२०८३ असार २९ , सोमबार

दक्षिणकालीको भीरमा भेटिए एक महिला र पुरुषको शव



काठमाडौंको दक्षिणकाली नगरपालिका- ८ केराबारीको भीरमा एक महिला र पुरुषको शव भेटिएको छ।

काठमाडौ-दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरूको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। शव नजिकै बागमती प्र ०३-०२-००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुन सक्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए।

नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली भीरबाट शव निकाल्न जुटेको जानकारी दिंदै उनले बुधबार साँझ शव देखेर स्थानीयले खबर गरेका बताए।

प्रहरीले मृतक पुरुषको सनाखत हुन नसकेको तर महिला भने चाँगुनारायण नगरपालिका-५ की ३२ वर्षीया सविना राईको भएको जनाएको छ।

प्रकाशित मिति : २०८१ जेठ २४ गते बिहीबार