ओमान र नामिबिया बीचको खेल बराबरीमा टुङ्गियो, अब सुपर ओभरमा खेल हुने

आईसीसी विश्वकप टी–२० अन्तर्गत ओमान र नामिबिया बीचको खेल बराबरीमा टुङ्गिएको छ। खेल बराबरीमा टुङ्गिए पछि अब सुपर ओभरमा खेल हुने भएको छ।

केनिङ्स्टोन ओभलमा भएको आजको तेस्रो खेलमा ओमानले दिएको ११० रनको लक्ष्यमा नामिबियाले बराबरीमा टुङ्ग्याएको हो।

नामिबियाले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०९ रन नै बनाए पछि खेल सुपर ओभरमा हुने भएको हो।

नामिबियाका लागि ज्यान फ्राइलिङ्कले सर्वाधिक ४५ रन जोडे। तर,त्यो नामिबियाका लागि पर्याप्त भएन।

नामिबियालाई जितबाट रोक्न ओमानका बलहरूले राम्रो प्रदर्शन गर्दै सहजै रन दिएनन्। अन्तिम ओभरमा १ बलमा २ रन चाहिएको नामिबियाले १ रन मात्रै बनायो।

नामिबियालाई जितबाट रोक्न ओमानका महेरान खानले सर्वाधिक ३ विकेट लिए भने आयान खान, कप्तान अकिब इलियास र बिलाल खानले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको ओमानले निर्धारित ओभरको २ बल बाँकी छदै अलआउट भएर १०९ रन मात्रै बनाएको थियो।

ओमानका खालिद कइलले ३४ रन जोड्दा जिशान मसुदले २२ रन बनाए।

ओमानलाई सस्तोमै समेट्न नामिबियाका रुबेन ट्रम्पलमेनले सर्वाधिक ४ विकेट लिए भने डेभिड विजले ३ विकेट लिए। यस्तै कप्तान जेरहार्ड इरासमसले २ विकेट लिँदा बरनार्ड स्कोल्जले १ विकेट हात पारे।

विश्वकप अन्तर्गत आजै हुने अर्को खेलमा दक्षिण अफ्रिका र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टीमबीचको खेल नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *