२०८३ भदौ १६ , मंगलबार

सुनको मूल्य तोलामा एक हजार आठ सयले बढ्यो



स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला एक हजार आठ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य आज एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ।

त्यस्तै चाँदीको मूल्य आज एक हजार आठ सय ५० रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार आठ सय २५ रुपैयाँ रहेको थियो। –रासस

प्रकाशित मिति : २०८१ जेठ २४ गते बिहीबार