बैतडीमा जिप दुर्घटना भएको छ।
बुधबार दिउँसो जिल्लाको दशरथचन्द नगरपालिकाको गोठलापानीबाट झुलाघाट तर्फ जाँदै गरेको सुप ०१ ज ००१५ ०० नम्बरको जिप सोही नगरपालिकाको बाराकोटमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार दिउँसो २:५० मिनेटको समयमा जिप अनियन्त्रित भए सडकबाट खसेको थियो।
दुर्घटनामा घाइतेहरूको सङ्ख्याबारे यकिन नभएको बताउँदै डिएसपी दीपक गिरीले भने ‘ पाँच जनाको उद्धार गरी जिल्ला अस्पताल पठाएका छाैँ, उहाँहरू मध्य एक महिलाको अवस्था गम्भीर छ।’
उनले जिपमा कति जना सवार थिए भन्नेबारे यकिन भइनसकेकाे जानकारी दिए। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले जनाए।

Leave a Reply