Blog

  • ७२ जिल्लामा फैलियो डेंगी, सबैभन्दा धेरै काठमाडाैंमा

    ७२ जिल्लामा फैलियो डेंगी, सबैभन्दा धेरै काठमाडाैंमा

  • पाँच लाख सदस्यता पुर्‍याउन तीनमहिने अभियानमा अखिल क्रान्तिकारी

    पाँच लाख सदस्यता पुर्‍याउन तीनमहिने अभियानमा अखिल क्रान्तिकारी

  • १४ वर्षपछि पक्राउ परे भतिजाको हत्या गरी फरार काका

    १४ वर्षपछि पक्राउ परे भतिजाको हत्या गरी फरार काका

  • सहमतिका लागि रास्वपाले कांग्रेसलाई पठायो प्रस्ताव

    सहमतिका लागि रास्वपाले कांग्रेसलाई पठायो प्रस्ताव

  • विज्ञापन नै प्रकाशन नगरी बिल भुक्तानी गरी भ्रष्टाचार विरूद्ध मुद्दा

    विज्ञापन नै प्रकाशन नगरी बिल भुक्तानी गरी भ्रष्टाचार विरूद्ध मुद्दा

  • सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

     काठमाडौं महानगरपालिकाले सडकमा गाडी रोकेर सामान बिक्री गरेको भन्दै ३ सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

    महानगर प्रहरी टोलीले वडा नम्बर १५ स्वयम्भूस्थित सवारी आवागमन तथा पैदल यात्रुलाई असहज हुने गरी सडक पेटी अतिक्रमण गरेर सामान बेचेको भन्दै १५ हजारका दरले ४५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

    महानगर प्रहरीले सडकमा सवारीसाधन रोकर सामान बेच्ने र सडक पेटीमा सामान बेच्दा कारबाही गर्दै आएको छ
  • मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

    मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

     प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ ।

    राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा बहाल रहुन्जेल मातहतको निकायले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गरे ।

    “गृहमन्त्रीले बदमासी गर्नुभएको छैन भन्ने हाम्रो पनि विश्वास हो, तर व्यवहार र तथ्यले त्यसको पुष्टि गर्दैन, गृहमन्त्रीले आफू नैतिकवान् र इमान्दार रहेको प्रमाणित गर्न पनि मार्ग प्रशस्त गर्नुपर्छ । छानबिनका लागि तयार हुनुपर्छ”, सांसद आले मगरले भने। उनले विगतमा पनि विभिन्न प्रकरणमा मुछिएका कर्मचारीलाई विमानस्थल अध्यागमनजस्तो महत्त्वपूर्ण जिम्मेवारी किन दिइयो भनी प्रश्न गरे ।

    सभाको शून्य समयमा सांसद कृष्णप्रसाद पौडेलले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढिरहेकाले सीमावर्ती नाकामा स्वास्थ्य परीक्षण र निगरानीलाई थप प्रभावकारी बनाउन आग्रह गरे ।

  • अघिल्लो सरकारले अघि सारेका कार्यक्रम वर्तमान सरकार हटायो : प्रचण्ड

    अघिल्लो सरकारले अघि सारेका कार्यक्रम वर्तमान सरकार हटायो : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका लागि अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकार हटाएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना दिवसमा प्रचण्डले अघिल्लो सरकारले सुरु गरेको रणनीतिक महत्वका कार्यक्रमलाई वर्तमान सरकारले हटाएको बताएका हुन् ।

    समग्र आर्थिक विकास र समृद्धिका साथै पिछडिएका वर्ग लक्षित कार्यक्रम अहिलेको बजेटमा हटाइएको उनले बताए । प्रचण्डले अहिले देशको राजनीतिमा उतार चढाव देखिएको बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समानुपातिकता र समावेशिताको संविधानमार्फत समाजवादउन्मुख हुने परिकल्पना गरिएकाले समाजवादको आधार निर्माण गर्ने कुरामा लागिरहेको उनले बताए ।

    अध्यक्ष प्रचण्डले रिटर्नीहरुको तर्फबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा समावेश गरिने प्रतिबद्धता जनाए ।

  • चार दिनपछि बढ्यो सेयर बजार

    चार दिनपछि बढ्यो सेयर बजार

     लगातार घटेको चार कारोबार दिनपछि सोमबार सेयर बजार बढेको छ ।

    अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २३.१९ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६५३ अंकमा कायम भएको छ । बजार खुलेपछि आज दिनभर हरियो अंकमा रह्यो ।

    बजार बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब १३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६८ करोडको भयो । १९१ कम्पनीको मूल्य बढ्दा ५६ कम्पनीको घट्यो भने एउटाको स्थिर रह्यो ।

    हाइड्रोपावर सेक्टरमा आज पनि लगानीकर्ताको आकर्षण देखिएको छ । अघिल्लो दिन सबैभन्दा धेरै १.२२ प्रतिशत बढेको यो सेक्टर आज २.३५ प्रतिशत बढ्यो ।

    त्यस्तै अन्य समूह सबैभन्दा धेरै २.६३ प्रतिशत बढ्यो । बैंकिङ ०.४३, विकास बैंक ०.१७, फाइनान्स ०.५९, लगानी १.१४, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.४४ प्रतिशत बढे । व्यापार ०.४४, जीवन बीमा ०.०९ र होटल तथा पर्यटन ०.२५ प्रतिशत घटे ।

    आज चार जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर र विन्ध्यबासिनी हाइड्रोपावर छन् ।

    धेरै मूल्य बढेका टप १० कम्पनीमा ८ वटा हाइड्रोपावर कम्पनी मात्रै परे । ८ हाइड्रोपावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरै बढ्यो ।  बुटवल पावरको ९.८३, मायाखोला हाइड्रोपावरको ९.७४, रावा इनर्जीको ९.१८ र घलेम्दी हाइड्रोको ९.०१ प्रतिशत मूल्य बढ्यो ।

    भूगोल इनर्जीको ७.४७, मिथिला लघुवित्तको ५.२३, सप्तकोशी विकास बैंकको ५.११ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।

  • भिजिट भिसा प्रकरण : माओवादीलाई फकाएको कांग्रेसले रास्वपालाई सकेन

    भिजिट भिसा प्रकरण : माओवादीलाई फकाएको कांग्रेसले रास्वपालाई सकेन

     भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछि नहटेसँगै आजको संसद् बैठक पनि अनिश्चित बनेको छ ।

    संसद्को गतिरोध अन्त्य गर्नेगरी सत्ता र प्रतिपक्ष दलहरूबीच निरन्तर छलफल जारी छ ।

    आजै कांग्रेस सांसद पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका थिए ।

    तर, कांग्रेसले अख्तियारमा छानबिन भइरहेको विषयमा संसदीय समिति वा अर्को छानबिन समिति नबनाउने भनेपछि रास्वपा संसद्को अवरोध खुलाउन तयार नभएको हो ।

    स्रोतका अनुसार, कांग्रेसले अघि सारेको मध्यमार्गी प्रस्तावमा नेकपा माओवादी केन्द्रले सहमति जनाइसकेको छ । यद्यपि रास्वपा त्यसमा तयार नदेखिएको हो ।

    एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार, छानबिन समिति वा संयन्त्र के बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

    ‘छानबिन समिति वा संयन्त्र भन्ने छलफल चलिराखेको छ,’ उनले भने, ‘सत्तापक्ष नै छानबिन समिति भन्नेमा तयार नहुँदा आजको संसद् चल्ने वा नचल्ने अनिश्चित भएको छ ।’

    विपक्षी दलहरूले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणको विषय उठाएर प्रतिनिधि सभाको बैठक चल्न दिएका छैनन् । जेठ १५ गते बजेट ल्याउन दिएता पनि अन्य दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

    यसबीचमा प्रतिनिधि सभाका बैठक ११ पटक सूचना टाँस गरेर स्थगित भए । यो पृष्ठभूमिमा सभामुख घिमिरेले अब संसदको अवरोध खुल्ने विषयमा पहल भइराखेको जानकारी सदनलाई गराएका हुन् ।