कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) ले यौन दुर्व्यवहार गरेको भन्ने विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ।
आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले ‘द न्युयोर्क टाइम्स’ मा निर्मल पुर्जा (निम्स) ले यौन दुर्व्यवहार गरेको भन्ने कुराले नेपालको लागि नराम्रो भएको बताएका हुन्।
उनले भने,‘द न्युयोर्क टाइम्स’मा निर्मल पुर्जा (निम्स) दाइले यौन दुर्व्यवहार गरेको भनी छापेको थियो। यो नेपालका लागि नराम्रो हो। उनी कहिले डोरी टाँग्ने शेर्पाहरूलाई डोरी काट्यो भनी नेपालको बदनाम गरिरहन्छन्। कहिले नेपाली नागरिकतामा हिमाल चढिरहन्छन्। पछि आफ्नो नागरिकता त्याग्छन्। यस्ता व्यक्तिलाई सरकारले नेपाल आउन बन्देज गर्नुपर्यो।’
पूर्व मिस फिनल्यान्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) ले दुर्व्यवहार गरेको बताएकी छन्। अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’सँग कुरा गर्दै उनले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन्।
शुक्रबार न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा ती व्यक्ति निम्स भएको खुलाउँदै उनले होटेलको कोठाभित्र केके भएको थियो भन्ने पनि खुलाएकी छन्। उनको अनुसार, पुर्जाले लबीमा कफी पिउनको साटो कोठासम्म लिएर गएका थिए।

Leave a Reply