२०८३ असार २३ , मंगलबार

सेवाग्राहीसँग १७ हजार घुस लिएको आरोपमा दुई सब-इन्जिनियर पक्राउ



सेवाग्राहीसँग घुस रकम लिएकाे आराेपमा पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका सब-इन्जिनियर राजन प्रसाद भट्टराई र सब-इन्जिनियर सन्जय अर्याल पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनीहरुलाई १७ हजार रकम घुस सहित बानेश्वर स्थित कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो।

सब-इन्जिनियर द्वयले मन्दिर निर्माणको भुक्तानी दिन सहजिकरण गरि दिने भन्दै सेवाग्राहीसँग उक्त रकम लिएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २०८१ जेठ १८ गते शुक्रबार