२०८३ असार २२ , सोमबार

युएसए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा याङटेनले जिते स्वर्ण पदक



याङटेन लामाले युएसए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।

न्युयोर्कको ब्रुकलिनमा नोभेम्बर १० तारिखमा भएको प्रतियोगिताको पुरुष कुमुते १० देखि ११ वर्ष ब्ल्याक वेल्ट एडभान्स क्याटगोरीमा याङटेनले स्वर्ण जितेको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्स क्लबले जनाएको छ। उनले फाइनलमा निक स्पेन्सरलाई पराजित गरे।

याङटेन च्याम्पियन्स मार्सल आर्ट्स क्लबको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका हुन्। उनी ११ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्ण विजेता सुनिल लामाको प्रशिक्षणमा छन्। सुनिल क्लबका सञ्चालक पनि हुन्। नेपालमा पनि च्याम्पियन्स मार्सल आर्ट्स क्लब सञ्चालनमा छ।

प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार