२०८३ असार ३१ , बुधबार

अमेरिकाले टस जित्यो, पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्दै



आइसिसी टी-२० विश्वकप क्रिकेटमा अन्तर्गत पाकिस्तान र अमेरिकाबीचकाे खेलमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ रोजेको छ।

खेल ग्रान्ड प्रेरी स्टेडियम, टेक्सासमा हुँदै छ। पाकिस्तान लागि ओपनर बाबर आज़म र मोहम्मद रिज़वान मैदान उत्रिएका छन्।

समूह ‘ए’ मा रहेको पाकिस्तानले आफ्नो पहिलो खेल खेल्न लागेको हो। आफ्नो पहिलो खेलमा आयोजक अमेरिकाले भने क्यानडालाई हराएको थियो।

पाकिस्तानका बाबर आजम र अमेरिकाका आरोन जोन्स बिहीबार हुने खेलमा प्रभाव पार्न सक्ने खेलाडीका रुपमा रहेका छन्।

प्रकाशित मिति : २०८१ जेठ २४ गते बिहीबार