Blog

  • प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय

    प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय

    लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ ।

    टोखाको ग्राण्डी अस्पताल नजिकै प्रहरीले गाेली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ । उनीहरुको पूरा परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । ब्यूरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाले विभिन्न ठाउँबाट चार जनालाई नियन्त्रणमा लिएको बताएका छन् ।

    उनीहरुलाई कार्यालयमा ल्याउने काम भएकाले परिचय भने यकिन गर्न बाँकी नै रहेको बताए । ‘चार जना नियन्त्रणमा छन् । भारतीय नागरिक भन्ने बुझिएको छ । कार्यालयमा ल्याइनसकेकाले थप विवरण बताउन सक्ने अवस्था छैन’ एसएसपी कोइरालाले भने ।

    प्रहरीले गोली चलाएर दुई भारतीय र थप अरु दुई गरी चार जनालाई नियन्त्रणमा लिएको छ । लागु औषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो ।

    सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । त्यसपछि गोली चलाएर दुई जना र थप दुई गरी चार जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।

    नियन्त्रणमा लिने क्रममा उनीहरुको आक्रमणबाट दुई प्रहरी रवीन्द्र केसी र नवराज घिसिङ पनि घाइते भएका छन् ।

  • अस्ट्रियाको एक विद्यालयमा गोली चल्यो

    अस्ट्रियाको एक विद्यालयमा गोली चल्यो

    अस्ट्रियाको ग्रात्ज शहरस्थित एक विद्यालयमा गोली चलेको छ ।

    अस्ट्रियाली सार्वजनिक प्रसारक ओआरएफले गृह मन्त्रालयलाई उद्धृत गर्दै उक्त गोलीकाण्डमा धेरै व्यक्तिको मृत्यु भएको उल्लेख गरेको छ ।

    बीबीसीका अनुसार, घटनामा केही विद्यार्थी र शिक्षकहरू पनि हताहत भएका छन् ।

    गोली चलाउने अभियुक्तले पछि विद्यालयको शौचालयमा आत्महत्या गरेको अनुमान गरिएको छ ।

    अस्ट्रियाली प्रहरीले गोलीकाण्ड ग्रात्ज शहरको एक संघीय उच्च माध्यमिक विद्यालयमा भएको पुष्टि गरेको छ । उक्त विद्यालय रेल स्टेशन नजिकै रहेको प्रहरीले विवरणहरूमा उल्लेख गरेको छ ।
  • १० महिनामा भित्रियो १३ खर्ब ५६ अर्ब रेमिट्यान्स

    १० महिनामा भित्रियो १३ खर्ब ५६ अर्ब रेमिट्यान्स

     चालु आर्थिक वर्षको १० महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकमा आधारित भएर मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो। वैशाख महिनामा मात्र एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ भित्रिएको थियो।

    गत वैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि चार लाख पाँच हजार ६१० जनाले अन्तिम स्वीकृति र दुई लाख ८० हजार ३१४ ले पुनः श्रम स्वीकृति लिएका छन्।

    प्रतिवेदनअनुसार वैशाख मसान्तसम्ममा मुलुकको चालु खाता दुई खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँले बचतमा थियो।

    वैशाख मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर आठ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने १० अर्ब ६० करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। समीक्षा अवधिमा शोधनान्तर बचत चार खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।

    विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

    समीक्षा अवधिको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ।

  • टोखामा गोली चल्यो, दुई लागु औषध कारोबारी घाइते

    टोखामा गोली चल्यो, दुई लागु औषध कारोबारी घाइते

     काठमाडौँको टोखामा गोली चलेको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

    गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् । प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो ।

    उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ । नेपाल प्रहरीका एसएसपी कृष्ण कोइरालाका अनुसार घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् ।

  • नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौँ :  मन्त्री पौडेल

    नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौँ :  मन्त्री पौडेल

    मन्त्री पौडेलले लामो सममयसम्म औषधिको मूल्य गहिरोसँग अध्ययन नभएको र कतिपय औषधिको मूल्य समयअनुसार बढी भएको हुन सक्ने देखिए पछि समायोजनका लागि समिति गठन गरिएको बताए ।

    ‘अहिलेको प्रतिवेदनमा नसमेटिएका विषयसमेत सुझाव सङ्कलन गरेर कार्यान्वयनमा लगिनेछ,’ उनले भने, ‘यसले औषधिको गुणस्तर सुधार, व्यवस्थापन र सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास छ ।’

    मन्त्री पौडेलले नागरिकले उचित मूल्यमा प्राप्त गर्ने वातावरण बनाउन तयार पार्न क्रियाशील रहेको भन्दै प्रतिवेदनलाई पेसागत र व्यावसायिक विषय भए समेटेर कार्यान्वयनमा प्रक्रियागत ढङ्गले अघि बढ्ने बताए ।
    ‘हामीले स्वास्थ्यमा सुधार गर्न खोको क्षेत्र औषधि पनि हो,’ उनले भने, ‘मूल्यमा आधार नबन्दा समस्या छ । प्रविधिले धेरै कुरा सस्तो पनि बनाएकाले त्यस आधारमा समयसापेक्ष मूल्य निर्धारण महत्त्वपूर्ण हुन्छ ।’
    मन्त्री पौडेलले महँगो मूल्यमा किन्नु परिरहेको छ भने त्यसलाई अन्त्य गर्न खोजिएको भन्दै मूल्यबारे उपभोक्तालाई सुसूचित बनाउने परिस्थिति निर्माण गर्न खोजिएको बताए ।
    प्रतिवेदन बुझाउँदै संयोजक डा.पाण्डेले छिमेकको अवस्था हेरेर विज्ञ तथा सरोकारवालासँग परामर्शका आधारमा प्रतिवेदन तयार पारेको भन्दै मूल्य पारदर्शी र वैज्ञानिक होस् भन्नेमा जोड रहेको बताए ।

    मन्त्रालयका सचिव डिल्लीराम शर्माले अध्ययन गरेर प्रतिवेदन कार्यान्वयनमा लैजाने बताए ।विभिन्न विषय विज्ञ संलग्न समितिले मन्त्रालयलाई मूल्य समायोजनका लागि मूल्य हेर्ने एकाइ र निर्धारण समिति व्यवस्था गर्न सुझाव दिएको छ ।

    हरेक दुई वर्षमा मूल्य समायोजनका लागि समितिले सुझाव दिएको संयोजक डा. पाण्डेले बताए । यसैगरी क्षेत्रगत आधारमा औषधि मूल्य समायोजनका लागि समितिले सुझाव दिएको छ ।

    हाल नियमन भइरहेको,अति आवश्यक, आयातित तथा नियमनको दायरामा नपरेकालाई वर्गीकरण गरेर मूल्य समायोजनका लागि समितिले सुझाव दिएको छ । यसैगरी जेनेरिक औषधी सम्बन्धमा समेत समितिले सुझाव दिएको छ ।

    मन्त्री पौडेलले आम उपभोक्ताले आवश्यकताभन्दा बढी औषधिको मूल्य तिर्नु नपर्ने गरी काम गर्ने घोषणा गरेका थिए । सोही आधारमा गठित समितिले प्रतिवेदन बुझाएको हो ।

  • विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री

    विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री

    रुचीको विषय पढेर प्रतिभा देखाउन विद्यार्थीहरूलाई उनले सुझाव समेत दिए । विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले राजर्षी जनक विश्वविद्यालयमा पढेका विद्यार्थी हरेक ठाउँमा पूर्ण हुनुपर्नेमा जोड दिए ।

    जनकपुर ज्ञानको भूमि भएको चर्चा गर्दै विश्वविद्यालयले जुनसुकै ठाउँमा पनि आफ्नो प्रतिभा देखाउन सफल हुने उनले बताए । सरकारले विश्वविद्यालयको लागि काम गरिरहेको समेत बताए ।

  • मूल्यवृद्धि यस वर्षकै न्यून बिन्दुमा

    मूल्यवृद्धि यस वर्षकै न्यून बिन्दुमा

    काठमाडौँ । उपभोक्ता मूल्य सूचकाङ्क (मुद्रास्फीति) अर्थात् महँगी चालू आर्थिक वर्षकै न्युन बिन्दुमा झरेको छ । चालू आर्थिक वर्षको वैशाख महिनामा मुद्रास्फीति यस वर्षकै न्युन २.७७ प्रतिशतमा झरेको हो ।

    मंगलबार नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.४० प्रतिशत थियो ।

    राष्ट्र बैंकका अनुसार वैशाख महिनासम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ ।

    त्यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ भने तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ ।

    गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेष्टुरेण्ट तथा आवास सेवाहरुको ३.१६ प्रतिशतले बढेको छ ।

    वैशाखमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२१ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.६१ प्रतिशतले बढेको छ ।

    प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२९ प्रतिशत, मधेशको २.८१ प्रतिशत, बागमतीको २.४० प्रतिशत, गण्डकीको २.२३ प्रतिशत, लुम्बिनीको २.१५ प्रतिशत, कर्णालीको २.२१ प्रतिशत र सुदूरपश्चिमको ३.१४ प्रतिशत रहेको छ ।
    यता, काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.६४ प्रतिशत, तराईको २.६४ प्रतिशत, पहाडको २.६५ प्रतिशत र हिमालको ४.०१ प्रतिशत रहेको छ ।

  • लगातार दोस्रो दिन पनि सेयर बजार उच्च अंकको वृद्धि

    लगातार दोस्रो दिन पनि सेयर बजार उच्च अंकको वृद्धि

    sharethis sharing button
     साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ पनि नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ ।

    यसअघि सोमबार २३ अंकले बढेको बजारले मंगलबार पनि निरन्तरता पाउँदा आज नेप्से परिसुचक २५.०७ अंकले बढ्दै २६ सय ७८ को विन्दुमा पुगेर बन्द भएको हो ।

    आज कुल ३ सय ११ कम्पनीका २ करोड ३६ लाख ९७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब १६ करोड माथि पुगेको छ ।

    आज कारोबारमा आएकामध्ये १ सय ९६ कम्पनीको सेयरमूल्य बढ्दा ५२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरमूल्य बढेकामध्ये ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबै समुहको उपसुचकहरुमा हरियाली छाएको छ ।
  • रचना रिमाल बिरामी हुदाँ, हेलिकोप्टरमार्फत उद्दार

    रचना रिमाल बिरामी हुदाँ, हेलिकोप्टरमार्फत उद्दार

     रुकुम पश्चिमको सानिभेरी गाँउपालिका स्थित बेलटापुमा सन्चालन भैरहेको सांस्कृतिक महोत्सवमा प्रस्तुति दिन आएकी गायिका रिमाल अकस्मात बिरामी भएकि छन् ।

    उनलाई उपचारको लागि मंगलबार बिहान चौरजहारी अस्पताल लिइएको र त्यहाँबाट पनि थप उपचारको लागी नेपाली सेनाको हेलिोप्टर मार्फत सुर्खेत ल्याईएको छ । उनलाई एपेण्डीसाइड भएको चौरजहारी अस्पतालले जनाएको छ । आजै सुर्खेतबाट काठमाण्डौ लैजाने र थप उपचार गर्ने तयारी भएको छ ।