संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थ मन्त्रीले जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा पनि आ.व.२०८१/०८२ को राजश्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ।

साथै आ.व.२०८१/०८२ को राजश्व र व्यवको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको अर्थ मन्त्री वर्षमान पुनले जवाफ दिने कार्यक्रम पनि तय गरिएको छ।

यस्तै आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ भने अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्नेछन्।

त्यसैगरी आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ।

सचिवालयका अनुसार अर्थ मन्त्री पुनले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’, ‘भन्सार महशुल विधेयक, २०८१’ लाई प्रस्तुत गर्नेछन् भने ‘भन्सार महशुल विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *