पारामाउन्ट मोटर्सले आफ्ना ग्राहकलाई उत्कृष्ट वित्तीय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी घोषणा गरेको छ। वुलिङ बिंगो इभिमा रुचि राख्ने ग्राहकको पहुँचमा पुर्याउन र आर्थिक सहजता प्रदान गर्न सो सहकार्य गरिएको कम्पनीले जनाएको छ।
साझेदारीसँगै वुलिङ बिंगो इभी परिवारमा सामेल हुन चाहने ग्राहकले नबिल बैंकको सात वर्षसम्मको फ्लोटिङ ऋण सुविधा र गाडीको मूल्यको ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा पाउनेछन्। साथै ग्राहकले पाँच वर्षका लागि ९.९९ प्रतिशत र सात वर्षको लागि १०.४९ प्रतिशतको स्थिर ब्याज दरहरू वा आधा दर र प्रिमियम मोडेलमा आधारित अस्थिर ब्याजदर बीच छनौट गर्न सकिने भएको छ।
यस्तै बैंकले व्यक्तिगत कर्जाको लागि भ्याट बिलको ८० प्रतिशतसम्म र फर्मका लागि ७० प्रतिशतसम्म फाइनान्सिङ गर्ने र यसको वित्तीय सीमा २५ लाख रहेको छ। साथै अटो लोनको अवधि बैंकको नीति अनुसार स्टयान्डर्ड लोन एड्मिनिस्ट्रेसन फिसहित अधिकतम सात वर्षसम्म लम्बिन सक्ने जनाएको छ।







