
‘चन्द्रमामा घडेरी किनेर घर बनाउने सरह भएको छ । यसरी बढुवा हुने सम्भव नै हुँदैन । हुनै नसक्ने कुरालाई राखेर बुद्धिजीवीहरूलाई झुक्याउने कुरा होइन,’ पौडेलले भने ।



‘चन्द्रमामा घडेरी किनेर घर बनाउने सरह भएको छ । यसरी बढुवा हुने सम्भव नै हुँदैन । हुनै नसक्ने कुरालाई राखेर बुद्धिजीवीहरूलाई झुक्याउने कुरा होइन,’ पौडेलले भने ।



नेकपा (एमाले)का उपमहासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञावालीले देशको सङ्कट टार्नका लागि मुलुकका दुई ठुला पार्टीको सत्ता समीकरण अपरिहार्य रहेको बताए ।
नागरिकले बगाएको रगतबाट आर्जेको यो मुलुक सङ्कटमा पर्ने खतरा बढेपछि नेपाली काग्रेससँग सत्ता समीकरण भएको सुनाए । उपमहासचिव ज्ञावालीले मुलुकलाई अस्थीरताबाट उनमुक्ति दिन नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता समीकरण भएको भन्दै मुलुकको आर्थिक सङ्कट टार्नका लागि पनि यो अनिवार्य थियो । दस महिनाको अर्थमन्त्रालयको नेतृत्व गरिँदा आर्थिक उन्नती आश लाग्दो भएको आर्थिक सुचाक बढेको सुनाए ।
नेता ज्ञावालीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै सत्ताको मोहले छ/छ महिनामा सत्ता समीकरण फेर्नेहरुले मुलुकको स्थिरता नचाहेर दिनको तीन पटकसम्म यो सत्ता ढल्दैछ, मेरो सत्तामा जाने मन छैन भनेर छटपटाउने काम भइरहेको सुनाए । यसरी छटपटीनुको मुख्य कारण सत्ता बाहिर बस्न नसक्नुको उपज भएको उनको भनाइ । नेकपा (एमाले )केन्द्रले कार्यकर्ताको क्षमता विकास र पार्टी प्रति लाग्ने लानछनाविरुद्ध प्रतिवाद गर्ने क्षमता विकास गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरेको सुनाए । दुई जिल्लाको प्रशिक्षण सकेर कालीकोटका पुगेका नेता ज्ञावालीले कालीकोटका बस्तीमा विगतको द्वन्द्वको घाउले मलम नपाएको बताए । घाउ कोट्याउने भन्दा पनि मलम लगाउने काम एमालेले गर्ने बताए ।
न्यायको खोजि हुनु स्वभाविक हो, तर खाटा परेको घाउँलाई थप पीडा नहोस् भनेर सत्य निरुपरण आयोग र मेलमिलाप आयोगलाई जिम्मा दिएको उनले बताए । यसैगरी, नेता ज्ञावालीले भौगोलिक विकटताले अरु प्रदेशसँग प्रतिस्पर्धा गर्न अहिले नसकेपनि पछिका लागि कर्णाली आफ्नै स्रोत साधनले चल्न सक्ने क्षमता भएको प्रदेश भएको बताए। कालीकोटको विकासका लागि एयरपोर्टलाई सञ्चालनमा ल्याउन एमालेले अध्यान गरिरहेको बताए । प्रेस चौतारी नेपाल कालीकोट शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचि ज्ञावालीले सानो स्रोत साधनबाट भए पनि यहाँका नागरिकको सुरक्षाका लागि ३८ लाख नागरिकलाई सामाजिक सुरक्षाकोष अर्थात भत्तामा समावेश गरिएको बताए ।



नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न हम्मे परेको छ । स्थायी निक्षेप मार्फत प्रणालीको तरलता व्यवस्थापन नभएपछि साताको ३ पटकसम्म निक्षेप संकल उपकरण मार्फत तरलता खिच्ने गरेको हो ।
गत साता मात्रै दुई पटक निक्षेप संकलन गरेको केन्द्रीय बैंक यो साता पहिलो दिन आइतबार फेरि २१ दिन अवधिको ३० अर्ब निक्षेप संकलन जारी गरेको छ ।
आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा अधिक भएको तरलता स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत कुल ३ खर्ब ६२ अर्ब केन्द्रीय बैंकमा राखेका छन् । यो रकममध्ये निक्षेप संकलन उपकरणको १ खर्ब ९० अर्ब र स्थायी निक्षेपको १ खर्ब ७२ अर्ब ७५ करोड रुपैयाँ छ ।
स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा बैक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदर पाउँछन् । तर, निक्षेप संकलन उपकरणको ब्याजदर भने बोलकबोल मार्फत निर्धारण हुन्छ । ८ जेठमा निक्षेप संकलनको औसत ब्याजदर २.९९५८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।


युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर ९८ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा रहेको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १७ पैसा र बिक्रीदर चार रुपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको छ ।
साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७१ पैसा र बिक्रीदर २० रुपैयाँ ८० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ५६ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ४० पैसा र विक्रीदर ३५४ रुपैयाँ ९६ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



युत्रेनी वायु सेनाले भनेको छ रुसले २५० ड्रोन र १४ ब्यालेस्टिक मिसाइल राजधानी किभमा फ्रहार गरेको छ । यो हमलामा कारण बस्तीमा आगो लागेको छ ।
वायु सेनाका अनुसार युक्रेनले रुसका ६ मिसाइल र २४५ ड्रोनलाई खसालेको छ ।
हमलालाई लिएर युत्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले एक्समा लेखेका छन्, ‘हरेक यस्ता आक्रमणबाट दुनियालाई अझ यकिन भएको छ कि युद्ध लम्बाउने रुस हो ।’



निजामती विधेयकमा अहिले रहेको प्रणालीगत त्रुटि र प्रणालीगत असफलतालाई निराकरण गर्ने कुनै विषय नसमेटिएको उनीहरूको भनाइ छ । धर्नामा सबै कर्मचारी सङ्गठनका प्रतिनिधि छन् ।
ऐन बन्नलाई १० वर्ष लाग्ने प्रस्तावित ऐनका व्यवस्थामा २० वर्षसम्म एक पदबाट माथिल्लो पदमा बढुवा नहुने अवस्था रहेकाले त्यसको निराकरण गर्नका लागि दबाब दिन शान्तिपूर्ण धर्ना दिइएको उनीहरुले बताएका छन् ।
उच्च प्रशासकीय अभिभावकहरू आत्म केन्द्रित भएको उनीहरुको आरोप छ ।



हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री यहाँ पुगेको छ ।
बोक्चेगौडा सडक निर्माण भइरहेका कारण सिधै सदरमुकाम सिमकोटमा पुग्न नसकेपछि उनको टोली शनिबार त्यहाँ पुगेर राहत सामान बुझी ल्याएको हो । उक्त सामान बोक्चेगौडा भिरमा बोकेर ओसारिएको थियो । यस्तै अन्य सुरक्षाकर्मीले भारी बोकेर भिर पार गरी सामग्री ओसारेका थिए । कर्णाली प्रदेश सरकारले पठाएको उक्त राहत सामग्री नाम्खा गाउँपालिका उपाध्यक्ष लामाको जिम्मा लगाइएको छ ।



जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको क्रममा शुक्रबार बागलुङ बजारमा आयोजित सभामा सम्बोधन गर्दै प्रचण्डले भने, ‘एयरपोर्ट भन्सारमा प्रतिदिन लाखौं र करोडौंको घोटाला हुने गरेको छ।’
उनले यस्तो अवस्थामा आर्थिक अवस्था नसुध्रिने भन्दै चिन्ता व्यक्त गरे । ‘यो स्थिति भएपछि कसरी आर्थिक गतिविधिमा सुधार हुन्छ निकै ठूलो चिन्ताको विषय भएको छ,’ उनले भने, ‘फेरि पनि हामीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा लगातार जोड दिएका छौं ।’
उनले भ्रष्टाचारका गतिविधि नरोकिए आन्दोलनमा जाने चेतावनी दिए । ‘यदि उनीहरूले यसबाट शिक्षा लिंदैनन् भने सरकारका विरुद्ध आन्दोलित हुने तयारी गर्नु पनि हाम्रो उद्देश्य रहेको छ,’ उनले भने ।
