२०८३ भदौ १५ , सोमबार

सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ प्रतिनिधि सभाबाट पारित



प्रतिनिधि सभा बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माद्वारा प्रस्तुति सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो।

विधेयकको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले नेपाल भित्रै सुरक्षण मुद्रणको काम गर्न भने समय लाग्ने बताइन्।

उनले खरिद नियमावलीको व्यवस्था र सरकारी प्रावधानहरू सबै पालना गर्नुपर्ने भएकाले यही मितिदेखि काम सुरु हुन्न भनेर तोक्न नसकिने जिकिर गरिन्। कयौँ मेसिनहरू छपाई गर्न सक्ने स्थितिमा रहे पनि अन्य कयौँ मेसिनहरू पनि ल्याउनुपर्ने उनको भनाई छ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ २७ गते आइतबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।

प्रकाशित मिति : २०८१ जेठ २४ गते बिहीबार