Blog

  • जेठ १५ सम्ममा मनसुन नेपाल भित्रिने पूर्वानुमान

    जेठ १५ सम्ममा मनसुन नेपाल भित्रिने पूर्वानुमान

    जेठ १५ सम्ममा मनसुन नेपाल भित्रिने पूर्वानुमान
     नेपालमा यस वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ।

    विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ ३० गतेतिर हुने गरेको भए पनि यस वर्ष चाँडो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बांग्लादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको छ।

    भूउपग्रहबाट प्राप्त बादलका तस्वीर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ सम्ममा त्यो नेपाल भित्रिसक्ने उनले बताए। यस वर्ष वार्षिक सरदरभन्दा बढी वर्षा हुने महाशाखाको प्रक्षेपण छ।

  • कांग्रेसले भन्यो- गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन

    कांग्रेसले भन्यो- गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन

     नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक राजीनामा नआउने र उनीमाथि छानबिन समिति पनि नबन्ने बताएको छ ।

    सत्ता साझेदार नेपाली कांग्रेस र एमालेको बालुवाटार बैठक सकेर निस्किएका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने बताए । उनले लेखकमाथि छानबिन समिति गठन हुन नसक्ने बताए ।

    ‘के छानबिन गर्ने ? गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन । किन छानबिन समिति बनाउने ?,’ घिमिरेले  भने, ‘कर्मचारीमाथि प्रश्न उठ्दा गृहमन्त्रीको किन छानबिन हुने ? राजीनामा गर्नुपर्ने कारण के छ ? यो कुरा साँच्चै भन्ने हो भने मन्त्रीले जवाफ दिने पनि होइन ।’

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रतिपक्ष दलले उनको राजीनामा मागेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठक विपक्षीको विरोधले अवरुद्ध भएको थियो । बुधबारको बैठकमा पनि अवरोध जारी राख्ने विपक्षी दलहरूले बताएका छन् । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन ।

  • भुर स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषित

    भुर स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषित

     जाजरकाेटकाे भेरी नगरपालिका–९ स्थित भुर स्वास्थ्य चौकीलाई ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा गरिएको छ । भुर चौकीले पोषणमैत्री स्वास्थ्य संस्था निर्देशिकाअनुसार तोकिएका १० मापदण्ड र १६ वटा सूचकहरू पुरा गरेपछि यस्तो घोषणा गरिएको हो ।

    निर्देशिकामा उल्लेख गरिएका मानव संसाधन व्यवस्थापन, ऊर्जा, खानेपानी, शौचालय, फोहोर व्यवस्थापन, औषधीको सुरक्षित प्रयोग, सामाजिक सचेतना तथा भौतिक पूर्वाधार व्यवस्थापनजस्ता मापदण्डहरू भुर चौकीले पूरा गरेको भेरी नगरपालिका–९ का वडाध्यक्ष हिराप्रसाद शर्माले जानकारी दिए ।

    नियमित गर्भजाँच, बालविकास अनुगमन, समयमै स्तनपान, भिटामिन ए र जुकाको औषधि वितरण, ६ महिनासम्मको पूर्ण स्तनपान, त्यसपछि पुरक आहार, पूर्ण खोप, किशोरीलाई फोलिक एसिड, झाडापखालाका बेलामा जिंक चक्की र ओआरएसको प्रयोगजस्ता १६ वटा सूचकहरू सफलतापूर्वक पूरा गरिएको स्वास्थ्य चौकी इन्चार्ज लालबहादुर खड्काले बताए ।

    उनले पोषणमैत्री स्वास्थ्य संस्था निर्देशिकामा १५ देखि १६ अंक प्राप्त गरेको स्वास्थ्य चौकीलाइ पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सकिने व्यवस्था भएको जानकारी दिँदै उनले यस संस्थाले राम्रो अंक प्राप्त गरी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको बताए । यसअघि कुदु स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो ।

  • ७ जनामा कोरोना पुष्टि

    ७ जनामा कोरोना पुष्टि

     नेपालमा पनि कोरोना संक्रमित बढेका छन् । नियमित परीक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    संक्रमित सात जनामध्ये एक जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्याकं हो भने छ जना काभ्रेका हुन ।

    पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । त्यसलै नेपालमा पनि कोरोना बढ्नसक्ने आँकलन गर्न सकिन्छ ।

    विगतका वर्षहरूमा पनि भारतमा कोरोना बढेपछि नेपालमा फैलिएको अनुभवको कारण नेपाल समयमै सतर्क हुनु पर्ने स्वास्थ्यविज्ञहरु बताउँछन् ।

    यद्यपी काभ्रेका सक्रमितहरु भारतीय यात्रामा नदेखिएको हुनाले उनीहरूको स्थानीय कोरोना भएको बताइएको छ ।

    उनीहरुको अवस्था सामान्य रहेको महाशाखाले जनाएको छ ।

    भारतमा देखिएको कोरोना कडा असर नदेखिएको र कडा प्रजातिको नभएको तर यसको असर वृद्धा तथा दीर्घ रोगीमा हुन सक्ने भएकोले सर्तक हनु पर्ने सुझाव महाशाखाको छ ।

  • गृहमन्त्रीको राजीनामाको माग पूर्वाग्रहपूर्ण : खतिवडा

    गृहमन्त्रीको राजीनामाको माग पूर्वाग्रहपूर्ण : खतिवडा

     नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका छन् ।

    मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले यस्तो टिप्पणी गरेका हुन् । उनले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको उल्लेख गर्दै दोषि भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बताए ।

    यद्यपि कर्मचारीमाथि अनुसन्धान शुरु भएकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग उचित नभएको सांसद खतिवडाको भनाइ छ ।

    उनले भने– ‘एउटा कर्मचारीमाथि निष्पक्ष छानविन हुन दिनुपर्दछ । गल्ति भए जुनसुकै लेभलको मान्छे पनि कारबाहीको दायरामा आउनुपर्दछ । तर कसैमाथि अनुसन्धान गर्दैमा र्गहमन्त्रीलाई नै राजीनामा दिनुपर्छ भन्नु पूर्वाग्रह हुन्छ । जजसलाई उजुरी पर्दै जान्छ मन्त्रीहरुले राजीनामा दिँदै जाने रु अहिले अख्तियारमा प्रत्येक परेका निवेदनमा उजुरी लेख्नको लागि प्रत्येक कार्यालयमा एउटा कर्मचारी लेख्ने व्यवस्थाको शुरुवात भएको छ । एउटा कर्मचारी त उजुरीको जवाफ दिनको लागि मात्र राखिएको छ । त्यसैले हाम्रो भनाइ के हो भने छानविन गर्न पाउनुपर्दछ । अख्तियार संवैधानिक निकाय हो अख्तियारले छानविन गरिरहेको छ । अनुसन्धानबाट खुलेअनुसार कारबाही हुनुपर्छ । तर यही विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु कति युक्तिसंगत होला रु’

    प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरुले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै संसद अवरुद्ध पारेका छन् ।

    भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने उनीहरुको माग छ ।

  • मानव अधिकार आयोगको वार्षिकोत्सवमा किन गएनन् प्रधानमन्त्री ?

    मानव अधिकार आयोगको वार्षिकोत्सवमा किन गएनन् प्रधानमन्त्री ?

    प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय मानव अधिकार आयोगको २५औं (रजत) वार्षिकोत्सवमा अनुपस्थित भएका छन् ।

    आयोगले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएपछि २५औं (रजत) वार्षिकोत्सवमा अनुपस्थित भएका हुन् ।

    आयोगका सह-प्रवक्ता श्यामबाबु काफ्लेले  भने, ‘आयोगको २५औं (रजत) वार्षिकोत्सवमा प्रधानमन्त्री ज्‍यू आउने कार्यक्रम थियो। तर उहाँ आउनु भएन।’

    तर प्रधानमन्त्रीको सचिवालयले भने विहान सबैरै हुने कार्यक्रममा असहज भएर प्रधानमन्त्री नगएको स्पष्ट पारेको छ । ‘हिजो राति अबेरसम्म प्रधानमन्त्री ज्यू काममै व्यस्त हुनुभयो,’ प्रधानमन्त्रीका सञ्‍चारविज्ञ रामशरण बजगाइँले भने, ‘मानव अधिकार आयोगको कार्यक्रम बिहानै रहेछ । प्रधानमन्त्री ज्यूलाई उक्त समयमा जान असहज भयो।’

    प्रधानमन्त्री ओलीले आइतबार वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै आगामी जेठ १५ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौंको आफ्नो पार्टीको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।

    सोही दिन राजावादी समूहले गर्न लागेको प्रदर्शनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले कार्यकर्तालाई त्यसविरुद्ध उत्रन समेत निर्देशन दिएका थिए ।

    उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको व्यापक आलोचना भएको थियो ।

    जसबारे आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जारी गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै आयोगले भनेको थियो, ‘यस्तो परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।’

