नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको न्युरोडमा सडकपेटी बनाउने निर्णय ठिक भएको बताएका छन्।
बिहीवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले न्युरोडमा सडकपेटी बनाउने निर्णय ठिक भएको र काम गर्न दिनुपर्ने पनि बताए।
महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझाव समेत दिए। उनले न्युरोडमा सडकपेटी बढाउनु जरुरी रहेको धारणा राख्दै मेयर बालेन्द्रले ठिक काम गरेका समेत बताए।
उनले भने, ‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुप¥यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि। त्यही तहमा भएका पार्टीका प्रतिनिधिलाई भन्दा हुन्छ नि। तिनले त्यहीँ भने भइगयो नि मेयर साप संयमले बोल्नुस्। जेल बसेका नेताहरुको सम्मान राखेर बोल्नुस्। यो तपाईको शैली बदल्नुस्। तर आफैँ सुरिनु भयो बोल्न। यो प्रकरणमा म केवल यतिमात्रै भन्न चाहान्छु, संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ। न्युरोडमा नागरिकका सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो। बालेनले जे गरेका थिए ठिक गरेका थिए। उनलाई त्यहाँ काम गर्न दिइनु पर्छ। संघले यसमा कुनैपनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ म यो आग्रह गर्न चाहन्छु।’








