सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
बिहीबार सिंहरदरबास्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्ताे निर्णय गरेको हाे।
बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले भारत, अमेरिका, कतार, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको बताइन्।
प्रकाशित मिति : २०८१ जेठ २४ गते बिहीबार








