प्रभु बैंकका ग्राहकलाई जिपलाइन र रिसोर्टमा छुट

हार्नेस जिप लाइन, गेट वे हिमालय रिसोर्ट र प्रभु बैंकबीच व्यावसायिक सम्झौता भएको छ।

सम्झौताअनुसार कुश्मामा अवस्थित हार्नेस जिपलाइन र बेसीसहरको गेट वे हिमालय रिसोर्टमा प्रभु बैंकका कर्मचारी तथा ग्राहकले छुट पाउनेछन्।

हार्नेस जिपलाइनका प्रबन्ध निर्देशक सुनिल थापा, गेट वे हिमालय रिसोर्टका प्रबन्धक नकुल गिरी र प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत (गण्डकी प्रदेश) राजु राना मगरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिट-क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइनमा उपलब्ध विभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टिङलगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्ने छन्।

यस्तै हिमालय रिसोर्टमा उपलब्ध आवासमा २० प्रतिशत, खाना र मनोरञ्जनलगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *