Blog

  • हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्न ट्रम्प प्रशासनको आदेश

    हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्न ट्रम्प प्रशासनको आदेश

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द गरेको छ। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले हार्वर्डको विद्यार्थी तथा विनिमय आगन्तुक कार्यक्रमको प्रमाणीकरण तत्काल रद्द गर्न गृह सुरक्षा विभागलाई आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
    हाल, विश्वविद्यालयमा अध्ययनरत सबै विदेशी विद्यार्थीलाई अन्य संस्थामा स्थानान्तरण गर्न भनिएको छ। अन्यथा, उनीहरूले देश छोड्नु पर्ने हुन सक्छ।
    विगत केही दिनदेखि हार्वर्ड र सरकारबीच विदेशी विद्यार्थीहरूसँग सम्बन्धित रेकर्डलाई लिएर विवाद भइरहेको थियो । गृह सुरक्षा विभागले हार्वर्डलाई अप्रिल ३० सम्ममा विदेशी विद्यार्थीहरू संलग्न गैरकानूनी र हिंसात्मक घटनाहरूको पूर्ण रेकर्ड उपलब्ध गराउन भनेको थियो । तर, विश्वविद्यालयले उपलब्ध गराएको रेकर्डसँग प्रशासन सन्तुष्ट छैन।

    हार्वर्ड विश्वविद्यालयमा लगभग २७ प्रतिशत बाह्य विद्यार्थीहरू छन् । हाल त्यहाँ लगभग ६ हजार ८०० विदेशी विद्यार्थीहरू अध्ययनरत रहेको बीबीसीले जनाएको छ ।

    हार्वर्डले ट्रम्प प्रशासनको कार्यलाई गैरकानूनी भनेको छ। विश्वविद्यालयले एक विज्ञप्तिमा भन्यो, ‘हार्वर्डमा १४० भन्दा बढी देशका विद्यार्थीहरू छन्। हामी अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई भर्ना गर्ने हाम्रो क्षमता कायम राख्न पूर्ण रूपमा प्रतिबद्ध छौं।’

    यस आदेशविरुद्ध विश्वविद्यालयले अदालतमा मुद्दा पनि दायर गरेको छ। विश्वविद्यालयले ट्रम्प प्रशासनले राजनीतिक दबाब सिर्जना गरेर शैक्षिक कार्यलाई नियन्त्रण गर्न चाहेको आरोप लगाएको छ । हार्वर्ड विश्वकै प्रतिष्ठित विश्वविद्यालय हो ।

  • नेपाल समृद्धउन्मुख छ, केही पनि भएन भन्ने कुरा भ्रम मात्रै हो : प्रचण्ड

    नेपाल समृद्धउन्मुख छ, केही पनि भएन भन्ने कुरा भ्रम मात्रै हो : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गरेका छन् । नेपाल समृद्धउन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपनाउन आवश्यक रहेकामा उनले जोड दिए ।

    माओवादी केन्द्रले थालेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा आज बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्गले आर्थिक समृद्धिसँग  जनतालाई जोडेको बताए । उनले मध्यपहाडी पुष्पलाल लोकमार्ग आफ्नै प्रस्तावमा अघि बढेको उल्लेख गर्दै आयोजना छिट्टै सक्न आवश्यक रहेको बताए ।

    अध्यक्ष दाहालले मध्यपहाडी जनजागरण अभियानमा आमनागरिकका गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र नयाँ ढङ्गले अघि बढ्ने बताए । दलित, किसान, मजुदर, उत्पीडित वर्गलगायतका समस्या सम्बोधन गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको उनको भनाइ थियो ।

    ‘लोकमार्गले सबैभन्दा बढी भाग समेटिएको बागलुङमा विकासको ढोका खुला भएको छ, सडकले आर्थिक समृद्धिमा जोड्न मद्दत गर्दछ, बागलुङको अछेते–गलकोट सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अघि बढेको छ, गलकोट–म्याग्दी जोड्ने सडक निर्माण भए यहाँका जनतालाई फाइदा पुग्ने छ,’ उनले भने ‘खानै नपुगेर विदेश जाने वातावरणको अन्त्य गर्न आवश्यक छ, सरकारले वातावरण बनाओस्, मैले साथ दिन्छु, तर नेपालमा केही पनि भएन भन्ने कुरा भ्रम मात्रै हो ।’

    नेपालको मुख्य समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भ्रष्टाचार निर्मूल पार्न माओवादी केन्द्रको सरकार आवश्यक रहेको बताए ।
  • प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान

    प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान

     गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले करिब दुई महिना लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले अनुसन्धान फाइल आएको पुष्टि गर्दै  ‘फाइल (प्रतिवेदन) आइपुगेको छ । आजै दर्ता गर्ने तयारी थियो । तर समय अभावले नभ्याइएकाले अब आइतबारमात्रै दर्ता गर्छौं ।’

    प्रहरीको अनुसन्धान फाइल अध्ययन गरेपछि कसलाई के मुद्दा लगाउने भन्ने यकिन गरेर मुद्दा दर्ता गर्नुपर्ने शर्मा बताउँछन् । साथै, प्रतिवादीको संख्या पनि धेरै भएकाले आज दर्ता गर्न नभ्याइएको उनको भनाइ छ ।

    यो घटनामा १ सय ८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ । पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

    प्रहरीको उक्त अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि कसलाई कस्तो मुद्दा चलाउने, को–को प्रतिवादी हुने भन्ने यकिन टुंगो भने सरकारी वकिल कार्यालयले लगाउनुपर्ने छ । संगठित अपराधको कसुरमा पक्राउ परेको मितिले ६० दिनभित्र मुद्दा अदालतमा पुगिसक्नु पर्नेहुन्छ । १५ जेठ अघि नै काठमाडौं जिलला अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने हुन्छ । जसकारण आइतबार मुद्दा दर्ता गरिने सरकारी वकिल कार्यालयले जनाएको छ ।

    मुद्दा चलाउनु पर्ने राय दिइएका मध्ये अहिले ५३ जना हिरासतमा छन् । बाँकी केही पक्राउ पर्न बाँकी छन् भने केहीलाई भने हिरासत बाहिरै राखेर अनुसन्धान गरिएको छ ।

    जसमध्ये राप्रपा महामन्त्री धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत भाटभटेनीका फलफूल टिप्ने केहीलाई भने हाजिरी जमानीमा हिरासत बाहिरै राखेर अनुसन्धान गरिएको छ । अदालतमा मुद्दा पुगेपछि उनीहरूलाई अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

    १५ चैत २०८१ राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमाण्ड भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । प्रदर्शन हिंसात्मक बनेको थियो ।

    हिंसात्मक प्रदर्शनको राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राणा र वरिष्ठ उपाध्यक्ष मिश्रलाई पक्राउ गरेको थियो ।

    ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचाररत प्रदर्शनका घाइते भेटेर फर्केने क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र सांसद राणा पक्राउ परेका थिए । मुख्य कमाण्डर भनिएका प्रसाईंलाई भने भारतबाट पक्राउ गरेर लयाइएको थियो ।

    ठूलो संख्यामा प्रतिवादी बन्ने भएपछि परिसरले थप चार युनिटबाट अनुसन्धान अधिकृत मगाएर अनुसन्धान गरेको थियो । यो घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय रानीपोखरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर ललितपुरबाट थप टोली मगाएर अनुसन्धान गरेका थिए ।

  • फिस्टुलाका बिरामीलाई निशुल्क सेवा प्रदान

    फिस्टुलाका बिरामीलाई निशुल्क सेवा प्रदान

     कर्णालीका बिरामीलाई मध्यनजर गरी सुर्खेतबाट फिस्टुलाको निशुल्क सेवा प्रदान गरिएको छ । फिस्टुला उपचार केन्द्र, प्रदेश अस्पताल सुर्खेतका अनुसार साईनिङ्ग अस्पताल सुर्खेत आई.एन.एफ नेपालको सहकार्यमा निशुल्क सेवा प्रदान गरिएको हो ।

    अस्पतालका अनुसार सन २००९ भन्दा पहिला आई एन एफ नेपालले पश्चिमाञ्चल, मध्यमश्चिमाञ्चल र सूदुरपश्चिमाञ्चल क्षेत्रका दुर्गमा जिल्लाहरुमा स्त्रीरोग सम्वन्धी शिबिर संचालन गर्ने क्रममा केही फिस्टुलाका बिरामीहरु पत्ता लागेका थिए । तिनीहरुलाई काठमाडौको पाटन अस्पतालमा प्रेषण गरिएको थियो । प्रेषण गरिएका कतिपय बिरामीहरु आर्थिक अभावका कारण काठमाडौंसम्म जान असमर्थ भएका थिए ।

    फिस्टुलाबाट पिडित महिला बिरामीहरुलाई सुर्खेतबाट नै निशुल्क सेवा प्रदान गर्ने उदेश्य राखेर आई. एन.एफ नेपालमा स्वयंसेवकको रुपमा कार्यरत बेलायती नागरिक स्त्रीरोग बिशेषज्ञ डा. शेली हेउड सन् २००८ मा ईथियोपियाबाट फिस्टुलाको शल्यक्रिया सम्वन्धी तालिम प्राप्त गरि फर्केका थिए ।

    त्यसपछि सन २००९ देखी तत्कालिन म.प.क्षेत्रीय अस्पताल सुर्खेत र आई.एन.एफ नेपाल सुर्खेतको सहकार्यमा बार्षिक शिबिरको आयोजना गरि फिस्टुलाबाट पिडित महिला बिरामीहरुका लागि निशुल्क सेवा प्रदान गर्न थालियो । प्रत्येक वर्ष निशुल्क शिबिरको आयोजना गरि सन् २०१८ सम्ममा २४५ जना बिरामीहरुको शल्यक्रिया गरिएको थियो । भने फिस्टुला उपचार केन्दबाट २३२ गरि जम्मा ४७७ जना फिस्टुलाबाट पिडित बिरामीहरुको शल्यक्रिया गरि उपचार गरिएको छ । त्यसैगरि सन् २०११ देखी सन् २०१७ सम्ममा पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्रका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय अन्तरगत रहेका स्वास्थ्य संस्थामा कार्यरत २३९८ जना स्वास्थ्य कर्मीहरुलाई फिस्टुला सम्वन्धी तालि प्रदान गरिएको थियो ।

    यसै गरि जनबरी २०२० देखी दोस्रो चरणको फिस्टुलाको जनचेतनाका लागि अभिमुखीकरण, कार्यक्रम शुरु गरि हाल कर्णाली, लुम्बिनी र सुदूरपश्चि प्रदेशका बिभिन्न जिल्लाहरुमा संचालन भैरहेको छ । यस अवधीमा लुम्विनी, कर्णाली, र सूदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका महिला सवयंसेवीका, आमासमूह, स्वास्थ्यकर्मी, डाक्टर, नर्स बिद्याथी, र समूदायका मानिस गरि जम्मा ४१,४१९ जनालाई फिस्टुला सम्वन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको अस्पतालले जनाएको छ ।

    प्रदेश अस्पताल, कर्णाली प्रदेश सुर्खेतबाट नियमितरुपमा फिस्टुलाको उपचार सेवा प्रदान गर्नका लागि तत्कालिन म.प.क्षेत्रीय अस्पताल सुर्खेत र आई एन एफ नेपाल सुर्खेतको विचमा फिस्टुला उपचार केन्द्रको स्थापना गरि नियमित सेवा प्रभाह गर्ने उदेश्य राखि १६ मे २०१४ मा फिस्टुला केन्द्रको स्थापनाको लागि प्रदेश अस्पताल कर्णाली प्रदेश सुर्खेत सेवा प्रभान एफ नेपाल सुर्खेतको बिचमा सम्झौता गरिएको थियो ।

    सम्झौता अनुसार आई एन एफ नेपाल सुर्खेतको आई एतथा प्राविधिक सहयोगमा फिस्टुला उपचार केन्द्र भवनको निमार्ण पुरा भै २७ मे २०१८ मा उक्त १७ शौयाको आर्थिकला उपचार केन्द्रको भवन प्रदेश अस्पताल कर्णाली प्रदेश सुर्खेतलाई हस्तान्तरण गरियो । तत पश्चात साईनिङ्ग अस्पताल आई एन एफ नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा फिस्टुला उपचार केन्द्रबाट निशुल्क सेवा प्रदान हुदै आएकोमा २० अक्टोवर २०२४ मा फिस्टुला उपचार केन्द्रलाई पूर्णरुपमा प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण गरियो । हस्तान्तरण पश्चात पनि आई एन एफले प्राविधिक सहयोगको साथै बिरामीको निशुल्क उपचारका लागि प्रदेश अस्पताललाई सहयोग पुरÞ्याउदै आएको छ ।

  • रुसमा आगलागी हुँदा पाँच जनाको मृत्यु

    रुसमा आगलागी हुँदा पाँच जनाको मृत्यु

    रुसको एक अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

    रुसको अनादिरस्थित एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। आगलागीमा अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन्।

    प्रारम्भिक अनुसन्धानले घरेलु उपकरणमा विद्युत् चुहावट भई आगलागी भएको देखाएको छ। स्थानीय समयअनुसार बिहान ३ः१० मा अपार्टमेन्टको एउटा भान्सामा आगो लागेपछि आगोको लप्कासँगै धुवाँको मुस्लो जमिनभन्दा धेरै माथिसम्म देखिएको थियो।

    आगलागीका कारण तीन पुरुष र एक महिलाको घटना स्थलमा नै मृत्यु भएको र एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। उक्त भवनबाट १७ जनालाई उद्धार गरी सुरक्षितस्थलमा लगिएको छ।

    आगो  नियन्त्रणमा आइसकेको र घटनाको अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्। (रासस

  • तोलामा १ हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा १ हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा १ हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य 
     अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ। त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

    बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको हो। चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। त्यति नै परिमाणको चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।

    अन्तर्राष्ट्रिय बजारमा भने प्रतिऔँस सुन ३ हजार ३३० डलरमा कारोबार भइरहेको छ।

  • साक्षर जिल्ला घोषणा : हुम्ला

    साक्षर जिल्ला घोषणा : हुम्ला

     हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘साक्षरता हाम्रो गौरव, साक्षर जिल्ला हाम्रो उपब्धि’ नाराका साथ आज हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

    हुम्लामा १५ देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दर ९७ दशमलव ४ प्रतिशत मापदण्ड पूरा भएपछि हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाका कार्यालय प्रमुख योगेश आलेमगरले जानकारी दिए । यससँगै हुम्ला नेपालको ६७ औं र कर्णाली प्रदेशको ८ औं साक्षर जिल्ला बनेको छ । १५–६० वर्ष उमेर समूहका ३५ हजार ३५४ जनामध्ये ३३ हजार ९५४ जना साक्षर भएको आलेमगरको भनाइ छ । हुम्लामा १४ सय नागरिक निरक्षर रहेका छन् ।

    ताजाकोट गाउँपालिकामा ६६ जना, अदानचुलीमा १९२ जना, चंखेलीमा १९२ जना, सर्केगाडमा ३१४ जना, खार्पुनाथमा १९४ जना, सदरमुकाम सिमकोट ३७१ जना र नाम्खा गाउँपालिकामा १११ जना गरि १ हजार ४४० जना अझै निरक्षर रहेको शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाको तथ्यांक छ । कर्णाली प्रदेशका कालिकोट र डोल्पा जिल्लालाई मात्र साक्षर घोषणा गर्न बाँकी छ ।

  • आर्थिक लोभमा नपरी सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

    आर्थिक लोभमा नपरी सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

    गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
    गृह मन्त्रालय र मधेश प्रदेशको विभागीय मन्त्रालयद्वारा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले खुल्ला सिमाना रहेकाले सुरक्षाको सवालमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
    गृहमन्त्री लेखकले प्रदेशको शान्तिसुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले देशको बदलिँदो परिस्थितिअनुसार इमान्दारिताका साथ काम गर्नुपर्नेमा जोड दिए । ‘देशमा हाल लागुऔषध, सडक दुर्घटना, आत्महत्या तथा साइबर क्राइमलगायतका सामाजिक विकृतिका गम्भीर समस्या बढ्दै छन् । मधेश प्रदेशका सबै जिल्ला भारतीय सीमासँग जोडिएकाले पनि यहाँ थप सतर्कता अपनाउन आवश्यक छ,’ उनले भने, ‘उल्लेखित  समस्यालाई के कसरी रोकथाम गर्न सकिन्छ, त्यसतर्फ पनि सुरक्षा निकायले गम्भीरतापूर्वक लाग्नुपर्ने जरूरी छ ।’

    गृहमन्त्री लेखकले राष्ट्रसेवक कर्मचारीहरूले कानुनविपरीत आर्थिक लोभ र लाभमा नपरी इमान्दारी एवं निष्पक्ष भई छिटो, सरल र सहज तरिकाले  सेवा प्रवाह गर्न निर्देशन दिए ।

    गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश तथा जिल्ला प्रमुख, आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको छ । रासस
  • कर्मचारीहरु काम रोकेर आन्दोलनमा

    कर्मचारीहरु काम रोकेर आन्दोलनमा

    कर्णाली प्रदेशका स्थानीय तहका कर्मचारीहरु नगरपालिका र गाउँपालिकाको काम रोकेर आन्दोलनमा होमिएका छन् ।

    कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को विधेयकमा संसोधनको माग गर्दै वीरेन्द्रनगर झरेका कर्मचारीहरूले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी धर्ना शुरू गरेका हुन् । कर्णालीका प्रदेश स्थानीय तहका कर्मचारीहरु आर्थिक वर्षको अन्तिम सयममा आन्दोलनमा उत्रिदा सेवा प्रवाहमा समस्या भएको छ । कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को विधेयकमा असन्तुष्टि जनाउँदै यसअघि पनि कर्मचारीहरू आन्दोलन उत्रिएका थिए । एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तर स्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायत १४ वुदा विधेयकमा समावेश रहेकाले संधोधन गरिनुपर्ने कर्मचारीको माग छ ।

    कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को संशोधन विद्येयक संंसोधनमा जुन माग गरेका थियौं त्यसको निरन्तरता नदिएर बिचौलियको माध्यमबाट ऐन ल्याउन खोजिएको कारणले आन्दोलन गर्नु परेको स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेशका तह–संयोजक ओमप्रकाश नेपालीले बताएका छन् । भूगोल नराखेर कसरी बढुवा गर्ने भन्ने बिषयमा अहिले पनि अन्यौलता रहेको छ, उनले भने, ऐनमा केही बाझिएका बिषयहरु रहेका छन् । त्यसलाई संसोधन हुन जरुरी छ । स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनैपनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग स्थानीय तहका कर्मचारीहरूले पटक पटक उठान गरिरहेका छन् ।

    स्थानीय तहका कर्मचारी आन्दोलित हुँदा अहिले स्थानीय तहबाट हुने भुक्तानी लगाएतका अन्य सेवा प्रवाहका काम प्रभावित भएका छन् । अहिले नागरिकको सेवा गर्ने बेलामा आन्दोलन गर्नु परेका कारणले प्रदेश सरकारले लाज मान्नु अवस्था आएको स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेशका सह–संयोजक नेपालीले बताए । नागरिकको सेवा गर्ने बेला आन्दोलन गर्नु परेको छ, उनले भने, स्थानीय तहका कर्मचारी आन्दोलनमा रहेका कारणले आर्थिक वर्ष अन्तिममा सेवा प्रवाह रोक्नु हाम्रा लागि पनि दुःखद बिषय हो ।

  • भिजिट भिसामा मुछिएको  ९ कर्मचारीको सरुवा

    भिजिट भिसामा मुछिएको ९ कर्मचारीको सरुवा

    गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको छ । भिजिट भिसामा बदमासी गरेको उजुरी परेका कर्मचारीलाई सरुवा गरिएको हो ।

    बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत एवं सह सचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पर्नुअघि गृहमन्त्री रमेश लेखकले उनको सरुवा गरेर मन्त्रालय तानेका थिए । भिजिट भिसामा शंकास्पद गतिवधि गरेका अन्य आठ जनाको सरुवा गरिएको छ ।

    प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । तीनै जना र नायब सुब्बा पदमा कार्यरत थिए ।

    सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारीहरु कमला श्रेष्ठसहित कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत हुनेगरी सरुवा गरिएको छ ।

    गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सह सचिव छवि रिजालले आठ जनालाई सरुवा गरेका हुन् ।