  • असिनाले जुम्ली किसानको भारी क्षति

    असिनाले जुम्ली किसानको भारी क्षति

    नेपाली कांग्रेस जुम्लाले वैशाख र जेठ महिनामा परेको असिनाले पुर्‍याएको क्षतिमा राहत उपलब्ध गराउन माग गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत प्रधानमन्त्री कार्यालय र मुख्यमन्त्री कार्यालय सुर्खेतमा ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले असिनाले ८० प्रतिशत उत्पादन नष्ट गरेको जनाएको हो । ठूलो असिना परी जुम्ली किसानहरुको खेतबारीमा भएको स्याउ लगायतका फलफूलहरु ८० प्रतिशत र भित्र्याउन लागिएको जौ, गहुँसमेत नस्ट भयो, ध्यानाकर्षण पत्रमा भनिएको छ, किसानहरुको मुख्य आम्दानीको स्रोतहरूमा तुसारापात हुँदा निकै मर्कामा छन् । सरकारले प्रभावकारी अनुगमन गरेर राहतको व्यवस्थापन होस् । कांग्रेस जुम्लाले स्याउ बिमाको राहत रकमसमेत किसानले पाउन नसकेको बताएको छ । गत वर्षको बिमा रकम किसानले पाएका छैनन्, कांग्रेस जुम्लाका कार्यबाहक सभापति कार्मा बुढाले भने, यो वर्ष पनि बिमा गरिएको छैन । जसले किसान मर्कामा छ । सरकारको यसमा ध्यानाकर्षण होस् ।

    बिमा कम्पनीहरूले के, कति, कारणले फलफूल बिमाको रकम नदिएका हुन् र बिमा के कति कारणले नगरेका हुन् ? त्यस्ता बिमा कम्पनीहरुलाई कारबाहीको दायरामा ल्याउनसमेत माग गरिएको छ । हालै परेको असिनाबाट पीडित जुम्ली किसानलाई आवश्यक राहतका लागि प्रधानमन्त्रीका ध्यानाकर्षण गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले ध्यानाकर्षण पत्र प्रधानमन्त्री कार्यालय र मुख्यमन्त्री कार्यालयसम्म पठाउने बताए । उनले भने, असिनाले बालीनालीमा क्षति पुर्‍याएकोमा हामी दुःखी छौं । सबै मिलेर पीडितलाई राहत उपलब्ध गराउनु जरुरी छ ।

  • नेपाल बार एशोसिएशन सल्यानको नयाँ नेतृत्व चयन

    नेपाल बार एशोसिएशन सल्यानको नयाँ नेतृत्व चयन

    सोमबार चयन भएको नयाँ कार्य समितिमा गिर्दल बोहरा उपाध्यक्ष, विष्णु शर्मा सचिव, डम्बर वली कोषाध्यक्ष, सदस्यहरुमा थलबहादुर भण्डारी, घनश्याम भण्डारी, टिकाराम वली, एकदेव शर्मा र सन्तोषकुमार राई सदस्यमा निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष भण्डारीले बार एशोसिएसनलाई थप सुदृढ बनाउँदै न्यायिक प्रक्रियामा आम नागरिकको पहुँच सरल र प्रभावकारी बनाउने अठोट व्यक्त गरे । सल्यानमा कार्यरत कानुन व्यवसायीहरूको छाता संगठनको रूपमा रहेको नेपाल बार एशोसिएसनले न्यायिक प्रणालीलाई प्रभावकारी बनाउने, अधिवक्ताहरूको पेशागत हकहितको संरक्षण गर्ने र नागरिकलाई कानुनी जानकारी तथा परामर्श उपलब्ध गराउनका लागि अझै प्रभावकारी काम गर्ने जनाएको छ ।

    अधिवेशनबाट निवर्तमान अध्यक्ष चन्द्र प्रकाश वली (सिपी) केन्द्रीय पार्षदमा चयन भएका छन् । सल्यान बार एशोसिएसनको नयाँ कार्यसमितिले कानुनी चेतना अभिवृद्धि, न्यायमा पहुँच र विधिको शासन स्थापनाको लागि भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।

  • पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता, बुधबार सुनुवाइ

    पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता, बुधबार सुनुवाइ

     नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध परेको रिट सर्वोच्च अदालतमा मंगलबार दर्ता भएको छ । पौडेलको नियुक्ति बदरको माग गर्दै परेको रिटमा बुधबारका लागि सुनुवाइ तोकिएको छ ।

    अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले पौडेलको नियुक्ति कानुनसम्मत नरहेको भन्दै खारेजीका लागि रिट निवेदन दिएका हुन् ।

    उनीहरूले पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारि र नियुक्ति दुवै गैरकानुनी रहेको दावी गरेका छन् । निवेदकहरूले नियुक्तिको क्रममा जालझेल गरिएको तथा पौडेल राजनीतिक दलको सदस्य रहेको दावी गरेका छन् ।