देशद्रोह मुद्दामा हङ्‌कङका प्रजातन्त्रवादी नेतालाई १० वर्ष जेल

हङ्‌कङको एक अदालतले त्यहाँका प्रमुख प्रजातन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ। राष्ट्रिय सुरक्षाको मुद्दामा भएको विवादास्पद सुनुवाइपछि उनीहरूलाई यसअघि नै दोषी ठहर गरिएको थियो।

बीबीसीका अनुसार सजाय पाउनेमा ‘हङ्‌कङ ४७’ भनिने समूहका बेनी ताई र जोशुआ वङसहित ४५ जना छन्। ताईलाई १० वर्ष र वोङलाई चार वर्षभन्दा बढीको जेल सजाय हुने भएको छ। अमेरिकाले यसलाई राजनीतिबाट प्रेरित भनेको छ।

उक्त समूहले स्थानीय चुनावमा प्रतिपक्षी उम्मेदवारहरू उठाउन खोजेको थियो। उनीहरूको अभियानमा कुल ४७ जना प्रतातन्त्र पक्षधर कार्यकर्ता, प्रतिपक्षी सांसद र सर्वसाधारण सहभागी थिए। उनीहरू देशद्रोहको षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर भएका थिए।

उनीहरूविरुद्ध तीन वर्षअघि मुद्दा परेको थियो। केही महिनाअघि ४७ अभियुक्तमध्ये दुई जनाले जनाले सफाइ पाएका थिए। अधिकारीहरूले आठ महिला र ३९ पुरुष गरी कुल ४७ जनाविरुद्ध सन् २०२० मा सरकार फ्याल्न खोजेको आरोप लगाउँदै मुद्दा हालेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *