Blog

  • प्रचण्डको दाबी कम्तीमा गृहमन्त्रीले राजीनामा दिने स्थिति आउँछ

    प्रचण्डको दाबी कम्तीमा गृहमन्त्रीले राजीनामा दिने स्थिति आउँछ

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन् ।

    मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभई सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताए ।

    ‘यो विषय गृहमन्त्रीसँग मात्रै होइन, सरकारसँग पनि रिलेटेड छ,’ प्रचण्डले भने, ‘कम्तीमा पनि राजीनामा दिने स्थिति गृहमन्त्रीको आउँछ ।’

    प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका विषयमा कुनै विवाद नरहेको भन्दै नेसपा अध्यक्ष महिन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उल्लेख गरे ।

    प्रचण्डले बाबुरामले धेरै तह उत्रेर आफूमाथि अभिव्यक्ति दिने गरेको र बाबुरामको काम नै माओवादीको विरोध गर्नु मात्रै रहेको जिकिर गरे ।

    उनले एकता प्रक्रियामा बाबुराम भट्टरालाई आफूले छोडेको नभई बाबुराम नै पार्टी, आन्दोलन र मार्क्सवाद छाडेर भागेको टिप्पणी गरे ।

  • भिजिट भिसा प्रकरणले संसद् प्रभावित

    भिजिट भिसा प्रकरणले संसद् प्रभावित

     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयले प्रतिनिधिसभाको आजको बैठक प्रभावित भएको छ ।

    नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले बैठक सञ्चालनमा अवरोध गरेका छन् ।

    विपक्षी सांसदहरूले नारावाजी गर्दै निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

    त्यसअघि उनले माओवादी केन्द्रका सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनाललाई बोल्न समय दिएका थिए । दुवैले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानविन समितकिो माग गर्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे ।

    गृहमन्त्रीको राजीनामा नआउँदासम्म बैठक चल्न नसक्ने उनीहरूको भनाइ छ ।

  • सल्यानमा विपद् उद्धार अभ्यास

    सल्यानमा विपद् उद्धार अभ्यास

     सम्भावित मौसमजन्य बिपद्बाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सल्यान प्रहरीले विपद् उद्धार अभ्यास गरेको छ ।

    बर्षायामको सुरुवातसंगै बिगतका बर्षहरुमा झै यस बर्ष पनि मौसमजन्य बिपद्का घटनाहरुबाट मानविय तथा धनजनको क्षति हुन सक्ने भएकाले विपद उद्धार अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    सोमबार खलंगाको लुहापिङ स्थित डाँडोमा अनौपचारिक अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी, प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । उनले भने, जिल्ला प्रहरी कार्यालयमा कार्यरत १५ जना प्रहरीलाई बाढी, पहिरो वा गहिरो खोंच जस्ता जोखिमपूर्ण स्थानमा मानिसको उद्धार गर्न सक्ने दक्षता विकासका लागि अनौपचारिक रुपमा हामीले यस्तो अभ्यास गराएका हौँ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त साझेदारीमा केहीदिनपछि अभ्यास गर्ने पनि तयारी छ । अभ्यासमा ‘रक क्लाइम्बिङ’ अभ्याससमेत गरिएको थियो । विशेष डोरी, सुरक्षा पेटी, हेल्मेट, र अन्य उपकरणको प्रयोग गरी चट्टान, ठाडो भिर वा जटिल भुगोलमा चढ्ने अभ्यासलाई समेत समेटिएको प्रहरीले जनाएको छ ।

    यस्तो अभ्यासले सुरक्षाकर्मीहरूलाई दुर्गम र कठिन भूभागमा उद्धार कार्य गर्न आवश्यक सीप र मनोबल प्रदान गर्छ । यसैगरी अभ्यासमा उद्धार सामग्रीको प्रयोग, समन्वयात्मक कार्यशैली, सुरक्षाका उपायहरू तथा आपतकालीन संचार व्यवस्थापनको समेत अभ्यास गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयकै विपद तालिम प्राप्त जनशक्तिबाट यस्तो अभ्यास गराइएको थियो । प्रहरी कार्यालयले जिल्लावासी नागरिक तथा सरोकारवाला निकायहरूलाई वर्षायाममा सम्भावित बिपद्बाट जोगिन पूर्वसावधानी अपनाउन अपिल पनि गरेको छ ।

  • सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

     सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा रु. २०० र सोही परिमाणको चाँदी रु. १० ले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु. एक हजार ९९५ निर्धारण भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

  • सामुदायिक सिकाइ केन्द्रले गरे कार्ययोजना निर्माण

    सामुदायिक सिकाइ केन्द्रले गरे कार्ययोजना निर्माण

     सुर्खेतका सामुदायिक सिकाइ केन्द्रहरुले कार्ययोजना निर्माण गरेका छन् । तीन पालिकाका स्थानीय तहले कार्ययोजना निर्माण गरेका हुन् । पुर्वी सुर्खेतका तीन पालिकाले कार्ययोजना निर्माण गरेका छन् । गुर्भाकोट, भेरीगंगा र लेकबेशी नगरपालिकाले कार्ययोजना निर्माण गरेका हुन् । सिकाइ केन्द्रलाई प्रभावकारी बनाउनका लागि कार्ययोजना निर्माण गरिएको हो ।

    आवश्यकता अनुसार एकवर्षदेखि तीनवर्षसम्मको कार्ययोजना निर्माण गरिएको सिकाइ केन्द्रहरुले जनाएका छन् । अनौपचारिक शिक्षालाई प्रभावकारी बनाउनका लागि कार्ययोजना निर्माण गरिएको भेरीगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख टेकपाल नेपालीले बताए ।

    नगरपालिकाका तीनवटा सिकाइ केन्द्रले कार्ययोजना निर्माण गरेका छन् । नगरपालिकाका पारिजात सिकाइ केन्द्र, सहिद सिकाइ केन्द्र महिनतडा सिकाइ केन्द्रले कार्ययोजना बनाइएका हुन् । उनीहरुले निर्माण गरेका योजना पालिकाले निर्माण गर्ने आगामी वर्षको वार्षिक योजनामा समावेश गरिने जनाइएको छ ।

    गुर्भाकोट नगरपालिकाको गुर्भाकोट सिकाइ केन्द्र, घुमखोला र मेहेलकुना सिकाइ केन्द्रले कार्ययोजना निर्माण गरेका छन् । वार्षिक रुपमा गर्ने योजना र कार्यक्रम लगाएका विषयलाई समावेश गरेर योजना निर्माण गरिएको गुर्भाकोट नगरपालिकाका महिला शाखा प्रमुख विमला विकले बताइन् । सिकाइस्तर कमजोर भएका किशोरीहरुलाई सिकाइ केन्द्रमा राखेर शिक्षा दिने गरिएको उनको भनाइ छ । पालिकाको आगामी वर्षको योजनामा समेटिनेगरी सिकाइ केन्द्रहरुले योजना निर्माण गरेका छन् । लेकबेशी नगरपालिकाको जनसेवा सिकाइ केन्द्रले कार्ययोजना निर्माण गरेको छ । अंगे्रजी डिजीटल शिक्षामा समेत जोड दिइएको छ ।

    फ सि डि ओ (FCDO) को आर्थिक सहयोग British Council  नेपालसंगको सहकार्य र साझेदारीमा आसमान द्धारा सचालित जेम्स परियोजना Girls Empowerment and Mainstreaming Sustainably-GEMS अन्र्तगत सुर्खेत जिल्लाका तीन वटा स्थानीय पालिका भेरीगंगा, गुर्भाकोट र लेकबेसी नगरपालीका मा रहेका सात वटा केन्द्र नगरपालिकाका प्रतिनिधि तथा सामुदायिक सिकाइ केन्द्रहरुका अध्यक्ष, र सामजिक परिचालक हरुलाई क्षमता विकास तथा कार्ययोजना निर्माण गर्ने उद्देश्यले तीन दिने तालिम वीरेन्द्रनगरमा सञ्चालन गरिएको थियो । कार्यक्रममा २० जना बढीको सहभागिता रहेको आसमान नेपालका कार्यक्रम संयोजक दुर्गा गाहाले बताइन् । उनका अनुसार सामुदायिक सिकाइ केन्द्रलाई सहयोग गर्नेगरी तीन वटा पालिकामा कार्यक्रम सञ्चालन भइरहेका छन् ।

  • राजावादी प्रदर्शनमा अनुसन्धानमा परेका १०८ मध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने

    राजावादी प्रदर्शनमा अनुसन्धानमा परेका १०८ मध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने

     १५ चैतमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा परेका १०८ जनामध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धान गरेर उनीहरुलाई मुद्दा चलाउनुपर्ने स्थिति नदेखिएको भन्दै मुद्दा नचलाउने राय सरकारी वकिलको कार्यालयमा पठाएको हो ।

    १०८ जनामध्ये ९० जना पक्राउ परेका थिए भने १८ जना फरार थिए । उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा लगिएको छ ।

    ‘संलग्नता अनुसार फरक–फरक मुद्दा चलाइएको छ, दुर्गा प्रसाईंको हकमा कर्तव्य ज्यान समेत छ’, एक अधिकारीले भने, ‘अधिकांशलाई म्याद थपिए अनुसारकै कसुरमा मुद्दा अघि बढ्दैछ ।’

    प्रहरीले अनुसन्धान सकेर गएको बिहीबार रायसहितको प्रतिवेदन बुझाएको थियो । त्यसको अध्ययन गरेर आइतबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरिएको सरकारी वकिलको कार्यालयका सूचना अधिकारी चन्द्रप्रसाद सञ्जेलले बताए ।

    यो प्रकरणमा पक्राउ परेका राप्रपा नेता धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायत हाजिर जमानतमा छुटिसकेका छन् ।

    १५ जेठमा राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा २ जनाको मृत्यु भएको थियो भने २० जनालाई प्रहरीको गोली लागेको थियो । दर्जनौं घाइते भएका थिए ।

    घटनास्थलबाट भागेका प्रदर्शनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले भारतको आसाममा पक्राउ गरेर ल्याएको थियो ।

  • गृहमन्त्रीले रमेशले राजीनामा दिएर छानबिनमा सघाउनुपर्छः रास्वपा

    गृहमन्त्रीले रमेशले राजीनामा दिएर छानबिनमा सघाउनुपर्छः रास्वपा

  • जोशी उपचारका लागि अमेरिका प्रस्थान

    जोशी उपचारका लागि अमेरिका प्रस्थान

     कर्णाली प्रदेशका प्रमुख एक महिना लामो उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कर्णाली प्रदेशको प्रदेश प्रमुखको कार्यभार सम्हालेका छन् ।

    कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी आँखाको उपचार गर्न अमेरिका जानुपर्ने भएपछि संघीय मन्त्रिपरिषद् बैठकले मियाँलाई कर्णालीको जिम्मेवारी दिने निर्णय गरेको थियो । जोशी जेठ ५ गतेदेखि असार १३ गतेसम्मका लागि अमेरिकामा रहने छन् । सोही अवधिका लागि मियाँले जिम्मेवारी पाएका हुन ।

    मियाँले जिम्मेवारी लिएसँगै नेपाल मुस्लिम आयोगले प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष मोहम्मद दिनले प्रदेश प्रमुख मियाँसमक्ष आयोगले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कामको प्रतिवेदन बुझाएका हुन् ।

  • भ्रष्टाचार आरोपी र कमजोर प्रदर्शनकाे देउवालाई सांसद बजगाईको पत्र

    भ्रष्टाचार आरोपी र कमजोर प्रदर्शनकाे देउवालाई सांसद बजगाईको पत्र