भारतको राजधानीमा अहिलेसम्मकै उच्च तापक्रम

भारतको राजधानीको मुंगेशपुर क्षेत्रमा अहिलेसम्मकै उच्च तापक्रम ५२.३ डिग्री सेल्सियस मापन गरिएको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार मुंगेशपुरको मौसम केन्द्रमा दिउँसो २ः३० बजे ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको हो।

गत मंगलबार मुंगेशपुर र नरेलाको अधिकतम तापक्रम ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस थियो।

केही दिनहरूमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको र रातको तापक्रममा लगातार वृद्धि भएको छ। भारतका ठूला भागहरू अहिले गम्भीर गर्मीको लहरको चपेटामा छन्।

जसले मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ। गर्मीको लहरका कारण दिल्ली सरकारले पाइपबाट पानी आपूर्तिमा रोक लगाएको छ।

दिल्लीको पानीको मुख्य स्रोत यमुना नदीमा पानीको स्तर कम भएका कारण यो कदम चालिएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *