रदेश सभामा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस्’ भनी सभासमक्ष प्रस्ताव गरेका थिए । उक्त विधेयकमाथिको सामान्य छलफलमा प्रदेशसभा सदस्य भीमप्रकाश शर्मा, कल्याणी खड्का र कलबहादुर हमालले भाग लिएका थिए ।

  • भेरी नदीमा बगेका तीन बालबालिकाको मृत्यु

    भेरी नदीमा बगेका तीन बालबालिकाको मृत्यु

     भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका तीनै जना बालबालिकाको मृत्यु भएको छ ।

    जाजरकोटको नलगाड नगरपालिका–८, मन्मैमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो तीन जना बालबालिका बेपत्ता भएका थिए । बेपत्ता तीनै जना बालबालिकाको शव फेला परेको छ । बगेर बेपत्तामध्ये १२ वर्षीया आशा कुसारीको शव घटनास्थलदेखि ४ किलोमिटर दक्षिण नलगाड नगरपालिका–७, चापाखोला नजिक फेला परेको छ । उनको शव बेपत्ता भएको तीन दिनपछि सोमबार बेलुकी ६ बजेतिर फेला परेको जिल्ला पहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार नलगाड नगरपालिका–८, मन्मै बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीका १० वर्षीय छोरा महेशको शव यसअघि फेला परेको थियो । सुरेन्द्रकै छोरी १२ वर्षीया आशा भने बेपत्ता थिइन् । उनको पनि सोमबार शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरू तीनै जना गत शुक्रवार दिउँसो स्कुलबाट घर आएर नुहाउन भन्दै भेरी नदी पुगेका
    थिए ।

    भेरी किनाराको बस्ती मन्मैमा हुर्के बढेका उनीहरू शुक्रबार पहिलो पटक भेरीमा पसेका भने होइनन् । उनीहरू पहिलेदेखि नै पौडी खेल्न जाने गर्दथे । तर, शुक्रबार तीनै जना भेरीमा हेलिए । सुरुमा आशाका भाइ महेश बगेका थिए । महेशलाई बचाउन भन्दै आशा र भगवती पनि भेरीमा गएका थिए । अन्ततः तीनै जना बगेको जाजरकोट प्रहरी प्रमुख डीएसपी शर्माले बताए । नदीमा तीन बालबालिका बगिरहेको भन्ने सूचना पाउनासाथ रुकुम पश्चिमको इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा ९ जनाको प्रहरी उद्धारका लागि खटिएको थियो ।

    प्रहरी टोलीले भगवतीलाई अचेत अवस्थामा उद्धार गरी आठबिस नगर अस्पताल पुर्‍याउँदा चिकित्सकले शुक्रबार दिउँसो मृत घोषणा गरेका थिए । महेशको शव बगेको ठाउँबाट झन्डै ९ सय मिटर दक्षिणबाट बेलुका चार बजेतिर फेला परेको थियो । घटनास्थल जाजरकोट र रुकुम पश्चिमको सीमा क्षेत्र हो । उनीहरू बगेको स्थान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ राडी बजार र जाजरकोटको नलगाड नगरपालिका–८ को मन्मैमा तरामा पर्दछ । उनीहरू जाजरकोट क्षेत्रको मन्मैमा बस्दै आएका थिए ।

  • बजेटमा अदालतको अवहेलना सम्बन्धी रिटको पेसी आज

    बजेटमा अदालतको अवहेलना सम्बन्धी रिटको पेसी आज

     आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा अदालतको अवहेलना सम्बन्धी रिटको पेसी आजका लागि तोकिएको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री कार्यालयसहित अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विपक्षी बनाउँदै आइतबार दायर गरेको रिटको पेसी आजका लागि तोकिएको हो ।

    आगामी आर्थिक वर्षको बजेटको बुँदा ८७ ले अदालतको अवहेलना गरेको दाबी गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले अवहेलना कसूरमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा प्राकृतिक तथा खानीजन्य वस्तुको व्यावसायिक उत्पादन तथा बजारीकरणमा निजी क्षेत्रलाई सहभागी गराउने व्यवस्था गरिएकोमा त्यसले अदालतको अवहेलना गरेको रिटमा दाबी गरिएको छ ।

    यसअघि पौडेलले नै २०७८(०७९ को बजेटमा खानीजन्य ढुङ्गा गिट्टी बालुवा निकासी गर्ने व्यवस्था गरेकोमा सर्वोच्चले खानीजन्य ढुङ्गा गिट्टी बालुवा निकासीसम्बन्धी बजेटको बुँदा नम्बर १९९ कार्यान्वयन नगर्न परमादेश जारी गरेको थियो ।

  • एमाले मैले काम गरेको पार्टी हो, कार्यकर्ता भेट्न कसैको स्वीकृति चाहिन्न : विद्यादेवी भण्डारी

    एमाले मैले काम गरेको पार्टी हो, कार्यकर्ता भेट्न कसैको स्वीकृति चाहिन्न : विद्यादेवी भण्डारी

     पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता तत्काल सम्भव नभएको बताएकी छन् ।

    नेपालका कम्युनिष्ट पार्टीहरुबीच विश्वासको संकट रहेकाले एकता तत्काल सम्भव नभएको उनको भनाइ छ ।

    आज बिहान विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा भण्डारीले वाम एकताको सम्भावनाका साथै सक्रिय राजनीतिमा आउने सम्भावना र अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भाबी नेतृत्वबारे चलाइएका चर्चाबारे दिएको अभिव्यक्तिसँग सम्बन्धित जिज्ञासा समेत मेटाउने कोसिस गरेकी छन् ।

    कुराकानीको क्रममा उनले आफू देश दौडामा निस्किँदा एमालेलाई सोध्नु नपर्ने समेत अभिव्यक्ति दिइन् ।

    उनले भनिन्, “म देशको राष्ट्रपति भइसकेको मान्छे, पार्टीगत हिसाबले भन्ने हो भने पनि मैले संगठित सदस्यता लिनुभन्दा अगाडि देखि नै पार्टीमा काम गरेको । चिनजान ठूलै छ, समाजका अरु अरु क्षेत्रहरुमा पनि चिनजान हुन्छ । देशको परिचित व्यक्ति भएको नाताले मलाई कार्यक्रममा बोलाउनु स्वाभाविकै हुन्छ । त्यसकारण मैले पनि समाजसँग पनि साक्षात्कार भेटघाट गर्दै गर्नुपर्‍यो ।, केछ जनताको विचार आकांक्षाहरु, नयाँ पुस्ता के चाहन्छन् रु राष्ट्रिय आकांक्षालाई साकार गर्न हामी लाग्नुपर्छ, त्यो हाम्रो परम कर्तव्य हो । बाँचुन्जेल हामीले संघर्ष गर्नुपर्छ नयाँ पुस्ताको लागि र देशको लागि । त्यस हिसाबले म देशभित्र घुमफिर गर्न नेकपा एमालेका कमिटीहरु र नेताहरुसँग मैले अनुमति लिइरहनु पर्दैन ।”

  • माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छ : प्रचण्ड

    माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छ : प्रचण्ड

     नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन् ।

    आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए ।

    उनले भने, “समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ, यो अभियानमा जोडिन म सबैलाइ आग्रह पनि गर्दछु ।”

  • सर्वोच्च अदालतको न्यायाधीशमा कसको नाम सिफारिस होला ?

    सर्वोच्च अदालतको न्यायाधीशमा कसको नाम सिफारिस होला ?

     सर्वोच्च अदालतमा ४ जना न्यायाधीश पद रिक्त छ। लामो समयदेखि रिक्त रहेको पदमा राजनीतिक भागबन्डा नमिलेर न्याय परिषदले न्यायाधीश सिफारिस गर्न सकिरहेको छैन।

    दुई जना उच्च अदालतका मुख्य न्यायाधीश र दुई जना वरिष्ठ अधिवक्ता कानुन व्यवसायिहरूलाई सिफारिस गर्ने तयारी भैरहेको छ। उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतमा बढुवा गरि न्यायाधीश सिफारिस गरिदैछ। कानुन व्यवसायीका तर्फबाट नेकपा (एमाले) को भागबाट वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद भट्टराई र नेपाली कांग्रेसबाट वरिष्ठ अधिवक्ता अरूण पौडेल वा आशिष अधिकारी मध्ये एकको नाम सिफारिस हुनेछ। बढी सम्भावना सुर्खेतका अरूण पौडेल छ। उनी न्यायाधीशमा सिफारिस भएभने सर्वोच्च अदालतमा सबै भन्दा कान्छा न्यायाधीश हुनेछन।

    सर्वोच्च अदालतमा २०९२ सम्म प्रधानन्यायाधीशको रोलक्रम प्याक भैसकेको छ। सहपाठी मित्र नहकुल सुवेदी २०९२ मा प्रधानन्यायाधीश हुनेछन। त्यसपछि अरूण पौडेलको रोलक्रममा नाम चढन सक्ने भविश्यवाणी गरिएको छ ।

  • शक्तिशाली मन्त्रीकोे जिल्लामा बजेटको खोलो बगाइयोः उपेन्द्र यादव

    शक्तिशाली मन्त्रीकोे जिल्लामा बजेटको खोलो बगाइयोः उपेन्द्र यादव