जापानले बनायो विश्वकै पहिलो काठले बनेको उपग्रह

जापानी अनुसन्धानकर्ताहरूले विश्वको पहिलो काठको उपग्रह बनाएको घोषणा गरेका छन्। क्योटो विश्वविद्यालय र लगिङ कम्पनी सुमितोमो वन विज्ञान विभागका वैज्ञानिकहरूले बनाएको प्रयोगात्मक उपग्रहको प्रत्येक भाग मात्र दश सेन्टिमिटर रहेको बताइएको छ।

विकासकर्ताहरूले म्याग्नोलिया काठबाट बनेको लिग्नोस्याट नामक उपग्रह अर्को हप्ता अन्तरिक्ष एजेन्सी जाक्सालाई हस्तान्तरण गर्ने योजना बनाएका छन्। यसलाई सेप्टेम्बरमा केनेडी स्पेस सेन्टरबाट स्पेसएक्स रकेटद्वारा अन्तरिक्षमा पठाइनेछ। त्यहाँबाट उपग्रहलाई यसको शक्ति र स्थायित्व परीक्षण गर्न जापानी आईएसएस प्रयोग मोड्युलबाट प्रक्षेपण गरिनेछ।

अनुसन्धानकर्तालाई तथ्याङ्क पठाउनेछ। जसले दबाबका सङ्केत र उपग्रहले कतिसम्मको तापक्रम थेग्न सक्छ भनेर जाँच गर्नेछ।

‘धातुबाट नबनेका उपग्रहहरू मुख्यधारमा रहनुपर्छ’, अन्तरिक्ष यात्री र क्योटो विश्वविद्यालयका विशेष प्राध्यापक ताकाओ डोईले पत्रकार सम्मेलनमा भने।

सिर्जनाकर्ताहरूले उपकरण वायुमण्डलमा पुनःप्रवेश गर्दा काठको सामग्री पूर्ण रूपमा जलेको हुने र यसका कारण उपग्रह पृथ्वीमा फर्कदा हानिकारक धातुका कणहरू उत्पादन नहुने बताएका छन्। यी धातुका कणले वातावरण र दूरसञ्चारमा नकारात्मक प्रभाव पार्न सक्ने विकासकर्ताहरूले बताए। रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *