ठमेल एरियाबाट अनैतिक क्रियाकलाप गर्ने १५ महिला पक्राउ

सार्वजनिक स्थानहरूमा अनैतिक क्रियाकलाप गरेको आरोपमा प्रहरीले पन्ध्र जना स्वदेशी तथा विदेशी महिलाहरूलाई नियन्त्रणमा लिएको छ।

उनीहरुलाई बिहीबार राती काठमाडौं महानगरपालिका वडा नं-२६ स्थित प्रमुख पर्यटकीय क्षेत्र ठमेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा नेपाली नागरिक ६ जना, युगान्डा देश घर भई काठमाडौं बस्दै आएका ८ जना र केन्या देशको नागरिक एक जना रहेको प्रहरीले जनाएको छ।

रातको समयमा विदेशी तथा आन्तरिक पर्यटकहरूलाई दुर्व्यवहार गर्ने, हैरानी दिने तथा सार्वजनिक स्थानहरूमा अनैतिक क्रियाकलाप गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार प्रहरीले यसका लागि विशेष ‘अपरेसन’ नै संचालन गरेको थियो। सोही अपरेसन’ अन्तर्गरत बिहीबार राती करिब १२ बजेको समयमा प्रहरी वृत्त लैनचौरबाट परिचालित प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे प्रहरी उपरीक्षक अधिकारीले बताए।

पक्राउ परेकाहरू विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी दिन पाँचको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *