त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा समस्या आएपछि सबै विमानहरू आकाश मै होल्ड भएका छन्। त्रिअवि नागरिक उड्डयन कार्यालयका प्रवक्ता सुवास झाका अनुसार रन वे को पिचमा पाप्रो उक्किएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन।
बिहीबार साँझ ५ : ३० बजे तीर भएको सो समस्याले गर्दा बैककबाट आएको थाई एयर र ढाकाबाट आएको हिमालयन एयरलाइन्सका जहाजलाई आकाशमै होल्ड गरिएको प्रवक्ता झाले जानकारी दिएका छन ।
प्राविधिकहरूले उक्त समस्याको निरीक्षण गरेपछि समस्याको समाधान भएर अव केही बेरमै जहाजहरू ल्याण्ड हुने कुरा पनि त्रिअवि नागरिक उड्डयन कार्यालयका प्रवक्ता सुवास झाले नागरिकलाई दिएका छन ।
प्रकाशित मिति : २०८१ जेठ २४ गते बिहीबार








